गणितज्ञ र शिक्षाविद्को उपमा ‘प्रा. डा. होमनाथ भट्टराई’

सौर्य प्रकाशले जसरी पृथ्वीको सारा रूपलाई रमणीय बनाउँदछ, त्यसरी नै नेपालमा शिक्षा र विज्ञानको क्षेत्रमा स्वर्णीम योगदान दिन सफल होमनाथ भट्टराईले नेपाली जगतमा शिक्षाको उज्यालो प्रकाश छर्नको निमित्त धेरै संर्घष गर्नुप¥यो । ‘गतिशील हुनु नै जीवन हो’ भन्ने भट्टराईले विज्ञानको क्षेत्रमा समुन्नत विकासका लागि धेरै मेहनत गरे । ‘भट्टराई सृष्टिको एउटै काखमा फक्रिएका अनन्त फुलहरू मध्येका एक फरक सुगन्धधारी फुल हुन्’ जसले नेपाली भूमिमा शिक्षाको सुगन्ध फैलाउन अनवरत संघर्ष गरिरहे ।
उमेरको सात दशक पारगरिसकेका भट्टराईले जीवनको गाह्रो, अप्ठेरो, उकाली–ओरालीहरू पारगरे, तरपनि भञ्ज्याङ् अनि चौतारीहरूमा आफुलाई सुस्केरामा सुस्ताउन दिएनन् । उनले विश्वविद्यालय अनुदान आयोग र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता संस्थाको उच्च पदमा आसिन भएर देशकै सेवा गरेवापत सरकारीस्तरबाट गोरखा दक्षिण बाहु र शिक्षा पुरस्कारबाट पुरस्कृत भए । फलस्वरूप शिक्षा जगतले पनि साथ छाडन मानेन र त नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान र कदरस्वरूप नेपाल मेगा कलेजको अध्यक्ष पदमा योउमेरमा समेत क्रियाशिल छन् भट्टराई — आज जो चिनिएका छन् — सफल नेपाली गणितज्ञ र शिक्षाविद्को उपमाको रूपमा ।

जन्म र वाल्यकाल
अर्घाखाँची वाङ्लाको पटुवाथुममा (हाल सन्धिखर्क न.पा.) वि.सं.२००१ सालमा जन्म लिएका यी विद्वान् माता भिमा भट्टराई र पिता पण्डित टिकाराम भट्टराईका जेष्ठ सुपुत्र हुन् । उनको वाल्यकाल पटुवाथुममा लडीबुडी गरेर वा वनपाखामा गाईबाख्रा चराएर बितेका थिए । गाउँको स्वच्छ हावा, खर्क, बेसी र पहाडहरूको अनुराग, चराहरूको कलरव, वसन्तको विहानी, मनमोहक प्राकृत छटा देखेर उनको मन त्यसैत्यसै पुलकित हुन्थ्यो । बाल्यकालमा अत्यन्तै शिलस्वभाव भएको कारण उनलाई धेरैले युधिष्ठीर समेत भन्दथे रे । वुवा इन्डियन आर्मीमा पण्डितको सर्भिस गर्नु हुन्थ्यो भने आमाले घर संहाल्नु हुन्थ्यो । उ बेला गाँउमा प्राथमिक विद्यालयहरू समेत थिएनन्, गाँउको कुनै पौवा वा दलानमा एक जना शिक्षकले पहिला किताब (ठूलो वर्णमाला) पढाउँदथे जसमा सामान्य लेख्न, पढ्न, चिठी, तमसुकको व्यहोरा, दुना, पहाडा आदि सिकाइन्थ्यो भने विषेश गरि ब्राहम्मण जातीलाई रूद्री, चण्डी, वेदहरू पनि पढाईन्थ्यो । भट्टराईले पनि सामान्य रूद्री, चण्डी र वेद पढेका थिए । केही सम्पन्न परिवारले संस्कृतका पण्डितको व्यवस्था गरेर घर दलानमा संस्कृत व्याकरण (कौमुदी) आदि पढाउँथे । उनले पनि कौमुदीको पढाई सुरू गरे । पिताको भारतीय आर्मीमा जागिरे भएकैले ११ वर्षको कलिलो उमेरमा पढ्नको लागि कलकत्तासम्म जान पाएको र आधुनिक शिक्षा हासिल गर्ने अवसर जुरेको उनले सुनाए । त्यहाँको बोर्डिङ् स्कुलमा पढ्न थालेपछि भट्टराईले विज्ञान, गणित र अंग्रेजी जस्ता महत्वपूर्ण विषयमा ज्ञान हासिल गर्ने गोरेटो कोरे ।

