‘अर्को भुइचालोको लागि हामी तयार हुनै पर्छ’

प्रति सेकेण्ड, कहि कतै एक इन्च जमिन पनि सुरक्षित छैन, यसकारण नेपाल अति भूकम्पीय जोखिमको मुलुकमा पर्दछ ।

  • वितेका चालिस वर्षको अन्तरालमा नेपालमा कति जना भूकम्पविद्हरु उत्पादन भए भनेर सरकारलाई सोध्ने हो भने यसको जवाफ सरकारसँग छैन ।

    प्राडा विशालनाथ उप्रेती, भूगर्वविद्

  • दक्ष डाइभर छन्, दिमागि खिया लगाएर गाडिको प्रतिक्षामा बसेका । यस्तो अवस्था छ देशको । संसारमा नै विश्वविद्यालयले हो अनुसन्धान गनर्,े हाम्रो विश्वविद्यालय ताल नै लथालिङ्ग छ । कसरी हाम्रो विकास हुन्छ ?
  • हामी विदेशीको भरिया हुनु बाहेक हाम्रो सिप र दक्षतालाई खुम्च्याएर राखेको अवस्था छ । नेपालको साइन्टिस, प्रोफेसर भनेको सरकारका लागि तल्लो दर्जाको नागरिक हो । उनीहरुको व्यवहार हेर्दा यस्तै लाग्छ । कि त सरकारले जान्न पथ्र्यौ, कि त जानेका मानिसहरुले भनेको सुन्न पथ्र्यों, उनीहरुसँग सुन्ने सामथ्र्य पनि छैन । उनीहरुलाई अनुसन्धानको कुरा उठाउने वितिकै मुन्टो बर्टार्ने, रकम माग्न गएपनि दिने पनि होइन, खाली दुख दिने भन्दा अर्को काम सरकारी संयन्त्रको छैन ।

आफ्नो जीवनको लामो कालखण्ड भूगर्वशास्त्रमा अर्पण गरेका प्राडा विशालनाथ उप्रेती नेपालको धरोहर धानेका पहिलो क्याम्पस त्रि–चन्द्रको भूगर्वशास्त्र विभागबाट अवकास प्राप्त प्राध्यापक हुनुहुन्छ । उहाँसँग त्रिभूवन विश्वविद्यालय (त्रिविवि) ‘साइन्स एण्ड टेक्नोलजी’ संकायका भूतपूर्व डीन भएर काम गर्नुभएको अनुभव पनि छ । उहाँले नेपालमा भूगर्वशास्त्रको विकास र अनुसन्धानकालागि गरेका हरेक कदम नेपाल र नेपालीका लागि अमूल्य छ । वर्तमानमा उहाँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र ‘वल्ड एकाडेमी अफ् साइन्सेस्, ट्वास्का प्राज्ञ भएर आफ्नो अनुभव र दक्षता प्रस्तुत गरिरहनु भएको छ । यसका अलवा विपद पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट–नेपाल) का अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । ०७२ वैशाख १२ मा, ७ दशमल्लब ८ म्याग्निच्यूटको भूकम्पले नेपालका १४ जिल्ला तहसनहस पार्यो । सन्र्दभमा, विविध विषयमा प्राडा उप्रेतीसँग रिभोसाइन्स मासिककालागि लक्ष्मण डंगोलले गरेको कुराकानीको सम्पादित अंशः

भूकम्प कसरी जान्छ ?
भूकम्प विज्ञानको गहिराइ (डेप्थ)मा प्रस्ट रुपमा भन्न अलि गाह्रो नै हुन्छ । तैपनि सामान्य अर्थमा, ‘इन्डिया’ साँढे चार सेन्टीमिटरको दरले उत्तरतिर सरिराखेकोे छ । तिव्वतको मुनि उत्तरतिर छिरिराखेको छ । यो प्रक्रियामा हिमाली क्षेत्रमा झण्डै २ सेन्टीमिटरको चाप पर्दछ र त्यहाँको चट्टान खुम्चिन गई शक्ति सञ्चय हुने गर्दछ । वाँकी दुई सेन्टीमिटर उत्तरतर्फको तिव्वततिर जान्छ, त्यहाँपनि चाप पैदा हुन्छ र भूइचालो जान्छ । हाम्रो हिमाली भू–भाग सिमित समयसम्म चाप खप्न सक्छ, चाप बहन गर्न नसकेपछि जमिन सर्छ ।

