तथ्याङ्कशास्त्रको धरोहर—प्रा. डा. मृगेन्द्रलाल सिंह

  • जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको हो ।
  • ‘इटि इज् बेटर टु वि फरदर अवे फ्रम द त्रुथ् बट नट नोन हाउ फार’ भनेको सत्य साचो कुराबाट टाढा बसेर म कतिको टाढा गएको छु भन्ने हो । हामी सत्यको अधिकतम नजिक जानु सक्छौं, तर सत्य भन्न सक्दैनौं । 
  • सौर्यमण्डलमा भएका जस्तो सूर्य अन्यत्र कति छ कति ! यसकारण यो धनात्मक इन्फिनिटि(अनन्त) र ऋणात्मक इन्फिनिटि भित्र हामी छौं । हाम्रो समाजले कसरी बुझ्दछ यस्ता कुरा । छोरीको जागिरबाट कति आउँछ । ज्वाईको आम्दानी कति छ, विहान के खायो, घर छकि छैन । यस्ता कुरामा मानिसको दैनिकि चलिरहेको हुन्छ ।’
  • लौ भन्नुस् ४५ दिनमा खानु पर्ने औषधि १३ दिनमा खानुभयो भने के हुन्छ । सात दिनसम्म प्रति दिन खानु पर्ने औषधि एकै दिन खानु भयो के होला ! हाम्रो धर्म संस्कृति विगार्ने काम ब्रामण्डहरुले गरेको हो । 

मानिसको जन्म पछि मृत्यु स्वभाविक प्रकृया हो । प्रकृतिको यहि नियम बीचमा मानिसको कर्म चलिरहेको हुन्छ । बाँचुनजेल श्वास— श्वास रहुनजेल आस मानिसको यो अधभूत गुण हो । त्यहि प्राकृतिक चेतनाका कारण उसले आफ्नो र समाजको हितमा काम गर्छ— राम्रो वा नराम्रो । जति अजंङ्ग वा बौद्धिक किन नहोस उ एक दिन ढल्छ तर उसको विचार, आर्दस र कार्य भने जीवन्त रहन्छ । त्योसोत, मानिस जन्मेपछि भ्रुण हस्तानतरण प्रक्रिया भनेको जिवन्त होइन । उसले समाजकालागि गरेको कार्यको लेखाजोखाका उपजले जिवन्त हुन्छ । सबै मानिसको कार्य जिवन्त भने हुँदैन तर एकाद मानिसको कार्य भने जीवन्त रहन्छ । त्यही जिवन्त रुपमा चिनिदै आएका उदाहरणीय व्यक्तिव्व, जसले नेपालको तथ्याङ्कशास्त्रमा अमुल्य योगदान पु¥याउएर नामी तथ्याङ्कशास्त्री रुपमा चिनिए—प्राडा मृगेन्द्रलाल सिंह । उनलाई एम.एल. सिंह भनेर चित्रण गरेको पाइन्छ । उनले नेपालका शिक्षा क्षेत्रमा आफ्नो उदाहरणीय छाप छोड्नु भएको कुरा घाम झै छर्लङ्ग छ ।

 ‘गणितीय भाषामा जीवन एउटा ‘नल सेट (Null Set)’ हो जसलाई ‘फाइ’ले जनाइन्छ । जस अर्थ ‘शून्य’ हुन्छ । त्यहि शून्य भित्र सबै चिज अटेको हुन्छ । सायद जीवन पनि नल सेट हो । त्यसभित्र मानिसको सबै प्रकारका अनुभव भरिरहेको हुन्छ । खाली तर भरीएको ‘फाई’ त्यही न हो जीवन । यस भित्र सम्भव र असम्भ दुवै लुकेको हुन्छ । त्यहि प्राप्तीका लागि मानिसले कर्म गरेको हुन्छ । ‘मैले पनि कर्म राम्रा वा नराम्रा कर्म गरे होला’ ०७३ वर्षे विद्वान सुनाउँछन् । भन्छन् जीवन भनेको शून्य हो शून्यमा घुमिरहन्छ ।

उनको जीवन दर्शन खोतल्न पंत्तिकार सानेपा स्थित घरमा पुगेको थियो । प्रश्न गर्न नपाउँदै यति कुरा भनिरहनु भएको थियो कि ! लाग्थ्यो विना प्रश्न सबै कुरा अगाडि नै व्यक्त हुने जसरी । बीचमै रोक्दै सरको जन्म, माता–पिता बारेमा जानकारी दिनुस् भने पहिले । तर कहाँ भने जस्तो भयो र ! ‘७३ वर्षसम्म गाँठा परेका उनको भावना नदी जस्तै धारा प्रभाव भइरह्यो ।’

जन्म, शिक्षा–दिक्षा र विवाह
तथ्याङ्कशास्त्रीको जन्मको लेखाजोखा त छैन तरपनि सन् १९४३ साल मार्च १३मा चोखछें गल्लीमा बुबा हेमलाल सिंह र आमा जनक माया सिंहको कोखबाट जन्मेका हुन । तीन दाजुभाई मध्येका माइला एम.एल. सिंह हुन । उनको बुबाले तत्कालिन राणाकालिन स्कूल दरबार हाईस्कुलमा अध्यापन गराउथें । बाजे जनकलाल सुवाल र उसको जेठो छोरा चन्द्रलाल सिंह पहिलो मर्डन ट्रान्सलेशन तयार गर्ने व्यतित्वहरु थिए । उनको दीदि जयन्ती सुवाल संस्कृतम स्नातकोत्तर शिक्षा हासिल गरेकी थिइन । त्यस्तै उनका बाँकी दुई बहिनीहरु पनि शिक्षित थिए । कान्छी बहिनी गिता सुवाल विएस्सीसम्म अध्ययन गरि कन्या मन्दिरमा विज्ञान शिक्षिका थिइन । उनको मामा र आफ्नो परिवारमा धेरै जसो शिक्षित थिए ।