बनारसको यात्रा
वाल्यकालको स्मरण गर्दै भट्टराईले आफ्नो अतीतलाई वर्तमानमा केहि भावुक हुँदै भने, “मलाई समयले २०१४ सालमा बनारसमा पु¥यायो । संस्कृत विश्वविद्यालयबाट पूर्वमध्यमा पनि गरेको छु । शिक्षामा कहिले पनि दोस्रो हुनुपरेन संधैं प्रथम श्रेणीमा नै उत्र्तिण हुन्थें । २०१७ सालमा हाईस्कुल पास गरेपछिमात्र विज्ञान विषयतर्फको पढाई सुरू भयो । २०२० सालमा आदर्श इन्टर मीडीयट कलेजबाट आईएस्सीमा कलेज टप गरें ।”

श्रृजनशील क्षमता नबढाइकन अनुसन्धानमा नयाँ कुराको परिकल्पना गरेर सिद्ध गर्न सकिदैंन । त्यहाँको शिक्षामा खारिएर पिएचडी पूरा गरेर फर्के पछि पनि स्वतन्त्र रूपमा अनुसन्धान कायम राखे र दर्जन बढी गणितका अनुसन्धानात्मक कृतिहरू स्वदेशी तथा अमेरिका, यूरोप लगायत अन्तराष्ट्रिय अनुसन्धानात्मक जर्नलमा
प्रकाशित छन् ।

“वास्तवमा मैले पढेको ईन्जिनीयर बन्नलाई हो । त्यतिबेला आइएस्सी सक्काएर काठमाडौं आएपछि ‘स्कलरसिप’ पाईन्थ्या,े विज्ञान पढ्ने आर्कषण यही थियो । नेपालमा कोलम्वोप्लान अन्र्तगत विज्ञान पढ्ने विद्यार्थीहरूको लागि डाक्टर वा ईन्जिनीयरका लागि छात्रवृत्तिको व्यवस्था थियो । तर मेरो आइएस्सीको नतिजा प्रकाशन पनि नहुँदै वुवाको मृत्यु भयो । यस दुखद घट्नाले घरप्रतिको जिम्मेवारी झन बढ्यो । हाम्रो रितिथिति अनुसार त्यतिवेला एक वर्ष सम्म वुवाको दुःख वार्नु पर्छ भन्ने धारणा प्रबल थियो । त्यसैले मेरो पढाई केही समय रोकियो । अहिले जस्तो चलन भएको भए १३ दिनको काम सक्काएर पढ्न काठमाडौंमा आउन सकिन्थ्योे होला तर त्यो सम्भव थिएन” उनी भन्छन् । त्यसको २ वर्षपछि फेरि विएस्सी पढ्न बनारस गए र हरिस्चन्द्र डिग्री कलेजमा विएस्सीमा फिजिक्स केमेस्ट्री र म्याथ पढें । त्यतिखेर पनि कक्षामा ४०÷५० जना विद्यार्थीहरू संख्या थियो । बिएस्सीमा ती विद्यार्थीहरूलाई उछिन्दै उनी कलेज टप्न सफल भए । घरबाट पैसा पठाउने अवस्था नभएकाले त्यहाँ अवस्थित नेपाली विद्यार्थीलाई ट्युशन पढाएर बिएस्सी सकाएका थिए । विएस्सी सक्काएर गाउँ फर्किएको मात्र के थिए—गाउँको एक हाईस्कुलको प्रधानाध्यापक बन्ने अवसर जु¥यो । वि.स. २०२४ देखि २०२सिक्स सम्म विद्यालयको प्रधानाध्यापक भई काम गरें ।

काठमाडौंको यात्रा
अध्ययनको शिलशिलामा २०२सिक्स सालको भदौमा मात्र काठमाडौंमा पाइला टेकेका यी विद्वान् काठमाडौं आउनासाथ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय गणित विभाग पुगे । त्यतिवेला विभागमा डा.राममान श्रेष्ठ हुनुहुन्थ्यो । पढाई धेरै अगाडी पुगी सकेको रहेछ । त्यसैले, उहाँले ‘तिम्रो अहिले सम्मको नतिजा राम्रो रहेछ । अहिलेकोे मंसिरमा परिक्षा नदेऊ करियर बिगार्नु हुँदैन’ भन्नु भयो । ‘म धेरै मेहनत गर्छु तपाई गाईड गर्नुस् मंसिरमा दिन सक्ने भए भने दिन्छु नत्र अर्को साल दिन्छु’ भनेपछि उहाँले कितावको नामहरू लेखाईदिनु भयो । मैले मेहनत गरें र मंसिरमा नै परिक्षा दिए । नतिजा प्रकाशन हुँदा मैले प्रथम बर्षमा विभाग टप गरेँ । एम.एस्सी पूरा गरे पछि पिएचडीका लागि अमेरिकी फुलब्राइट छात्रवृत्ति खुल्यो । दुई सयभन्दा बढीको प्रतिस्पर्धामा लिखित÷मौखिक प्रकृयाबाट उत्कृष्ट पाँचमा परेर छानिएँ ।