जुन ‘इन्डियन प्लेट’ उत्तरतिरको माथिल्लोमा भाग चिरा परेको छ, त्यो चिरा परेको ठाँउ भन्दा ठीक तलको भाग तिव्वततिर सर्दा, एक किसिमको दवाव हामी बसेको भूभाग (चिरा परेको मथिल्लो भाग) मा पर्दछ, यसरी लामो समय उत्तरतीरको त्यो चिरा परेको माथिल्लो भागले चाप बहन गर्न नसक्दा बाहिर आइ दक्षिण तिर सर्छ । काठमाडौं १ मिटर ६ दशमल्लव दक्षिणतिर स¥यो भन्नुको तात्पर्य पनि यहि हो । भित्र छिर्न नसक्ने मथिल्लो भाग बाहिर आउँछ र बाहिर आउन नसक्ने भाग भित्रै जान्छ—भित्र जान नसक्ने भाग बाहिर आउनु स्वभाविक हो । यसकारण तराई त्यो तिव्वतीय प्लेट भित्र–भित्र जान्छ, योसँगै ‘इन्डियन भूभाग’ पनि सँगसँगै तिव्वतमुनि छिरिराखेको हुन्छ । अवको २०० मिलियन वर्ष पछि इन्डिया नहुन सक्छ, किनभने यो भित्र छिर्दा छिर्दा, हाम्रो तराईमा इन्डियन ओसन (समुन्द्र) आइसकेको हुन्छ । यो त लामो प्रकृया हो । यसरी चिरा परेको भागबाट बाहिर निस्केको भाग माथितिर आउने प्रकृयाकाकारण भुइचालो जाने हो । त्यो चिरालाई भूगर्व विज्ञानको भाषामा ‘मेन हिमालयन थ्रस्ट’ भनिन्छ ।

‘वार्षिक दुई सेन्टमिटिरको दरले इन्डिन प्लेट तिव्वततिर गइरहेको भन्नुको तात्पर्य, त्यहाँ छिरेको भाग थिचिदै थिचिदै जानु हो । ‘यदि २ सय वर्षमा ४ मिटर खुम्चियो भने, खुम्चिेको ४ मिटर भूभाग चिरा परेको तल्लो भाग तिव्वतिर छिर्छ, यसकारण चिरा भन्दा माथिल्लो भाग विपरीत दिशा (दक्षिण) तर्फ धकेलिन्छ । यसैको परीणाम स्वरुप इन्डियन प्लेट ३ दशमल्लव ६ मिटर सरेको हो ।’ जति लामो समयसम्म २ सेमीका दरले जमिन खुम्चिन्छ, त्यति लामो समयसम्म खुम्चाई बढ्छ । १ हजार वर्षमा २० मिटर, त्यस्तै ५०० वर्षमा १० मिटर, यदि ५०० वर्षमा १० मिटर जमिन खुम्चेर बस्दा, त्यसले दिने भुइचालो पनि उतिकै ठूलो र खतरनाक हुनेछ । १ हजार वर्षसम्म भुइचालो नजानु भनेको २० मिटर सर्ने हो । यसले दिने भुइचाले पनि ठूलै अथवा करीव ८.५ भन्दा बढी म्याग्निच्यूटको भुइचालो जाने सम्भावना हुन्छ । अहिलेसम्मको बुझाइ हो यो ।

 नेपालमा कति वटा सेस्मिक स्टेशनहरु छन् ?
अहिले खानी विभागसँग २१ वटा सेस्मिक स्टेशन र २९ वटा ग्लोवल पोजिसन सिस्टम (जिपिएस) स्टेशनहरु छन् । त्रिभुवन विश्वविद्यालय र नास्टसँग ७ वटा जिपिएस स्टेशनहरु छन् । जिपिएसले चैविसै घण्टा भू–उपग्रहहरुबाट सूचना लिएर उसले आफू भएको स्थानको संकेत गर्दै तथ्याङ्क दिने काम गर्दछ । यसले मलिमिटरको स्तरमा जमिनको चलायमान पनि मापन गर्न सक्छ । हामीले पचास वर्ष अघिदेखि भौगर्विक अध्ययनबाट इन्डिया तिव्वततिर सरीरहेको छ भनिरहेको थियौं । त्यतिवेला जिपिएस नहुदा पनि भारत ५ सेन्टीमिटरको दरले तिव्वततिर सरिरहेका छ भनेकै हो । अहिले इन्डियन प्लेट ३७ मिलिमिटर प्रति वर्ष उत्तरतिर गइरहेको हामीले जिपिएसकै आधारमा मापन गरेका हौं ।