स्कुले जिवनमा खासै अध्ययन नगरेका भएपनि १९५५मा दरबार हाइस्कुलबाट एसएलसी उर्तीण गरेका थिए । जयप्रकाश मल्लका कहाँ जोशीको काम गर्नुहुन्थ्यो । उनको मामा पटिको काका डा. पारसर नारायण सुवाल त्रिविविका पहिलो रजिस्ट्रार हुनुहुन्थ्यो । उनी सुनउँछन् सबै शिक्षण पेशामा लागेको थिए । उनका दाई योगेन्द्र लाल सिंह खानी विभागको उप–डाइरेक्ट भए । भाई राजेन्द्र सुवाल, मेकानिकल इन्जिनियर भई स्टाफ कलेज ललितपुरमा शिक्षक हुन । उनका दीदी जयन्ती सुवाल ०७ साल पछि रेडियो नेपालबाट नेवारीमा खवर भन्नु हुन्थ्यो । खानदानी सबै शिक्षित भएपछि मैले नपढ्ने त कुरै भएन, उनको कथनी थियो । तर, अहिले उनका छोरी डाक्टर र छोरा बैकका कर्मचारी छन् ।

जन्म सालको कुरा गर्दै उनले भने, ‘त्यतिखेर रेकर्ड गर्न चलन थिएन । कानुनले अरुले भनेको कुरा प्रमाण लाग्दैन यसकारण आफ्नो जन्म मितिमा पनि विश्वास गरिन । बुवा वा आमाले यति वर्ष भनेर कानुन अनुसार नमिल्ने भएपछि किन गणना गर्नुपर्यो भन्थें । तर स्कुले जिवनमा रजिस्ट्रेशन फाराम भर्ने बेलाम आफ्नो जन्म मिति रेकर्ड गरेको किस्सा सुनाए ।’

‘मलाई घोकन्ते विद्या मन पर्दैन्थ्यो । तैपनि बाल्यकालमा चन्द्रलाल सिंह मामाले राणाकालमा खोलेको दया धर्म भन्ने स्कुलमा बाल्यकालको शिक्षा हासिल गरेको थियो । सानामा उनको दैनिकी थियो दिनभर विष्णुमतिमा पौडी खेल्न जाने । तर शिक्षित परीवारमा हुर्केको हुनाले अलिअलि घरमै पढेको बताउँछन् । पछि निम्न माध्यामिक तहदेखि मात्र दरबार हाइस्कुलमा अध्ययन गरेका थिए । ‘त्यतिखेर पनि म पढ्नमा सिरीयस थिएन । एक दिन गुच्चा खेलिरहेको बेला, चोखछें गल्लीबाट कान समातेर दरबार हाइस्कुलम लगेको आजै जस्तो लाग्छ ।’ भन्छन्, ‘त्यतिखेर न नेपाली भाषा बुझिन्थ्यो न अंग्रेजी नै तरपनि त्यतिखेर किङ्ग मिडासको कथा पढिएको स्मरण गराए ।’

आइएस्सी पढ्न त्रिचन्द्र कलेज आउँदा सम्म त्यति मिहिनेत गरेर नपढेका उनले विएस्सीमा आएपछि भने मिहिनेत गरेर पढेको बताए । विएस्सी सकेपछि फरेस्ट्री पढ्न गएको तर विना गणित उनलाई फरेस्ट्री पढ्न मन नपरेपछि गािणतमा एमएस्सी गरेको बताउँछन् । भन्छन्, एमएस्सी त्रिभूवन विश्वविद्यालयबाट गरें ।’

एमएस्सी सक्नासाथ विश्व निकेतन स्कूलमा शिक्षण पेशा अगाल्नु भयो । त्यही विश्व निकेतन अध्यापन पेशा अंगालीरहेको बेलामा हंगेरीबाट छात्रवृद्धि पाएपछि तथ्याङ्कशास्त्र अध्ययन गर्न विदेश लागेको सुनाए । विदेश छँदा आफूसँगको त्यहाँका साथीले आफ्नो भाषाका विषयमा कुरा उठाएपछि मात्र मातृभाषाको महत्व थाहा पाई कट्टर नेवार भएको सुनाउँछन् । उनले म्याथम्याटिक्स र स्टाटिक्टीक्समा एमएस्सी गरेका छन्् । त्यस्तै डेमोग्राफीमा पिएचडि अनि इच्छाले विएलसम्म अध्ययन । ‘ल’को अध्ययन गरेपछि उनलाई गफ गर्न समस्या नभएको सुनाउँछन् ।

विवाह ः २०२८ सालमा कीर्तिपुरका नगाउ डा. जामनोर्ती सिंहसग भएको हो । श्रीमति वितेको छ वर्ष भइसकेको छ । तै पनि उनलाई यही कतै भएको भान हुन्छ । माया–ममता भनेको अन्य कुरा भन्दा नितान्त फरक हो । यसकारण जति जे गरे पनि आफूलाई साथ दिने जीवन संगीनीको याद नआउने भने होइन । इच्छाले मानिसलाई सवल र दुर्वल बनाउने गर्दछ । अहिलेको उनको अवस्था भनेको दुर्वलको हो । तैपनि नेपालको इतिहासमा गल्ती भएका कुरामा लेख्ने जमर्को गरिरहेको बताउँछन् सिहं ।

तथ्याङ्कशास्त्र विभागको स्थापना
विदेशमा तथ्याङ्कशास्त्रको अध्ययन गरेर आएको मात्र के थिए, त्रिभुवन विश्वविद्यालयमा तथ्याङ्कशास्त्रको विभाग खोल्ने हल्ला चल्यो सन् १९६४ मा । त्यसको केहि समयमै उनले नै त्रिचन्द्र कलेजमा विएस्सीमा तथ्याङ्कशास्त्र खोल्ने काम गरे । पछि त्रिविवि कीर्तिपुरकोे केन्द्रीय विभागमा पिएचडि गराउने सम्मको काम भयो । भन्छन्, ‘मैले ९ जनालाई तथ्याङ्कशास्त्रमा पिएचडी गराएको छु ।’ त्यही बीचमा माल्थस्को सिद्धान्तले मान्छेको संख्या बढ्यो भने दाजुभाई झगडा हुन्छ, खान पुग्दैन र मान्छेले मान्छेको मासु खानेसम्मको कुरा आएपछि जनसंंख्यामा अनुसन्धान गरेको बताउँछन् । उनको मान्नेता छ, जति मानिसको विकास हुन्छ त्यति समाजको विकास हुन्छ । यदि मानिसलाई समस्या परेन भने समाधान आउँदैन । समस्याले नै समाधान आउने हो त्यसकालािग साइन्टिफिक अनुसन्धानको जरुरत पर्दछ ।