अमेरिका यात्रा र गणितको उच्च अध्ययन अनुसन्धान
वि.स. २०२९ सालमा अमेरिका गएर पढ्न थाले पछि उनलाई नेपाल र अमेरिकी शिक्षाको फरक महसूस भयो । भारत वा नेपालमा पढ्दा बुझी नबुझी नोटमा लेखिएका कुरा याद गरेर परीक्षा कपीमा उतार्न सके पुग्थ्यो । त्याहाँ सेमेष्टर प्रणाली थियो । होम एसाइन्मेन्ट लगायतमा नियमित हुनु पथ्र्यो । त्यहाँको पढाई सिद्धान्त बुझेर समस्या समाधान गर्ने क्षमता बढाउनेमा फोकस थियो । त्यहाँ निकै मिहिनेत गरे पछि मात्र गणितिय तर्कको मर्म बुझियो रे । श्रृजनशील क्षमता नबढाइकन अनुसन्धानमा नयाँ कुराको परिकल्पना गरेर सिद्ध गर्न सकिदैंन । त्यहाँको शिक्षामा खारिएर पिएचडी पूरा गरेर फर्के पछि पनि स्वतन्त्र रूपमा अनुसन्धान कायम राखे र दर्जन बढी गणितका अनुसन्धानात्मक कृतिहरू स्वदेशी तथा अमेरिका, यूरोप लगायत अन्तराष्ट्रिय अनुसन्धानात्मक जर्नलमा प्रकाशित छन् । अमेरिकाबाट प्रकाशित हुने ‘म्याथम्याटिकल रिभ्यू’ को रिभ्यूअर भएर अन्य गणितज्ञका प्रकाशित कृति उपर उनका समीक्षा समेत प्रकाशित छन् । इटलीमा रहेको आइसिटिपीमा उनी ‘भिजिटिङ्ग म्याथम्याटिसियन, एसोसियट र सिनियर एसोसिएट’ को रूपमा पटक÷पटक गएर अध्ययन अनुसन्धानमा संलग्न भए । प्रत्येक चार वर्षमा आयोजना हुने ‘इन्टरनेशनल कंग्रेस अफ म्याथमाटिसियन’ मध्ये क्योटो, बेइजिङ्ग र मेड्रिडमा समेत भाग लिएर अनुसन्धान पत्र प्रस्तुत गरे ।

जागिरे यात्रा
जिन्दगी जिउन जो कोहीलाई पनि आम्दानीको स्रोत अनिवार्य कुरा हो । जागीरे जीवनको सुरूवात आइएस्सी पछि तुरून्तै वि.सं.२०२० सालमा भयो । गुल्मीको तम्घासमा महेन्द्र हाईस्कुलमा पहिलो व्याच एस्.एल्.सी रहेछ । त्यहाँ विज्ञान र गणित पढाउने शिक्षकहरूको अभाव भएकाले पढाईदिनु प¥यो भनेर घरमा लिनआए । वुवाको १३ दिनको काम सक्काए पछि हाईस्कुलमा पढाउन थाले । विद्यार्थीहरूलाई पाल्पा लगेर परिक्षा दिलाए । बिएस्सी सक्किएपछि हाईस्कुलको प्रधानाध्यापक पनि भए । त्यसपछि पढ्नको लागि काठमाडौं आए । एमएस्सी पढ्दा पाटन कलेजमा केमेस्ट्रीको डेमोस्ट्रे«टर थिए । एमएस्सी उर्तिण भएपछि आइएस्सी र बिएस्सीका विद्यार्थीहरूलाई पाटन कलेजमा पढाउन थाले । त्यही समय लोकसेवा आयोगको परिक्षामा उतिर्ण भएपछि नेपाल सरकार शिक्षा विभागले पाटन कलेजमा नै लेक्चररको रूपमा स्थायी नियुक्ति दियो ।त्यति बेला पाटन कलेज पूर्ण सरकारी थियो । वि.सं. २०२८ सालको फागुनमा पाटन कलेजमा स्थाई भए ।

पिएचडीको शिलशिलामा वि.सं.२०२९ सालमा अमेरीकाको यूनिभर्सिटी अफ ओरेगनमा पिएचडी गर्न गए । म्याथमा पिएचडी गरेर ५ वर्ष पछि २०३४ सालमा नेपाल फर्के । “अमेरिकामा मैले टिचिङ एसिस्ट्याण्टसिप पाएर एक वर्ष पढाएको पनि हो तरपनि अमेरिकामा बस्ने मेन्टालीटी नै बनेन । अर्को कुरा मनमा पिएचडी गर्न नेपालबाट अमेरिका आएको र नेपाल फर्केर देशकोे सेवा गर्नुपर्छ भन्ने धारणाले पनि होला नेपाल फर्कें ।” पिएचडी गर्न जानपूर्व नै नेपालमा जागिरे जीवन पाटन क्याम्पसमा सुरू भइसकेकोले त्याहाँ हाजिर भए । नेपाल फर्केको १० दिन पछि पाटन क्याम्पसबाट पोखरामा अवस्थित पृथ्विनारायण क्याम्पसमा सरूवा भयो । डेढ वर्षजति पोखरेली जीवन शैली उतै विताएपछि वि.सं. २०३सिक्स साल देखि कीर्तिपुर केन्द्रीय विभागमा नै काम गरे ।

