नेपालको इन्जिनियरिङ शिक्षा ?

– हरि गजुरेल

revoscience media Pvt. Ltd

तुलनात्मक रूपमा समाज र देशका निम्ति बढी व्यावहारिक र प्रगतिशील शिक्षा प्रवाधिक शिक्षा नै हो भन्ने कुरामा कोही कसैको दुईमत छैन । भौतिक विज्ञानको ज्ञान आर्जन गरी जनमानसको जीविको सरल र सुसम्पन्न गराउने शिक्षा इन्जिनियरिङ शिक्षा हो । जसमा भौतिक विज्ञानलाई व्यावहारिक बनाइन्छ र अधिकतम उपयोगमा जोड दिइन्छ । समाज सम्पन्न त्यतिखेर हुन्छ, जति बेला देश भौतिक संरचना निर्माणमा बढीभन्दा बढी तल्लीन हुन्छ । इन्जिनियरिङ शिक्षाको राम्रो विकास भएका देशहरू आज अपत्यारिलो तरिकाले द्रुत गतिमा आर्थिक र प्राविधिक हिसाबले अगाडि छन् । नेपाल जस्तो अविकसित देशमा त यो शिक्षाको झनै बढी महत्व छ । हुनेखानेको सन्तानका पहुँचमा मात्र छ । इन्जिनियरिङ शिक्षा । तर कलेज सञ्चालकहरूको दावी भने फरक छ । अधिकाशं नीजि कलेज सञ्चालकहरू । इन्जिनियरिङ शिक्षा केही वोर्डिङ स्कूलको शुल्क भन्दा सस्तो भएको दावी गर्न पछि पर्दैनन् ।

अत्यन्तै कडा प्रतिस्पर्धामा विश्वभर आएको उत्पादनमुलक भौतिक विज्ञान नै हो, जुन व्यावहारिक छ । भौतिक विज्ञानको उपयोग इन्जिनियरिङ र यसको उपयोग गर्ने मानिस इन्जिनियर हुन् । नेपालमा इन्जिनियरिङ क्षेत्रमा ठूलो सम्भावना छ । जलविद्युत, सडक, भौतिक संरचना निर्माण आदि क्षेत्रमा । तर कस्तुरीले विनाको चाल नपाए झैं हामीले पनि त्यसको भेउ पाउन सकेका छैनौं ।

मुलुकको विकास र आर्थिक सम्बृद्धिका लागि भौतिक पूर्वाधारलाई मेरूदन्डको रूपमा लिइन्छ । त्यस्ता पूर्वाधार खडा गर्ने जनशक्ति भनेका इन्जिनियरिङ क्षेत्रका दक्ष प्राविधिकहरू हुन् । ती प्राविधिक जनशक्तिहरू गुणस्तरीय भएनन् भने मुलुकको विकास गुणस्तर र दिगो हुँदैन, तर विडम्बना दक्ष जनशक्तिको अभाव बढ्दैछ, इन्जिनियरिङ शिक्षा गुणस्तरहीन बन्दै गएको छ । तर यो तथ्य स्वीकार्ने पक्षमा छैनन् इन्जिनियरिङ कलेजहरूका अध्यक्ष रामेश्वर रिजाल ।
मुलुकको विकास र आर्थिक सम्बृद्धिका लागि भौतिक पूर्वाधारलाई मेरूदन्डको रूपमा लिइन्छ । त्यस्ता पूर्वाधार खडा गर्ने जनशक्ति भनेका इन्जिनियरिङ क्षेत्रका दक्ष प्राविधिकहरू हुन् । तर तिनै प्राविधिक जनशक्तिहरू गुणस्तरीय भएनन् भने मुलुकको विकास गुणस्तर र दिगो हुन सक्दैन, तर विडम्बना दक्ष जनशक्तिको अभाव बढ्दैछ, इन्जिनियरिङ शिक्षा गुणस्तरहीन बन्दै गएको छ ।