नेपालमा गएको भुइचालोको मापन गरेका डेटा रिसर्चरहरुले प्रयोग गर्न पाएन भन्छन् नी !
खानी विभागको कुरा अर्कै हो । त्रिविविको कुरा अर्कै हो । ३६ वर्ष अगाडि खानी विभागमा फ्रेन्च सरकारको सहयोगमा त्यहाँका रिसर्च गर्ने संस्थाले सेस्मिक स्टेशनहरु ल्याएर राखेको हो । त्यसपछि अमेरिकाको ‘क्यालिफोर्निया इन्स्च्टियूट अफ टेक्नोलजी’का प्रोफेसरले केहि जिपिएस स्टेशनहरु ल्याएर राखेको थियो । विश्वविद्यालयसँग सेस्मिक स्टेशनहरु नै छैन । यसरी राखेका स्टेशनहरुबाट आएको डेटा खानी विभागमै आउने गर्दछ । करीव केहि मिनेट भित्रै भूकम्पीय ‘डेटा एनालिसिस’ गरेपछि, कहाँ, कति तल र कति म्यागिच्यूटको हो भनेर भन्न सकिन्छ । यसमा केहि समस्या देख्दिन तर ग्लोबल पोजिसन सिस्टम (जिपिएस)को डेटालाई एनालाइसिस गर्ने हामीकहाँ क्षमता नै छैन । त्यो क्षमता खानी विभागले किन विकास गरेन वा सरकारले किन वास्ता गरेन त्यो हामीले भन्ने होइन । खानी विभागसँग भएका त्यस्ता स्टेशनहरुमा विश्वविद्यालयका विद्यार्थी, प्राध्यापकहरुले अनुसन्धान गर्न नपाउने भएपछि कहिले देशमा क्षमता विकास गर्ने त ? हामीले नै तीस पैतीस वर्षदेखि नेपालमा ठूलै भूइचालो जान्छ भनिरहेका थियौं । अध्ययन गर्न प¥यो भनिरहेका थियौं । सरकारले खानी विभाग मै पनि अनुसन्धानको लागि न्यून रकम खर्च गर्दछ । सरकारले भूकम्पको अध्ययन÷अनुसन्धानको लागि एक पैसाको इकुपमेन्ट न किनेको छ न अनुसन्धानको लागि भनेर खर्च गरेको छ । अर्काले दिएको प्रविधि हेरचाह गर्ने शिवायः ।

खानी विभागले डेटा नदिए कै कारण हाम्रा घरहरु मझबुद बनाउन पाइएन भन्ने गुनासो त्रिविविका एक प्राध्यापकले गरेको सुने । जमिन अनुसार घर बनाउन नपाइएको गुनासा आए, त्यस्तो हुनुमा विभिन्न कारणहरु हुन सक्छन् । यसले गर्दा नेपालका जमिन कति हल्लिन्छ भन्ने कुराको ख्याल गरेर घर पनि बनाउन नपाउने र युनिभर्सिटिलाई रिसर्चको लागि डेटा उपलव्ध गराउन पनि नसक्ने हो भने सरकारले नेपालको खानी तथा भूगर्व विभागमा लगानी गरेको के काम लाग्यो र !

भनेपछि डेटा नेपालमै स्टोर हुन्छ ?
खानी विभाग, फ्रेन्च सरकारको स्वामित्वमा त्यो डेटा हुन्छ । तर विश्वविद्यालयका प्राध्यापकले मागेको खण्डमा उपलव्ध भने हुदैन । अर्को जिपिएस प्रणाली जुन छ यसले जमिनको चलायमान मापन गर्दछ, ‘सेस्मो मिटर’ वा ‘सेस्मोग्राफ’ जसले भूकम्पको गहिराई र म्याग्निच्युट नाप्ने काम गर्छ । जिपिएसले मापण गरेको चलाएमानको ‘डेटा एनालिसिस’ गर्ने विषेशज्ञ खानी विभागसँग छैन । यो जसले राखेको उसले नै ‘एनालिसिस’ गर्ने गर्दछ । यस किसिमको समस्या देखिए पछि मैले अमेरिकाको वासिङ्गटन युनिभर्सिटीसँग भएको पुराना इकुपमेन्ट मागे । हाम्रा विद्यार्थीले पनि सिक्छन्, हामी पनि अनुसन्धान गर्छौं भनेर ६ वटा स्टेशनहरु राख्न सफल भएका छौं । उनीहरुले तीन वर्षसम्म फिल्डमा जाने आउने, मर्मत लगायत खर्च उपलव्ध गराए । त्यसपछि ‘युनेस्को’को ‘युनेप’ भन्ने संस्थासँग मिलेर अर्को ‘इकुपमेन्ट’ नास्टको कम्पाउण्ड भित्र राखेका छौं । हामीसँग पनि एनालिसिस् गर्ने क्षमता छैन । हामीले दश दिनको स्थानिय ट्रेनिङ्ग चलायौं पनि, तर दश दिनको सिकाइले त्यसले पूर्णता नपाउने रैछ । यस किसिमको नेपाली दक्षताको टक्कारो आवश्यकता महशुस गरेका छौं ।