गणित केन्द्रीय विभागमा रही काम गर्दा अध्ययन अध्यापनका अतिरिक्त त्रि.वि.को गणित विषय समिति र प्राज्ञिक परिषद्को सदस्य, संस्कृत विश्व विद्यालयको गणित विषय समिति अध्यक्ष र प्राज्ञिक परिषद्को सदस्य, काठमाडौँ विश्वविद्यालय गणित समिति सदस्य, नेपाल सरकार मन्त्रीको अध्यक्षतामा गठित पाठ्यक्रम परिषद्को सदस्य, यूनेस्कोका लागि राष्ट्रिय आयोगको सदस्य लगायत विभिन्न निकायमा रही शैक्षिक विकाशमा योगदान दिए । नेपालका गणितिज्ञहरूको संस्था “नेपाल गणित समाज”को कार्यकारी सदस्य, सदस्य–सचिव, उपाध्यक्ष एंव अध्यक्ष समेतको भूमिका निर्वाह गरे । शैक्षिक÷प्राज्ञिकका अतिरिक्त अन्य सामाजिक संघसस्थामा समेत सक्रिय थिए । वि.स. २०४८ सालमा उनी नेपाल प्राध्यापक संघ कीर्तिपुर एकाईको सभापति समेत भए । “त्यसै बेला एउटा बृह्द गोष्ठि संचालन गरी कीर्तिपूर क्याम्पसको पुर्नसंरचना गर्ने, त्यहाँको प्रमुख प्रो–भाइसचास्लर बनाउने, स्वायता दिने आदिबाट एउटा उत्कृष्ठ केन्द्र बनाउन सुझाब दिइयो । तर त्रि.वि. बाट त्यसको कार्यान्वयन भएन” भन्छन् भट्टराई ।

शैक्षिक परिवर्तन
नेपालको उच्च शिक्षा पद्धति त्रिविविले मात्र अधिराज्य भरि कलेज चलाउने अर्थात एकल विश्वविद्यालयको अवधारणामा चलेको थियो । वि.सं.२०३सिक्स सालमा विद्यार्थी आन्दोलन भए । यसले सेमेष्टर प्रणाली – वार्षिक प्रणलीमा परिवर्तन भयो । प्राइभेट स्कुल÷क्याम्पस खुले । आन्दोलन चर्किए पश्चात् सरकारले आन्दोलन थेग्न सकेन र एउटा शाही आयोग बन्यो वि.सं.२०३९ सालमा । उक्त शाही आयोगले एउटा प्रतिवेदन दियो । त्यसले एउटै विश्वविद्यालयले अधिराज्य भरी हायर एजुकेशन सञ्चालन गर्न सक्दैन, बहु विश्वविद्यालयमा जानु पर्छ भन्यो । पहिले वि.सं.२०४२ सालमा संस्कृत विश्वविद्यालय खुल्यो । वि.सं. २०४सिक्स सालको प्रजातान्त्रिक आन्दोलन पश्चात नेपालको राजनीतिक संरचनामा ठूलै परिवर्तन आयो । फलस्वरूप वि.सं २०४९ सालमा उच्च शिक्षा आयोग बन्यो । अर्को काठमाडौँ वि.वि. खुल्यो । उक्त आयोगले विश्वविद्यालय अनुदान आयोग(यूजिसी)को आवश्यकतालाई औंल्यायो । फलस्वरूप विश्वविद्यालयहरू बीच समन्वयन गर्ने, कुन विश्वविद्यालयलाई कति अनुदान दिने, अनुदान के आधारले दिने जस्ता विषय निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोग (यूजिसी) वि.सं.२०५१ सालमा स्थापना भयो ।

