October 26, 2024

दुई/चार चक्की औषधिले निको हुने स्वाइन फ्लुको किन यत्रो आतंक ?


-डा.सुन्दरमणि दीक्षित

फोटा स्रोतः काठमाडौं टुडे
फोटा स्रोतः काठमाडौं टुडे

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो । यो नयाँ र चर्चा गरिएजस्तो खतरनाक रोग होइन । इन्फ्लुएन्जा अर्थात एचवन एन वन नामक भाइरसका कारण यो रोग लाग्ने गर्छ । यो रोग १९१८ मा अमेरिकामा पहिलोपटक देखिएको हो । सिडिर यापिड भन्ने ठाउँमा आयोजना गरिएको सुंगुर मेलाबाट सो भाइरस संक्रमण भएको हो । सुरुमा सुंगुरहरुमा देखिएको यो संक्रमणबाट मानिसहरु पनि ग्रस्त भए । संसारभर फैलिएयो एनवन एनवन भाइरसका कारण संसारभर लाखौंको ज्यान गयो । रोग फैलिएको एक वर्षपछि एक एक जना पशु चिकित्सकले अनुसन्धानबाट पत्ता लगाए कि त्यो भाइरस एचवन एन वन थियो । त्यही एचवन एन वन नै स्वाइन फ्लु हो । उनले पत्ता लगाएकी स्वाइन फ्लुको मुख्य श्रोत चरा चुरुंगी हुन् । पछि यो सुंगुर हुँदै मानिसमा फैलियो । यो अचम्मको भाइरस हो । यस अर्थमा अचम्मको कि यो कहिले चरा, कहिले सुंगुर र कहिले मानिसमा घुमिरहन्छ । यो कहिले आफैं बिलाएर जान्छ । कहिले फेरि महामारीमा रुपमा आउँछ । चाख लाग्दो कुरा के छ भने गत वर्ष देखिएको एच वन एन वनमा पहिलोपटक १९१८ मा देखिएको ८ मध्ये ३ वटा जिन फेला परेको थियो ।

यसरी फैलन्छ स्वाइन फ्लु संक्रमण

यो संक्रमणले मानिस वा जनावरको स्वास नलीमा संक्रमण गर्छ । स्वाइन फ्लु सजिलै संक्रमण हुनसक्छ । यो हावा, सिंगान वा थुकबाट सर्न सक्छ । यो भाइरसबाट संक्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा एक जनाबाट अर्कोमा सर्ने गर्छ । [pullquote-left]स्वाइन फ्लु हिजो थियो, आज छ र भोलि पनि हुन सक्छ । सामान्य ज्वरो आएका बेला पनि स्वइन भएको हुन सक्छ ।[/pullquote-left]संक्रमितहरुले प्रयोग गरेको साबुन, टाबेल, धारा, भाँडाकुँडा, ओछ्यान र कपडाबाट यो रोग सर्न सक्छ । यस्तै संक्रमितले छोएको घर, कार्यालय, गाडी वा जहाजको ढोकाबाट पनि यो फैलन सक्छ । स्वाइन फ्लुका लक्षण स्वाइन फ्लु चिसो मौसममा बढी छिटो फैलन्छ । सुरुमा रुघा खोकजस्तै लक्षण यसमा देखिन्छ । त्यसपछि बिस्तारै ज्वरो आउने, घाँटी सुख्खा हुने, शरीर वा टाउको दुख्ने वा झाडापखाला लाग्ने हुन्छ । माथिका अलावा स्वास फेर्न असजिलो हुने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने वा पेट दुख्ने जस्ता लक्षण एकैसाथ देखिए भने तत्काल अस्पताल जानुपर्छ ।

कसका लागि बढी घातक

तपाईं हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनैबेला स्वाइन फ्लु भइसकेको हुन सक्छ । यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सजिलै आक्रमण गर्छ । यो रोग खास गरी बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाका लागि बढी घातक हुन्छ । पर्याप्त खाने कुरा खान नपाउने वा पोषणयुक्त खानेकुराको अभाव भएका मानिसमा पनि यसले बढी असर गर्छ । दम वा निमोनियाका रोगीहरु,हेपाटाइटिस, एचआईभी र संक्रमितका लागि बढी घातक मानिन्छ ।

औषधि सबैतिर पाइन्छ

स्वाइन फुल्को औषधि संसारभर पाइन्छ । नेपालमा पनि औषधिको कमी छैन । सामान्य रुघाखोकी वा अन्य भाइरसले आक्रमण गर्दा प्रयोग हुने औषधि नै स्वाइन फ्लुका बिरामीका लागि चलाउन सकिन्छ । ओसेल्टामिभिर र जनामिभर जस्ता औषधि यो रोगका लागी बढी प्रभावकारी हुन सक्छन् । लक्षण देखिएको ४८ घण्टाभित्र औषधि सेवन गर्न सकिए स्वाइन फ्लु सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।

