2025-08-09

वाग्मती हाम्रो सभ्यता हो, यसलाई बचाउनु पर्छ

पिता स्व. मिनानाथ अर्याल र माता मायादेवी अर्यालका पुत्र डी. पी.अर्याल सामाजिक क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । ‘वाग्मती हाम्रो सभ्यता हो, यसलाई बचाउनु पर्छ’ भन्दै विगत देखि वर्तमानसम्म खटिरहनुु भएको अर्यालको जन्म वि.सं.२०२१ सालमा धादिङ् जिल्लाको ढोला गाविसमा भएको थियो । अंग्रेजीमा स्नातक र संस्कृतमा शास्त्री गर्नुभएको अर्याल वाग्मती सरसफाइ बोर्डको सदस्य तथा नेपाल नागरिक समाजको महासचिवको रुपमा कार्यरत हुनुहुन्छ ।

वाग्मती सरसफाई अभियान सय हप्ता पुगेको अवसरमा वाग्मती सफाइ अभियानमा केन्द्रित भएर समाजसेवी डी.पी. अर्यालसँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंश :

dp aryal_revo

वाग्मती सरसफाई अभियानमा कसरी जोडिनु भयो ?
अधिकार सम्पन्न एकिकृत वाग्मती सभ्यता विकास समिति फेरीदै आएको नाम हो । वाग्मती हाम्रो सभ्यता भएकाले एकिकृत वाग्मती सभ्यता विकास समितिमा जोडीएर काम गर्ने रहर पहिल्यै देखि थियो । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको हुनाले म वाग्मतीमा बसिदिएर काम गर्दिए हुन्थ्यो भन्ने धेरैको चाहना थियो । त्यसरी म वाग्मतीमा जोडीए । म मात्रै होइन प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामी सवै वाग्मतीसँग जोडिएको हुनाले यसको संरक्षण गर्नु हामी सवैको कर्तव्य हो ।

अर्को कुरा वाग्मती सफाइमा स्थानीय मानिसहरूको पनि निकै उत्साह पूर्ण सहभागीता भएको कार्यक्रममा आफु जोडिन पाउँदा अत्यन्तै खुसी लागेको छ । त्यस्तै, नागरिक समाज जस्तो संस्थामा रहेर काम गरेको कारण र विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय रूपमा विगत देखि वर्तमानसम्म काम गरिरहेको हुनाले बुद्धि जीवी वर्गले मलाई वाग्मती सरसफाइ वोर्डमा बस्न अनुरोध गरेका हुन् । यहाँ रहेर मैले आफ्नो भूमिका यथासक्य निभाउने कोसिस गरिरहेको छु । हुनत यस संस्थामा जोडिने चाहना धेरैलाई बढेको थियो । वाग्मतीमा आएर राम्रो काम गरौं भन्ने धारणा कसैको थियो भने यहाँ आएर सेवा नगरी मेवा खोज्ने मानिस पनि नभेटिएको होइन । यस्ता खाले प्रवृत्ति भएका साथीहरूको हावी भयो भने धेरै जसो काम सफल नहुने र काममा ढिलाइ हुने मात्र नभइ समग्र देशले ठूलो घाटा व्यहोर्नु पर्ने हुनसक्छ । त्यसैले हामीले त्यस्ता साथीहरू प्रति संधै सचेत नै रह्यौं । मेरो जीवनकाल खण्डभरी वाग्मती प्रति मेरो सद्भाव र अपार माया रहनेछ ।