विश्वविद्यालय अनुदान आयोगमा
वि.सं.२०५१ सालमा नेपालमा पहिलो पटक विश्वविद्यालय अनुदान आयोग खडा भयो । उनी त्यसको सदस्य–सचिवमा नियुक्त भए । त्यस भन्दा अगाडि नेपालमा युजिसी भन्ने नै थिएन । यूजिसीको अवधारणा यूकेबाट विकास भएको हो । विश्वविद्यालय अनुदान आयोगमा ११ जना सदस्य हुन्छन् । त्यसमध्ये अध्यक्ष र सदस्य–सचिव गरी दुई जनाको स्थाई नियुक्ति हुन्छ । तर त्यति वेला सदस्य–सचिव उनको मात्र स्थाई नियुक्ति भएको थियो । युजिसी नेपालको उच्च शिक्षाको उच्चस्तरीय बडी हो । दुईओटा भाइसचान्स्लर, शिक्षा मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको सचिव, योजना आयोगको सदस्य र अन्य शिक्षाविद् तथा प्रोफेसर सहित ११ जनाको बडीलाई लिएर काम गर्नुपर्छ ।

“नियुक्ति पत्र पाए पछि म शिक्षा मन्त्रालय गए र सचिवसँग अफिसको विषयमा छलफल गर्दा उहाँले शिक्षा मन्त्रालयको माथिल्लो तलामा एउटा कोठा र एउटा पिउन अनि एउटा अधिकृत दिनु भयो । म पहिलो पटक विश्वविद्यालय अनुदान आयोगको कुर्सिमा बसें । शिक्षा मन्त्रालयले त्रिविवि र संस्कृत विश्वविद्यालयको सम्पूर्ण बजेट यूजिसि मार्फत पठाउनु पथ्र्याे । त्रिविवि र संस्कृत विश्वविद्यालयको बजेट मेरो अफिसमा आयो । एकाउन्टेन पनि शिक्षा मन्त्रालयले नै दियो । अब कसरी अघि बढ्ने ? सर्वप्रथम यूजिसीको लागि नियमावलीको आवश्यकता टड्कारो देखियो । त्यसैले, एक जना वकिल, एक जना ल को प्रोफेसर र म सहित ३ जनाको कमिटि बनायौँ, नियमावली बन्यो । कर्मचारी राख्ने प्रक्रिया पनि सञ्चालन ग¥यौ र बानेश्वरमा एउटा छुट्टै भवनमा विश्वविद्यालय अनुदान आयोगको अफिस राख्यौँ ।”

गणित केन्द्रीय विभागमा रही काम गर्दा अध्ययन अध्यापनका अतिरिक्त
त्रि.वि.को गणित विषय समिति र प्राज्ञिक परिषद्को सदस्य, संस्कृत विश्व विद्यालयको गणित विषय समिति अध्यक्ष र प्राज्ञिक परिषद्को सदस्य, काठमाडौँ विश्वविद्यालय गणित समिति सदस्य, नेपाल सरकार मन्त्रीको अध्यक्षतामा गठित पाठ्यक्रम
परिषद्को सदस्य, यूनेस्कोका लागि राष्ट्रिय आयोगको सदस्य लगायत
विभिन्न निकायमा रही शैक्षिक विकाशमा योगदान दिए ।

यूजिसी के हो ? यसले, कुन–कुन क्षेत्रमा काम गर्न पाउने ? जस्ता विषय लगायत अन्य धेरै कुराहरू जान्न अत्यन्त आवश्यक भएको हुँदा मैले सर्वप्रथम इन्डियाको यूजिसी भ्रमण गरें । त्यहाँको यूजिसीले केके कार्यक्रम सञ्चालन गर्छ ? कुन कुन क्षेत्रमा काम गर्छ ? कस्ता उद्देश्यहरू छन् ? जस्ता विषयहरू अध्ययन गरेर धेरै ज्ञान हासील गरें । त्यसपछि यूकेका संस्थाहरूको पनि भ्रमण गरिसके पछि धेरै आत्मबल बढ्यो । विभिन्न गोष्ठी छलफल ग¥यौ, कार्यप्रणाली बनायौँ । अहिलेको गुणस्तर सुधार कार्यक्रम त्यो बेला विकास भएको हो । त्यो अहिले पनि छ । धेरै देशहरूको कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्यो । गणित, शिक्षा एंव विज्ञान सम्बन्धी गोष्ठी बैठक आदिमा भाग लिने क्रममा दुई दर्जन बढी देशमा भ्रमण गर्ने अवसर मिल्यो ।

आयोगको स्थायी भवनका लागि नेपाल सरकारबाट सहयोग लिएर सानो ठिमीमा जग्गा पास गर्ने काम भयो । युजिसीको भवनको लागि बजेट पारित गरेर भवन बन्यो । आयोगको पूर्ण विकास र सही तवरले जिम्मेवारी वहन गर्नको लागि अनुदान दिने नयाँ नियमहरू बनाउने र गुणस्तरको आधारमा अनुदान दिने साथै सामुदायिक क्याम्पसलाई पनि अनुदान दिने लगायतका कुराको व्यवस्था गर्न समय लाग्यो । “उच्च शिक्षामा नै बसेर काम गर्छु भन्ने सोच आएर २०५९ सालमा त्रिविविबाट मैले रिजाइन गरेर युजिसीमा नै रहेर काम गरें । त्यसको ४ वर्षपछि नाष्टमा भाइस चान्स्लरको पदमा नियूक्त भएर गएँ । त्यतिबेला सम्म सानो ठिमी भवन निर्माण भइसकेको थियो ।”

