मन्दविष लेड

 विश्वमा करीव दशलाख बालबालिका लेड धातुबाट ग्रसित

काठमाडौं बसुन्धरा, धापासी हाइटमा अवस्थित गोल्डेन बर्ड एकाडेमीका मोडल विद्यार्थीहरु दायाँबाट क्रमशः निमा गुरुङ, ऋतिक कुँवर, प्रिन्सेस ऐश्वर्य थापा र देवासिस् वुद्ध थापा । तस्वीरः अनिल खड्का

लक्ष्मण डंगोल


काठमाडौं । सुन्दा सामान्य लाग्ने, ‘रंगाउँदा सुन्दर बनाउन मद्दत गर्ने ‘लेड’ (सीसा) धातुले विश्वमा करीब दश लाख बालबालिका ग्रसित छन् । कुरा सुन्दा पत्यार नलाग्न सक्र्छ—जो कसैलाई । ‘विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले यस्तै देखाउँछ’ भन्छन्, ‘विकासोउन्मुख मुलुकहरुमा लेड जस्ता ‘मन्दविष’ को शिकारले बालबालीकाको दिमागी हालत सुस्त हुँदैछ ।’


डा. धनराज अर्याल, बरिष्ठ बालरोग विशेषज्ञ

डाक्टरको नजरमा लेड

लेडले कुनैपनि प्रणालीमा असर गर्न सक्छ

लेडजन्य धातुको प्रयोगले कस्तालाई बढी     असर गर्छ ?

लेड छुदैमा शरीरभित्र गएर असर गरिहाल्ने भन्ने होइन । श्वासप्रश्वास लिदा, लेडधातु मिसावट भएको केमिकलहरुमा काम गर्दा यसले असर गर्ने देखिन्छ । सबैभन्दा बढी असर सिक्स वर्ष मुनिका बालबालिकालाई गर्ने हुदा सहजकता अपनाउनु पर्ने हुन्छ ।

बालबालीको शरीरमा कति लेडले असर गर्छ ?
३.५ माइक्रोग्राम प्रति डेसिलिटर भन्दा मुनि भएकोभन्दा बढी हुने वितिकै बालबालिकालाई असर गर्ने हुन्छ । यदि लेड शरीर भित्र गएपछि शरीरको प्राचन प्रणाी पचाउन सक्ने मात्रा भन्दा बढी भएमा त्यो शरीको किड्नी, हड्डी लगायत शरीरका अंगहरुमा बस्छ । क्याल्सीयमको कमी भएमा शरीरले लिने हुन्छ र असर गर्छ ।

यसले कहाँ कहाँ असर गर्छ ?
कुनै पनि प्रणालीमा असर गर्न सक्छ । आजै यसले केहि नगरेतापनि भोली गएर मन्द रुपमा असर गर्ने हुन्छ । लेडको असरबाट बालबालिकाको वृदि विकासमा कमी, पाचन क्षमता, नसाहरु झमझमाउने, नर्भसलगायत सबैभन्दा बढी वुद्धिमा कमि आउने(आइक्यू) हुन्छ ।

हामीसँग लेड असर गरेको तथ्याङ्क कतिजति छ ?
त्योस्तो देखिएको छैन । नेपालमा यससम्वन्धी स्वास्थ्यमा असर गर्ने कुराहरुमा रिसर्च नै कम हुन्छ । यसकारण लेडले स्वास्थ्यमा असर गरेको यकिन तथ्याङ्क भने हामीसँग छैन ।


 

लेड प्रकृतिमा पाइने गह्रौं धातु हो । यसको प्रयोग मानिसले रङ्ग, खेलौना तथा नक्कली गहनाहरुमा गर्छन् । फलस्वरुप मानव स्वास्थ्यमा प्रतिकूल असर पछिसम्म पर्ने अमेरीकी वातावरण संरक्षण एजेन्सी(इपीए) ले जनाएको छ । यसले नेपालका ९५ हजार बालबालिका ग्रसित हुने देखिन्छ ।

विकसित मुलुकले इनामेल लगायत श्रृगारका सामानमा ९० पिपिएम लेडको मापदण्ड तोकेको वषौं भैसक्यो । तर वातावरण दुसीतको कुवा मानिने काठमाडौंमा यस्ता कुराको चासो राख्ने फुसर्द न सरकारी अधिकारीलाई थियो न वातावरणीय संस्था हाक्नेलाई । तर त्यही कागको हुलमा एउटा बकुलो निस्कियो—‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सिफेड)।’ जसले सामान्य रुपमा लेड धातुको कुरा नेपालमा चलाएको सेफर्डका कार्यकारी निर्देशक रामचरित्र साह बताउँछन् । भन्छन्—‘खाएको विष लाग्नु पर्ने हो तर नखाएको विष लाग्दैछ हाम्रा बालबालिकालाई ।’

स्रोतः सेर्फड, ०६८

त्यस्तै, ‘बालबालिका भनेको भविष्यका कर्णधार हुन, जसले समाज, देश र विश्वकै प्रतिनीधित्व गर्न सक्छ, उनीहरुको भविष्यमा आइपर्ने स्वास्थ्यका बारेमा वर्तमानमा सोच्न पर्ने कुरा’ बाल विशेषज्ञ डा. धनराज आर्याल बताउँछन् ।

घर तथा स्कुलमा इनामेलमा मिसाइएको लेडको प्रयोगले बालबालिकालाई असर गरेको कुरा विश्वमा २०औं शताव्दीमै कुरा चलेपनि नेपालमा भने सन् २०१०मा मात्र आएर लेडको विषयमा कुरा उठ्यो । फलस्वरुप सन् २०१४मा आएर नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट भविष्यका कर्णधार मानिने बालबालिकाको पक्षमा निणर्य गर्न सफल भएको छ । तर नीतिकोे कार्यान्वयनको पर्खाइमा छन् सरोकारवालाहरू ।

‘६ वर्ष मुनिका बालबालिकालाई सुस्त मनस्थितिको शिकार गर्ने—घर तथा फर्निचरका सामाग्री रंगाउने पेन्ट (कुनै पनि स्वदेशी तथा विदेशी ब्राण्ड)मा लेडको मात्रा ९० पिपिएमभन्दा माथि भेटिए सरकारले कार्वाही गर्न सक्ने विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको छ । यद्यपि, मन्त्रालयबाट कुनै पनि ब्राण्डले उत्पादनका निमिक्त मापदण्ड स्विकृत गरेर लगिसकेपछि नियम परिवर्तन भएमा त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ । र, परीक्षणका पश्चात् नेपाल गुणस्तर विभागले मान्यता दिनु पर्ने हुन्छ ।

फरक मतः
सरकारले वातावरण संरक्षण नियमावली, २०५४ को नियम १५ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन भएको मितिले १८१ औं दिन (२०७२ फागुण १०) देखि लागू हुने भनीएको छ । तर नेपाल पेन्ट उत्पादन संघका अध्यक्ष विरेन्द्र साखः ‘सरकारले हामीसँग प्रयाप्त छलफल नै नगरी नगन्य मात्रामा लेडको मापदण्ड पेन्टमा तोक्दा, सरकारले भनेको समयमा लागू गर्न नसकिने जिकिर गर्छन् ।’ भन्छन्, ‘लेड कहाँ कसरी आउँछ भन्ने कुरा पहिले जानकारी राख्नु पर्दछ, त्यसै लेडको कारणले असर भन्नु गलत कुरा हो । जुन कुरा लेड मिसावट पेन्टको कुरा, त्यो हामीले नेपालमा राख्ने नभई, पेन्ट उत्पादनमा प्रयोग हुने ‘पिगमेन्ट’मा लेड मिसावट भएर भित्रने हो ।’

इन्जिनियर साखःका अनुसार त्यसमाथि सबैखाले पेन्टमा लेडको मात्रा बढी छ भन्ने हामीलाई लाग्दैन । त्यो इनामेल पेन्टमा पाइएको हो । आजभोली मानिसले पहिले जस्तो जतापाए त्यतै लगाएको पनि पाइदैन । यसको उपयोग हुने भनेको सटर र घरका ग्रिलहरुमा हो । लेड मिवावट भएको पेन्टको प्रयोग भएर जोखिम हुने पनि होइन, तर एक पटक इनामेल लगाएको ठाँउमा प्रापाहरु उप्केपछि आउने समस्या हो । ५ प्रतिशत इनामेलमा लेडको प्रयोगलाई लिएर सम्पूर्ण नेपाली पेन्ट उत्पादन कम्पनीको अवस्था नै मूल्याङ्कन नगरी नीति सार्वजनिक गर्नु भनेको हामी माथिको अन्याय हो ।’


विश्वप्रकाश साखः अध्यक्ष, नेपाल पेन्टस् उत्पादन संघ

समयमा लागू गर्न सक्ने अवस्था छ्रैन
सन् १९९३मा फिलिपिन्सको सेन्ट लुइस विश्वविद्यालयमा केमिकल इन्जिनियरीङ्ग गर्नुभएको विश्वप्रकाश साखः अहिले नेपाल पेन्ट उत्पादन संघको अध्यक्ष हुनुहुन्छ । फलिपिन्स रहदा अमेरीकन पेन्ट उत्पादन कम्पनी फ्लोरो ब्राइण्डमा काम गरेको अनुभव पनि छ उहाँसँग । उहाँले अहिले साखः ग्रुपको केमिकल डिभिजन हेर्नुहुन्छ । ‘नन् फेरस’ मेटल जस्तो कप्पर ब्रास जस्ता रिसाइकल गर्ने कम्पनी पनि चलाउँदै आउनु भएको छ । बिजनेश परिवारमा जन्मे हुर्केका उहाँ १९९३को मे महिनामा विजनेस सेक्टरमा लागेको बताउँनुहुन्छ ।

नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले स्वदेशी तथा विदेशी पेन्ट उत्पादन कम्पनीहरुको लागि अनतर्राष्ट्रिय मापदण्ड अनुसार लिडको मात्रा ९० पिपिएम तोकीएको सन्दर्भमा रिभोसाइन्सले उहाँसँग गरिएको कुराकानीको संम्पादित अंशः

नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले पेन्टमा लेडको मात्रा ९० पिपिएम तोकिदिएको छ नि ! तपाईहरुले यो मापदण्ड अनुसार १८१ दिन भित्रमा स्तरउन्नती गर्न सक्ने अवस्था छ ?
पहिलो कुरा इनामेल लगाउनसाथ त्यसमा भएको लेडले असर गर्ने भन्ने कुरा होइन । यसको असर हुने भनेको प्रयोग गरीसकेको पेन्ट घाम, पानीको कारण त्यसबाट धूलोको कण निस्कन थाले पछिको अवस्था हो । यदि त्यस्तो अवस्था आउनु भन्दा पहिले नै ‘रिपेन्ट’ गरेमा असरबाट बच्न सकिन्छ ।

९० पिपिएमको जुन सरोकार छ । त्यसले हाम्रो ध्यानाकर्षण भएको छ । जुन कुरा हामीहरुको सहमतिमा हनुु पर्ने थियो । एकै पटक १८१ दिन तोकेर आउनु भनेको गलत हो । त्यस्तो अवस्था नेपाली पेन्ट उत्पादन कम्पनीको छ कि छैन भन्ने नेपाल सरकारका जिम्मेवार निकायलाई थाहा हुनु पर्दछ । जतिखेर नेपाल गुणस्तर विभागले पेन्ट सम्वन्धी मापदण्ड लागाएको थियो त्यतिखेर हामीलेनै वातावरण मन्त्रालयले लगाउन पर्दछ भनेका थियौं । तर हामीसँगै सल्लाह नगरिकन नियम लगाउनु भनेको हतारमा गरेको निणर्य हो भन्ने हामीलाई लागेको छ ।

के सरकारले तोकेको समयपछि मापदण्ड अनुरुपको पेन्ट उत्पादन गर्न सक्नुहुन्छ ?
सरकारले तोकेको समयमा लागू गर्न सक्ने अवस्था छ्रैन । ९० पिपिएम भनेको त्यो यति सानो मात्रा हो त्यस किसिमको परीक्षण गर्ने नेपालमा कुनै सुविधा छैन । हाम्रो इनामेलकै कुरा गर्ने हो भने विभिन्न ग्रेडको कलर हुन्छ । एउटामा ३सिक्स ग्रेडको कलर हुन्छ । यो निरन्तर उत्पादन गर्ने भन्दा पनि फरक फरक व्याचमा उत्पादन भएको हुन्छ । सयौं व्याच हुन्छन् । यो सबैको परीक्षण गर्ने कहाँ ? प्रत्येक व्याचको टेस्ट गर्न सक्ने क्षमता राख्छ कि राख्दैन । हामीकहाँ साना तथा मझौला गरि ३२ उधोगहरु छन् । उनीहरुले अपग्रेड गर्न सक्ने अवस्था छ कि छैन । त्यसको अध्ययन नै नगरि एक्कासी नियम लगाउनु भनेको गलत हो ।

विज्ञान तथा वातावरण मन्त्रालयले तपाइहरुको सहमतिमा भएको हो भनेको छ नि !
हामीहरुसँग यस किसिमको निणर्य गर्ने गरि कुनै छलफल भएको छैन । मैले अन्य पेन्ट उत्पादन गर्ने मित्रहरुलाई सोध्दा पनि कसैलाई थाहा नभएको अवस्था छ । कम्तीमा हामीलाई सोध्नु प¥यो नि, कति समयमा यसको निराकरण गर्न समय लाग्छ भनेर । त्यसमाथि पनि ‘यसमा हामीले हटाउँ दिन भनेर सुकै छैन—यो अन्तर्राष्ट्रिय कच्चापदार्थ उत्पादन गर्ने कम्पनीहरुले लेड फ्रि पिगमेन्ट पठाउनेछ ।’ तरपनि समय अविधि अत्यन्तै छोटो भएको हामीले बुझेका छौंं ।

अहिलेको अवस्थामा तपाइहरुले विभिन्न किसिमका पेन्टमा लेडको मात्रा कति पिपिएमको मापदण्ड तोकेको खण्डमा लागू गर्न सक्नुहुन्छ ?
पहिले कुरा लेड हामीले मिसाउने होइन । कुन पिगमेन्ट(रंगाउने पदार्थ)मा कति लेड मिसाइएको छ—त्यो हामीलाई पठाउँदैन । २४० वटा कच्चापदार्थमा कुन कुनमा लेड हुन्छ भन्ने कुरा त्यो पहिले पहिचान गर्नु प¥यो । तवमात्र कार्यान्वनमा जानु प¥यो । यहाँ त ९० पिपिएम भन्ने वितिकै पिगमेन्ट, ड्रायर, फिलरमा १ पिपिएम नै हुनु प¥यो तवमात्र ९० पिपिएममा आएर बस्छ । प्रतिशतको हिसावले ९० पिपिएम भनेको लगभग शून्य नै हो नि । जवहामी लेड फ्रि पानी पिउन सकिराखेका छैनौं, पेन्टमा हामीले तत्काल गर्न सकिहाल्छौ भन्ने मलाई लाग्दैन । भविष्यमा यो लेड फ्रि नै हुदै जान्छ ।

तपाईहरु अव कसरी अगाडि बढ्नु हुन्छ त ?
मैले एशियन र ब्रर्जर एशियन पेन्टसँग कुरा गर्दा उनीहरुलाई अपग्रेड गर्न मात्र दुई वर्ष लागेको थियो । त्यत्रो अन्तर्राष्ट्रिय लगानी भएको ठाँउमा त भने । मझौला किसिमका उद्योगले १८१ दिनमा लागू गर्न सक्ला भन्ने मलाई लाग्दैन । यसका लागि समय लाग्छ । यदि हामीले लेड नभएका कच्चापदार्थ प्रयोग गरे भनेपनि तत्काल ९० पिपिएममा आइहाल्ने छैन ।

लेड र भिओसी फ्रि, वातावरणमैत्री जस्ता स्वास्थ्य सम्वन्धि चिन्नहरुको प्रयोगको कुराहरु पनि राख्नु पर्ने हुदो रैछ नि !
त्यस्तो भन्दैमा फ्रि त हुदैन तर पनि न्यून मापदण्ड तोकिए अनुसारको हुन्छ ।

के नेपालमा उपलव्ध हुने विदेशी ब्रान्डका पेन्टमा भनेजस्तै हुन्छ त ? तपाईहरु नेपालमा परिक्षण गर्ने निकाय नै छैन भन्दै हुनुहुन्छ, झन प्रयोग कर्ताहरुले कसरी थाहा पाउने ?
पहिले कुरा स्वदेशमै परीक्षण गर्ने ल्याव हुनु प¥र्यो । दोस्रो कुरा कति पिपिएम र भिओसी फ्रि मान्ने भन्ने कुरा कुनै पनि देशको आफ्नो कुरा हो । जस्तै सिंगापुरले सिक्स०० पिपिएमलाई उसको देशले मान्यता दिएको छ आजै नगरेपनि पछि त हामीले गर्नै पर्ने हुन्छ । किनभने पिगमेन्ट उत्पादन कम्पनीहरुले आफै लेड फ्रि भएका पिगमेन्ट उत्पादन गर्दै आइरहेका छन् । अरु कुरा के गर्नु — नेपालमा गुणस्तर विभागले दुई वर्ष अधिकै परिक्षण गर्न सकेको छैन ।

नेपाल गुणस्तरले पहिला यसलाई कार्यान्वन गर्न खोजेको थियो । त्यतिखेर हामीले भनेको थियौं वातावरण मन्त्रालय गर्ने काम गर्ने हो । त्यतिखेर भारतले गर्न नसकीराखेको अवस्थामा हामीले गर्न सक्दैनौ भनेका थियौं । गुणस्तर विभागका तत्कालिन प्रमुखले कुनै कुरा भारतलेभन्दा अगाडि गर्न किन नहुने भन्ने सम्म कुरा आए । तर कार्यान्वन हुन सकिराखेको थिएन । हाम्रा नेताहरुले विदेशी चलखेलको कुरा किन गरेको भन्ने कुरा अहिले मलाई लागि रहेको छ । नेपालमा धेरै खुला सिमानालाई सरकारले कसरी नियन्त्रण गर्छ । मानिलियौं हामीले न्यूनतम मापदण्ड भएको पेन्ट उत्पादन गर्दा ३० प्रतिशत पेन्ट महङगो पर्न जान्छ । तर भारतीय नाकाबाट सस्तो पेन्ट आएमा के नेपाल सरकारले रोक्न सक्छ ? जवकि खाने कुरा र पानीमा भएको लेडको मात्रा रोक्न सक्ने अवस्था छैन ।

