थोरै काम गछौ, त्यो समाजको लागि गछौं

सन् १९८८ वैंगलवरबाट एमएस्सी वातावरण विज्ञान गरेका सिराहा, मिरचिहा, मलनियाका रामचरित्र साहले सुरुमा १९९९मा वन विभागको माटो भूक्षययीकरण विभागमा काम गरेका थिए । वतावरण विज्ञानमा काम गर्ने योजना बनेपछि उनले वन विभागको जागीरे जीवनलाई लत्यायर ‘प्रोपव्लिक’मा वातावरण सम्वन्धी टेक्निकर विषेशज्ञको रुपमा पाँच वर्ष काम गरे ।

रामचरीत्र साह, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र

प्रो–पव्लिकमा छदा खेरी नै एउटा अनुसन्धानमुखी संस्था बनाउने उनको सोचका कारण ९५ हजार बच्चाहरुको स्वास्थ्यमा असर गर्ने लेडजस्ता धातुको क्षेत्रमा जनता तथा सरकारलाई सूसुचित गर्न लागि परेको बताउँछन् । ‘एसबेस्टर सरकारले रोकेर तराईको लागि फाइदा भयो । मानिसलाई विज्ञान र प्रविधिसँग जोड्न हामी उद्यत रह्यौ— विशेष गरि वातावरणीय मुद्दाको सवालमा ।’ सेफेडले डेन्टर डक्टरहरुको शरीरमा मर्करीको रिसर्च गरेका छौं, मर्करी फ्रि को कुरा गरिरहेको बताउँछन् ।

नेपालमा लिड(सीसा)ले बालबालिकाको स्वास्थ्यमा असर गर्ने कुरालाई मध्यनजर गरी युरोपियन युनियनको सहयोग र आइपेन जसले अखाद्य पदार्थको विरोधमा विश्वव्यापी आवाज र नेटवकीङ्ग गर्दछ ती संस्थाको सहयोगमा नेपालमा पनि स्वास्थ्यमा असर गर्ने लेडधातूको नियन्त्रमा सरकारी स्तरमा मापदण्डलागि नेतृत्वदायी भूमिका खेख्ने जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरीत्र साहसँग रिभोसाइन्सले आवरण संवादमा गरिएको कुराकानीको संपादित अंशः

स्वास्थ्यमा असर गर्ने लेडधातुको क्षेत्रमा काम गर्ने चेतना चै कहाँबाट आयो ?
सुरुमा हामी अन्तर्राष्ट्रिय सञ्जाल, आइपेन लागायत विश्वको अन्य वातावरणीय मुद्दाका कुरा उठाउने अन्तर्राष्ट्रिय संस्थाहरुको सदस्य बन्यौं । त्यसपछि अन्तर्राष्ट्रिय क्यामपेनको रुपमा नेपालमा पनि अगाडि बढेको हो ।

हामी जस्ता देशहरुमा सूचना प्रवाहको कमि हुन्छ । यसकारण विश्वव्यापी काम भईरहेको कुरालाई लोकल स्तरमा काम गर्ने काम हम्रो हो । यसैको परिणाम नेपालमा ‘लेडफ्रि’ अथवा ९० पिपिएमको स्तरमा सरकारी घोषणा ल्याउन मद्दत गरेको हो ।

विषय वस्तुको हिसावले पनि वातावरणीय मुद्दा भनेको सिधै सर्वसाधारण मानिसको स्वास्थ्यसँग सम्वन्ध राख्ने भएकोले नै जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र नामाकरण गरेका हौंं ।

कति वर्षसम्मको बच्चाहरुलाई बढी असर गर्छ ?
विशेषगरि ‘छ’ वर्ष मुनीका वच्चाहरुलाई असर गर्छ । उनीहरु बढ्दो उमेरको क्रममा रहेको हुन्छ । त्यसपछि १२ वर्ष उमेर समुहका बच्चाहरुलाई असर गर्छ । लामो समय लेडजन्य पदार्थको प्रयोग गरिरहनेहरुको लागि पनि असर गर्ने हुन्छ ।

के घरमा लगाएको रंगले पनि असर गर्छ ?
यदि हावामा लेडको मात्रा बढी छ भने एउटा कोठामा बस्ने सबभन्दा कम उमेर समूहको लागि बढी असर गर्नेहुन्छ । किनभने उनीहरुले बढी श्वासप्रश्वास प्रक्रियामा भाग लिने हुन्छ । अर्को कुरा बच्चाले लेडसँग लड्ने प्रतिरोधात्म क्षमता कम हुन्छ ।