नेपालमा इन्जिनियरिङ शिक्षाको सुरूवात

उसो त नेपालमा इन्जिनियरिङ शिक्षाको लामो इतिहास छैन, सन् १९३० मा ट्रेनिङ कोर्षको रूपमा यो शिक्षा सुरू भई १९५० को दशकमा शैक्षिक हैसियत पायो । सन् १९७८ मा सिभिल इन्जिनियरिङमा ब्याचलर कार्यक्रम सुरू भयो । सन् १९९४ मा इन्जिनियरिङ अध्ययन सुरू गर्ने । एकमात्र त्रिभुवन विश्वविद्यालय थियो । सोही समयमा काठमाडौँ विश्वविद्यालयले पनि यो शिक्षाको प्रारभ्भ गरेको थियो । नेपालमा इन्जिनियरिङ अध्ययनका लागि रू दुई लाख देखि रू ९ लाखसम्म खर्च लाग्ने गरेको छ (हेर्नुहोस कलेजहरूको शुल्क) ।
पूर्व विज्ञान मन्त्री समेत रहेका इन्जिनियर गणेश शाह भन्छन इन्जिनियरहरूले आफूलाई बजारमा विक्री गर्न सकिरहेको छैन ।   इन्जिनियरहरू नयाँ नयाँ प्रविधिसँग परिचित हुन सकिरहेको छैनन् । इन्जिनियरिङ एसोसियनसनले यस प्रकारको प्लेट फर्म बनाउन नसकेकोमा गुनासो गर्छन उनी । उच्च शिक्षा त एउटा पाटो भयो तर आफैलाई अपग्रेड गराउने खालको शैक्षिक संस्थाको समेत अभाव रहेको शाहको अनुभव छ । उसो त इन्जिनियरिङ काउन्सिल, इन्जिनियर एसोसियसन र इन्जिनियररिङ कलेजहरू बीच समन्वयको अभाव नै सबैभन्दा ठूलो समस्या रहेको शाह औल्याउछन ।
नेपालमा सन् १९९३ मा ९६ विद्यार्थीबाट सुरू भएको इन्जिनियरिङ शिक्षामा हाल प्रतिवर्ष ६ हजारभन्दा बढी विद्यार्थी उत्पादन हुदै आएको तथ्यांक छ । नेपाल इन्जिनियरिङ परिषद्का अनुसार देशका नौ वटा विश्वविद्यालय अन्तर्गत ५१ वटा इन्जिनियरिङ कलेज सञ्चालनमा रहेका छन् भने २८ हजारभन्दा बढी इन्जिनियरले परिषद्मा नाम दर्ता गराएका छन् । परिषद्का अध्यक्ष इन्जिनियर सत्य नारायण शाह इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्कँदै गएको स्वीकार्दै यसको नीतिगत सुधारको खाँचो आँैल्याउछन् ।

एसोसिएसन अफ इन्जिनियरिङ कलेज (एकोन)  । अध्यक्ष इन्जिनियर रामेश्वर रिजालले इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम समयानुकूल परिमार्जन र अपडेट नहुनु, भौतिक पूर्वाधार र आवश्यक उपकरण पर्याप्त नहुनुजस्ता कारण शैक्षिक गुणस्तर खस्कँदै गएको उल्लेख गर्न‘भयो । अनुभवी शिक्षकको अभाव छ, धेरै शिक्षक फ्रेस ग्राजुएट छन, त्यसमा पनि अहिले हेलमेट टिचरको प्रभाव बढ्दै गएको छ । इन्जिनियरिङमा हरेक वर्ष पास दर घट्दो छ, यसले इन्जिनियरिङ शिक्षालाई चुनौति थपेको छ ।

इन्जिनियर रिजालका अनुभवमा विद्यार्थी कसरी अङ्क बढी ल्याउने भनेर चासो राख्छन, तर नयाँ व्यवहारिक ज्ञानतर्फ ध्यान दिँदैनन । त्यस्तै विश्वविद्यालयबीच आपसी समन्वय नहुनु, अधिकांश ग्राजुएटहरू विदेश पलायन हुने, विदेशी विश्वविद्यालयले तारे होटलमा सेमिनार गरी राम्रा विद्यार्थी छानेर लैजाने प्रवृत्तिले नेपालमा इन्जिनियरिङ शिक्षा कमजोर बन्दै गएको छ ।

नेपालमा इन्जिनियरहरूको अवस्था

नेपाल इन्जिनियरिङ परिषद्को तथ्यांक अनुसार हालसम्म २८ हजार ३ सय ७९ इन्जिनियर परिषद्मा दर्ता भएका छन । जसमध्य ३ हजार ५सय ८७ महिला इन्जिनियर छन । सबैभन्दा वढि इन्जिनियर सिभिल अन्र्तगत छन । जसमा ११ हजार ५२३ इन्जिनियर परिषद्मा दर्ता भएका छन । जसमध्य महिला इन्जिनियरको संख्या ९ सय ३५ दर्ता भएका छन । काउन्सिलमा दर्तावाल दोश्रो धेरै संख्याका इन्जिनियरमा इलोक्ट्रोनिक्सको संख्या ४ हजार ९ सय ७६ जना रहेको छन ।