के नेपाली पेन्ट उत्पादन कम्पनीले अपग्रेड गर्न नसक्ने अवस्था हो ?
गर्नै नसक्ने भन्ने होइन । तर त्यसको लगि समय चाहिन्छ । अहिले दिएको समय पर्याप्त हुँदैन । नेपालमा पेन्ट उत्पादन गर्ने नेपाली कम्पनीहरु पेन्ट उत्पादनका सम्पूर्ण ज्ञान भएर खोलेका होइनन् । कसैसँग पैसा भएको बेलामा भारतबाट विज्ञ ल्याएर उत्पादन सुरु गरेको देखिन्छ । अपवादको रुपमा म एउटाले मात्र केमिकल इन्जिनियरीङ्ग गरेको छु । अमेरीकन पेन्ट इन्डस्ट्रीजमा काम गरेर आइ सकेकोले पनि केमिकलको जानकारी छ । तर सबै उत्पादन कम्पनीको मालिकलाई सबै प्रविधि थाहा नहुन सक्छ । हामीकहाँको पेन्ट इन्डस्ट्रीजको अवस्था त्यहाँ सम्मको छैन ।

अव तपाइहरु के गर्नु हुन्छ त ?
यदि कुनै मानिसलाई लेड कसरी आउँछ भन्दा उत्पादन कम्पनीले लेड मिसाउँछ भन्ने छ । कुरा त्यसो होइन । हामीलाई पनि कुन कुन पिगमेन्टमा लेडको मात्रा हुन्छ भन्ने थाहा छैन नि । क्रोम पिगमेन्ट नै १०÷१२ वटा हुन्छन् । ती मध्य कुन कुनमा लेड छ भनेर भन्न सकिन्न ।

सरकार एकपटक चेक जाँच गरेको जस्तो गर्छ । चुपचाप बस्छ । विदेशको मेवा भन्दा स्वदेशको सागपात नै मिठो भनिन्छ तर एक पटक नेपाली मशला उत्पादन गर्ने कम्पनीलाई सरकारले काठको धुलो मिसाएको भनेर खवै कार्वाही ग¥यो । फाइदा कसलाई भयो त भारतबाट आउने मसलालाई भयो । न्यूरोडको गुदपाक पसल बन्द नै भयो । सरकारले उधोग बन्द गर्ने होइन । स्वदेशी उधोगको समस्या र पहिचान गरि सुधार गर्ने र अन्तर्राष्ट्रिय स्तरमा लान मद्दत गर्ने हो । बन्दै गर्ने होइन । उद्योगीलाई मार्ने होइन । यसरी उधोगीलाई हतोत्साही बनाउने होइन । यस्तै हुने हो भने नेपाली उत्पादन केहि हुने छैन । यस विषयमा कति समयमा सकिन्छ भनेर सहमतिमा गरेको भए प्रक्रियामा जान सजिलो हुन्थ्यो भन्न खोजेको मात्र हो । आर्थिक हिसावले सरकारलाई एक करोड खर्च गर्न कुनै गाह्रो कुरा होइन तर हामीहरुको लागि ठूलै रकम हो ।


 लेड र नेपालमा अध्ययन
लेड एक प्राकृतिक रुपमा पाइने तत्व हो । यो पृथ्वीको भित्रि भागमा सानो मात्रामा पाइन्छ । यसको प्रयोगकले केहि फाइदा भएपनि मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

नेपालमा यसको अध्ययन जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सेफर्ड)ले पहिलो पटक पेन्टमा लेडको मात्रा सन् २०१०मा अध्ययन गरेको थियो । उसले सन् २०१० मा नेपालमा पाइने २५ प्रकारको पेन्टमा अध्ययन गरेका थिए । सेफर्डले गरेको अध्ययनले नेपालमा पाइने सबैखाले पेन्टमा लेडको मात्रा पाइएको थियो । त्यतिखेर ५ दशमल्लव ४९ पिपिएम देखि ७३ हजार ९ सय सिक्ससिक्स पिपिएम सम्म लेडको मात्रा पाइएको तथ्याङ्क छ । जुन अमेरीकी मापदण्ड ९० पिपिएम भन्दा ८२२ गुणाले बढी थियो ।

सेफर्डका कार्यकारी निर्देशक रामचरित्र साह भन्छन्, ‘हामीले नेपाली उत्पादन हुने र विदेशी बजारबाट नेपालमा भित्रिने विभिन्न बान्डका पेन्टमा लेडको मात्रा सन् २०१४ सम्ममा आइपुग्दा तीन पटक अध्ययन ग¥यौं । जसबाट हामीले नेपाली बालबालिकाको लागि स्वास्थ्यमा असर गर्ने कुरा पहिलो पटक विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलाई अवगत गरायौं । तर त्यस बखत मन्त्रालयले हाम्रा कुरा सुन्ने अवस्था रहेन । विश्वव्यापी सञ्जालमा लेड फ्रि पेन्टका कुरा उठ्न थालेपछि र वातावरणीय सन्धिमा नेपाल सरकारले हस्ताक्षर गर्न बाध्य भएपछि नयाँ नीति सार्वजानिक भएको हो । यो नेपाल सरकारको आफ्नो वौद्धिक नीति भने होइन ।

‘लेडको अभियान नेपालमा यूरोपियन युनियनको सहयोगमा हामीले विश्वव्यापी सञ्जाल रहेको आइपेन जसले विश्वमा प्रदुषण रहित वातावरणको कल्पना गरेको छ—उसैको सहयोगमा गरेको’ साहा वताउँछन् । सन् २०१३ मा युरोपियन युनियनको सहयोगमा एशियाका सात देशहरुमा लेड मुक्त पेन्टको परीयोजना अन्र्तगत नेपालको जिम्मा सेफर्डले पाएको थियो । सेफर्डले मुख्य शहरहरुमा पाइने ५१ वटा पेन्टको नमुनलाई इटालीमा अवस्थित ‘इटालियन इन्स्चिट्यूट फर द सटिर्एफिकेसन अफ् अप्टीकल प्रडक्टस्’ ९क्ष्तबष्बिल क्ष्लकतष्तगतभ ायच तजभ अभचतषष्अबतष्यल या इउतष्अब िउचयमगअतक०, मा परीक्षण गरेको थियो । सो परीक्षणबाट नेपालमा उत्पादन गरेका पेन्टमा १ लाख ३० हजार पिपिएम लेडको मात्रा पाइएको थियो । यो अमेरीकी मापदण्ड ९० पिपिएमभन्दा १ हजार ४ सय ४४ गुणा बढी भएको सेफर्डले सरकारलाई ध्यानाकर्षण गराएको थियो ।


वातावरण र स्वस्थ्यमा हामीले ध्यान दिएका छौं
वुद्धआदित्य मुखर्जी
निर्देशक तथा महाप्रवन्धक, एशियन पेन्टस् नेपाल

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले हालसालै पेन्टमा लेडको मात्रा ९०पिपिएम भन्दा कम हुनु पर्ने मापदण्ड तोकिदिएको छ, यसलाई एशियन पेन्ट कम्पनीले कसरी लिन्छ ?
सन् २०१० देखि एशियन पेन्टले आफ्ना उत्पादनहरुमा कुनै किसिमको वातावरणलाई असर गर्ने र स्वास्थ्यमा असर गर्ने लेड, मर्करी, र्आसेनीक र क्रोमियम मिसावट भएको उत्पादन गरेको छैन । यस्ता किसिमको सूचना हामीले आफ्नो उत्पादनमा देखाएका छौं । त्यतिमात्र नभएर हामीले हाम्रो उत्पादन गरेको घरमा प्रयोग गरिने पेन्टहरु सबै वातावरण र स्वस्थ्यको हिसावले ध्ययान दिएका छौं । एशियन पेन्टले जनतालाई सही सूचना दिन हामीले हाम्रा वेबसाइटमा पनि खुलस्त राखेका छौं । हामीनै नेपालको पहिलो पेन्ट कम्पनी हो जसले सम्पूर्ण नियमको पालना गरेको छ ।

एशियन पेन्टमा कति पिपिएम लेडको मात्रा पाइन्छ ? के तपाइको पेन्टमा अहिलेको नीति लागू गर्छ ?
अवश्य गर्छ । तपाइले हाम्रा वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ । हाम्रो मापदण्डभन्दा कमै छ । एशियन पेन्ट कम्पनीले नेपाल सरकारको वातावरण, स्वास्थ्य र सुरक्षा नीतिको पालना गर्न आफ्ना उत्पादनमा सर्वसाधरणलाई जानकारी दिने सूचांक(स्टिकर) राखेको छ ? हामीले उत्पादनको गरेको बट्टामा लेड नमिसाइएको(नो एडेड लेड) लागो राखेका छौं ।