सेर्फडमा नमुना परीक्षणको लागि राखिएको इनामेल पेन्टको नमुना

जुन व्यक्तिले नेपालका लागि सम्भव छैन भन्नेहरु नै आज गुणस्तर उकास्न लागि परेका छन् । यसले उहाँहरु व्यापार, र स्वास्थ्य प्रति सजक भएको पाएको छु । उहाँहरुले आफ्नो अवस्था अनुरुप काम गरिरहनु भएको छ भन्ने लागेको छ । अव सरककारले नीति नियममा कडाइ गर्ने र लागू गर्ने काम बाँँकी नै छ । 

प्राकृतिक रुपमा पाइने लेडले भन्दा मानिसले उत्पादन गरेको पेन्टमा भएको लेडको मात्राले बढी असर गर्ने हो ?
नेपालमा लेडउत्पादन हुँदैन, लेडपाइने ठाँउहरुको सरकारले किटानी पनि गरेको छ । त्यो अलग कुरा हो । हाम्रो मान्यता मानिसले घरमा प्रयोग गर्ने इनामेल, रंगहरु र खेलाना लगायतको क्षेत्रमा प्रयोग गरिएका लेडको बारेमा कुरा गर्न खोजिएको हो । हाम्रो काम भने विशेष गरेर नेपालमा उत्पादन हुने र विदेशबाट नेपालमा आउने पेन्टहरुमा लेडको मात्रामा अध्ययन गर्ने हो ।

लेडजुन पायो ठाँउमा पाउने होइन । यो त प्राकृतिक रुपले कुनै कुनै स्थानमा जम्मा भएको पाइन्छ । यसले रेडन जस्तो विकिरण पैदा गर्ने पनि होइन । तर यसको असर मानिसलाई लामो समयसम्म हुनेहुँदा मानिसलाई यसको विषयमा जनचेतना जगाउन पर्नेहुन्छ । पहिले एक पटक पेट्रोलियम पदार्थमा लेडमिसेको कारणले वातावरणमा लेडको मात्रा परिक्षण गरेको थियो । तर भर्खर हामीले घर र स्कुलका धूलाको कणमा लेडको मात्रा कति छ भनेर अनुसन्धान गरेका छौं । यसमा देखिनु भनेको मानिसले घरमा प्रयोग गरेका पेन्ट नै मुख्य कारण हो भन्ने मान्यता छ ।

सरकारले ९० पिपिएम मामदण्ड तोकिदिनु भन्दा पहिले कति पिपिएम सम्म पाइयो ?
अहिलेसम्म हामीले तीन पटक अध्ययन ग¥यौं । पहिलोमा ७३ हजार पिपिएम भेटियो । त्यतिखेर २४ वटा उत्पादनमा अनुसन्धान गरेका थियौं । त्यसपछि सन् २०११मा बहुर्राष्ट्रिय कम्पनीहरुले उत्पादन गरेको कम्पनीहरुको इनामेल लगायत अन्य पेन्टहरुमा अनुसन्धान गरेका थियौं त्यतिखेर बर्जरको सुनौलो पहेलो उत्पादनमा २१२७०० पिपिएम बढी भेटिएको थियो ।

सन २०१३ मा आउँदासम्म बहुर्राष्ट्रिय कम्पनीहरुको पेन्टमा ९० पिपिएमभन्दा तल छ । नेपाली कम्पनीहरुको धेरै छ । पशुपतिलगायत सबैमा बढी छ । जतिखेर ७३ हजार पिपिएम भएको बहुर्राष्ट्रिय कम्पनीहरुले अहिले स्तरउन्नति गरेको पाइन्छ । उनीहरुको पेन्टमा ९० पिपिएमभन्दा कम छन् । यो सवै हुनुमा नेपाल लगायत विश्वमा भैरहेको लेडफ्रि क्यामपेन कै कारण हो । विदेशी पेन्टले सुधार गरिसके, अव नेपाली कम्पनीले पनि स्तरउन्नति गर्न पर्छ भन्ने हाम्रो मान्यता हो ।

तपाईको विचारमा नेपाली पेन्ट उत्पादन कम्पनीहरुले गर्न सक्छन् ?
नेपाली एउटा कम्पनी आएको थियो । तपाइहरुले अन्तर्राष्ट्रिय स्तरको ल्यावमा परिक्षण गरिदिनु प¥यो भनेर । उहाँले नेपालमा जाँच गरेको २२ पिपिएम आएको छ । कुनै बेला अत्याधिक बढी पाइएकोमा अहिले २२ पिपिएममा ल्याउनु भनेको स्तरउन्नति नै हो । नेपाली कम्पनीले गर्न उद्यत देखिन्छ तर सवैले गरेको पाइदैन । भविष्यमा सबैले गर्नै पर्नेहुन्छ । किनभने अन्तर्राष्ट्रिय रुपमा नै लेडफ्रि पिगमेन्ट उत्पादन हुँदैछ ।