‘साइन्स अफ एरर’लाई ‘स्टाटिक्सटिक्स’ भनिन्छ । मान्छेले गल्ती गर्छ । तर कति गल्ती गर्यों त्यो भन्ने ‘स्टाटिक्सटिक्स’ मात्र हो । इश्वर कसैले पनि भेट्न वा देख्न सक्दैन । किनभने स्टाटिक्टिक्सका अनुसार गणितले भनेजस्तो दुई गुने दुई चार हुदैन तर अधिकतम नजिकको मान खोजिन्छ । भगवान पनि त्यस्तै हो । सत्य खोज्नका लागि स्टार्टको प्रयोग गर्नु पर्दछ । यसकारण स्टाटिक्टिक्समा मध्यक, स्टान्र्डड डेभिएसन र स्टाण्डर्ड एररहरुले नजिकको मान भन्न सक्छ । नजिक जान सक्छ ठ्याक्कै भन्न सक्दैन । यसकारण स्टार्टको महत्व धेरै छ । ‘इटि इज् बेटर टु वि फरदर अवे फ्रम द त्रुथ् बट नट नोन हाउ फार’ भनेको सत्य साचो कुराबाट टाढा बसेर म कतिको टाढा गएको छु भन्ने हो । हामी सत्यको अधिकतम नजिक जानु सक्छौं, तर सत्य भन्न सक्दैनौं । यो एक रहस्य हो । यदि रहस्य नै थाहा पाए भने केहि काम हुदैन जस्तो लाग्छ उनलाई ।

उनले ११ वर्षमा एसएलसी पास गरेको र १७ वर्षमा लेक्चर भएको बताउँछन् । नेपालको विषयबस्तुमा आधारित रहेर विना गुरु पिएचडि गरेको उनी सुनाउँछन् । आइस्टाइनले भनेका छन्, ‘इमाजिनेसन इज् बेटर द्यान द नलेज,’ उनको पिएचडिको कथा पनि यस्तै छ । सानेपामा घर भर्खर किनेको थियो । त्यहाँ आफू एक्लै बेलुकी इन्द्रचोकबाट सुत्न आउने, पढ्ने काम गरिन्थ्यो । मनमा के के आउँछ त्यो सबै लेख्ने, विभिन्न कितावहरुको अध्ययन गरियो । पिएचडि गरेपछि विभिन्न पुस्तकको पनि अध्ययन गरिन्छ भन्ने पनि हो ।

नेवार लेप्टिस्
गर्वसाथ आफूलाई नेवार लेप्टीस आर्थात् नेवार कम्यूनिस्ट भन्न रुचाउँछन् । नेवारको रहन सहनमा समानता छ । विशेषतः नेवारी समुदायमा भोज खाँदा लहरै बस्ने, एउटै पोशाक लगाउने र खानपानमा भेदभाव नगेर्ने चलन मन परेको बताउँछन् । यसकारण आफ्नो भाषा र धर्मप्रति रुचि राखेर नेपालकै इतिहास लेखिरहेका छन् उनले । नेवाः भन्ने पुस्तक मार्फत् नेवारहरुको तथ्याङ्क संकलन गरेका छन् । नेवारी भाषाको आफ्नै महत्व छ भन्छन् ।

नेवारहरुमा खाने—आफूखुसी, लगाउने अरुको खुसी भन्ने चलन छ । त्यस्तै घर चार तल्ला भन्दा माथि बनाउँदैन । तर अहिले सबै खतम भएको अवस्था छ । मान्छेलाई ‘मि’ भन्छ, नेपालमा बस्नेलाई ‘नेपामी’मा एं देशमा बस्नेहरुलाई ‘यमी’ भनियो । त्यस्तै ‘ज्यापू’ भन्ने पनि कहि कतै उल्लेख गरेको पाइन्न । महर्जन भनेको रथ तान्ने काम गर्ने मानिस हुन, यहाँ त महर्जन भनेको ज्यापू, ज्यापू भनेको काम नलाग्ने बनाइयो ।

‘साफू’ भनेको गाई पाल्ने । उनले गोपाल वंश, हिन्दू बुद्धि प्राय सवै धर्मका अध्ययन गरेका छन् । उनी भन्छन् ‘गोपाल’ भन्ने नै छैन त्यतिखेर । पहाडबाट आएका ब्राम्ह्मणले इतिहास लेखेर नेपालीहरुले इतिहाँस नै गलत पढेको बताउँछन् । त्यतिखेरका दरबारमा बस्ने श्रेष्ठहरुले ज्यापूलाई त्यति मन पराउँदैनथ्यो । यसकारण दरबारीयाहरुले नेपालको इतिहास गलत लेखेको तथ्याङ्कशास्त्रीको छ । भन्छन्, ‘जंगबहादुर राणाले पाटनको सुनागुथी बस्ने मेंपू (रागो पाल्ने) सँग जुवा खेल्न पैसा लिने गरेको पाइन्छ । त्यतिखेरका पाटनका मेंपू नै अहिलेका राजभण्डारीहरु हुन ।’

नेवाः भन्ने शव्द पनि २०० वर्ष अघिमात्र चलन चल्तीमा आएको पाइन्छ । ज्यापूहरुलाई आफ्नो काम भन्दा अरु मतलव नै छैन । काठमाडौंमा अन्यत्रबाट मानिस आउने क्रमसँगै यहाँको संस्कृति विग्रेको उनको गुनासो थियो । लिच्छवी राजाले काठमाडौं शहर भन्न थालेको पाइन्छ । तर अहिले पनि काठमाडौंलाई नेवारी भाषामा ‘ऐं’ भनिन्छ । पाटनलाई एल, भत्तपुरलाई खोप, कीर्तिपुरलाई किपुः र टेकु भन्ने शव्द किराती शव्द हुन । त्यतिखेर न राजा थिए न प्रजा नै । सबै समान भएर बसेको अवस्था थियो । यहि मान्यतालाई आत्मसाथ गर्दै नेवारहरुले गुठि चलाउँछन् । उनी भन्छन्, त्यहि गुठिले जन्मेदेखि मर्नेसम्मको कुरा चलाउने गर्छ । गुठि चार वा आठ जना थकालीले चलाउँछ । एकले गल्ती गरेमा बाँकी थकालीले सच्याउने भन्ने हुन्छ ।