तपाइहरुसँग वातावरणीय, लेड नभएको र भिओसी कम भएको पेन्ट छन् ?
छन् । हाम्रो वेबसाइटमा सबै कुराको जानकारी नै छ । हाम्रा उत्पादनहरुमा अमेरीकी मापदण्ड ९० पिपिएम र कम भिओसी भएको पेन्ट छन् । केहि नयाँ उत्पादनहरुको जाँच्ने काम भैरहेको छ । परिक्षणको नतिजा आएपछि हामी सही सूचना वेबसाइटमा राख्ने छौं । त्यसबाहेक हामीले श्रृगारका सामानहरुमा पनि सिलिका, मर्करी, र्आसेनिक र क्रोमिम जस्ता धातु मिसाएका छैनौं ।

तपाइको विचारमा नेपालका पेन्ट उत्पादन गर्ने कम्पनीहरुले सरकारले तोकेको १८१ दिन भित्र ९० पिपिएमको मापदण्ड अनुरुप लैजान सम्भव हुन्छ ?
मेरो विचारमा एक वर्षको समय दिएमा स्थानिय पेन्ट कम्पनीहरुले गुणस्तर उकास्न सक्छन् । यदि नेपाली पेन्ट उत्पादन कम्पनीहरुलाई कुनै ठूलो समूहको लगानी नभएको अवस्था इनामेल पेन्टको गुणस्तरमा वृदि गर्न कम्तीमा एक वर्ष लाग्नेछ ।


 

भोलाटाइल अर्गानिक कम्पाउण्ड(भिओसी):
जुन केहि ठोस वा तरल पदार्थबाट निस्कने ग्याँस हो । यस्ता ग्याँले स्वास्थ्यमा तत्कालै वा लामो समयसम्म असर गर्छ । यसले घर बाहिरभन्दा घर भित्र दश गुणा बढी असर गर्ने मान्यता छ । यो पेन्ट, पेस्टिसाइड, परमामेन्ट मार्कर, पेन्ट स्ट्रिपर, घर बनाउने र डेकोरेटिभ सामानहरुमा, प्रिन्टर, फोटोकपि मेशिनलगयत विभिन्न बस्तुहरुमा पाइन्छ ।


 

 

विश्व बजार
घर तथा फर्निचर सजाउन प्रयोग हुने पेन्टले एशियाको सिक्स० देखि ७० प्रतिशत बजार ओगटेको छ । यी स्थान ओगटनेमा एसियन, बर्जर, नेरोल्याक, जेनसन एण्ड निकोल्सन र आई.सी.आई. डुलक्स जस्ता बहुराष्ट्रिय पेन्ट कम्पनीहरु पर्छन ।

फेब्रुवरी २००८ मा “पेन्टइन्डिया” मा प्रकाशित भएको एक लेखअनुसार २००सिक्स मा विश्वभर ३सिक्स,०सिक्स०,००० टन पेन्टको उपभोग भएको पाइयो । जसमा एशिया प्यासेफिक क्षेत्रमा ११,१९५,००० टन उत्पादन भएको र ११,२२सिक्स,००० टन उपभोग भएको थियो ।

विश्वभर प्रति व्यक्ति पेन्टको उपभोग औसत सिक्स.सिक्स के.जी. हुन्छ भने एशियामा प्रति व्यक्ति ३.१ के.जी. हुन्छ । भारतीय उपमहाद्वीपमा प्रति व्यक्ति १÷२ के.जी. देखि ३ के.जी. सम्म पेन्ट खपत हुने तथ्याङ्कले देखाउँछ । विभिन्न स्रोतहरुले एशिया भविष्यमा सबैभन्दा ठूलो पेन्ट बजारमा परिणत हुने सुझाएको छ । भारत अहिले नै विश्वमा पेन्टको छैठौं ठूलो उत्पादक भैसकेको छ ।

दक्षिण एशियामा टक्सिक लिङ्कको विशेष अभिरुचि हुनुको मुख्य कारण भनेको भारतसँग जोडिएको सिमाना र यहाँ हुने विषाक्त पदार्थको चुहावट अनि यसबाट हुने प्रत्यक्ष असर नै प्रमुख हुन् । पेन्टहरुको लागि एशिया भरपर्दो बजार हो । वर्षै पिच्छेको बृद्धिदरलाई मध्यनजरले एशिया पेन्टहरुको सबैभन्दा ठूलो उपभोक्ता हुने विभिन्न अध्ययनले देखाएको छ । पेन्टरोगन गर्ने क्षेत्र हरेक वर्ष १० प्रतिशतले वृद्धि भइरहेको पनि सेफर्डको रिपोर्टमा उल्लेख छ ।

लेडयुक्त पेन्टबाट हुने स्वास्थ्य समस्या, बढ्दो पेन्ट व्यवसाय र फितलो नीति नियमलाई मध्य नजर राख्दै टक्सिक लिड्ढले दक्षिण एशियाका देशहरुमा रहेका चर्चित बहुराष्ट्रिय पेन्टहरु अन्य देशका मापदण्डभित्र रहेका छन् वा छैनन् भन्ने अध्ययन गरेको थियो । उनीहरुले दोहोरो गुणस्तर अबलम्वन गरेका छन् वा छैनन् भन्ने कुरा थाहा लागेको थियो । सेफर्डका अनुसार दोहोरो गुणस्तर मापदण्ड गरेपछि नेपालमा पाइने पेन्टहरु (एशियन पेन्ट, बर्जर, नेरोल्याक र आई.सी.आई. डुलक्स)का गुणस्तर दक्षिण एशियामा पाउँने पेन्टहरुसँग तुलना गरेका थिए ।


लिड विषाक्तता
डल्लुएचओले लिड एउटा न्यूरोटक्सिस (स्नायु विषाक्त) धातु हो । बच्चाहरुको स्नायु प्रणालीको विकासमा ह््रास आउने मुख्य कारण लिड नै हो । स्तनपान गर्दा वा गर्भावस्थामा यसको सम्पर्कमा आउनु यसको मुख्य कारण हुन् । लिड हड्डीमा जम्मा हुने गर्दछ र त्यसबाट स्तनपान गर्ने बच्चाहरु र गर्भमा रहेको बच्चाहरुसम्म यसको असर पुग्दछ । त्यस कारण महिलाहरु लामो समयसम्म यसको सम्पर्कमा आउनु अत्यन्त खतरनाक हुन्छ ।

ङ्गमा लेडको प्रयोग
रङ्गमा लेडको प्रयोग रङ्गको लागि मात्र नभएर धेरै टिकाउ बनाउन, ढुसीबाट जोगाउन र छिटो सुक्ने बनाउनको लागि पनि गरिन्छ । यसले रङ्गलाई लामो समयसम्म घरको भित्ताहरु, काठ र फलाममा टिकाइरहन्छ । लेडका धेरै प्रकारहरु हुन्छन् तीमध्य लेडअक्साइड, लेड काव्रोनेट (जसलाई सेतो लिड भनेर चिनिन्छ) लेडक्रोमेट, मोलिबेडआदि रङ्गका सामग्रीमा प्रयोग गरिन्छ ।


रामचरीत्र साह, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र

प्राकृतिक रुपमा पाइने लेडले भन्दा मानिसले उत्पादन गरेको पेन्टमा भएको लेडको मात्राले बढी असर गर्ने हो ?
नेपालमा लेडउत्पादन हुँदैन, लेडपाइने ठाँउहरुको सरकारले किटानी पनि गरेको छ । त्यो अलग कुरा हो । हाम्रो मान्यता मानिसले घरमा प्रयोग गर्ने इनामेल, रंगहरु र खेलाना लगायतको क्षेत्रमा प्रयोग गरिएका लेडको बारेमा कुरा गर्न खोजिएको हो । हाम्रो काम भने विशेष गरेर नेपालमा उत्पादन हुने र विदेशबाट नेपालमा आउने पेन्टहरुमा लेडको मात्रामा अध्ययन गर्ने हो ।

थोरै काम गछौ, त्यो समाजको लागि गछौं

अन्र्तवार्ता पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्


 

 नेपालमा पेन्ट व्यवसाय

सेफर्डले विसं २०सिक्स८मा गरको सर्वेक्षण अनुसार ‘नेपालमा ब्राण्डेड पेन्टहरुको माग बढ्दै गइरहेका कारण बहुराष्ट्रिय कम्पनीहरु एशियन, बर्जर, नेरोल्याक, आइ.सि.आई. आदिले नेपालमा भित्रिएको जनाएको छ । एशियन र बर्जरको उत्पादन नेपालमै हुँदै आएको छ तर नेरोल्याक र आइ.सी.आइ. कम्पनीहरुले भारतबाट आयात गर्छन् । अरु ब्राण्ड जस्तै रेड बेल्ट अमेरिकाबाट र हाटोगोल्ड थाइल्याण्डबाट आयात गरिन्छ । सन् २००१ जुन मा इन्र्टनेटमार्फत द हिन्दु ग्रुप प्रकाशनको आर्थिक दैनिकका अनुसार नेपालमा बर्जर र एसियनको बजार हिस्सा ५० प्रतिशत रहेको छ ।

यी कम्पनीहरुको बजार वार्षिक रुपमा ५–सिक्स प्रतिशत ले बृद्धि भइरहेको उल्लेख गरिएको छ । तर कम मुल्यका कारण स्थानीय पेन्ट उत्पादक जस्तै पशुपति पेन्टस्ले पनि नेपालमा राम्रै बजार ओगटेको छ । पशुपति पेन्टस् विगत २सिक्स वर्षदेखि व्यवसाय गर्दै आइरहेको छ । स्वदेशी पेन्टस् उत्पादन कम्पनीहरुमध्य पशुपति पेन्टस् पहिलोमा पर्छ ।