पेन्टमा लेडमिसाएमा के हुन्छ ?
गाढा रंग, चमक दिन, छिटो सुुक्न र लामो समयसम्म टिक्नको लागि लेडेड फिलर लेडेड ड्रायर, लेडेड पिगमेन्ट हाल्ने काम हुन्छ । पिगमेन्टले कलर ल्याउन काम गर्छ भने, ड्रायरले छिटो सुुकाउन मद्दत गर्छ, फिलरले चमक दिन्छ । तर विज्ञान यति धेरै विकास भै सकेको छ । लेडप्रयोग नभएका पेन्टहरुपनि यस्तै रुपमा काम गर्छ ।

भारतमा एउटा अध्ययन भएको छ । ‘ए’ ब्राण्डमा झन्डै ४९ हजार पिपिएम छ । उसको खुद्रा मुल्य १ सय ५२ रुपैया प्रति लिटर छ । तर ‘बी’ ब्राण्डमा लेडको मात्रा ७ पिपिएम छ, जसको मुल्य १ सय ५५ रुपैया छ । यदि लेडअनुसार हेर्नुहुन्छ भने त्यो ७ हजार गुणा बढी पिपिएम भएको पाइन्छ । र पैसा अनुसार भने तीन रुपैया फरक पाइन्छ । यसकारण आर्थिक हिसावले त्यति ठूलो अन्तर पर्दैन । कारण के हो भने— एक लिटर पेन्ट उत्पादन १ ग्राम वा दुई ग्राम पिगमेन्ट चाहिन्छ । आधा लिटर बनाउन १ लिटर पिगमेन्ट चाहिएको भए रकममा धेरै फरक पर्दथ्यो । विभिन्न स्तरमा आएका रिपोर्टका अनुसार १० देखि १५ प्रतिशतको बढ्ने देखिन्छ । यतिखेर नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले लागू गरिसकेको छ । नेपाली एक÷दुई कम्पनीले लागू गर्ने अवस्थामा हुनुहुन्छ ।

लेडको असरबाट क्यान्सर हुने सम्भावना कति प्रतिशत हुन्छ ?
लेडले क्यान्सर नै गरेको घट्ना पाइएको छैन । तर पनि सुस्त मनस्थिति हुनु लेडनै एउटा प्रमुख कारक हो भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । यो एस्व्रेस्टर जस्तो कार्सीनोजन –क्यान्सर जन्य) होइन ।

स्कूल तथा घहरुमा लेडको अवस्था कस्तो रैछ ?
हामीले १सिक्स घर, २ निजि स्कुल, १ सरकारी स्कुल, र २ हस्पिटलहरुमा लेडको अध्ययन गरेका थियौं । तीमध्य ५ वटामा ४० माइक्रो ग्राम वर्ग फिटभन्दा बढी लेडको मात्रा पाइएको थियो । यसले गर्दा स्कूलहरुमा बढी सम्वेदनशिल हामीले पायौं । त्यस स्थानमा बस्न लाएक ठाँउ होइन भनेर अमेरीकन वातावरण संरक्षण एजेन्सीले भनेको अवस्था हो । तर हामीहकाँको वातावरण संरक्षण नीति फितलो हुँदा समस्यामा पर्ने देखिन्छ । अन्य १२ वटामा ४० माइक्रो ग्राम वर्ग फिट मुनि र अस्पतालमा १० माइक्रो ग्राम भन्दा कम पाइयो ।

नेपालका विद्यालय सञ्चालक तथा शिक्षकहरुलाई लेडको जानकारीे कतिको रैछ?

उहाँहरुसँग लेडविषयमा जानकारी न्यून प्रतिशत भएको पाइयो । त्यसैले हामीले नेपाल शिक्षा मन्त्रालय अन्र्तगतको शिक्षा विभाग, निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल (प्वावसन) सँगैमिलेर जानकारीमूलक कार्यक्रम पनि चालयौं ।

नेपालका शिक्षा अधिकारी यो विषयमा कतिको जानकार भएको पाउनु भयो ?
सुरुमा उहाँहरुलाई पनि त्यति जानकार नभएको पाँए । आजपरन्त स्वास्थ्यमा प्रभाव पार्ने भनेर सजग हुनुहुन्छ । जहाँसम्म विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको सवाल छ, उहाँहरु अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिने भएकाले होला उहाँहरुलाई भने भनिरहनु परेन । तर कार्यान्वनको हिसावले उहाँहरुले अहिले ‘ग्लोबल एलाइन्स टु एलिमिनेट लेडपेन्ट’, न्ब्भ्ीए भन्ने विश्वसमुदायसँग हस्तार गरेर आएको छ—त्यसलाई उहाँहरुले लत्याउने कुरा आउँदैन ।