नागरिक समाजको जन्म कसरी भयो ? यसले वाग्मती सफाइमा कस्तो भूमिका खेलेको छ ?
नागरिक समाज भनेको मन्दमन्द भएका नागरिकका आवाजहरूलाई बुलन्द गर्ने सामाजिक संस्था हो । यसले जनताको हितमा विभिन्न विषयहरूलाई उठान गरेर सरकार समक्ष पु¥याउने काम गर्छ । नागरिक समाजले वाग्मती सफाइ सम्बन्धि पनि थुप्रै कार्यक्रमहरू गरिरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रि हुँदा रूक्माङ्गत कटुवालको विषयमा केन्द्रित भएर प्रधानमन्त्री ठिक कि राष्ट्रपति ठिक चुनेर ठुलै बहस भयो । राष्ट्रपतिको प्रक्रियाबाट नगएर व्याकडोरबाट प्रधानमन्त्रिले काम गर्न खोजेकाले उनी त्यसमा असफल पनि भए । तर त्यो वेलाका कृष्ण पहाडी जस्ता मानव अधिकार कर्मीहरूले पनि प्रधानमन्त्री कार्यकारी भएकाले प्रक्रियामा जानु आवश्यक छैन भनेर नारा जुुलुस गर्न थाले । नागरिक अगुवाको नाममा उनीहरू गएकाले हामीलाई त्यो चित्त बुझेन भने अर्को कुरा लोकतान्त्रिक पद्धतीमा हरेक कुरा विधिमा चल्नुपर्छ । त्यतीमात्र नभएर सपथ ग्रहण गर्नेवेलामा उपराष्ट्रपतिले आफ्नो मैथली भाषा वाहेक अन्य भाषा नभन्ने भनेपछि हंगामा मच्चियो । यस्ता गतिविधीहरू भएपछि वास्तवमा नागरिकको आवाज बोल्ने संस्थाको खाँचो छ भन्ने आवश्यकता ठानेर नागरिक समाजको जन्म भयो ।

हाम्रो यस नागरिक समाजको जन्म हुन भन्दा अगाडि नागरिक समाज त थियो तर त्यो व्यक्ति परक थियो । नागरिक समाज स्थायीत्व र पारदर्शिता नभएकाले नागरिकको आवाज बोल्नको लागि हामीले अर्को नागरिक समाजलाई जन्म दियौं । अहिले निरन्तर रूपमा नागरिक समाजले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ । नागरिक समाजले प्रत्येक वर्ष आफ्नो गतिविधि सहित स्मारिकाहरू प्रकाशन गर्दै आएको छ ।

हरेक वर्ष महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको यस नागरिक समाजले वाग्मती सरसफाइ अभियानमा पनि निकै ठूलो योगदान पु¥याएको छ । हामीले विभिन्न समयमा स्थानीय बासीहरूलाई वाग्मती सफाइ सम्बन्धि चेतना दिने खालको कार्यक्रमहरू गर्दै आएका छौं । हामी आफैं पनि धेरै जसो वाग्मती सफाइमा व्यस्त हुने गरेका छौं । वाग्मती आमनागरिकको चासोको विषय बनेको छ । आउदा दिनहरूमा पनि वाग्मतीलाई बचाउन विभिन्न कार्यक्रमहरू गर्ने योजना नागरिक समाजको रहेको छ ।

वाग्मती सफाइको मुख्य योजना कसरी बन्यो ?
वाग्मती बचाऊ अभियानका पहिलो अध्यक्ष विदुर पौडेलले धेरै संघर्ष गरेर वाग्मतीको दर्दलाई उजागर गर्ने काम गर्नु भएको थियो । वाग्मती बचाउनको लागि वाग्मती सरसफाइ अभियान पहिला देखि नै भइरहेको थियो । लिलामणि पौडेल जी वाग्मतीमा जोडीनु भन्दा अगाडि नै हामी सात सय जना मिलेर तिलगंगा देखि गुह्येश्वरी स्कुलसम्म सफाइ गरिसकेका थियौं । हामीले त्यतीवेला राष्ट्रपतिबाट वाग्मती सफाइ कार्यक्रमको उद्घाटन गराएका थियौं । पछि वाग्मती सभ्यताको महत्वलाई बुझेर लिलामणि पौडेलले वाग्मती सफाइ अभियानलाई निरन्तरता दिनु भयो । म यस्ता सामाजिक कार्यक्रमहरूमा सक्रिय रूपले लागेको थिए । त्यसभन्दा अगाडि पनि थुप्रै संघ संस्थाहरूले वाग्मती सफाइको अभियानमा काम गरिसकेका थिए र गरिरहेका पनि छन् । अहिले वाग्मतीको बागद्वारदेखि भिमसेन गोला पुलको छेउसम्म अत्यन्तै सुन्दर पार्क बनाउने योजना छ । सवै निकायको चासो भएकाले नै यो सम्भव भएको हो ।