 लिडबाट बच्ने सरल उपायः
• रंगाएको ठाँउ वा घरका भित्ताहरुलाई क्षय, पाप्रा उप्कनबाट जोगाउने
• घरमा धूलोका कणबाट बचाउने
• पानी खराव हुनबाट बचाउने
• स्वास्थ्यवर्धक खाद्य पदार्थको सेवन गर्ने
• खाना खानपूर्व हात धुने
• धुलोमा बालबालिकालाई खेल्न नदिने
• पेन्ट उप्केको भागमा खेल्न नदिने
• यदि त्यस्तो संका लागेमा लिडको मात्रा जाँच गराउन डक्टरको सल्लाह लिने ।

काम गर्ने स्थानमा लिड
• व्याट्री कारखाना तथा रिसाइकल गर्ने स्थानमा
• रेडिएटर रिपेर कामगर्ने ठाँउमा
• लिडयुक्त ग्लासको काम गर्ने स्थानमा
• लिडयुक्त रसायनमा काम गर्ने स्थानमा
• मेटरल र वेल्डीङमा काम गर्ने, लिडको माइनमा काम गर्ने, प्रेसमा काम गर्ने, पाइप काट्ने मानिसहरु, प्लास्टिक तथा रवरमा काम गर्ने ठाउँ, बन्दुक बनाउने ठाउँ, गहना बनाउने ठाउँ, पलम्बर, सेरामिक्स र चाँदी र तामामा काम गर्ने ठाउँहरु आदि ।


 

नेपाली पेन्ट बजार
बहुर्राष्ट्रिय कम्पनीहरुले जुनदेशमा नियम कडा छ ‘लेड फ्रि’ उत्पादन गर्ने, जहाँ कडा छैन त्यस देशमा लेड युक्त पेन्ट उत्पादनका कारण डबल स्टयान्डर्ड मापन गरेको सेफेडका निर्देशक बताउँछन् । तर यस किसिमको काम नगरेको बहुर्राष्ट्रिय कम्पनीहरु मध्यका एशियन पेन्टस्का निर्देशक तथा महाप्रवन्धक वुद्धआदित्य मुखर्जीको भनाइ छ । भन्छन्, ‘हामीसँग अन्तर्राष्ट्रिय स्टान्डर्डको सटिफिकेट छ, बजारमा पाइने हाम्रा उत्पादनका प्याकहरुमा उपभोगतालाई सूचना दिने सूचांकहरु राखिएको छ ।’

सेफर्डले घर पेन्टाउने पेन्टको व्यापार वर्षेनी १० प्रतिशतले बढ्ेको निष्कर्ष ०सिक्स८को रिपोर्टमा उल्लेख गरेका थिए । यसमा एसियन, बर्जर, आई.सि.आई. र नेरोल्याक औसत परीणाम ५१,७२३.२ पी.पी.एम. रहेको थियो । तर नेपाल र बंगलादेश जस्ता देशहरुमा पेन्टमा लेडसम्बन्धी कुनै कानुन, नीति नियम नहुँदा रंग व्यापारीले मनपरी गरेको उल्लेख छ । सबैभन्दा बढी बिक्रि हुने एसियन र बर्जर पेन्टले दक्षिण एशियामा एकैनाशको मापदण्ड नरहेको रहस्य पत्ता लागेपछि अहिले ९० पिपिएमको मापदण्डमा गैइसकेको जनाएको छ । सेफेडको ०सिक्स८को रिपोर्टमा सबैभन्दाबढी भारतबाट आयात गरिएको नेरोल्याक पेन्टमा पाइएको उल्लेख गरेको थियो ।

सन् २०१०को अक्टोवर सम्ममा नेपाल सरकारलाई पेन्टमा लेडको मात्रा हुन्छ यसले बालबालिकालाई असर गर्ने कुराको जानकारी नै थिएन । त्यस्तै स्वदेशी तथा विदेशी कम्पनीहरुले नेपालमा विक्री गर्ने पेन्टमा लेडको मात्रा अत्याधिक भएको चाल पाएका थिएन तर सन् २०११ म आएर सेफर्डले डवल स्टान्र्डड रिपोर्ट प्रकाशन गरेपछि ‘लेड फ्रि’ मिसनले अग्रसरता मिलेको हो ।

तर, ‘उद्योगी आफैले ९० पिपिएमभन्दा तल ल्याउन पर्ने सचेत गराइसकेको तोकिएको मितिदेखि लागू हुने नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका वातावरण मापदण्ड शाखाका केमिस्ट शंकरप्रसाद पौडेल बताउँछन् । नेपालका भन्सारबाट आएत हुने विदेशी पेन्टलाई पनि निगरानी गर्न हामीले भन्सार विभागलाई पनि जानकारी गराएका छौं । उहाँहरुले तोकिएको मितिदेखि लागू गर्नको लागि नेपाल गुणस्तर विभागको प्रयोगशालामा पठाएर गुणस्तर मापन गर्नेछ ।

‘छ महिना समय नेपाली उत्पादन कम्पनीको स्तरोन्नती गर्न तयारीको समय दिइएको हो ताकि उद्योगीले तेस्रो मुलुकम डम्प भएर बसेको ९० पिपिएमभन्दा बढी भएको पेन्ट नेपालमा भित्रिन नपाउन सरकारले यस्तो कदम चालेको हो । विकसीत राष्ट्रमा उत्पादित पेन्ट थाहानपाउने तरिकाले नेपाली उद्यमीलाई विक्रि वितरण गर्ने सम्भावनाको जोखिम न्यनीकरण गर्नु पर्ने नेपाल सरकारको दायित्त भएकोले पनि वातावरण नीति लागू गर्नु पर्ने मन्त्रालयको अधिकारीहरुको छ ।

‘विदेशी कम्पनीले ९० पिपिएम भन्दा बढी भएका इनामेल नेपाली व्यापारीहरुलाई सस्तोमा बेच्ने र हामीकहाँ आएर डम्प हुने नवस्था नहोस भन्नकालागि पनि अमेरिकी मापदण्ड अनुसार लेड को मापदण्ड ताकिएको पौडेल बताउँछन् ।

विकसित मुलुकले ९० पिपिएम मामदण्ड तोकेपछि डम्प भएका पेन्ट उनीहरुलाई फाल्न पनि समस्या हुने र डिस्पोज गर्न पनि कम्तिमा प्रतिलिटर ४ डलर खर्च हुने हुँदा उनीहरुले हामी जस्ता अल्पविकसीत मुलकलाई सस्तोमा बेच्ने कुराको ध्यायन गर्दै सरकारले यस्तो निति तत्काल लागू गर्न बाध्य भएको मन्त्रालयको छ । उसले भन्सारका प्राविधिक कर्मचारीहरुलाई पनि सम्पूर्ण जानकारी खुल्ने सूचनासहित पत्राचार गरेको र उहाँहरुले पनि नयाँ मापदण्ड अनुसार काम गर्नेछ ।

मन्त्रालयले नीति बनाउँदा उद्योगीहरुको सल्लाहमा बनाएको भन्ने छ तर उधोगीलाई थाहै नदिई तत्काल नीति राजपत्रमा उल्लेख गरेकोले नेपाली पेन्ट उत्पादन कम्पनीहरु थप समस्या परेको गौरी शंकर पेन्टका मार्केटिङ्ग मेनेजर आनन्दकुमार रौनियार गुनासा पोख्छन् । उनी भन्छन्, हेर्नुस सरकार हाम्रो रोजी रोटी खोस्ने काम गरेको छ । कित उहाँहरुले यस्तो नीति कम्पनी संञ्चालनपूर्व नै लागू गर्न सक्नु पथ्र्यो । त्यतिखेर सरकारले नीति लागू गर्न सकेन । तरसरकारले एक्कासी नीति ल्याएर व्यासायी समस्यामा परेको छ ।


पेन्टमा लेड हटाउन ठोस कदम चाल्नु पर्ने

– अमृता अर्याल

नेपाल सरकारले लेडयुक्त सामान तथा पेन्टहरूको बिक्री बितरणमा रोक लगाउने भनेर मात्र नहुने व्यावहारमा कार्यान्वयन गर्नुपर्र्नेे कुरा सरकारी स्कुल तथा बोर्डिङ्हरूले जनाएका छन् । लेड रहित सामान तथा पेन्टहरूको उत्पादन बृद्धि गर्न सकेमा यसको रोक लगाउन सकिने नत्र बाध्य भएर लेडयुक्त सामानहरू नै प्रयोग गर्नुपर्ने भन्दै लेडयुक्त सामानहरूलाई रोक लगाई लेड रहित सामान तथा पेन्टहरूको मात्र बिक्री वितरण गर्न ठोस कदम चाल्नु पर्ने बताएका हुन् ।