नेपालमा भूकम्पन गएको भोलीपल्टै युरोपियन स्पेश एजेन्सी, नासा जस्ता संस्थाले भूवनोट सरेको भन्ने किसिमको अनुमान गरे । तर हाम्रा भूकप्प मापन केन्द्रका भूगर्वविद्हरुले धेरै पछि मात्र चाल पाए, यस्तो किन भएको ?
त्यस्तो टेक्नोलजी भने हामीकहाँ छैन । त्यस किसिमको अनुसन्धान गर्न स्याटिलाइट चाहिन्छ, इकुपमेन्ट पनि छैन । नेपालको स्यटिलाइट नै छैन । यसका लागि सरकारले लगानी गर्नु पर्नेहुन्छ । वितेका चालिस वर्षको अन्तरालमा नेपालमा कति जना भूकम्पविद्हरु उत्पादन भए भनेर सरकारलाई सोध्ने हो भने यसको जवाफ सरकारसँग छैन । साच्चिकै भूकम्पको बारेमा सेस्मोमिटरले दिएको डेटालाई एनालिसिस गर्ने, टे«न्चिङ्ग (पुरानो भुइचालोको बारेमा जमिन खनेर अध्ययन) गर्ने कति जना विज्ञ छन् ! खाली कहाँ र कति रिक्टरको भुइचाले गयो भनेर पुग्दैन । पुरा हिमालयकै क्षेत्रमा भूकम्पीय जोखिमको अध्ययन गर्ने कति जना छौं । खानी विभागसँग डा. सोमनाथ सापकोटा र लोक विजय अधिकारी छन् । त्यस्तै त्रिविविकै उत्पादन जापानमा सेस्मोलजीमा पिएचडि गरेका सुवेश घिमिरे, दिपक चम्लागाई, बाँकी दुइतिन जना छन्—त्यो विदेशमा छन् । त्रिविविसँग आफ्नो सेस्मिक स्टेशन नेटवर्क छैन । अव त्रिविविका विज्ञहरुसँग डेटा छैन, अनुसन्धान गर्नलाई । दक्ष डाइभर छन्, दिमागि खिया लगाएर गाडिको प्रतिक्षामा बसेका । यस्तो अवस्था छ देशको । संसारमा नै विश्वविद्यालयले हो अनुसन्धान गनर्,े हाम्रो विश्वविद्यालय ताल नै लथालिङ्ग छ । कसरी हाम्रो विकास हुन्छ ?

 यस्तो अवस्थामा खानी विभागले सरकारलाई भूकम्पीय अध्ययनको लागि कन्भिन्स गराउन किन सकेन ?
खाली सरकारको गाली गरेर मात्र हुने केहि होइन, तरपनि सरकारले नै चासो देखाउनु पर्छ । अर्को खानी विभागले पनि कन्भिन्स गराउन नसकेकै हो । आज जुन भुइचालो मापन बताउने कम्प्यूटर राख्ने घर २५÷३० वर्ष भइसक्दा समेत नबनाइएको अवस्था छ । भुइचालोको समयमा त्यो घर भत्केर महत्वपूर्ण इकुपमेन्ट ध्वस्थ हुन्छ भन्दा पनि सरकारले बनाइदिएको छैन । अनि सरकारलाई दोष नदिएर कसलाई दिने । त्यहाँ काम गर्नेहरु थरथर कामेर काम गर्दै भूइचालोको अपडेट गराइराखेका छन् । यस्तो अवस्था छ हाम्रो । सरकारले त्यहाँ भएका जनशक्तिलाई ट्रेनिङ्ग दिने, पिएचडि गराउने, एक से एक दक्ष जनशक्ति राख्नु पर्ने हो नि, खै त !