वोर्डको कार्य चुस्त हुन नसकेको गुनासो छ नि !
वाग्मती देशको चासोको विषय भएकाले सरकारले चासो देखाउनु स्वभाविक थियो । वाग्मतीको बागद्वार देखि चोभारसम्मको क्षेत्रलाई प्रदुषण मुक्त बनाउनको लागि पहल भयो । लिलामणि पौडेल नेपाल सरकारको मुख्य सचिव भएकाले वाग्मती सफाइ कार्य अझै सहज बन्न पुग्यो । नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलको नेतृत्व क्षमता असाध्यै राम्रो छ । तर पदभन्दा बाहिर आएपछि यस कार्यक्रमलाई निरन्तरता दिन सक्नु हुन्छ कि सक्नु हुँदैन थाहा छैन । अहिले राम्रोसँग कार्य सम्पादन भइरहेको छ ।

नेपाल सरकारले वाग्मतीको नाममा संस्था खोलेपछि त्यसको नेतृत्व गरेर सवै निकायले त्यसलाई सहयोग गर्नुको सट्टा संस्थाका गतिविधिहरूलाई विभिन्न कोणबाट हेर्दा निष्क्रिय भएको जस्तो पनि देखिन्छ । दुर्भाग्य शहरी विकास मन्त्रालय अन्तर्गतको बोर्ड भएपनि शहरी विकास मनत्रालयले निरन्तर रूपमा आफ्नो गतिविधि सञ्चालन गर्न सकेको छैन । वर्ष दिन भैसक्दा पनि आपसी मनमुटाव र पदको कारण एउटा पनि मिटिङ् भएको छैन । तर एकिकृत वाग्मती सभ्यता विकास समितिले निरन्तर रूपमा आफ्नो गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

पछिल्लो समयमा सरकारी स्तरमा नै वाग्मती प्रति चासो हुनुको कारण के हो ?
वाग्मती हाम्रो पहिचान भएकाले सरकारी निकायले चासो देखाउनु अति आवश्यक थियो । वाग्मतीको सम्पति अतिक्रमण हुन नदिएर जोगाउनु सरकारको दायित्व हो । किनकी वाग्मती आमनागरिकको मात्र नभई राष्ट्रकै अमुल्य सम्पति हो । यसलाई मध्यनजर गर्दै सरकारलाई सवैले अनुरोध गरेपछि वाग्मतीले संरक्षण पाउने आषा जागेको हो । तर सरकारी निकायको आधिकारीक कार्यक्रम गरेर सय हप्ता पुगेको भने होइन । लिलामणि पौडेलको स्वतस्फुर्त रूपमा सहभागीताको काराण मन्त्रालयका विभिन्न एकाइहरूले यो विषय वातावरण र सरसफाइसँग सम्बन्धित छ भनेर स्थानीय संघ संस्था, विद्यालय तथा महाविद्यालयहरूलाई परिचालन गर्दिन अनुरोध गर्दै चिठ्ठी लेखेर पठाएका थिए । यस महान कार्यमा सरकारी स्तरका धेरै पदाधिकारीहरू सामेल भएका छन् ।

वाग्मतीको मुख्य मुद्दा स्थानीय मानिसलाई वाग्मतीसँग सम्बन्धित गराउन खोज्नु हो भने वाग्मतीमा फोहोर फाल्न हुँदैन भनेर सचेत गराउनका लागि हो । अहिले वाग्मतीमा फोहोर फाल्दैनन् किनकी आमनागरिक यस्ता कार्यक्रमहरूले गर्दा सचेत भैसकेका छन् । जो मान्छेसँग इच्छा सक्ति, नेतृत्व क्षमता र समय छ यसको सदुपयोग लीलामणि पौडेलले गर्दिनु भएको छ । अन्य सरकारी निकायहरूले पनि यस्ता कार्यक्रमलाई सहयोग गर्न जरूरी छ ।