लीडयुक्त पेन्ट तथा सामानहरूले बिशेष बच्चालाई र वयस्कलाई समेत असर पर्ने हुँदा यसले राष्ट्रलाई ठूलो घाटा हुने उनीहरूको भनाई छ । नेपाल सरकारले अब छिट्टै लेडयुक्त पेन्ट लगायतका अन्य सामानहरू हटाउने भनेपनि यो कार्य कठिन भएको कुरा एल् आर.आई बोर्डिङ् कलङकीका सुपर भाईजर राधेश्याम थापाले बताउँछन् । भन्छन्,‘नेपाल सरकारले अनुदान स्वरूप दिने गरेको सोलारको व्याट्रीमा लेड हुने र लीडले बच्चाहरूलाई असर गर्ने हुँदा यस्ता सोलार लगायतका अन्य सबै सामानहरू बच्चाहरूबाट टाडा राखेका छौं ।’

गुणस्तरीय शिक्षा प्रदान गर्ने बोर्डिङ्हरूमा गनिने एल्.आर.आई. बोडिङ् स्कुलले आफुले जाने बुझेर त्यस्तो लेडयुक्त पेन्ट वा सामानहरू प्रयोग नगरेको समेत बताएको छ । अहिले सम्म सवै पेन्टहरू तथा बच्चाका सामानहरू लेड रहित नै प्रयोग गरेको कुरा प्राइमरी इन्चार्ज किरन पन्त बताउँछन् । त्यस्तै ज्ञानोदय उ.मा.विले पनि लेडयुक्त पेन्ट तथा सामानहरू प्रयोग नगरेको जनाएको छ ।

आन्तरिक स्रोत जुटाएर भएपनि लेड रहित पेन्टहरू प्रयोग गरेको संस्कृत मा.वि. रानिपोखरीका प्रिन्सिप बद्रीप्रसाद दाहाल बताउँछन् । सरकारले बजेटको व्यवस्था गर्न नसकेको हुँदा डेस्कहरूमा रङ्ग नै नलगाएको भित्तामा केही आन्तरिक स्रोतबाट रकम जुटाएर लेड रहित पेन्ट लगाएको समेत बताए । उनले नेपाल सरकारले सरकारी स्कुलहरूको गुणस्तर बृद्धी गर्नका लागि सरकारी स्कुलहरूलाई विशेष सहयोग गर्नुपर्ने कुरामा जोड दिए । दवार हाई स्कुलले पनि सरकारी स्कुललाई विशेष प्राथमिकता दिनु पर्ने कुरामा जोड दिएको छ । लेड रहित पेन्टहरू बजारमा सजिलै उपलब्ध गराउन र लेडयुक्त पेन्टहरू हटाउन सरकारले विशेष भूमिका खेलेमा बच्चाहरू लेडबाट टाढा रहन सक्ने र रोगहरू कम लाग्ने कुरा दवार हाई स्कुल रानिपोखरीले जनाएको छ ।

लेडयुक्त पेन्टले बच्चाहरूमा एलर्जी हुने आँखा चिलाउने सुन्निने, दिमागमा असर पर्ने र अन्त्यमा क्यानसर समेत हुने सम्भावना भएकाले यस्ता सामान तथा पेन्टहरू प्रयोग नगरेको काम्यक स्कुल बागबजारका भाइस प्रिन्सपल रविन भट्टराई जानकारी दिएको छ ।

नेपाल सरकारले लेडयुक्त सामान तथा पेन्टहरूको बिक्री बितरणमा रोक लगाउन पहल गर्नु आफैंमा राम्रो काम भएको कुरा भट्टराईले बताए । उनले सरकारले नियममा मात्रै ल्याएर वा मुखले मात्रै भनेर नहुने अर्थात कार्यमा नै उर्तान आवश्यक रहेको कुरा उल्लेख गरे ।

केहि स्कुलहरूले लेड रहित सामान तथा पेन्टहरू प्रयोग गरे पनि धेरै स्कुलहरूले र बच्चा भएका घरहरूले समेत लेडयुक्त पेन्टहरू नै प्रयोग गरेको हुँदा आफुले लेडयुक्त पेन्टहरू बेचिरहेको व्यापारीहरू बताउँछन् ।


 

नेपाली पेन्टस् उत्पादन कम्पनीहरुको आत्म निर्भरता बढेसँगै सरकारले एक्कासी ९० पिपिएमको मापदण्ड तोक्नमा विदेशी एनजियोको चलखेल रहेको एक पेन्ट व्यवसायीले उल्लेख गर्छन् । भन्छन्, ‘हाम्रो भूभाग सुहाउँदो मापदण्ड तोकिदिनु पर्दथ्यो ।’

त्यस्तै, ‘छिमेकी खुला नाकाबाट आउने सस्तो पेन्टले नेपाली मार्केट ओगट्ने ख्यालै नगरी पेन्टमा अमेरीकी मापदण्ड तोकिएको नेपाल पेन्ट उत्पादन व्यासायी तथा पेन्ट उत्पादन संघका अध्यक्ष साखको गुनासा छ । उनी भन्छन्,‘यदि नेपाली पेन्ट उत्पादन कम्पनीहरु वातावरणीय र स्वास्थ्यको हिसावले अमेरीकी मापदण्ड ९० पिपिएमको दायरामा उत्पादन गरेमा नेपाली पेन्ट ३० प्रतिशतको हाराहारीमा महङ्गो हुनेछ । यसले स्वदेशी पेन्टको व्यापार खस्कने उनको बुझाइ छ ।

तर, मन्त्रालयका कर्मचारी भन्छन् ‘यो नीति एक वर्ष पहिले नै आउनु पर्दथ्यो, उहाँहरुले केहि समय माग गरेका कारण हालसालै आएको हो ।’ यसले उहाँहरुलाई किफायती हुनेछ ।

 के लागू गर्न सक्छ त ?
‘जसले उत्पादन गर्ने हो, उहाँहरुले गर्न नसकेमा सरकारले बलमिच्याई गर्न हुदैन । व्यवसायीहरु सहमतिमा आउनु भएको छ । विभिन्न मन्त्रालय र उधोगीहरुसँगको छलफल लामो समय चलेपछि यो नीति लागू गर्न सफल भएका छौं । नेपाली उद्यमीहरु पनि सकारात्मक भएकोले लागू नहुने कुरा भएन तर केहि समय अवस्य लाग्ने मन्त्रालयका वातावरण मापदण्ड शाखाका केमिस्ट शंकरप्रसाद पौडेल भनाइ छ ।

पौडेलका बुझाइमा लेड भन्ने धातु सम्पूर्ण रंगहरुमा पनि हुँदैन । यसले सम्पूर्ण पेन्ट व्यापार ठप्प हुने पनि होइन तर केहि उत्पादनहरुमा जस्तैः फलाम धातु र काठमा लगाइने इनमेलमा मात्र हुने हुँदा १० प्रतिशत मात्र धातुमा रंग लगाउनु पर्ने बताउँछन् । ८० देखि ९० प्रतिशत रंग सिमेन्टमा लगाइने सामग्रीमा भने कम प्रतिशत लेड हुन्छ । माटोमा पनि लेड हुने तर त्यति हानी नगर्ने हुन्छ ।

पहिलेका घरहरुमा काली माटो, कमेरो माटो जस्तो किफायति हँदैन । विजुलीको पोल, पंखा तारमा लगाउने इनामेले बढ्ता असर गर्ने कुरा विभिन्न तथ्याङ्कले देखाउँछ । नेपालमा यसको मापन सरकारी निकायबाट भएको पाइदैन । नेपाल सरकारले पनि लेडको विषयमा सर्वसाधरणका लागि त्यति जानकारी गराएको पनि छैन । कतिपय स्कुलहरुमा चमक दिनको लागि काठमा पनि लगाएको पाइन्छ । यसले असर गर्ने वा नगर्ने कुराको जानकारी संञ्चालक प्रिन्सिपलहरुलाई जानकरी हुँदैन । यसकारण यसको उन्मुलनको लागि लामो कसरतबाट २०७३ पुस १७ गतेबाट पेन्ट उत्पादन गर्ने कम्पनीहरुले ९० पिपिएमभन्दा तल ल्याउनु पर्ने मन्त्रालयले सूचना प्रकाशन गरेको हो ।

 पेन्टमा लेड (सीसा)
लेड (सीसा) एक विषाक्त गह्रौं धातु हो । जसको भौतिक तथा रासायनिक गुणका कारण विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । हालको दशकमा यसको अत्याधिक विषाक्तपनाका कारण विश्वव्यापी रुपले यसलाई प्रतिबन्ध गर्न वा यसको विकल्प खोजेर विभिन्न प्रक्रिया र उत्पादनहरु (पेट्रोलियम, पेन्ट, खेलौना आदि) मा प्रतिस्थापन गर्न थालिएको छ । लेडको प्रमुख सम्पर्कमा आउने माध्यम पेट्रोलियम पदार्थमा लेडको प्रतिबन्धपछि घर तथा फर्निचर पेन्टाउने पेन्टहरु नै यसको सम्पर्कको मुख्य स्रोत बनेको अध्ययनले देखाउँछ ।

