/साउथवेस्टनमा विज्ञान प्रदर्शनी हुने

साउथवेस्टनमा विज्ञान प्रदर्शनी हुने

फाइल तस्वीर

काठमाडौँ । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा ‘पाचौं साउथवेस्टन विज्ञान प्रदर्शनी’ माग २२ र २३ हुने भएको छ । प्रदर्शनीले विज्ञान प्रविधि तथा वातावरण क्षेत्रमा अभिरुची राख्ने विद्यार्थीहरुका लागि फाइदा पुग्नेछ ।

विद्यालय तथा उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका नयाँ आविस्कार तथा खोजका विषयमा जानकारी गराउने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गर्न लागेको कलजेका भाइस–प्रिन्सिपल हरिसिंह केसीले रिभोसाइन्सलाई बताए ।

आगामी दुई दिनसम्म चल्ने सो विज्ञान प्रदर्शनीमा राजधानीका विभिन्न कलेज, विद्यालय र अमेरिकी पुस्तकालय समेत गरि ३६ वटा स्टल रहने छन् ।

‘नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रतिभा प्रस्फुटन गर्न सहयोग मिल्ने विज्ञान प्रदर्शनीमा’ १५ हजार अवलोकनकर्ताहरुले भाग लिने भाइस–प्रिन्सिपल केसीको अपेक्षा छ ।