वाग्मती प्रति मानिसहरूको पहिलेको चेतना र अहिलेको चेतना स्तरमा के फरक पाउनु भयो ?
मानिसको पहिला र अहिलेको चेतना स्थरमा धेरै परिवर्तन आएको छ । पहिलाको वाग्मती र अहिलेको वाग्मतीको अवस्थालाई मुल्याङ्कन गर्दा पनि यो कुरा सहजै थाहा पाउन सकिन्छ । वाग्मती सफाई अभियानको प्रभावले गर्दा अहिले कसैले पनि वाग्मती नदीमा फोरफाल्ने दुष्साहस गर्न सक्दैनन् । यहाँका मानिसहरूमा वाग्मती हाम्रो सभ्यता हो र यसलाई हामीले बचाएर राख्नुपर्छ भन्ने मानसीकताको विकास भैसकेको छ । वाग्मतीसँग नजिक रहेर काम गर्ने संस्थाहरूले पनि मानिसहरूलाई वाग्मती फोहोर हुनु भनेको हामी आफैं फोहोर हुनु हो भनेर चेतना जगाउने खालका विभिन्न कार्यक्रमहरू पनि गरिरहेका छन् । स्थानिय संघ संस्थाको सक्रियता र मानिसहरूको चासोको कारण वाग्मती सफाइमा सहयोग पुगेको छ । तर यती हुँदाहुँदै पनि अभिष्ट पुरा हुँदैन ।

बालबालीका देखि वृद्धहरूको चेतना स्तर समेत वागमती सम्बन्धि सकारात्मक रहेको छ । वाग्मतीको क्षेत्रमा सागहरू लगाउने अर्थात आफ्नो नीजि कामहरू गर्ने मानिसहरू पनि अहिले हच्किएका छन् । उनीहरूलाई हामीले धेरै पटक वाग्मतीको किनारमा फुल तथा बोट विरूवा लगाउने हो भनेका छौं । नदी किनारमा लगाएका प्राय सवै बाँसहरू हामीले उखेल्यौं । सम्झाउन कोसीस गर्दा कतिपय स्थानीय सुरूसुरूमा अचाडु हुन खोज्नु भयो । पछि राम्रोसँग बुझनु भयो । अहिले सामान्य मानिसमा पनि चेतना जागेको छ र उलेख्य मात्रामा सहभागिता पनि छ । वाग्मती सरसफाइमा लागेका कामदारहरूलाई सवै सुविधा तथा तलवहरू दिइएको छ । सरकार परिवर्तनको कारणले र स्वार्थको कारणले गर्दा कतिपय कुराहरू नमिलेको अवस्था पनि छ ।

वाग्मतीको किनारमा रहेका प्लाष्टीकहरू टिप्ने तर वाग्मतीमा मिसाइएको ढल तथा विभिन्न मिसावटहरूको व्यवस्थापन नगरी वाग्मतीले पुर्नजीवन पाउँछ ?
पहिला प्लाष्टिक नै प्लाष्टिक जमेको थुप्रो देखिने एवं प्लाष्टिकको भुमरी चल्ने वाग्मतीमा अहिले पहिलाको जस्तो अवस्थामा छैन । अधिकार सम्पन्न एकिकृत वाग्मती सभ्यता विकास समितिले ढल विकासको कार्य पनि गरिरहेको छ । वाग्मतीको किनारमा पार्क बनाउको लागि स्थानीय संघ संस्थाहरूलाई जिम्मेवारी दिऊँ भनेर मैले मिटिङ्मा राखेको प्रस्ताव पारित भयो । त्यही प्रस्ताव अनुसार समितिले विभिन्न संघ संस्थाहरूलाई सम्झौता गरेर जिम्मेवारी सुम्पिएको छ । कतिपय ठाउँमा पार्कको विकास भएर फुलहरू फक्रिरहेका छन् । यो सकारात्मक पक्ष हो ।

वाग्मती किनारमा रहेका प्लाष्टिकहरू टिप्दैमा वाग्मती सफा हुन सक्दैन । किनकी वाग्मतीमा मिसाइएको ढल र विभिन्न उद्योगबाट निष्केको मिसावट साथै वाग्मतीको मुहान सफा गर्न अति जरूरी छ । विस्तारै यस्ता कुराहरूको पनि व्यवस्थापन हुँदै जानेछ । बाबुराम भट्टराईले किनाराको बस्तीलाई व्यवस्थापन गर्न विभिन्न प्याकेज सहित नटेर्नेलाई पनि निकै बुझाउनु भएको थियो । भट्टराईको यस कामलाई देश भरिबाट सह्राना आएको थियो । तर त्यो सत्तामा रहनुजेल मात्र हुँदोरैछ ।