त्यतिखेर काठमाडौं एउटा शिल्क रोड थियो । यहाँ सुनको गजुर, तामाका पैसा र घण्टा बनाउने, व्यापार गर्ने काम हुन्थ्यो । यहाँको आम्दानीले देहरादुन (दिल्ली) सम्म धानेको थियो । बौद्धिक मानिसहरुको जमात बसेको ठाँउमा मूर्खहरुले हातहतियार देखाएपछि कव्जा गर्न सफल भएको उनले तर्क गरे ।

पृथ्वी नारायण शाहले काठमाडौं आक्रमण गर्दा यहाँको जनसंख्या ४५ हजार थियो । तर गोर्खाका जम्मा ३ हजार ! कसरी जित्यो होला ! ब्रिटिस्ले सहयोग नगरेको भए जित्न सक्ने अवस्था थिएन । त्यतिखेर ब्रिटिसहरुले १० हजार गोली गठ्ठा सहयोग गरेको उनी बताउँछन् । पृथ्वी नारायण शाहले काठमाडौं जितेपनि नेवारहरुका तान्त्रिकले मार्छ भन्ने डरले नुवाकोटमा गएर बसेका थिए । तर त्यहाँ पनि उनलाई तामाङले मा¥यो । इतिहास के लेखियो फरक कुरा हुन । उनको बुझाइमा काठमाडौं पृथ्वी नारायण शाहले एकिकरण गरेको होइन । भन्छन्, त्यसपछि आएका राजाले नेपालका लागि कति काम ग¥यो, त्यसको लेखाजोखा गर्न सकिन्छ ।’ यसकारण आफ्ना भाइभारदार काट–मार गर्नेहरुले विकास गरेको हो भन्न मिल्दैन । भन्छन्, त्यहि पूर्खाहरुले नेपालमा राज्य चलाउँदै आएका छन् । ब्राम्ह्मणले राज्य गर्दाको उपज हो, उनीहरुसँग एक आपसमा मिलेर बस्ने संस्कृति छैन ।

पुस्तक प्रकाशन
सन् १९९१ नेभेम्बर ७मा उनले स्नातक तृतीय श्रेणीका लागि ‘रिसर्च मेथडोलजी’ प्रकाशनमा ल्याएका थिए । सोही श्रेणीका लागि बायोस्टाटिक्टीस् पनि । नेपालको डेमोग्राफीमा अध्ययन, नेवाः जस्ता पुस्तक प्रकाशन गरेका छन् उनले । विगत छ वर्षदेखि नेपालको इतिहासलाई पुनारावोकलन गर्दै गलत भएका ति इतिहासलाई प्रकाशमा ल्याउन लागेका बताउँछन् । उनी भन्छन्, ‘सही स्टाटिक्सटिक्स जानेमा सर्भे जस्ता कुरा गर्नै नपर्ने उनको तर्क छ ।’ स्वयमले सोच्ने र नयाँ कुरा लेख्ने अहिलेको विद्यार्थी गर्न पाउँदैनन् । सत प्रतिशत अंक ल्याउन मरिहत्ते गर्ने गरेको पाइन्छ । यसकारण विद्वान भनेको ९८ प्रतिशत ल्याएका होइन । सेक्सपियरले के लेखे भन्ने पनि होइन । तर लियो ट्यसटोयको भनाइ भने उनलाई मन परेको छ, ‘राइट मोमेन्ट टु एक्ट, राइट पर्सन टु डिल र राइट मोमेन्ट टु थिङक ।’

विद्यार्थीहरुलाई आफै सोच्ने किसिमको शिक्षा हुन पर्ने हो । ‘ask not what your country can do for you – ask what you can do for your country’  भन्ने जोन एफ केनेडि भनेको भनाई उनलाई मन पर्दछ । नेपालीहरु स्वदेशमा केहि भएन भनेर रातारात भागिरहेको छ नि !’ नेपालका राजनीतिक दल तर्फ इकित गर्दै उनले भने, ‘राष्ट्रिय सरकार भनेपछि अराष्ट्रिय सरकार पनि त हुन प¥यो । अहिलेसम्मको सरकार अराष्ट्रिय सरकार थियो त !

शिक्षण पेशामा ४४ वर्ष
नेपालमा विद्यार्थिहरु अनुर्तीण हुन्छन् । तर विद्यार्थी फेल गर्ने पक्षमा छैन उनी । एक पटक उनले वेजुकेशन वेस्टेज भन्ने कुरामा स्टाटिक्सटिकल रुपमा अनुसन्धान गरेका थिए । त्यो रिसर्चको प्रकाशन नेपालमा सम्भव नभएपछि नेपालीलाई थाहै नदिइ बैङकक पठाएर प्रकाशन गरेका थिए उनले । त्यतिखेर विदेशमा हाइ–हाइ भएपछि नेपालमा पनि थाहा भयो मलाई सिरिज अफ कमेन्ट आयो भन्छन् उनी । नेपालमा मेरो त्यस किसिमको कुरा पत्याउने कसले ? यहाँ त आफ्ना फाइदाको लागि मात्र रिसर्च गर्ने गरेको पाइन्छ ।