नाष्टमा भट्टराई
वि.स. २०सिक्स३ सालमा मेरो नियुक्ति नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको उपकुलपति पदमा भयो । म नाष्टमा नियुक्त हुने वित्तिकै सर्वप्रथम कर्मचारी बढुवा लगायतका धेरै समस्याहरूको समाधानका लागि पहल गर्नुपर्ने अवस्था भयो । यस्ता समस्याहरूको समाधान सबैभन्दा पहिला हुनुपर्छ भनेर कर्मचारीहरू उर्लिए । आन्दोलन नै होला जस्तो वातावरण भयो । त्यहाँको कर्मचारी सम्बन्धि व्यवस्था अलि फरक रहेछ । सेक्सन अफिसर तहमा क, ख, ग गरेर तीन तह हुने नियमावली रहेछ । नियम अनुसार सेक्सन अफिसर ‘ग’ मा केही वर्ष काम गरेपछि बढुवा भएर ‘ख’ र त्यसपछि ‘क’ मा बढुवा हुने नियम रहेछ । दुई प्रमोशन सम्म तृतिय पदमा रहने कुरा मलाई पनि उचित लागेन । त्यसपछि एउटा समिति गठन गरेर सरकारी तहमा जस्तो नियम बनाएर व्यवस्थापन गरियो । नयाँ नियमावली अनुसार बढुवा आदिको व्यवस्था गरेर कर्मचारी समस्या समाधान गरियो ।
नाष्टमा रिसर्चलाई प्राथमिकता दिइएको पाइएन । प्रशासन भवनमा सीमित ल्याव थियो । उपकुलपतिको पदमा मेरो नियुक्ति भएपछि रिसर्चको सुरूवातको लािग भनेर भवन आदि पूर्वाधार बनाउने देखि लिएर रिसर्चको खाका कोर्ने कामको थालनी गर्ने विचार गरेें । नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा रिसर्च गर्ने संस्था विश्वविद्यालयका डिपार्टमेन्ट, वनस्पति विभाग र नार्क जस्ता एक दुईओटा सरकारी संस्था वाहेक छैनन । नाष्ट रिसर्चको लागि केही अनुदान दिने र वैज्ञानिकहरूलई पुरूस्कार दिने जस्ता प्रवद्र्धनात्मक कामहरू गर्ने भन्ने अवधारणमा चलेको थियो ।

राष्ट्रको लागि आवश्यकता पर्ने वास्तविक विषय पहिचान गरी सो क्षेत्रमा रिसर्च गर्ने संस्था छैनन् । युनिभर्सिटीले रिर्सच गरे पनि यो प्रायः प्राज्ञिक हुनुमा सिमित हुन्छ । राष्ट्रको आवश्यकता के हो ? र कुन क्षेत्रमा गएर प्रविधिको विकास गर्नुपर्छ ? भन्ने जस्ता विषयलाई औंल्याउँदै प्रविधि प्रयोग गरेर अगाडि बढ्ने संस्थाहरू हुनुपर्छ । कृषि क्षेत्रमा अलिकति नार्कले गरेको छ । वनस्पति विभागले रिसर्च भन्दा पनि संकलन गर्ने काम गरेको छ । तर नाष्ट जसलाई ऐनले धेरै अधिकार दिएको छ, त्यस्तो संस्थाले सानातिना प्रवद्र्धन गर्ने काम मात्र गर्न उपयुक्त हुदैन । यहाँ नाष्ट अन्र्तगत वास्तविक अनुसन्धान केन्द्रहरू हुनु जरूरी छ, त्यो पनि देशको आवश्यकता भएका क्षेत्रमा । त्यतिखेरको नाष्टमा एकथरीको भनाइ प्रवद्र्धनको काम मात्र गर्ने भन्ने थियो भने अर्काथरीले रिसर्च पनि गर्नुपर्छ भन्दथें । गहन रिसर्चको थालनीका लागि पूर्वधार विकाश अत्यन्त आवश्यक लागेको हुँदा तत्कालिन प्रधानमन्त्री तथा नास्टका कुलपति गिरिजाप्रसाद कोइरालालाई भेट गरि रिसर्च भवनको प्रस्तावना राखें । योजना अनुसार मेरो कार्यकाल भित्र अनुसन्धान भवन निर्माण पुरा भयो । त्यसपछि उपकरण थप्दै जाने र जनशक्ति समेत बढाउँदै जाने योजना थियो । साथै अनुसन्धानका लागि युवा मस्तिष्कको पनि आवश्यकता पर्दछ । अतः त्रि.वि. संग संझौता गरेर नाष्टमा पिएचडीको कार्यक्रम थालनी गरियो । यि कदम प्रारम्भ त गरियो तर यसलाई सृढीकरण गर्दै लगिएन भने सफल हुँदैन । नास्टमा रहदा विभिन्न देशका विज्ञान प्रतिष्ठानहरूको भ्रमण गरें । दक्षिण कोरिया, ताइवानका प्रतिष्ठान, बैङ्ककस्थित एआइटी आदि संस्थाहरूसंग नास्टको सम्बन्ध स्थापना गरें ।