मलाई याद छ, म सानो छंदा दाईसँगै वाग्मतीमा आउने र त्यहीं नुहाउने गथ्र्यौं । यसैक्रममा मेरो दाइलाई वाग्मतीले बगाएर एक जना मानिसले बचाइ दिनु भएको थियो । बागमतिको पहिलेको अवस्था र अहिलेको अवस्थामा फरक छ । यसलाई चिर्दै वाग्मतीलाई सफा गरेर कमसेकम नुहाउन योग्य बनाउन लागेका हौं । यो हाम्रो मेहनतबाट वाग्मतीले पूनर्जीवन पाउन गाह्रो भएपनि अलि सुन्दर र सफा भने पक्कै देखिने छ ।

वाग्मती सफाइ अभियानमा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल लाग्नुको पछाडि ?
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलको मुख्य काम जनशक्तिलाई परिचालीत गर्ने हो । वाग्मतीको विषयमा आएका हरेक प्रस्तावहरूलाई सरकारसम्म लैजाने काम उहाँको हो । लिलामणि पौडेलले आफ्नो जिम्मेवारी वहन पनि गरिरहुन भएको छ । तर पौडेलले गर्नु भएको कार्य प्रयाप्त भने छैन ।

वाग्मती किनारमा अतिक्रमण गरेर बसेका बस्तीलाई वास्तविक सुकुम्बासी हो भने वैकल्पिक व्यवस्थापन र जर्वजस्ती बस्नेलाई हटाउन मुख्य सचिव पौडेलले प्रमुख भूमिका खेल्नुपर्छ । यस्ता कार्यहरू गर्न जरूरी छ भनेर सरकारलाई प्रस्ताव पेस गरेर निर्णय गर्दिएको भए स्थायीत्व हुन्थ्यो । तर उहाँले गरेको कतिपय कार्यको गति ‘क्षणिक पुण्यम् मत्र्यलोकम विसन्ति’ जस्तो भएको छ । यस्तो हुनु राम्रो होइन ।

नामिविया भन्ने देशमा ढलका पानीहरूलाई पनि पुन शुद्ध बनाएर प्रयोग गरिएको छ । तर हाम्रो वाग्मतीमा भएको पानीमा पनि ढल मिसाइएको छ । यस्तो अवस्थामा ढलको व्यवस्थापन नगरी वाग्मती सफा हुन्छ ?
हामी अन्य विकसित मुलुकहरू भन्दा निकै पछाडी भएकाले हाम्रो सोचमा पनि विकास हुन सकेको छैन । अन्य धेरै मुलुकमा ढलको पानी शुद्ध गरेर पुन प्रयोगमा ल्याएको थाहा भएतापनि हामीले ढलको पानी सफा गर्न सकिएछ भनेपनि त्यस पानीलाई हामीले स्विकार गर्न सक्दैनौ । किनकी हाम्रो संस्कृति नै यस्तै खालको छ । नेपालमा पनि ढलको पानी सुद्ध गर्न ट्रिटमेन्ट प्लान वाग्मतीको कार्यालय नजिक काम भइरहेको छ । त्यसको क्षमता नपुगेकाले नयाँ पनि बनाएको छ । पानी शुद्ध गर्नको लागि मेशिनहरू निरन्तर चल्नुपर्ने र लोडसेडिङ्को समस्याले गर्दा पनि यस कार्य सोचे जस्तो एवं सहज रूपमा हुन सकेको छैन । सवै जनाले कम्तिमा पनि पशुपति मन्दिर क्षेत्रसम्म ढलमुक्त भए हुन्थ्यो भन्ने चाहन्छन् ।

वाग्मती सफाई अभियानमामात्र हैन अन्य कार्यहरूमा पनि हाम्रा जिम्मेवार निकायहरूको जवाफ देहिता पुगेको छैन । सरकारको जिम्मेवार निकायले समयमा नै गुणस्तरीय काम प्रक्रिया सुरू भयो भने परिवर्तन पक्कै सम्भव छ ।