तेस्रोमा भने कम्युटर इन्जिनियर छन । जस्को संख्या ३ हजार ६ सय ५२ जना रहेको छ । जसमध्य महिला इन्जिनियरको संख्या ७ सय ४४ रहेको छ । काउन्सिलले ४६ वटा इन्जिनियरिङ विधा छुट्टाएको छ । जसमध्य नेपालमा हालसम्म पनि एभिओनिस, सिभिल एभियसन अर्पेटिङ, अर्थक्वाक, म्यानुफ्याक्चरिङ साइन्स,मेट्रोलोजी, मिट्रियोलोजी, माइनिङ, साउण्ड, भिडियो सम्बन्धी इन्जिनियरहरू छैनन् । उर्जा इन्जिनियर एक, जियोलोजी, जियोटेक्निकल विषयका दर्तावाल इन्जिनियरको संख्या एक एक जना मात्र छ । यी विषयमा स्वदेशमा अध्ययन नै नभएका कारणले नै यी विषयमा इन्जिनियरहरू नभएका हुन ।

दक्ष इन्जिनियर उत्पादनको हिसाबले नेपाल अरू देशको तुलनामा कमजोर देखिन्छ । स्तरीय टेक्नोलोजी उपयोग गर्न अन्तर्रा्ष्ट्रिय वजारमा नेपाली इन्जिनियर असमर्थ छन्। त्यसको मूल कारण नेपालमा अध्यापन गरिने शिक्षा अरू देशको तुलनामा कम गुण स्तर हुनु हो । तल्लो तहदेखि नै यो समस्या जगजाहेर छ । सरकारी इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापन गराउने प्राध्यापकहरू अधिक पैसा कमाउने धन्दामा लागेका छन् । सरकारी क्याम्पसमा हाजिरी लागे निजी क्याम्पसमा पढाउन जाने, त्रिविको नियम विपरीत निजी कलेज खोली त्यहाँ क्याम्पस प्रमुख बनेर काम गर्ने, जसले गर्दा पूरा समय निजी क्याम्पसमा दिने र सरकारी क्याम्पस धरासयी बनाउने र अन्ततः निजीकरण र व्यापारीकरणलाई प्रश्रय दिने षडयन्त्र अनुरूप नै काम भैरहेको छ । वर्षमा करिब ६००० जना इन्जिनियरहरू उत्पादन हुन्छन् नेपालमा तर तिनीहरूको कुनै मापदण्ड र गुणस्तर परीक्षण गर्न निकाय नै छैन । सरकारी निकाय काउन्सिल त छ,उस्ले लाइसेन्स मात्र दिन्छ । वाकी गुणस्तरीयताको मापन गर्ने पक्षमा भने चुकेको देखिन्छ ।

वढ्दै व्रेन ड्रेन

देशको पूर्वाधार विकासका आधारस्तम्भका रूपमा मानिने इन्जिनियरहरूले एकातर्फ लाखौँ खर्चेर अध्ययन गरेपश्चात् स्वदेशमा गतिलो रोजगारीको अवसर पाउँदैनन् भने स्वदेश छाडेर विदेशिने इन्जिनियर विद्यार्थीहरूको संख्या समेत अकाशिदो छ । अर्काेतर्फ विदेशी विश्वविद्यालयले विभिन्न प्रलोभनमा दक्ष विद्यार्थी सहजै लगेर लाखौँ डलर कमाइरहेका छन् । पूर्व विज्ञान मन्त्री गणेश शाह उच्च शिक्षामा सबैभन्दा ठूलो चुनौती नै ब्रेन ड्रेनको रहेको तर्क गर्दछन । भन्छन राज्यको वजेट खर्चे गर्नेहरू वढिरहेको छ, हरेक वर्ष वजेट फ्रिज भइरहेको छ । जवसम्म इन्जिनियरहरूको दरवन्दी ढाइदैन,इन्जिनियरहरूमा सरकारले लगानी गर्दैन तबसम्म यो समस्या रहिरहने सुनाउछन । तर पुल्चोक इन्जिनियरिङ कलेजका पूर्व डिन भरतराज पहारी अवसरको खोजीमा बाहिरिनुलाई अन्यथा ठान्नु नहुने बताउछन । दरिद्र जीवन बाच्न भन्दा सम्वृद्ध जीवन बाच्न पाइन्छ भने स्वत विदेशिनुलाई नकरात्मक रूपमा हेर्नु हुदैन  । इन्जिनियरिङ अध्ययन गरेका दक्ष जनशक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने नसक्नुलाई सरकारकै कमजोरी ठान्नुहुन्छ पहारी । पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षा खस्कँदै गएको तथा उत्पादित प्राविधिकद्वारा निर्माण गरिएका भौतिक पूर्वाधारका कार्यहरूको गुणस्तरहीन बन्दै गएको स्वयम् विज्ञहरूनै बताउँछन् ।