विदेशी वैज्ञानिकले गरेको जसरी अनुसन्धान गर्न कति लागत चाहिन्छ होला ?
लागतको कुरै छाडौं । मन चाहियो नि पहिले । के हाम्रो देश दुई चार करोड खर्च गर्न नसक्ने छ र ? पुर्ननिमार्णकालागि अरव र खरवका कुरा भइरहेका छन् । त्योभन्दा पनि, त्यतिका मानिसले अकालमा ज्यान गुमाउन परेको अवस्था छ । त्यो हिसाव किताव गरौ न पहिले । यसको दाँचोमा त्यति लगानी त केहि होइन । आजसम्म नेपाल सरकारले भूकम्पको अध्ययनको लागि इकुपमेन्ट किन्न एक पैसा पनि खर्च गरेको छैन । जति पनि विदेशीले ल्याएर राखेको बाहेक । हामीले राखेका जिपिएस स्टेशनहरुमा पनि सरकारले एक पैसा पनि खर्च गरेको छैन । विश्वविद्यालयसँग त पैसा हुँदैन, यसकारण नास्ट र त्रिविवि मिलेर काम गर्न लागिराखेका छौं ।

अहिले खानी विभाग उधोग मन्त्रालयको मातहतमा छ, यो विज्ञान मन्त्रालयसँग हुन पर्ने होइन ?
यदि पर्याप्त रकम दिएर अनुसन्धान लगायतका काम भएको भए, जुनै मन्त्रालय नै ठीक हो । तर उधोग मन्त्रालयको मातहतमा हुनु भनेको दुर्भाग्य हो । किन भने ३० वर्षसम्म पनि उपकरण राख्ने घरसम्म नबनाको स्थिति छ ।

अहिलेको भूकम्पलाई महाभूकम्प भन्न मिल्छ कि मिल्दैन ?
वैज्ञानिक तवरले यसलाई महाभूकम्प भन्न मिल्दैन । विज्ञानसंगत माइनर, लाइट, मोडरेट, स्ट्रङ्ग, मेजर र ग्रेट भनेर भन्दछौं । ८ भन्दामाथिकालाई ग्रेट (माहाभूकम्प) भन्दछौं । ठूलो जनधनको नास भएको हिसावले यसलाई शक्तिशाली भूकम्प भन्दा हुन्छ ।

अहिलेको भुइचालालोले ७० मा १७ प्रतिशतमात्र हल्लाएको भनिन्छ नि ? खासमा कुरा के हो ?
यो थप अध्ययनको विषय हो । अरु मलाई जानकारी छैन । ७ दशमल्लव ८ को भूकम्प आउदा पनि मेरो घर सकुशल नै रह्यो । घर त बलियो नै रैछ भनेको थिए । तर कम प्रतिशत कुरा थाहा पाउँदा म पनि अचम्ममा परेको छु । जति प्रतिशतमा हल्लिनु पर्ने हो, त्यति नै हल्लाएको भए काठमाडौंको हालत कस्तो हुन्थ्यो होला ।

नेपाली विज्ञले मापन गरेको भूकम्पको मात्रा र विदेशबाट गरेको मापनमा फरक आयो नि !
हाम्रो नाप्ने प्रकृया लोकल म्याग्निीच्यूटमा आधारित छ । खानी विभागले लोकल म्यनिच्यूटमा र विदेशीले मोमेन्ट म्याग्नीच्यूटको आधारमा मापन गरेकोे हो । त्यसकारण यहाँको इकुपमेन्टले जति नाप्न सक्ने क्षमता थियो, त्यहीलाई आधार मानेको हो खानी विभागले ।

तर ल्याण्ड सिफ्ट भएर काठमाडौं दक्षिण तर्फ सरेको भनिन्छ ?
‘ल्याण्ड सिफ्ट’ भनेको कुरा अर्कै हो । यो जिपिएस प्रणालीमा आधारित छ । यसमार्फत भुइचालो गएको क्षेत्र दक्षिणतिर अग्लो र उत्तरतिर होचो देखिएको हो ।

भूवनोटको आधारमा भूकम्पको चलायमानलाई असर गर्छ कि गर्दैन, कस्ताखाले भूवनोटमा भूकम्पीय चलाएमानले असर गर्छ ?

यो भनेको जमिन कस्तो छ त्यसमा भर पर्छ । भूबनोटको आधारमा क्षति गर्ने भएकोले भुइचालाको अध्ययन गर्न जरुरत हुन्छ । कमशल जमिन भएको ठाँउमा बढी असर गर्छ । वेभ त चारैतिर फैलने भइहाल्यो तर असर गर्ने वा नगर्ने भूवनोटमा भर पर्छ । भूवनोटको आधारमा वेभको गति पनि फरक पर्छ । गति फरक परेपछि चलायमान पनि फरक पर्छ ।

काठमाडौं कस्ताखाले भूवनोटले बनेको छ, यसको आयु कति वर्षको हो ? कि हामीले आयु निर्धारण गर्न सक्र्छौ कि सक्दैनौं ?
काठमाडौं त ताल थियो । यो त जमिनमा भएको पानी सुकेपछि बस्न योग्य भएको न हो । यहाँको भूबनोट भनेको अग्लो होचो गरेर बसेको छ । प्राकृतिक रुपमा हेर्दा पनि वरिपरी डाँडा विचमा भएको पुरीएको जमिन हो । लगभग १ किमि गहिराइसम्म सेडिमेन्ट (माटो) ले पुरीएको छ । काठमाडौं उपत्यकामा तालको उत्पति करीव २५ लाख वर्ष अघिको हो । आजभन्दा १२ हजार वर्षअधि ताल सुकेको देखिन्छ । त्यहि विचमा ८ सय मिटरभन्दा बढी सेडिमेन्ट जम्मा भएको पाइन्छ ।

नेपाल भूकम्पीय जोखिमको ११ औं स्थानमा उल्लेख गरेको पाइन्छ, खासमा जोखिमलाई कसरी निर्धारण गरिन्छ ?
यतिऔं स्थान भन्नेर भन्ने कुरा त्यति महत्वपूर्ण कुरा होइन । हामीलाई भूकम्प जान्छ, यो तयारी अवस्थामा छ, कुन बेला जान्छ भन्न नसकेको मात्र हो । ठिक्क कहिले जान्छ भन्ने कुराको आंकलन साधारण रुपमा गर्न सकिन्न । कहिले कहिले भूकम्प गयो भन्ने समयको गणना गरेर भविष्यमा जाने भूकम्पको आंकलन गर्न सकिन्छ । यसको लागि अनुसन्धान गर्नु पर्ने हुन्छ ।

हामी विदेशीको भरिया हुनु बाहेक हाम्रो सिप र दक्षतालाई खुम्च्याएर राखेको अवस्था छ । नेपालको साइन्टिस, प्रोफेसर भनेको सरकारका लागि तल्लो दर्जाको नागरिक हो । उनीहरुको व्यवहार हेर्दा यस्तै लाग्छ । कि त सरकारले जान्न पथ्र्यौ, कि त जानेका मानिसहरुले भनेको सुन्न पथ्र्यों, उनीहरुसँग सुन्ने सामथ्र्य पनि छैन । उनीहरुलाई अनुसन्धानको कुरा उठाउने वितिकै मुन्टो बर्टार्ने, रकम माग्न गएपनि दिने पनि होइन, खाली दुख दिने भन्दा अर्को काम सरकारी संयन्त्रको छैन । यत्रो भुइचालो गयो बाँकी सर्न पर्ने जमिन सरेन, किन सरेन त्यो पनि हामीलाई थाहा छैन । त्योभन्दा अर्को ठूलो भुइचालो झ्वाट्ट आउने हो कि त्यो पनि थाहा छैन । यस्तो विपतको बेला अहिले जिपिएस ल्याएर थप्नु परेको छ । महाभारत खण्डको यो हाम्रो भू–भागमा गएको भुइचालो काठमाडौं मुनि आएर अड्केको छ । जान पर्ने ठाउमा जान पाएन । त्यसमा काम गर्न इकुपमेन्ट चाहियो, विदेशी मित्रहरु त्रिविविसँग मिलेर अनुसन्धान गर्नकालागि इकुपमेन्टसहित नेपाल आउने भए । हामी आउँदै छौं, इकुपमेन्ट ल्याउने व्यवस्था मिलाइदेउ भन्दा हाम्रो सरकारी संयत्रका कारण इकुपमेन्ट ल्याउन पनि झन्झट भयो । यस्तो आपतकालको वेलामा खाली इकुपमेन्ट ल्याएर राखी अनुसन्धान गर्न पनि यत्रो झन्झट !