आफू हाकिम हुन आफ्नो हाकिम हुनु पर्दछ । पञ्चायतदेखि नै नेपालमा एउटा गलत परीपाटीको विकास भयो, उपकुलपति वा डीन बन्नलाई पहुच हुनु पर्ने । त्यतिखेर मेरा नाता पर्ने हंसमान सिंह दरबारमा नभएको भने होइन । पहिले पनि मलाई राजाकहाँ पढाउनकोलागि अनुरोध गरेको हो । त्यतिखेर पनि आफू दरबार नगएको हो । त्यस्तै बालकृष्ण खाँडले त्रिविवि कीर्तिपुरमा दिनको एक पटक टेबल नठोकेको पनि होइन । त्यतिखेर खाँडले नेपाली कांग्रेसका प्रकाशमान सिंहको गुरु भएको नाताले उहाँलाई केहि पनि गर्न नमिल्ने सुनाए । तरपनि आफूलाई त्रिविवि कसरी चलाउने भन्ने पूर्ण ज्ञान हुँदा पनि चलाउन पाइएन । उनको एक पटक त्रिविविमा भिसिको कुरा चल्दा हो ।

महेन्द्र विद्याभूषण ‘क’ पुरस्कारका पाएका छन् उनले । गोरखा दक्षिण बाहु चौथों दिने भन्ने कुरा उठेको थियो । आफैले लिन मानिन् । उसो त गोर्खा भन्ने वितिक्कै पहिलेदेखि मन पर्दैन्थ्यो । यसकारण त्यो पुरकास्कार लिन नचाएको उनी सुनाउँछन् । अर्को कुरा गुरु भएर चेलालाई हजुर भन्न आफू कहिले नगएको र नेपालको उच्च पदमा चेलाहरु भएतापनि आफू कहिलेपनि चेलाकहाँ कुनै कामकालागि नगएको बताए ।

नेवार भएपनि उनलाई नेवा राज्य मन पर्दैन । उनी कम्यूनिस्ट हुन तर एमाले, एमाओवादी जस्ता होइन । खुलेर नेवार कम्यूनिस्ट भन्न रुचाउनुहुन्छ । आफै स्वघोषित आयू ७५ को हवाला दिदै अहिलेसम्म त कसैसँग झुकेर खानु परेन अव किन झुक्ने ? किन डराउने जस्ता कुरा गर्नु हुन्छ । त्यसो त उनलाई शासन शव्द मन पर्दैन । यो शव्द प्रयोग गर्न नहुने उनको तर्क छ । तर उनको तर्क छ राज्य भन्दा पनि सामाजिक व्यवस्थापन (community management) जस्ता शव्दको छनोट गरेर देश चलाउनु पर्ने बताउँछन् । ‘विद्वान वर्ग राखेर केन्द्रीय काउन्सील बनाउने र त्यस मातहतका अन्य स्थानिय काउन्सील हुन पर्ने’ उनको तर्क छ । भन्छन्, ‘अहिलेको राजनीतिज्ञ र पाटी भनेका पञ्चे सरह हो । विकास गर्न वुद्धि–सिप चाहिन्छ तर उनीहरुसँग त्यस्तो गुणको कमि छ ।’

गुरू, चेला र देश विकास
बाबु जति राम्रा भएपनि छोरा अंश मात्र लिन खोज्ने भएमा त्यस्तो छोरालाई बावुले अंश कदापि दिदैन । त्यो समय स्टाटिक्सटिक्सकालागि विदेशी पाठ्यक्रम नक्कल गरेर पढाएका थिए । तैपनि गुरु र चेला बीचको संम्वन्ध त्यति राम्रो हुन सकेन । अहिले तथ्याङ्कशास्त्र केन्द्रीय विभागमा अध्यापन पेशामा लागेका प्राय सबै मेरा विद्यार्थीहरु हुन । मान्छेमा एउटा रोक के हुदो रैछ भने, गुरु कार्यकक्षामा हुने वितिकै उनीहरुलाई समस्या पर्दथ्यों ।

‘तीस वर्ष अगाडि नेपाल स्टाटिम्सटिकल सोसाइटी खोलेका थिए । त्यतिखेर त्यो सोसाइटी तर्फबाट पनि रिसर्चको काम गरेको’ बताउँछन् । ‘हाम्रो बुर्जुवा संस्कृति कस्तो छ भने कुर्सीमा बसुनजेल गुरुलाई चिन्दैन तर पद खुस्कीएपछि भने सर नमस्कार भन्दछ ।’

अलि हक्की स्वभावका कारण उनलाई विद्यार्थीले मन नपराएको पनि हुनसक्छ, आफै स्वीकार्छन । भन्छन्, ‘एक पटक उनले प्लानिङ्ग कमिशनको मिटिङ्गमा इन्डियाबाट आएका मानिसले नेपालमा रोजगारी पाउने र नेपालका मानिसलाई विदेशमा ‘एक्स्पोट’ गर्ने । के हो हाम्रो ‘डिफेक्ट’ भनेर पनि भने ।’ तर कस्ले सुन्ने उनको कुरा ।

बाँदरले ध्यान गरे भने कस्तो होला ! केहि नेपालीहरु ध्यान गर्दा पनि विदेशीको पैसा कसरी ल्याउने र खाने भन्ने मै केन्द्रीत हुन्छन् । यसकारण नेपालका भ्रष्टचारीलाई कारर्बाही भन्दा पनि फाँसीको व्यवस्था नभएसम्म देश सुद्रदैन भन्ने मान्यता राख्छन् । राम्रा मान्छेलाई भिसी नै बनाउन दिदैनन् किनभने भिसी हुनकोलागि प्रतिशतमा कमिशन दिन पर्ने प्रावधान छ नेपालमा ।

एक पटक योजना आयोगमा उनले सुझाव नै दिएका थिए, ‘यतिका रोड किन खन्नुहुन्छ तपाईहरु—बाटो बनाएर पैरो जाने, त्यसमा पनि पेट्रोल, डिजेल टायर खिइन्छ—सबै इन्डिया धनी हुने बाहेकका अन्य काम छैन ।’ यसकारण रोप वे राखौं भनेका थियौं । धनकुटामा स्याउ फलेको भन्नु बेकार छ, ढुवानीका कारण महङ्गो भएर बजारमा ल्याउनै सकिदैन ।