धर्म ÷ दर्शन प्रतिको धारणा
संसारको संरचना र प्रक्रिया कसरी चलि रहेको छ ? वास्तवमा सृष्टिमा यति धेरै सन्तुलन छ । सृष्टि गर्ने र सन्तुलनमा राख्ने त्यस्तो शक्ति के होला ? हामी मानवले यति धेरै विकास गर्न सकिरहेकाछौं र संसार यति सुन्दर र रहस्यमय ढंगले चलिरहेको छ । वैज्ञानिकहरूले संसारको सृष्टि ‘बिगव्याङ्’बाट भयो भन्छन् । त्यति वेला विग्व्याङ भएर ताराहरू बने र त्यसबाट हाइड्रोजन, हिलियम लगायताका विभिन्न तत्वहरू बनेर क्रमशः यसरी विकास किन हुनु पर्ने ? त्यो शक्ति के हो ? अचानक काकतालि परेर यस्ता कुरा सम्भव छ कि छैन ? कुन तत्व हो जसले यो संसारलाई गति दिएको छ ? न्यूटनको सूत्र अनुसार किन सवै पिण्डहरू चल्छन् ? पृथ्वी कहिले यता कहिले उता ठोकिनु पर्ने । गुरूत्वाकर्षण सिद्धान्त प्रतिपादन गरेपछि न्यूटनले भने “सौर्य मण्डलका सूर्य र ग्रहरूलाई उचित अर्विटमा राखेर समुचित गति दिए पछि त सौर्यमण्डल गुरूत्वाकर्षणको सिद्दान्तअनुसार स्वचालित हुन्छन । तर प्रारम्भमा यो अवस्थामा राख्ने कुनै शक्ति थियो, त्यही ईश्वर हो” । मानविय इतिहासमा धेरै दार्शनिक ÷वैज्ञानिकहरूले ईश्वर भएको नभएको सिद्ध गर्न आ–आफ्नै तर्क दिए । आइन्स्टाइनले भने “मैने स्पिनोजाको ईस्वर मान्छु ” अर्थात प्रकृति तत्वको समग्रता नै ईश्वर हो आदि । तर यी सबै कुराको सर्वसम्मत निष्कर्ष भेटिँदैन । त्यसैले यसको समाधान भएर एउटा सिद्धान्त प्रतिपादन गर्न सकियो भने मात्र भगवानको आवश्यकता र भगवानले कुन उद्देश्यले सृष्टि गरे भन्ने कुरा थाहा होला तर अहिले हामी प्रकृतिको बारेमा अध्ययन गर्दैछौ । त्यसैले हामीलाई थाहा छैन । सबै रहस्यमय छ । यो त दार्शनिक पक्ष भयो ।

कुकर्म गर्न नदिने माध्यम अर्थात सुमार्गतर्फ प्रेरित गर्ने नियम नै धर्म हो । “धारयतीति धर्म” अर्थात जुन नैतिक आचरणले समाजलाई धारण गर्दछ, असल समाजको निर्माण गर्छ त्यही धर्म हो । मेरो परिवार एउटा संस्कारमा हुर्किएको हो । त्यसकारण मैले पनि सामान्य संस्कारगत कृयाहरू गर्दै आएको छु । अन्ध विश्वासलाई हटाई दिने हो भने धर्मले मानिसलाई जिउन मनोवैज्ञानिक आधार दिएको पनि छ । त्यही नै यसको औचित्य हो ।