पेन्ट उत्पादन कम्पनीहरुले सर्वसाधरणलाई जानकारी दिने सूचाङ्क राखेको कतिको पाइयो ?
सन् २०१० मा आँउदासम्म एउटा ब्राण्डमा ‘नो एडेड लेड’ लेखिएको पाइथ्यो भने, अहिले कुनै पनि पसलको कम्तीमा ४ वटा कम्पनीको उत्पादनमा नो एडेड लेडलेखिएको पाइन्छ । कसैले नो एडेड लेड, मर्करी र भिओसी लेखिएको छ । सन् २०१३ मा लोगो राखेका पेन्टमा गरेको टेस्टमा पनि हामीले ९० पिपिएमभन्दा कम पाइएको छ । प्राविधिक हिसावले लेडफ्रि लेख्दा गलत हुन्छ तर नो एडेड लेडचै लेख्न सकिन्छ ।

९० पिपिएम सम्म बच्चाहरुले थेग्न सक्ने मात्रा हो ?
प्राविधिकरुपले लेडलाई शून्य बनाउन सकिदैन । यसकारण ९० पिपिएमको अवधारण आएको हो । हामीले टेस्ट गरेकाहरुमा ७ पिपिएम, १० पिपिएम पनि पाइएका छन् । कम भएमा कम असर गर्नेछ—कुरा त्यति मात्र हो । यो स्टान्र्डड तोक्ने भनेको विनासको कन्सेपमा लिएर आएको हुन्छ । ९० पिपिएम भनेको अमेरीकन वातावरण संरक्षण एजेन्सी(इपिसि)ले तोकेको अन्तर्राष्ट्रिय मापदण्ड हो । यसले बच्चालाई असर गर्नेछ तरपनि ७३ हजार पिपिएम भन्दा कम असर गर्नेछ । यो न्यूनतम जोखिमको अवधारणमा विकास भएको हुन्छ ।

के नेपाल सरकारले पूर्ण लागू गर्न सक्छन् । विदेशमा आ–आफ्नै स्टान्र्डड हुँदो रैछ ? हाम्रोमा भन्दा बढी स्टान्डर्ड भएको लेडयुक्त पेन्ट आएमा के नेपाल सरकारले रोक्न सक्छ र ?
चार वर्ष पहिले र अहिलेको तुलनामा फरक परिसकेको अवस्था हो । मानिसको चेतनाको स्तर बढ्दै गएको छ । जसले राम्रोसँग मार्केटमा बुझेर किन्नेछ उहाँहरुलाई फाइदा नै हुन्छ । आयातलाई रेगुलेट गर्नु पर्छ । नत्र अन्यत्रको बढी लेडभएको पेन्ट नेपालमा भित्रन सक्छ । हाम्रो मान्या पनि त्यहि हो । त्यहि भएर तेस्रो पक्षले जाच्ने प्रावधान आउन लागेको छ । जस्तै अनुसन्धान गर्ने संस्थाहरु वा विश्वविद्यालयहरु पनि हुन सक्छन् ।

गुणस्तर विभागको प्ररीक्षण गर्ने ल्यावको अवस्था कस्तो छ ?
नेपाल गुणस्तर तथा नाप तौल विभागको ल्याव अन्तर्राष्ट्रिय मान्यता अनुरुप नै छ ।

नेपालमा कति प्रतिशत बालबालिकाहरुमा लेडबाट असर भएको हुनसक्छ ?
यसमा अहिलेसम्म अध्ययन भएको छैन । तर अर्थिक पक्षसँग अनुसन्धान गरेको पाइन्छ । यसले आर्थिक रुपमा १ दशमल्लव ५ विलियनर डलर घाटा भएको देखाएको छ । यो नेपालको कूल ग्राहस्त उत्पादनको ४ प्रतिशत हो । सबै प्रकारका लेडबाट घाटा भएको तथ्याङ्क भने पाइन्छ ।

यसलाई नेपाली पेन्टस् उत्पादन कम्पनीहरूले कसरी लिएको छ ?
जुन व्यक्तिले नेपालका लागि सम्भव छैन भन्नेहरु नै आज गुणस्तर उकास्न लागि परेका छन् । यसले उहाँहरु व्यापार, र स्वास्थ्य प्रति सजक भएको पाएको छु । उहाँहरुले आफ्नो अवस्था अनुरुप काम गरिरहनु भएको छ भन्ने लागेको छ । अव नीति नियममा कडाइ गर्ने र लागू गर्ने काम बाँँकी नै छ । यहाँसम्म आउनु धेरै मिहिनेत र सबैको सकारात्मक सोचले भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको नीति नियम नेपालमा लागू गर्नु खुुशीको कुरा हो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *