2025-08-04

भूकम्पीय डेटा राज्यको सम्पति हो : विदेशीको होइन

  • खानी विभागसँग भएको डेटा राज्यको सम्पति हो । यसलाई लुकाएर राख्न जरूरी पनि छैन । यो दिइरहेका छौं ।
  • जापानमा गएको ८ दशमलव ५ म्याग्निच्यूटको भूकम्प केहि समयमै किन ६ दशमलव ८ को भनियो, यदि उनीहरूको इकुपमेन्ट अतिआधुनिक थियो भने !
  • हामीले निकालेको म्याग्निच्यूट कुन चाँहि विदेशी सँस्थाले मिलेन भनेको छ ! हामीले भनेका म्याग्निच्यूट कसैले गलत भन्न सेकेको छैन ।

 

lokbijaya_ adhikari_revo

लोक विजय अधिकारीप्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्व विभाग

नेपालको खानी तथा भूगर्व विभागमा २० वर्षको अनुभव बटुलेका लोक विजय अधिकारी सोही विभागमा अवस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट गणितशास्त्रमा स्नातकोत्तर, जापानको एक विश्वविद्यालयबाट सेस्मोलजीमा पोष्ट ग्रयाजुएट र त्रिविवि भूगर्वशास्त्र केन्द्रीय विभागबाट भूगर्वशास्त्रमा एमएस्सी गरेका छन् । बैशाख १२को ७ दशमल्लव ६ रिक्टरको भूकम्प गएपछि नेपालका १४ जिल्लामा असर गर्यो । सन्दर्भमा, नेपालमा भूकम्पको अनुसन्धान गर्ने संस्था रूपमा विकास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रको सेरोफेरोमा अधिकारीसँग रिभोसाइन्स मासिकका लागि लक्ष्मण डंगोलले गरेको कुराकानीको संम्पादित अंशः

नेपालमा सेस्मिक स्टेशनहरू कति वटा छन् ?
जमिनको विस्थापन मापन गर्न ग्लोबल पोजिसन सिस्टम (जिपिएस) स्टेशनहरू २९ वटा छन् । गति मापन गर्न, केन्द्रविन्दु र म्याग्निच्यूट पत्ता लगाउन काम गर्नको लागि नेपाल भरी २१ वटा सेस्मिक स्टेशनहरू छन् ।

विभागको जिपिएस स्टेशनहरू स्वचालित छैनन् र स्टेशनहरू पनि अनुसन्धान गर्नको नभई विदेशीको इच्छा अनुरूप राखेका भन्छन् नि !
नेपालको हिमालयको क्षेत्रहरूमा भूकम्प कसरी जान्छ भन्ने हिसावले विदेशका भूकम्पीय क्षेत्रमा अनुसन्धान गर्ने संस्था र नेपाल सरकारको सहमतिमा नेपालमा अध्ययन गर्न सयुक्त रूपमा राखिएको हो । यसमा हाम्रो पनि इच्छा छ । उनीहरूको मात्र इच्छाले यो सब भएको होइन ।

खानी विभागले नेपाली रिसर्चरहरूलाई डेटा नदिएको भन्छन्, खासमा कुरा के हो ?
४ रिक्टर स्केलभन्दा माथिको डेटा हामीले तत्काल हाम्रा वेब पेजमा राखेका हुन्छौं । हामीसँग भएका डेटा विभिन्न सेमिनार, जियोलजिकल कंग्रेसजस्ता कार्यक्रममा पनि सार्वजनिक गरिन्छ । जस्तो विभिन्न व्यक्ति वा विदेशी संस्थाहरूले छुट्टै अनुसन्धान गर्न चाहेमा राज्यले डेटा दिन्छ कि दिदैन वा वाहिरबाट अनुसन्धान भएको डेटा राज्यलाई दिनु पर्छ कि पदैन भन्ने कुरा अलग हो । बाहिरका रिसर्चरले संकलन गरेको डेटा र खानी विभागसँग भएको डेटा मिलाएर राज्यको लागि काम गर्ने भन्ने हो । तर नेपालमा त्यस्तो हुन नसकेको अवस्था छ । खानी विभागसँग भएको डेटा राज्यको सम्पति हो । यसलाई लुकाएर राख्न जरूरी पनि छैन । यो दिइरहेका छौं ।

खानी विभागसँग भएको डेटालाई दातृ निकायको अनुमतिमा मात्र हामीले प्रयोग गर्न पाइने हो ?
कुरा त्योसो होइन । नेपाल सरकार र फ्रेन्ससँग सम्झौता गर्दा प्रस्ट रूपमै खानी विभागसँग भएको डेटा नेपाल सरकारको हुनेछ भनेर उल्लेख गरिएको छ । यसकारण हामीले प्रयोग गर्न अन्यत्र सोध्न पर्दैन । यसमा हाम्रो पूर्ण स्वामित्व छ ।

नेपालमा भूकम्प गएको भोलीपल्टै युरोपियन स्पेश एजेन्सी, नासा जस्ता संस्थाले भूवनोट सरेको भन्ने किसिमको अनुमान गरे । तर तपाईहरूले धेरै पछि मात्र चाल पाउनुभयो, यस्तो किन भएको ?
हाम्रो जिपिएसको डेटा भूकम्पीय अध्ययनको लागि प्रयोग गछौं । ल्याण्ड सिफ्टको जुन कुरा नेपालको सर्भे विभागले हेर्ने हो । हामीसँग भएका जिपिएसको केहि डेटा अझै डाउनलोड गर्ने प्रक्रियामा छौं ।

खानी विभागले आफैले किनेको एउटा पनि इकुपमेन्ट छैन र भएका उपकरणको प्रयोग गरि अनुसन्धान पनि गर्न सकेन भनिन्छ, किन ?
यो निराधार कुरा हुन । यसमा सत्यता छैन । पत्र पत्रिकामा पनि आएका छन् यस्ता कुरा । तर नेपालमा भूकम्पको क्षेत्रमा अध्ययन अनुसन्धान अरू कसले गरेको छ ? हामीले गरेको काम—त्यो प्रस्टै छ । जुन इकुपमेन्टको कुरा छ, ‘महँगा हुने र राज्यको प्राथमिकता यो पर्यो वा परेन’ त्यसमा भर पर्छ । हाम्रा नेपाली दाजुभाई दीदि बहिनीहरूले रिक्टर स्केल भन्नमा त समस्या देखियो, यसले हाम्रो अवस्था बताईदिएको छ । यसले राज्यको ध्यान कता छ भनेर देखाउँछ । अनि यसप्रति लगानी कहाँबाट हुन्छ । टेक्निकल रूपमा हामीसँग भएका इकुपमेन्ट नेपालका सम्पति हुन । यो कसैले त्यतिकै दिएको नभई सम्झौता मुताविक खानी विभागम भित्र्याएको हो । यो हाम्रै सम्पति हो । विदेशीसँग मिलेर काम गर्दैमा उनीहरुको हुने होइन । यसर्थ, कति लगानी सरकारले विज्ञान प्रविधिमा गर्नु पर्छ—त्यो सरकारको पाटो हो ।

भूकम्प मापनको विषयमा विवादस्प देखियो नि !
बैशाख १२ को गोरखाको बारपाक केन्द्र भएर आएको ७ दशमलव ६ रिक्टरको भूकम्प पछि ४ रिक्टर स्केलभन्दा माथिका २९४ भन्दा बढी भूकम्प गइसकेको छ । नुवाकोटमा केन्द्र भएर गएको ५ दशमल्लव २ रिक्टर स्केलकोे केन्द्रविन्दु विदेशीले अन्यत्र केन्द्र भएको सूचना दिएका थिए । त्यस्तो त हामीले गरेका छैनौं । हामीले त्यसरी जस्तो पाए त्यस्तो डेटा दिने होइन । डेटा हामीले मुखले त्यतिकै भन्ने पनि होइन । विज्ञानका आघारमा भन्ने हो । बीस वर्षदेखि भूकम्पको डेटा रेकर्ड गर्दै आइरहेका छौं । यो पुरानो प्रविधि भन्ने जस्ता आरोपहरू आएका छन् । त्यसो नभई ‘रिक्टर स्केल र म्याग्निच्यूट’ गरि दुई किसिममा मापन गरिन्छ । यस्ता ज्ञानको कमी आम–मानिसलाई भएको हो । ठूला भूकम्प गएको बेला नजिकका सेस्मोमिटरले चुस्त डेटा नदिएपनि त्योसँगै नजिक भएको स्टेशनले दिन्छ । यहाँ भित्रको प्रविधिको कुरा बाहिरका मानिसलाई थाहा हुदैन । प्रविधि सधै पुरानै हुन्छ भन्ने पनि छैन । यो समयअनुरूप अपग्रेड गरिएको हुन्छ । हामीले ६ दशमल्लव ८ रिक्टर स्केलको भूकम्प जाँदा तत्कालै भन्न सकेनौं, केन्द्रविन्दु त तत्कालै भनेकै हो । किन भने नजिकका सेस्मिक स्टेशनहरू बढी सेचुरेसन (परीपूर्णता) भएकोले सही डेटा दिदैन । तर अन्यत्रको स्टेशनले भने दिने गर्दछ । त्यसमाथि पनि हामीसँग ‘लो र हाई सेन्सेटिभिटि (कम र उच्च सूक्ष्मग्राहिता)’ भएका उपकरणहरू छन्–भूकम्प मापन गर्नलाई । यस्ता कुरा बाहिरका मानिसलाई त थाहा हुँदैन । ‘हाई’ले काम नगरे ‘लो’ ले काम गर्छ । अर्को कुरा हामीले मापन गरेको स्केल अन्यत्रको भन्दा आफैमा फरक छ । एक स्केलबाट अर्को स्केलसँग मिलेको पनि छ । हामीले प्रयोग गर्ने सफ्ट्वेर, मोडल संसारभर एकै किसिमको हुन्छ भन्ने छैन । तर हाम्रा मिडियाहरूबाट विभिन्न किसिमको हल्ला फिजाउने काम भयो । त्यस्तै जापानमा गएको ८ दशमलव ५ म्याग्निच्यूटको भूकम्प केहि समयमै किन ६ दशमलव ८ को भनियो, यदि उनीहरूको इकुपमेन्ट अतिआधुनिक थियो भने !

अहिलेको भूकम्पलाई महाभूकम्प भन्ने कि नभन्ने ?
भूकम्पको म्याग्निच्यूटको आधारमा ८ भन्दा बढीलाई महाभूकम्प भन्ने हो । ७ देखि ८ सम्मकोलाई मेजर (ठूलो) भूकम्प, ६ देखि ७ सम्मको लागि स्ट्रङ (शत्तिशाली) यसकारण महाभूकम्पमा परेन । यसकारण महाभूकम्प होइन ।

भूकम्पी अध्ययनको लागि पर्याप्त इकुपमेन्ट आवश्यक भएको तपाइहरूले सरकारलाई जानकार नगराइएको वा सरकारले यसमा ध्यान नदिएको हो ?
पहिलो कुरा यससम्वन्धी शिक्षाको कमि, अर्को कुरा हामीले सरकारलाई वुझाउन नै सकिएन । त्यतिहुदा पनि राज्यवाट धेरै काम भएको छ । भूकम्प मापन किन गर्नु प¥यो भन्ने देशमा आज भूकम्प मापन केन्द्र छ नि त ।

भूकम्प नजादासम्म नेपालका सञ्चारकर्मी कहाँ थिए ! हामीसँग भूकम्प मापन केन्द्र भएकै कारण इज्जत जोगाएर बसेका छौं । आफूसँग भएका प्रविधिका आधारमा बोल्न सेकेका छौं । डेटाको महत्व भएको जस्तो यसलाई महत्वका साथ सरकारे हेर्नु पर्दछ ।

केन्द्रलाई अनुसन्धान गर्न विकास गरेको हो ?
हामीले यस संस्थालाई डेटा संकलन, रिसर्च ल्याव र रिसर्चको रूपमा विकास गर्दै काम गरिराखेका छौं ।

भनेपछि केन्द्रसँग पूर्ण सुविधा भएको रिसर्च ल्याव छ ?
पूर्ण रूपमा नभएपनि भूकप्पीय अध्ययन÷अनुसन्धानकालागि चाहिने आधारभूत कुराहरू छन् ।

डेटा एनालिसिस गर्ने प्रविधि छ कि छैन ?
हामीले डेटा एनालिसिस नगरे कसले गर्ने ! भूकम्पको म्याग्निच्यूट विना एनालिसिस भनेको हो र ? हामीले निकालेको म्याग्निच्यूट कुन चाँहि विदेशी सँस्थाले मिलेन भनेको छ ! हामीले भनेका म्याग्निच्यूट कसैले गलत भन्न सेकेको छैन । वाहिर हल्ला फिेजेको जस्तो अवस्था होइन । यहाँ अपबाह फिजाउने काम भएको छ ।

 

मा अद्यावधिक गरिएको

समाचार

जिलीको ‘इएक्स-फाइभ’ नेपालमा भित्रियो, किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

बोलबम जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

जिलीको ‘इएक्स-फाइभ’ नेपालमा भित्रियो, किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

बोलबम जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

×