समस्या÷समाधान
सम्भावना नै सम्भावना बोकेको नेपाल जहाँ प्राकृतिक संपदाहरूले भरिपूर्ण छ तर विवशता भन्नुपर्छ अहिले नेपालको आर्थिक, राजनीतिक अवस्था देखि लिएर कुनै पनि ठाउँमा सन्तोष हुने ठाउँ छैन । कुनै क्षेत्रमा पनि नेपालले राम्रोसँग उपलब्धि हाँसिल गर्न सकिराखेको अवस्था छैन । म दक्षिण कोरिया गएको थिएँ । त्यतिवेला मैले त्यहाँको अध्ययन गर्दा के पाएँ भने, १९सिक्स० तिर दक्षिण कोरिया धेरै गरीब रहेछ । यति सम्म कि नेपालमा जति पनि जनतालाई खान नपुग्दो रहेछ । त्यतिवेला उत्तर दक्षिण बीच लडाई भएको थियो र अमेरिका दक्षिण कोरियाको पक्षमा थियो । एक पटक अमेरिकाका राष्ट्रपति लिण्डन जनसन दक्षिण कोरिया आएका रहेछन् । त्यतिवेला उनले तिम्रो देशको लागि के दिँऊ भन्दा सैनिक राष्ट्रपति पार्क चुङ् ही ले मलाई एउटा राम्रो विज्ञान र प्रविधिको विकास गर्ने इन्सिच्यूट बनाई दिनु भनेका थिए रे । त्यसरी कोरियन इन्सिटिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (किष्ट) स्थापना भयो । अहिले त्यही विज्ञान र प्रविधिको आधारमा प्रविधि आधारित औद्योगीकरण गरेर दक्षिण कोरिया संसारको ‘डोनर’ देशको रूपमा आएको छ । त्यस्तै स्थिति भएको हाम्रो नेपालमा पनि त्यस्तै खालका विचार भएका नेताहरू भएको भए अनि हाम्रोमा संधै संघर्ष नभएको भए सम्भवतः हामी पनि दक्षिण कोरिया जस्तो हुन सक्थ्यौं । तर अहिले हाम्रो देश अत्यन्त अविकसित मुलुक भनेर चिनिएको छ र त्यही कोरियाबाट हामीले सहयोग लिएका छौ । यी सवै कुराहरूलाई मूल्याङ्कन गर्दा पनि सन्तोष हुने अवस्था पक्कै छैन ।

नाष्टको नै कुरा गर्ने हो भने पनि मैले जुन उद्देश्यले कार्यक्रमहरू सुरू गरेको थिएँ र जुन गतिमा त्यसलाई अगाडि बढाउने लक्ष्य थियो त्यसरी अगाडि बढ्न सकिराखेको छैन जस्तो लाग्छ । नेतृत्व फेरिएपछि अवधारणा नै बदलिन्छ ।

सरकारले बाहिर गएका हाम्रा दिमागहरूलाई फर्काउन सक्नु पर्छ । त्यसको लागि सरकारले उपयुक्त सुविधाहरू दिएर ल्याउने र उनीहरूलाई रिसर्च लगायतका क्षेत्रमा लगाउन सकेको खण्डमा हाम्रो देश विकसित हुन बेर लाग्दैन । सरकारले रिसर्चकालागि छुट्टै बजेट दिन सकेको छैन, उच्च शिक्षाको नगण्य बजेट मात्र रिसर्चमा खर्च भयो । धेरै रकम तलब लगायत यस्तै काममा बढी खर्च भएकाले विश्वविद्यालयले रिसर्चको लागि अत्यन्तै कम खर्च छुट्याइयो । विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ भने सरकारले पनि विश्वविद्यालयको माग अनुसार बजेट दिनुपर्छ । रिसर्चको लागि धेरै तत्वहरू छन् । प्रोफेसर हुनको लागि रिसर्च गर्नुपर्छ र यो अतिआवश्यकीय कुरा पनि हो तर यहाँ रिसर्च बिना नै बनेका धेरै प्राध्यापकहरू छन् । यसले देशको भविष्य कोर्नमा सहयोग हुन सक्दैन ।

अन्तमा “के तपाई आफ्नो जीवनमा जे जति गरियो त्यसबाट सन्तुष्ट हुनु हुन्छ ?” भनी सोध्दा भट्टराई भन्छन् “ राणाकालिन पिछडिएको नेपालको दुर्गम गाँउमा जन्मंं,े तत्कालीन सामाजिक परिवेशमा मेरो विवाह समेत सानै ११ वर्षको उमेरमा भयो । बनारस जाँदा तीन दिन पैदल हिडेर बुटवल पुगिन्थ्यो त्यस्तो अवस्थामा पनि मैले जे जस्ता अवसरहरू प्राप्त गर्दै गएँ अहिले पछि फर्केर हेर्दा असन्तोष हुनु पर्ने कुनै कारण छैन । जुनसुकै मानिसले पछि फर्केर हे¥यो भने मैले यसो गर्नुको सट्टा यदि यसो गरेको भए हुन्थ्यो भन्ने ठाँउ जैले पनि रहन्छ । त्यस्तो विचार कहिले काहिं ममा पनि नआएको होइन । तर पनि वितिसकेपछि यी ‘यदि’ र ‘तर’का कुरा निरर्थक हुन् । समग्रमा मैले जे जस्तो भूमिका निर्वाह गरें त्यसमा कम्प्लेन गर्नु पर्ने कुरा केहि छैन ।”

प्रस्तुतीः अमृता अर्याल