किन आतंक फैलाउन काम हुँदैछ

स्वाइन फ्लु हिजो थियो, आज छ र भोलि पनि हुन सक्छ । सामान्य ज्वरो आएका बेला पनि स्वइन भएको हुन सक्छ । तर रोगप्रतिरोधात्मक क्षमता राम्रो भएको मानिसलाई छिट्टै निको हुन्छ । जब एकैपटक धेरै मानिसमा महामारीका रुपमा यो भाइरस फैलिन्छ तब हल्ला हुने गरेको छ । यसपटक पनि भएको त्यही हो । ज्वरो आएका धेरै मानिसलाई चेकअप गर्दा कसै न कसैमा यो हुन्छ नै । स्वाइन फ्लु संसारभर घुमिरहेको हुन्छ । कहिले फैलने रुपमा त कहिले नफैलने रुपमा यो आउँछ । अहिले अघि ठूलो रुपमा यो आएको छ । यसलाई आतंकमा रुपमा प्रचार गरिनु राम्रो कुरा होइन । यो कुनै आतंक पनि होइन । हामीले सतर्कता अपनाउन सक्यौं भने स्वाइन फ्लुको संक्रमण रोक्न कठिन छैन ।

सरकारले मात्र सक्दैन

नेपाल र भारतबीच खुला सीमाना छ । लाखौंको संख्यामा मानिसहरुको आवतजावत भइहेको हुन्छ । धेरैवटा नाका छन् । सरकारले नाकामा हेल्प डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको सुनिन्छ । तर यो तरिका प्रभावकारी हुन सक्दैन । किन भने कुनै निश्चित नाकाबाट मात्र मानिसहरुको आवतजावत हुँदैन । खुला बोर्डर भएको स्थानमा निश्चित ठाउँमा हेल्प डेस्क राखेर केही हुँदैन । यो विमानस्थलमा हेल्प डेक्स राखेर इबोला भाइरस चेक गरेको जस्तो होइन । स्वाइन फ्लु फैलन सक्ने क्षमता भएको रोग हो । त्यसैले सरकारले यसको संक्रमण रोक्न सक्दैन । बरु यसो गर्नुपर्छ सरकारले सहरका सरकारी र निजी अस्पताल, क्लिनिक र रिसर्च सेन्टरका साथै गाउँगाउँमा रहेका स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीहरुमा स्वाइन फ्लुको औषधि तयारी हालतमा राख्नु पर्छ । सबै अस्पताल वा स्वास्थ्य संस्थालाई सम्भावित महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट औषधि र उपकरणसहित उपचारका लागि आवश्यक तयारीका लागि निर्देशन दिनुपर्छ । नाकामा चेक गर्ने होइन । यसको औषधि सस्तो र सर्वसुलभ छ । औषधि सबैतिर पठाउन कुनै गाह्रो कुरा छैन । यत्ति कुरा हो कि सरकार त्यसका लागि गम्भीर हुनुपर्छ । दिनमा दुई चक्कीका दरले पाँच दिन खाए निको हुने रोगका लागि किन यत्रो हल्ला खल्ला गर्नुपर्छ ? बरु जनतालाई भन्नुपर्छ कि झाडापखाला, रुघा, खोकी लागेको छ भने तत्काल अस्पताल वा चिकित्सकको सम्पर्कमा जाऊ । नाकानाकामा चेक गरेर स्वाइन फ्ले निको पार्ने सपना नदेखे पनि हुन्छ ।

संक्रमण रोक्न

मानिसहरुको बढी जमघट हुने स्थानमा सतर्कता अपनाउनुपर्छ । बस, प्लेन, स्कुल, क्याम्पस, हाटबजार र बन्द कोठामा हुने कार्यक्रमबाट स्वाइन फ्लु संक्रमण हुन सक्छ । ती स्थानमा आफू पहिल्यै सचेत हुनुपर्छ । जस्तो सामान्य नै भए पनि माक्स लगाउने र हाच्छ्युँ वा खोकी लाग्दा रुमालले मुख छोप्न सकियो भने मात्र पनि स्वाइन फ्लु संक्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । बरु सरकारले सार्वजनिक मिडिया मार्फत वा अरु कुनै माध्यमबाट सर्वसाधारणलाई केही अपिल गर्नुपर्छ । रोगको प्रकृति, अपनाउनुपर्ने सतकर्ता, रोकथामको उपाया, उपचार आदिबारे भन्नुपर्छ । अरु केही भन्न नसके पनि सरकारले हाच्छ्युँ आउँदा र खोक्दा मुख छोप्नुस् भन्ने हने भने पनि रोग नियन्त्रणका लागि प्रभावकारी हुन सक्छ । यसकारण डराउनुपर्दैन अहिले स्वाइन फ्लु आतंक फैलाउने काम भइरहेको छ । मानिस मरेको समाचार सुन्दा सबैलाई डर लाग्नु स्वभाविकै हो । मानिस मरेको हल्ला चलेपछि डर लाग्नु स्वभाविकै हो । तर समयमै रोग पत्ता लगाउन र औषधि सेवन गर्न सकियो भने सजिलै निको हुन्छ । १९१८ मा यो रोग विश्वभर फैलिएको थियो । त्यतिबेला औषधि उपचार थिएन । चिकित्सक थिएन, रोग पत्ता लागेको थिएन । तर आज औषधि छ । सार्कका भिआईपी काठमाण्डु आउँदा औषधि र चिकित्सकको व्यवस्था गर्ने सरकारले स्वाइन फ्लुको औषधि उपलब्ध गराउन किन सक्दैन ? सर्तकता छाड्नु हँुदैन । आतंक मच्चाउने होइन । स्वाइन फ्लुबारेमा जनतालाई कुरा बुझाउन सरकार, सञ्चार माध्यम, सचेत नागरिक सबै लाग्नुपर्छ ।

साभारः काठमाडौं टुढे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×