नेपालीको काम गरेर खाने परम्परा छैन । नेवारहरुमा काम गरेर खाने परम्परा विद्यमान छन्–त्यो पनि विशेष गरेर ज्यापु समुदायमा । हाम्रा ब्राम्ह्मण्ड, क्षेत्री भनेका पृथ्वी नारायण शाहको पालादेखि धुर्तयाइ गर्न खप्पिस छन् । सुगौली सन्धि पश्चात नेपाली सेना गोर्खा लाहुरे बन्न थाले । यसरी आफ्नो देशमा सेना मिलाएर राख्न नसक्ने भएपछि भारतीय सेनामा भर्ना गर्ने व्यवस्था गरेका हुन । यिनीहरु बुद्धि भएका मानिस भने होइन । इन्डियन बाबु, बेलायती ‘सायब’ र नेपाली बाबुसायब, कमिशन खाँदै आरामसँग गुटि हाकेर बस्न पल्केका छन् । भएका युवालाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुको साटो विदेश पठाउने राजश्व उठाउने बाहेक अन्य काम हाम्रा नेताहरुको देख्दिन ।

त्रिभूवन विश्वविद्यालय केन्द्रीय तथ्याङ्क विभागको भवन उनको पालामा बनाइएको हो । ‘मैले एक पैसा तलमाथि नगरेके खुलासा गर्छन् । तर एक पटक सोही विभागमा फिलिपिन्सबाट ३ करोड अनुसन्धानको लागि आउने भयो, विभागलाई अडिटले समात्ने भनेपछि तत्कालिन भिसिलाई लौ न यो रकम केन्द्रबाट आउने व्यवस्था मिलाई दिनु पर्यों भने, ‘रकम आउने भएपछि उनीहरुको ठूलै पहल भयो’—एक तर्फी तर पैसा आएन । यस्तो छ हाम्रो दुर्दशा काम गर्नेले मिलाएको रकम पनि नआउने ।

तत्कालिन पञ्चायतको पालामा विद्यार्थी राजनीतिलाई दवाउन पञ्चायत सरकारले त्रिविविलाई गोप्य रुपमा वर्षको ६÷७ करोड रकम दिने गथ्र्यों । त्यो रकम छ भनेपछि तत्कालिन भिसि दंगसाथ स्टार्ट डिपार्टमेन्टलाई १ करोड २५ लाख दिएको थियो—भवन बनाउनकोलागि । ‘त्रिविविमा एउटा यस्तो संयन्त्र छ, त्यसको दुई प्रतिशत उनीहरुले कटाएर राख्छन्, खासमा त्यो कमिशन नै हो’ उनी भन्छन्, ‘जवसम्म वुर्जुवा संस्कृती अगाल्छ तवसम्म देशको विकास हुनेछैन ।’

फिलिपिन्समा हाम्रो धानको विउलगाएत सम्पूर्ण विउविजन संगालेर राखेको पाइयो । हाम्रोमा शिला खोज्नु पर्ने हुन्छ । भूकम्पकै कुरा गर्नु पर्दा बाग्मतिको किनारमा मोजमस्तीगर्ने रकम कहाँबाट आयो, त्यो ठगेको पैसा त हो नि ! मसँग साधन छ तरपनि म लोकल गाडिमा हिड्छु प्राय जसो, मेरा छोरीहरुले सुटेट बुटेट भएर हिड्न सुझाव दिन्छन् । खान नपाएर के को सुटेट बुटेट, किन चाहियो भन्ने लाग्छ ।

कुराकानीको बीचमा पुन एक चोटी उनले लेखेका नेवा पुस्तक निकाल्न जाँदै यतिका धेरै कुरा नगारौं भन्ने सम्म भयो । यतिका अनुभव भएका विद्वानसँग कसरी धर्म र इश्वरको कुरा नगरी फर्कने कुरै थिएन । तत्कालै प्रश्न सोधिहाले— जीवनमा कहिल्लै पछुतो भएन भन्ने कुरा गर्दा, ‘उनले आफूले नै ग्रेस नम्वर दिएर उर्तीण गराएका विद्यार्थी राजनैतिक लिङ्कका आधारमा ठूला पदमा बसेर समाजको भलो हुने काम नगरेको देख्दा दिक्क त लाग्दो रहेछ ।’ सबै बदमास भयो भन्दैमा आफू पनि बदमास हुने कुरा आएन । म शिक्षा मन्त्री पनि होइन, उपकुलपति पनि होइन, आफूले चाहे जस्तो त्रिविवि र शिक्षा नीति नै परिवर्तन गरि शिक्षामा नयाँ आयाम थप्न कहिल्यै उठ्नै दिएन । पुस्पलालको कम्यूनिस्ट पार्टीको सदस्यता लिनुु पर्दछ भन्ने सम्म कुरा आए । त्यो चाँही उनले गरेनन् ।

एक पटक उनले इन्द्रचोकको वाँणालाई गणेशको मुर्ती बनाउन आग्रह गर्दा, विना नाप तौल गणेश बनाई दिएको स्मरण गर्दै पढेलेखेका मानिसले भएको भए यति लम्वाई, चौडाइका कुरा गथ्र्यों, घण्टौं नाप तौलमा विताउने गर्थौैं तर वाणाले तुरुन्त बनाइदिए रे उनलाई । यसकारण मानिसले जातित्वमा भेदभाव राख्न नहुने मान्यता रान्नुहुन्छ । ‘भूटानमा ३०० मिटर अग्लो बुद्धको मुर्ती बनाइरहेका छन्, त्यो पनि पाटनका एक जना नेपाली मुर्तीकारले । त्यो मेसिनले पनि बनाउन सकिदैन । यस्ता मानिसलाई खोइ प्रोत्साहन गरेको सरकारले । खै युवालाई यस किसिमको शिप सिकाएको, खाली खाडी मुलुकमा भरीया बनाएर देशको सम्वृृद्धि हुन्छ ?

२ प्रतिशत (२ लाख) नेपाली बाहिर हुँदा सरकारले गणना नगर्ने भन्ने छ । अहिले त २० लाख नेपाली विदेशमा छन् । नियम अनुसुार छ महिना भन्दा माथि बिदेश बसेमा नेपाली होइन भन्ने छ । बुढो भएपछि कहाँ जान्छन् उनीहरु । यस्तो पनि नियम हुन्छ ?