शक्तिशाली भूकम्प आइसकेपछि अर्को ठूला भइचालो आउदैन भन्ने भूगर्वविद्हरुको मान्यता यसपाली आममानिसमा नकारात्मक सन्देश गयो नि !
कुरा त्यसो होइन । हामीले ठूला भूकम्प गइसकेपछि त्यही स्थानमा केन्द्र भएर अर्को त्यतिकै ठूला भुइचालो जादैंन भनेका थियौं । साना साना पराकम्पन जान्छन् भनेकै हो । त्यसपछि भोलिपल्ट ६.८ म्याग्नीच्यूटको गयो, त्यसलाई हामीले सकारात्मक रुपमा लियौं । त्यसपछि ५ र ४ म्याग्निच्यूटको आउँदा समेत हामीले आम मानिसलाई सुरक्षित स्थानमा बस्नु भनेको थियौं । तीन दिन त हामीले घर भित्र जानु हुदैन भनेका पनि थियौं । लगातार १७ दिनसम्म विश्वमा देखिएका ट्रेन्ड अनुुसार नै भूकम्पको पारकम्पन देखिएको थियो । हामीले ४÷५ म्याग्निच्यूटको आए पछि ५÷६ को आउँदैन भनेको पनि होइन । ठूलो भुइचालो आएको बेला छिटो छिटो मिनेटमा भुइचालो आएको थियो नि ! तर एक्कासी अर्को छेउमा केन्द्रविन्दुभएर ७.३ म्याग्निच्यूटको भूकम्प आयो । यो भनेको सयमा १ प्रतिशत अनौठो घट्ना हो । यो कसैले अगाडि नै भन्न सक्ने अवस्था पनि थिएन । यसले पहिला जुन स्थानसम्म भूभाग चरकेको थियो, त्यस स्थानबाट सरेको अवस्था हो । यसकारण शक्ति सन्चय भएर बसेको अझ पूर्वको भूभाग सार्ने काम यो भुइचालोले गर्यो । यसअर्थमा भूगर्वविद्हरुले भनेको अहिलेसम्मकै विकसित ट्रेन्ड हो, त्यसभन्दा बाहिर हामी गएर कुरा गरेका छैनौं ।

सुपर मुन देख्दा समुन्द्री आँदी आउने भनिन्छ, हाम्रा ज्योतिषले मंगल र शनीको दुरीको अवस्थाले पृथ्वीमा खतरा देखियो भनियो यसले भूइचालो जाने कति संम्भावना हुन्छ ?
ज्योतिषशास्त्र एक रहस्मय विज्ञान हो । २०१८ सालमा सम्पूर्ण ग्रह एकै सिधा रेखामा आउँदा नेपालमा ठूला भूकम्प आउँछ भनियो तर त्यतिखेर केहि पनि भएन । नेपालमा १÷२ म्याग्निच्यूटको भूकम्प दिन दिनै गइराखेको हुन्छ । त्यसैले ग्रहको प्रभावले नै भूकम्प आउने कुरा हुँदैन । तर चन्द्रमाको कारणले समुन्द्र ज्वारभाटा (टाइड्स) भने आउने गर्दछ । त्यस्तै पृथ्विमा ठूला उल्का आउने सम्भावना पनि छ, यसको भविष्यवाणी गर्न सकिन्न । त्यसकारण भूकम्पको कुरा विज्ञानको जगमा अडेर भन्नु पर्ने हुन्छ ।

नेपालको पश्चिमी क्षेत्रमा विगत ५ सय वर्षदेखि शक्ति सन्चय भएको भन्ने विदेशी भूगर्वविद्हरुको भनाईलाई कसरी लिनुहुन्छ ?
नेपालको गोरखादेखि भारतको देहरादुनसम्मको बीचमा सन् १५०५ मा एउटा ठूलो भुइचालो गएको थियो । त्यसपछि हालसम्म ठूलो भुइचालो गएको छैन । त्यतिेर करीव ८.६ म्याग्निच्यूटको भूकम्प गएको अनुमान गरिएको छ । त्यो भुइचालोले २० मिटर जमिन सारेको थियो । अहिले त जम्मा ३.६ मिटर सरेको अवस्था छ । सन् १५०५को भूकम्पले दिल्ली–आग्रादेखि केरुङ्ग–ल्हासासम्म असर गरेको थियो ।
पूर्वतिरको कुरा गर्नु पर्दा झापादेखि लिएर सिक्किम–भूटानसम्म झन्डै नौ सय वर्ष सम्म भुइचालो गएकै छैन । यसकारण त्याहाँ ठूलो शक्ति सन्चय भएर बसेको छ । यदि त्यहापनि भुइचालो गएमा ०९० सालको भन्दा ठूला भूकम्प जान सक्छ ।