वाग्मती सफाइ अभियानका समस्या तथा चुनौतीहरू केके हुन् ?
सवैलाई थाहा भएकै कुरा लालपुर्जा भएपछि जग्गा तथा घरको आधिकारीक व्यक्ति हुन्छ । वि.सं.२०४२ सालमा नापी गरेरर बदमासी गर्नेहरूले सरकारी सम्पत्तिलाई आफ्नो नाममा राखेको देखिन्छ । यसमा हाम्रै सरकारी निकाय मालपोतले लालपुर्जा दिएर लापर्वाह गरेको थियो । तर त्यो वेलाका धनिले अहिले नयाँ व्यक्तिलाई वेचेपछि नयाँ व्यक्ति अप्ठेरोमा परेका छन् । वाग्मतीको किनारमा रहेका लालपुर्जा हुने र नहुने दुवैलाई हटाउन भनेपछि उनिहरू माथि अन्याय भएको हो । किनकी जसले पछि किनेको छ उसलाई सवै कुरा थाहा नहुन पनि सक्छ । यो हाम्रो चुनौतीको विषय बनेको छ । पानीको बहाव र अतिक्रमण भएको जग्गाहरूको संरक्षण नै अहिलेको मुख्य चुनौती हो ।

अर्को समस्या भनेको सरकारले खोला २० मिटर भनेर छुट्याउन खोजेको छ । तर खोला कोहि सय मिटर हुन्छिन् त कोहि सेती नदी जस्ती हुनेहुनाले खोला तोकिएको दुरीमा बग्दिनन् । बागमतीको सम्पत्ति जोगाउनका लागि रेखाङ्कन गरेर अतिक्रमण हुनबाट बचाउनु पर्छ । साँच्चै भन्ने हो भने वाग्मतीको सम्पत्ति बचाउन सकेको खण्डमामात्र वाग्मती नदी वाग्मती जस्तो हुन्छिन् । अर्को महत्वपूर्ण पक्ष तपाई हामी जती नै कराए पनि जती नै वाग्मतीलाई माया गरेपनि पानी छैन भने नदी नहुने भएकाले यस कार्यको लागि अधिकार सम्पन्न एउटा समिति हुन जरूरी छ । त्यसैले वाग्मतीको पानीलाई अरू ढंगले शोषण गर्नु हुँदैन । वाग्मतीलाई शोषण गरेर काठमाडौंलाई कंक्रिटको शहर हामीले नै बनाएका हौं । हामी यसमा सचेत हुन जरूरी छ ।

वाग्मती सफाई अभियानको भन्द पनि नीतिमा कडाइ गरेर विकास गर्नु पर्ने होइन ?
वाग्मती सफाइ अभियानका समस्याहरू शतप्रतिशत समाधान हुन असम्भव जस्तै हुन्छ । हाम्रो पुर्खाले खोजे जस्तो वाग्मती बनाउन नसके पनि प्रदुषण मुक्त वाग्मती, अलि वहाव भएको र अतिक्रमण नभएको वाग्मती बनाउनको लागि हामी सवैले पहल गर्नुपर्छ । बाटोको वारी र पारी चोभारसम्म बाटो विस्तार गरेर व्यवस्थित गरेको वाग्मती, हरेक ठाउँमा स्थानीय संघ संस्थाहरूले तथा मानिसहरूले अपनत्वको जिम्मेवारी प्राप्त गरे भने वाग्मतीको अहिलेको समस्याहरू न्युूनिकरणको लागि सहयोग पुग्छ ।
्जवर्जस्त नगरिकन फरक तरिकाले नीतिमा कडाइ गरेर कार्यान्वयन गर्न सकेको खण्डमा वाग्मतीको समस्या समाधान हुन सहज हुन्छ । यसका लागि आमनागरिकहरूले सरकारलाई शान्तिपूर्ण दवाव दिन आवश्यक पनि छ ।

मा अद्यावधिक गरिएको

समाचार

विद्युतीय स्कुटरको अवलोकन गर्दै विद्यार्थी प्रसिद्धराज दाहाल

यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि टिकटकले नेपालमा सुरु गर्यो ‘सर्च गाइड’

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

विद्युतीय स्कुटरको अवलोकन गर्दै विद्यार्थी प्रसिद्धराज दाहाल

यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि टिकटकले नेपालमा सुरु गर्यो ‘सर्च गाइड’

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

×