धर्म र जीवन
कुराकानीको महत्वपूर्ण प्रश्न थियो, जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ, स्टार्ट अनुसार भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरें । ‘७३ वर्ष नागी सक्यो, अवको केहि वर्षमा म नहुन सक्छु । छ वर्ष अगाडि मेरो श्रीमति वितिइन् । विद्यार्थीलाई गणितमा ‘नल सेट’ पढाए, त्यतिखेर नल सेटलाई राम्ररी नबुझेको रहेछु । त्यो नल सेट आज बुझ्दै छु । जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको हो । बिना स्त्रीलिङ्ग संसारमा लाइफ सम्भव हुँदैन । विना स्त्री–पुरुषले मायाजालको कुरा गर्दैन । आजभोली यस्तो लाग्छ, घरमा सबै जना व्यस्त हुन्छ, त्यो भनेको उसको हुँर्कदै गरेको छोराकोलागि काम गरेको देख्दछु ।’

उनलाई धर्ममा पनि विश्वाास लाग्दैन । सत्य कसैलाई पनि थाहा छैन भन्छन् । त्यसकारण अधिकतम नजिक थाहा हुनसक्छ । मरेपछि खतम हुन्छ वा पुर्नजन्म हुन्छ । यो रहस्यमय कुरा हो किनभने हजारौं क्रोमोजोम—त्यो न्यूकिलिक एसिडबाट आउने हुन्छ । त्यही केमिकल इलेमेन्टबाट बायोलजीकल पार्ट कसरी विकास भयो कुरा यहि निर अडकेको छ । विज्ञानले पनि यस कुरा पत्ता लगाउन सकेका छैनन् । यसकारण जीवन भनेको शून्य हो । शून्य आकार जस्तै जीवनको प्रक्रिया पनि घुमिरहन्छ । आज बाह्र बच्छ—भोली फेरी बाह्र बच्छ । जीवन यसरी चलिरहेको हुन्छ ।

महाभारतको गीताको स्लोक १२मा तिमी पहिले पनि छौं, अहिले पनि छौं र पछि पनि हुनेछौं भन्ने श्लोक निकै घत लागेको बताए । बुढो कसलाई भन्ने ? अहिले त ६० नागेकालाई बुढा भन्छन् । पहिले ८ हजार वर्ष बाँचेको किम्वदन्ती छ । १६ सय वर्ष बाँचेको मान्छेका कुरा छन् । यसकारण मानिसलाई तीन किसिमले मापन गर्न सकिन्छ । पहिला लिनियर (वर्षेपिछे १,२,३,…) अर्को फिजिकल (शरीरको बनावटको आधारमा बच्चादेखि बुढासम्म) त्यसपछि उ कुप्रन्छ– सकिन्छ । र, तेस्रो मेन्टल एज—बच्चा वेलाको दिमाग, युवा अवस्था र वृद्ध अवस्थाको कुरा ।

घडिमा विहानीको साँढे नौं बजीसकेको थियो । लौं पुग्यो आजलाई पछि फेरी आउनुहोस गफ गरौला, एकै पटक खानु हुदैन, पेट गढबढी हुन्छ भन्नु भयो । उसो त विज्ञान पढेका मानिसले ईश्वरीय तत्वमा विश्वास राख्दैन भन्ने आरोप छ । त्यसमाथि पनि तथ्याङ्कले भण्डार भएका विदानलाई छोड्ने कुरै थिएन । सर, इश्वर हुन्छ कि हुँदैन भनिहाले । जटिल प्रश्न गर्नु भयो भन्दै, ‘इश्वर छैन भनौ भने—प्रकृति छ, यसकारण ईश्वर छन् । फरक यतिमात्र हो, ‘उसको रुप भने अलक छ ।’

भगवानलाई देख्दैनौं तर इस्टमेट भने गर्न सक्छौं । त्यस्तै सबै नेपालीको आम्दानी कति होला हामी यसको स्टमेट गर्न सक्छौं । त्यो पनि मिन निकालेर । यसले लगभगमात्र भन्न सक्ने हुन्छ । भगवानको हकमा पनि त्यस्तै हो । उनलाई लाग्छ, फरक–फरक नामका भगवान भनेका शक्तिका विभिन्न अंग हुन । त्यस्तै धर्म भनेको सापेक्षित हुन । यसमै यो क्रियाशिल हुन्छ ।

माहात्मा नदीको किनारमा तपस्या गरिरहेको थियो । उनले खोलामा विच्छी बगाएर ल्याएको देख्छ र उसलाई बचाउन खोज्दा, त्यसले टोकिदिन्छ । माहात्माको हातबाट रगत बगिरहेको एक जना बटुवाले देख्छ र उसले माहात्मालाई बचाउँछ । भनाइको मतलव माहात्माको बचाउने धर्म हो भने विच्छीको टोक्ने । दुवैले आ–आफ्नो धर्म निभाएकै हो । त्यस्तै उनको जीन्दगीमा पनि विद्यार्थीले धेरै काण्ड मचाए उनीमाथि । तैपनि सबैलाई पास गरेको उनले सुनाए । संसारमा माहात्मा भन्ने यस्तो मूर्ख हुँदो रहेछ । आफैलाई टोक्नेलाई पनि बचाउने । क्राइस्टलाई मान्ने, कृष्णलाई मात्र मान्ने यस्तो धर्म हुदैन ।

फुसर्दको समयः
इतिहासलाई नियाल्ने हो भने काठमाडौं पछिको नाम हो । इन्द्रचोकमा भैरबको मन्दिर छ, यलम्बर भन्ने तान्त्रिकले शहर बनाएको भन्ने भनाइ छ । त्यतिखेर ओंघ, नघः, किलाघः टोलहरु बनाएर ऐं भन्ने शहर विकास गरेका थिए । पछि कान्टेश्वर महादेवको मुर्ति बानाइएछि कान्तिपुर नाउले चनिन थाल्यो । त्यसपछि बनेको थियो काष्ठमण्डप मन्दिर । यहिबाट काठमाडौं नाउले चिनिन थालेको इतिहास छ । पछि लिच्छवीहरु आएपछि उनीहरुले राजतन्त्रको सुरुवात गरेको पाइन्छ । योसँगै संस्कृतको प्रयोग गर्न थाले । तीन सहरको नाम कान्तिपुः भक्त्तपुः र कीर्तिपुः राखेको हो ।