पश्चिमी देशहरुमा भएको लेडसम्बन्धी अध्ययनहरुले लेडयुक्त पेन्टहरुले लामो समयसम्म तथा निको नहुने रोगहरु लाग्ने जुन विशेष गरी स–साना बच्चाहरु र गर्भमा रहेको बच्चाहरुमा धेरै देखिन्छ । विगत ७० वर्षदेखि लेडयुक्त पेन्ट र यसको प्रयोगको कारण हुने खतरालाई ध्यानमा राखी धेरै पश्चिमी राष्ट्रहरुले यसको प्रतिबन्ध तथा कडाई गरेको छ । अमेरिका र चाइना जस्ता देशहरुले पेन्टमा लेडको मापदण्ड ९० पी.पी.एम. निर्धारण गरिसकेका छन् । १५ देखि १९ सेप्टेम्बर २००८, डकार, सेनेगलमा भएको रसायन सुरक्षासम्बन्धी अन्तर सरकारी सभाको छैठौं बैठकले विश्वव्यापी रुपमा लेडमुक्त पेन्ट बनाउनु पर्ने कुरामा ऐक्यबद्धता जनाएको छ ।

प्रकृतिकमा लेड
यो प्राकृतिक रुपमा सन्तुलन भएको हुन्छ । प्राकृतिक रुपमा धेरै कम हुने भएका कारणले असर गर्दैन । वातावरणीय हिसावले लेड हावा, माटो, पानी र हाम्रा घरहरुमा प्रायः सवै ठाउँमा पाइन्छ ।

लेड(सीसा) के हो ?
लेड एक प्राकृतिक रुपमा पाइने तत्व हो । यसले पेन्टहरुलाई उज्यालो बनाउनुका साथै पेन्टीन तत्वहरुलाई समातेर राख्न पनि सक्छ । लेडले बाहिरी घाम, पानी आदिबाट पेन्टहरुलाई लामो समयसम्म जोगाइराख्नुको साथै पेन्टलाई सुख्खा हुन वा उक्किन दिंदैन । लेड कारबोनेट र लेड अक्साइडका कारण पेन्टहरुमा लामो समयसम्म टाँसिने, चाँडै सुक्ने र पेन्टाउने क्षमता बढी हुन्छ । आर्थिक दृष्टिकोणले यस्ता पेन्ट सापेक्षिक रुपमा कम महङ्गो छ ।

कहाँ पाउँछ ?
वातावरणीय हिसावले लेड सवै ठाउँमा पाइन्छ—हावा, माटो, पानी र हाम्रा घरहरुमा । यो पृथ्वीको भित्रि भागमा सानो मात्रामा पाइन्छ । त्यसबाहेक यो केहि मात्रामा चाँदी, जस्ता र तामाको विकार(किड) मा पनि पाइन्छ । साना मात्रामा व्रह्माण्डको जताततै पाइन्छ । यो पेन्ट, सेरामिक्स, पाइप, ग्यासोलिन, व्याट्री र कसमेटिकहरुमा पनि मिसाएको पाइन्छ । यसको प्रयोगकले केहि फाइदा भएपनि मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ । यो मानिसको सम्पर्कमा अत्याधिक आउनुमा मानिसले आफ्ना सवारी साधान हाक्न प्रयोग गर्ने इन्धन, घरहरु रंगाउन प्रयोग गर्ने लेड मिसावट पेन्टको प्रयोगबाट मानिसको सम्पर्कका आउँछ । त्यतिमात्र कहाँ हो र लेड घरमा प्रयोग हुने पाइप, सेरामिक, आल्मुनियम, र कस्मेटिकका समानहरुमा पनि लेडको मात्रा पाइन्छ ।

प्राकृतिक रुपले लेड ५० देखि ४०० पिपिएम माटोमा पाइन्छ त्यो पनि माइन वा गन्धक भएको स्थानमा । यो प्राकृतिक रुपले वातावरणमा आफै सन्तुलन भैरहेको हुन्छ । तर मानिसद्वारा प्रयोग ल्याइएको लेड फ्याक्ट्रीबाट निस्केर लामो दुरी तय गर्दा प्रदुषित धूलाको कणमा टासिन्छ र पछि जमिनमा थिग्रन्छ । यस्तो प्रकारका लेड—जसकोे प्राकृतिक गुण अनुसार पानी र माटोमा मिसिने कुरा अमेरीकी वातावरण संरक्षण एजेन्सी (इपिए) उल्लेख गरेको छ । त्यस्तै उसले आफ्नो मुलुकमा लेड मुक्त समाजको पनि कल्पना गरेको छ । निरन्तर क्रियाशील रहेको पाइन्छ ।

कसलाई हुन्छ खतरा ?
स्वास्थ्यमा असर लेडले प्राय सवै प्रकारको अंगमा असर गर्छ । सिक्स वर्ष मुनिका र त्यसभन्दा माथिकालाई लेडबाट बचाउने पर्ने हुन्छ ।

यदि सामान्य स्तरको रगतमा लेड पाइएमा पनि आनीबानी तथा पढ्नमा समस्या, कमजोर स्मरणशक्ति र सक्रियता, ढिला दृद्धि विकास हुने, सुन्ने शक्तिमा कमजोर, रक्तअल्पताजस्ता यस्ता समस्या देखिन सक्छ । निरन्तर सम्पर्क आएमा उनीहरुलाई क्यान्सर सम्म हुन सक्ने इपीएले उल्लेख गरेको पाइन्छ ।

बालबालिका ः
हुर्कदै गरेको बच्चालाई लेडबाट बडि खतरा हुन्छ । किनभने उनीहरुको शरीर दिनप्रतिदिन बढ्नेक्रममा हुन्छ । बढ्दो उमेरको शरीरले बढी लेड जस्ता धातु लिने चिकित्सा वैज्ञानिकहरुको मान्यता छ । त्यस्तै, उनीहरुको शरीर अत्याधिक संवेदनशील पनि हुन्छन् । जसका कारणले स्नायु प्रणाली र शरीरका अन्य भागमा पनि लेड धातुको प्रभाव पर्नेहुन्छ । वातावरणमा पाइने लेडभन्दा पनि आजभोली घरमा लगाइने लेड मिसावट पेन्ट, खेलौना, स्कुल, लेड मिसावट भएको पानी तथा खाने कुराहरुबाट पनि उनीहरुलाई बढी असर हुने मान्यता छ ।

सुत्केरी महिला तथा बच्चा पाउने आइमाई
लेड धातुबाट सुत्केरी महिला पनि बच्नु पर्ने हुन्छ । किनभने बच्चा पेटमा हुर्कदै गएको बेलामा उसले लिने लिने अक्सीजन भन्दा पनि पानी तथा अन्य खाद्य पदार्थमा लेड मिसावटको प्रभाव पर्ने देखिन्छ । लेड धातु शरीरमा पसेपछि हड्डीका क्याल्सीयमसँगै जम्मा भएर बस्छ । बच्चा पाउने बेलामा शरीरको भित्रि अंगहरुमा लेड क्याल्सीयमसँगै शरीरको हड्डीमा निस्कन्छ । त्यस्तै हड्डीले आफ्नो भ्रूण विकास गर्न पनि लिन्छ । यो सत्यकुरा हो किनभने बच्चा पाउने महिला जसको शरीरमा प्रयाप्त क्याल्सीयम हुँदैन त्यतिखेर क्याल्सीयममो सट्टा लेड लिनेछ । यसले जन्मने बच्चा र आमा दुवैलाई असर गर्नेछ ।

अन्य वयस्कहरुको हकमा
त्यस्तै वयस्ककोलागि पनि लेड मिसावट भएको सामाग्रीलगायत खाद्य पदार्थमा लेड धातुबाट बच्न पर्ने इपिए तथा डव्लुएचओको अध्ययनले देखाएको छ । मुटुमा असर, उच्च रक्तचाप र यसबाट शिकार, किड्नीले कम काम गर्ने, (महिला तथा पुरुष) प्रजनन्मा असर गर्ने कुरा पनि आएका छन् ।

के लेडले क्यान्सर हुन्छ ?
अनुुसन्धान कर्ताहरुले दुई प्रकारको अध्ययन गरेको पाइन्छ । क्यान्सर मुख्यतया क्यार्सीनोजन भन्ने अर्गानिक यौगिकको कारणले हुन्छ । अनुसन्धानकर्मीहरुले जनावर र लेडयुक्त बस्तुहरुमा काम गर्ने मानिसहरुमा गरेको अध्ययनले खासै लेडकै कारणले क्यान्सर हुने भन्ने पत्ता लागेको छैन । त्यतिखेर यो क्यान्सर हुने स्थानको वरीपरीको भागमा अत्याधिक मात्रामा भेटिएता पनि अहिलेसम्म मानिसमा लेडको कारणले क्यान्सर हुने नहुने भन्ने कुरा पत्ता लगाउन सकेको छैन ।

अनुसन्धानले लेडयुक्त कारखानामा काम गर्ने मानिसहरुको रगतमा लेडको मात्रा अत्याधिक पाइएको थियो । फोक्सो क्यान्सर भएको विरामीहरु, लेडयुक्त स्थानमा काम गर्ने मानिसहरुको बीचमा गरीएको अध्ययन बढी लेड भएको स्थानमा काम गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने खतरा अली बढी हुने अुनुसन्धानकर्ताहरुले भनेको छ । त्यस्तै चुरोटको ध्वाँ पिउने र आर्सेनिक पिउने जस्तो गरि लेडले असर गरेको पाइएको छैन ।