काठमाडौं केन्द्रविन्दु भएर भूकम्प जाने अवस्था चै कतिको हुन्छ ?
०९० साल र हालको भूकम्प गइसकेपछि यहि क्षेत्रभित्र केन्द्रविन्दू भएर ठूला भूकम्प जाने सम्भावना कम छ । तर साना भूइचालो जान सक्छ । त्यस्तै काठमाडौं केन्द्र विन्दु भएर ६ म्याग्निच्यूटको भुइचालो गयो भने यहाँको संरचना अवस्था कस्तो होला ! अहिलेको भुइचालो गएपछि अर्को भुइचालोको लागि हामी तयार हुनै पर्छ । यसकारण नेपाल भूकम्पीय जोखिमको मुलुकमा पर्दछ । कहि कतै एक इन्च पनि सुरक्षित छैन ।

एउटा वैज्ञानिकको नाताले भूकम्पको विपद्को वेलामा तत्काल गरिहाल्नु पर्ने चै के के हुन् ?
भूइचालो पछिको पुननिमार्ण गर्न थप रिसर्च हुन जरुरी छ । काठमाडौंको हकमा चुस्त प्लानिङ्को जरुरी छ । भक्तेका र चर्क्रेका घर हेरर आगामि दिनमा कसरी मजवुद घर बनाउनेमा रिसर्च गर्नु पर्दछ । अर्को कुरा पहाडका परम्परागत टुङ्गा माटाका घरहरु भनेका धराप हो, त्यो त सकेण्डमा नै ढल्नसक्छ । मानिस बाहिर निस्कन नै भ्याउदैन । त्यसको लागि इन्जिनियर, आर्किटेक्ट, जियोलोजिस्टलगायत राखेर पहाडी घरहरु कसरी निमार्ण गर्ने भन्नेतिर ध्यान दिनु जरुरी छ । अव बनाउने घरमा परेर मान्छे नमरुन । काठमाडौंमा अग्ला घर बनाउन दिने कि नदिने, यदि दिएमा कस्ता किसिमलाई दिने—कडा निति सरकारले ल्याउनु पर्दछ ।

स्वदेशमै दक्ष जनशक्ति तयार गर्ने, खाली अरुले दिएको इकुपमेन्ट होइन कि सरकार आफैले इकुपमेन्ट किनेर खानी विभाग, विश्वविद्यालय र नास्टमा यसको अनुसन्धान गर्नु पर्दछ । अवको अनुसन्धान नास्ट र विश्वविद्यालयले अगुवाई गर्नु पर्दछ । खानी विभागले अनुसन्धानकोलागि अन्य निकायहरुलाई पनि डेटा दिने प्रावधान बनाउनु पर्दछ । यसर्थ अवको दश÷पन्ध्र वर्षमा हामीसँग सम्पूर्ण अनुसन्धानको इकुपमेन्ट र जनशक्ती हुनु प¥यो । सरकारले खाली माग्ने नभई आफै अनुसन्धनका इकुपमेन्ट र जनशक्ती तयार गर्ने काम गर्नु पर्छ । खाली दान दिएको सामान लिएर हामीलाई परजीवि नबनाइयोस् । भूकम्पीय जोखिमका कुरा दुई÷चार महिना पछि पुरानो नहोस् ।

You may also like...

2 Responses

  1. It is a relevant conversation and bitter truth. Country must have learned a lesson from this quake and should consider this as an opportunity to be prepared for future events instead of awaiting others support to come. Hope that the department of Mines and Geology will make the seismic/geodetic data available to study. This will allow us to improve our understanding in terms of both structure and plate kinematics.

  2. Lava Kafle says:

    #NimbleNepal woow great ariteup great nepalese scientist seismology: nepal earth quake facts figures reality and government incompetence

Leave a Reply

Your email address will not be published. Required fields are marked *