सात दिनको सप्ताहा एक दिनमा गर्ने, मानिसको मृत्यु भएपश्चात् ४५ दिनमा गर्ने काम १३ औं तिथिमा गरेर कहि हुन्छ । लौ भन्नुस् ४५ दिनमा खानु पर्ने औषधि १३ दिनमा खानुभयो भने के हुन्छ । सात दिनसम्म प्रति दिन खानु पर्ने औषधि एकै दिन खानु भयो के होला ! हाम्रो धर्म संस्कृति विगार्ने काम ब्रामण्डहरुले गरेको हो । यसकारण ६ वर्षदेखि नेपालको इतिहासमा गल्ति भएका कुरा लेखिरहेका छन् उनी ।

विज्ञानका हस्ती अल्वर्ट आइन्सटाइनले सापेक्षवादको कुरा भखभचथतजष्लन ष्क चभबितष्खभ मन परेको यि विद्वानले न्युटनको कुरा समेत गरें । ‘स्याउ खसेको सबैले देखेको छ, मैले खाली भन्ने काम मात्रै गरेको हुँ— पृथ्वीमा कति कुरा छन्, यो समुन्द्रमा ढुङ्गा हानेको मात्र हो ।’ भने जस्तै उनले पनि सानो काम गरेको बताउँछन् । भनछन्, ‘अथाहा छन् खोज र अनुसन्धानको कुरा गर्नु पर्ने । हाम्रो जस्तो सौर्यमण्डलमा भएका जस्तो सूर्य अन्यत्र कति छ कति ! यसकारण यो धनात्मक इन्फिनिटि(अनन्त) र ऋणात्मक इन्फिनिटि भित्र हामी छौं । हाम्रो समाजले कसरी बुझ्दछ यस्ता कुरा । छोरीको जागिरबाट कति आउँछ । ज्वाईको आम्दानी कति छ, विहान के खायो, घर छकि छैन । यस्ता कुरामा मानिसको दैनिकि चलिरहेको हुन्छ ।’

कुराकानी विट मार्ने क्रममा भन्दै थिए । मानिसले जर्वजस्ती गर्ने, युवतीहरुले छोटा लुगा लगाउँने, उनीहरुको अवचेतन (अनकन्सियस) मनले गरेको हो त्यो । प्रोगाम नै त्यस्तो बनाएको छ । कसले गराउँछ थाहा नभएपछि त्यो हुनु स्वाभाविक हो ।

संसारमा सभ्यता भनेको छँदै छैन भन्ने कुरा पहिले पढेको थिए । माहात्मा वा जो कसैले पनि सहबास गरेकै हुन्छ । त्योभन्दा माथि मानव उठ्न नसकेको उनको तर्क छ । २१ औं शताव्दी भन्छौ । के को २१ औं ? काम गरेको केहि छँदै छैन—हामीले । खाली उसले आफ्नो जिन ट्रान्सफर गर्ने शिवायः । खाली मृत्यु पछि पनि जिन रहिरहन्छ भन्ने मात्र हो । तसर्थ, प्रोगाम नै यस्तो छ, प्रकृतिको, जुन भगवानले बनाएको हो ।

त्यसोत मानिसले मरेर लाने केहि पनि होइन भन्छन् । आजकल यी विद्वानलाई विहानीको दुई बजेपछि निद्रा पर्दैन । छोरा÷छोरी सबै सबल छन्—तैपनि निद्रा आउँदैन । चिन्ताले मात्र निन्द्रा आउने होइन रैछ । यसकारण कसैलाई गाली गर्ने मेरो धर्म होइन, काम पनि होइन तर कहिले काहीँ केहि नभनु भन्दा पनि बोल्नै पर्ने हुन्छ । यसकारण कसैलाई गाली नगर्नु भन्ने मेरो अनुरोध छ । मैले पनि धेरै अपराध गरे होला जानी–नजानी भन्ने लाग्छ । प्रसंग जोड्दै, ‘दुर्योधनले नचाइने काम गर्थों । उसको बाजेलाई दिक्क लागेर एक दिन तिमीले किन उल्टो–उल्टो काम गर्छस्, आफ्नो बुहारीलाई किन नाङ्गो गर्छस् भनेर सोधियो । त्यसबखत दुर्योधनले पनि जबाफ दिन्छ, मलाई गर्न हुदैन भन्ने ज्ञान छ, तरपनि कस्ले हो मलाई गराउँछ । यस्तै हो नेपालका घुसखोरी राजनीतिज्ञलाई पनि यस्तै भइरहेको छ । कहि नै कहि गराइरखेको हुन्छ । मलाई पनि यस्तै लाग्छ । नरिसाउ! भनेपनि झनन् रिस उठ्दो रैछ, ए बाबा देउताले मानिसलाई परिक्षा लिदो रहेछ, भन्ने कुरा गर्छन उनी । चुप लागौं । हेपिहाल्छ । यसकारण यो विशाल मेकानिजममा हामी छौं । एउटा सानो विउ अहिले हामी यति ठूला भएका छौं । यो एउटा ट्रान्सफरमेसन हो भन्दै कुराकानीको विट मारे उनले ।

प्रस्तुतिः लक्ष्मण नेवा

You may also like...

4 Responses

  1. Ram Hari Gaihre says:

    A statistical philosophy. He is always stable on what he thinks, a bit unorganized way of presentations due to the amalgamation of science, philosophy and culture. I salute my Guru on his active life even today as energetic as in early 90s.

  2. jb says:

    Bi4arottejak lekh, dhanyabad !

  3. kumud Shrestha says:

    It is good that a statistician has written the life experiences of his work. Good luck.

  4. प्रकाश मान श्रेठ says:

    आज गुरुपुर्णिमाको पावन दिनमा मलाइ स्टाटिस्टिक्स को ज्ञान दिने आदरणीय गुरुज्यू मृगेन्द्रसर लाई सादर प्रणाम गर्दछु ।