आमाशयमा क्यान्सरः
यसरी विभिन्न किसिमका अनुसन्धानबाट आमाशयमा क्यान्सरको जोखिम बढाएको पाइन्छ । प्राय धेरै अनुसन्धानहरुले अनुसार आमाशय क्यान्सरको जोखिम भने बढाएको पाइन्छ । तर यो चुरोटको ध्वाँ पिउने वा र्आसेनिकको कारणले भन्दापनि लेडको कारणले भएको भन्ने मान्यता अमेरिकन क्यान्सर सोसाइटीले भनेको छ । सोसाइटीका अनुसारजसले बढी समय लेडयुक्त पदार्थको जोखिम मोल्छ उसले ब्रेन, किड्नी, व्लाडर, कोलोन र रेक्टमा क्यान्सरको जोखिम मोल्नु पर्नेछ । लेडको कारणले डिएनएलाई प्रत्यक्ष असर गरेको पाइएको छैन । तर किड्नी र ब्रेन ट्युमरसँग लेडको संग्लग्नता भने अध्याधिक मात्रामा पाइएको छ ।

क्यान्सरमा रिसर्च गरिरहेका संस्थाहरु के भन्छन् ?
क्यान्सर जस्ता रोग निम्त्याउन सक्ने विभिन्न क्यान्सर जन्य पदार्थहरुमा रिसर्च गरिरहेको संस्थाहरुसँग अमेरिकन क्यान्सर सोसाइटीले गरेको सोधमा जनावर, मानिसको बारेमा विभिन्न तथ्य फेला पारेको थियो । यहि तथ्यको आधारमा लेड सम्वन्धित काम गर्ने मानिसहरुलाई लेडको प्रभाव, उनीहरुले काम गरेको समयको आधारमा निर्भर हुने कुरा सार्वजनिक गरेको छ ।

अमेरिकाको सरकारी निकायलगायत नेशनल इन्स्च्यिुट अफ हेल्थ(एनआइएच) सेन्टर फर डिजिज कन्ट्रोल र प्रिभेन्सन (सिडिसी), र खाद्य तथा औषधि विभाग (एफडिए) अन्र्तगत नेशनल टक्सीक प्रोग्राम (एनटीपी) को संलग्नमा बनेको संस्था नेशनल टक्सीलजी प्रोगाम (एनटीपी) थियो । उसले लेडलाई लेडलाई क्यान्सर जन्य पदार्थमा राखेको थिएन । क्यान्सर कार्सीनोजेनिक अर्गानिक कम्पाउण्डका कारण हुने भन्ने कुरा उल्लेख गरेको थियो ।

तर इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) जो विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)का भंगीनी संस्थाले भने लेडलाई क्यान्सर जन्य पदार्थ राख्यो । उसले विभिन्न विभिन्न जनावर र मानिसमा गरेकोे अध्ययनले अत्याधिक लेडयुक्त काम गर्ने मानिसहरुमा क्यान्सरको सम्भावना प्रवल भएको भनियो । यी दुई संस्थाको छुट्टा छुट्टै मतको कारण अमेरीकी वातावरण संरक्षण एजेन्सी (इपिए)ले लेडलाई पनि क्यान्सर जन्य खतरा तत्वमा राखेको छ । त्यसपश्चात लेड उन्मुलनले व्यापकता पाएको क्यान्सर सोसाइटीले उल्लेख गरेको छ ।

लेड धातुको अत्याधिक प्रयोगले के के हुनसक्छ ?
अमेरिकन क्यान्सर सोसाइटीले भनेको छ, ‘लेड धातुको अत्याधिक सेवनले मानिसको किड्नी, उच्च रक्तचाप, बोन म्यारो ड्यामेज, एनिमिया, न्यून वीर्य र पाचनमा समस्या, हर्डीको जोर्नीमा समस्या देखाएको छ । यि बाहेक लामो समयस लेडको प्रयोगले क्यान्सर हुने भनिएको छ ।’

कति लेड हानीकारक हुन्छ ?
कतिपनि लेड फाइदा जनक हुँदैन । नेशनल टक्सिओलजी प्रोगाम(एनटीपी)ले बच्चाहरुको रगतमा लेडको मात्रा १० माइक्रो ग्राम प्रति डेसीलिटर र कसैलाई ५ माइक्रो ग्राम प्रति डेसीलिटर भएकाहरुमा पनि स्वास्थ्यमा असर गर्ने भनिएको छ । यसकारण ५ माइक्रोग्राम प्रति डेसिलिटर भएका बच्चालाई हानी कारक हुन्छ ।

सरोकारः
नीति नियमको पगरी मात्र समाउने देश नेपालमा ‘लेड फ्रि’ को नीति कार्यान्वनको पर्खाइमा छ । यसले ढिलै भएपनि नेपाल सरकारले बालबालिकाको स्वास्थ्यमा चासो दिएको देखिन्छ । तर सही कार्यान्वनको दिशामा सरकार जानसक्ने अवस्था देखिदैंन ।

नेपाली व्यासायी पनि यस कुरामा सहजगता नभएको भने होइन । तर सरकारले पर्याप्त छलफल नगरी नीति कार्यान्यन गरेकाले समस्या भएको हो ।

वातावरण प्रदुषण, पानीमा र्आसेनिकको मात्रा नियमित जाँच कुरा छाडौं, पानीको सहि व्यवस्थापन गर्न नसकेको मुलुकमा, भविष्यका कर्णधार बालबलिकाको हितमा चालेका कदम व्यवसायीले तत्काल लागू गर्न सक्ने अवस्था छैन । यसले जोखिमको सहि व्यवस्थापन सरकारले गर्न सक्नुपर्दछ । त्यस्तैे विदेशमा उत्पादन भएको ९० पिपिएम भन्दा माथिका रंगहरु नेपालमा भित्रिन नदिन नेपालको भन्सार विभागले कडाइ गर्नु पर्ने हुन्छ । खुला भारतीय नाका भएर नेपालमा गुणस्तरहिन पेन्ट भित्रने सम्भावना पनि प्रवल नै छ । नेपालको गुणस्तर मापण केन्द्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा उकास्दै नेपाली बजारमा पाइने स्वदेशी तथा विदेशी पेन्टहरुको गोप्य रुपमा गुणस्तर परिक्षण गरि गुणस्तरीयतामा सुधार ल्याउन पर्ने देखिन्छ ।

यद्यपि, लेड फ्रि बनाउने भनेको स्वदेशी तथा विदेशी व्यापारीद्वारा उत्पादन गर्ने कम्पनीहरुले हो । उनीहरुको समस्याको मुल्याङ्कन गरि सरकारले नीति कडाइको साथ लागू गर्नु पर्नेछ । वातावरणीय हिसावमा जति लेड पाइन्छ त्यो सबै ठाँउमा पाइने छैन । तर मानिसले आफ्नो सहजताको निमिक्त प्रयोगमा ल्याइएको लेडले विकसोन्मुख तथा विपन्न राष्ट्रहरुमा नकारात्कम असर परेको लेड उन्मुलनको क्षेत्रमा काम गरिरहेको आइपेन, अमेरीकी वातावरण संरक्षण एजेन्सी र विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

विश्वमा शून्य दममल्लब सिक्स प्रतिशत बालबालिकाको मृत्युको शिकार लेड धातुबाट हुने तथ्य आइरहँदा यसबाट नेपालका बालबलिकाहरु अक्षुतो रहन सक्दैन । त्यस्तै, आर्थिकरुपले पनि नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत घाटा भएको तथ्याङ्क छ । इपिए र डल्लुएचओले समेत खतराको सूचिमा राखेको लेड उन्मुलनको लागि सरकार र व्यापारी दुवैले नेपालका ९५ हजार बालबालिका भविष्य सुनिस्चित बनाउन निकास खोज्नु पर्दछ । सरकारले आममानिसलाई लेड जस्ता धातुको जानकारी दिने काम व्यापक गर्नुपर्ने हुन्छ ।

विकल्पः
वैज्ञानिकहरुले लेडको विकल्पमा अन्यपदार्थ प्रयोग गरि ‘लेड फ्रि’ गर्न सकिने बताएका छन् । यी सबै लेडका प्रकारहरुको विकल्प बजारमा उपलब्ध छन् । अहिले धेरै प्रकारका ब्राण्डहरुमा लेड फ्रि सूचना समेत राखेर विक्रि वितरण भैरहेको छ । कम भिओसी, मर्करी, क्रोमियम र लिड फ्री लेखिएका ब्राण्ड बजारमा पाइन थालेको छ । मानिसले प्रयोग गर्दा सजगता अपनाए जोखिमबाट बच्न सकिन्छ ।

बालबालिका भनेको भोलिका कर्णधार हुन, उनीहरुको भविष्यप्रति स्वाथ्यमा असर गर्ने लेडको उन्मुलनमा सहयोगी भूमिका खेल्नु पर्दछ ।

You may also like...

1 Response

  1. Dear Laxman jee,
    Greeting

    Thank you for covering detailed news features on Lead in Paint and associated children health issue. Overall .it is very well written. Balanced views and widely covered.

    Highly appreciated RevoScience team efforts for this detailed coverage. I am sure that all concerned and specifically children of Nepal will be definitely benefited.

    Thank you & ur team again.
    With best regards

    Ram c Sah
    CEPHED