तुलनात्मक रूपमा समाज र देशका निम्ति बढी व्यावहारिक र प्रगतिशील शिक्षा प्रवाधिक शिक्षा नै हो, जो प्रत्यक्ष रूपमा जनताको जीविकोपार्जनको दैनिकी र त्यससँग सम्बन्धित व्यवहारमा आधारित हुन्छ। भौतिक विज्ञानको ज्ञान आर्जन गरी जनमानसको जीविका सजिलो सरल र सुसम्पन्न गराउने शिक्षा इन्जिनियरिङ शिक्षा हो, जसमा भौतिक विज्ञानलाई व्यावहारिक बनाइन्छ र अधिकतम उपयोगमा जोड दिइन्छ । समाज सम्पन्न त्यतिखेर हुन्छ, जति बेला देश भौतिक संरचना निर्माणमा बढीभन्दा बढी तल्लीन हुन्छ। इन्जिनियरिङ शिक्षाको राम्रो विकास भएका देशहरू आज अपत्यारिलो तरिकाले द्रुत गतिमा आर्थिक र प्राविधिक हिसाबले अगाडि छन् । नेपाल जस्तो अविकसित देशमा त यस शिक्षाको झनै बढी महत्त्व छ। सडक निर्माण, जलविद्युत, खानेपानी, सञ्चार र सुविधासम्पन्न भौतिक संरचना निर्माणमा इन्जिनियरिङले मुख्य भूमिका खेल्ने गरेको छ । हाम्रो देश नेपालमा इन्जिनियरिङको प्रशस्त सम्भावना भएको हुँदा सरकारी निकायको चासो र चिन्ता भएमा विकास गर्न र व्यवस्थित गर्न खासै कठिन नभएको इन्जिाियर रामेश्वर रिजाल बताउँछन् ।

आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञानको उपयोगबाट संसारमा धेरै व्यावहारिक कठिनाइँहरू सरलतामा बदलिइरहेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धामा विश्वभर आएको उत्पादनमुलक विज्ञान भौतिक विज्ञान नै हो, जुन व्यावहारिक छ। भौतिक विज्ञानको उपयोग इन्जिनियरिङ र यसको उपयोग गर्ने मानिस इन्जिनियर हुन् । नेपालमा इन्जिनियरिङ क्षेत्रमा ठूलो सम्भावना छ । जलविद्युत, सडक, भौतिक संरचना निर्माण आदि क्षेत्रहरूमा अत्यन्तै कछुवा गतिमा विकास भैरहेको छ। धेरै साल अगाडि गरेको एक सर्वेक्षण अनुसार नेपालमा जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट थियो। यदि नेपाल जलविद्युत उत्पादनका लागि योजनावद्ध रूपमा लाग्ने हो भने आगामी १० वर्षभित्रमा अहिलेको माग अनुसारको विद्युत उत्पादन गरी निर्यात गर्न सकिन्छ, जसबाट देशको आर्थिक बृदि दर बढ्ने छ। तर  । सत्तासिन नेताहरूबाट यस सम्बन्धमा भाषण मात्र दिने काम भएको छ। मेसिनरी साधनको उत्पादन, वितरण र विकासमा नेपाल तल्लो लेबलमा छ। गाडी र जहाजको पुर्जा बनाउने त कल्पना मात्र भएको छ । पुर्जामा खराबी आयो भने पनि विदेशबाट प्राविधिक बोलाउनु पर्ने अवस्था छ ।

समस्याको जड

नभएको होइन छ इन्जिनियरिङ काउन्सिल जो भौतिक योजना तथा निर्माण मन्त्रालय मातहतमा दर्ता भएको छ । उसो त इन्जिनियर एसोसियसन पनि छ । जो काउन्सिल भन्दा अगाडि नै जन्मिएको हो र यो जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको छ । इन्जिनियररिङ कलेजहरू छन जस्ले हरेक वर्ष ६ हजार भन्दा वढि विद्यार्थी उत्पादन गर्ने गर्दछ । कलेजहरू शिक्षा मन्त्रालय मातहतमा दर्ता हुन्छन । इन्जिनियर शिक्षा र समग्र इन्जिनियरहरूको हक हितमा लाग्नुपर्ने संस्थाहरू नै फरक फरक उदेश्यले जन्मिएका । यही कारण यी समन्वयको अभाव नै सबैभन्दा ठूलो समस्याको रूपमा देख्नुहुन्छ गणेश शाह  । एक अर्काेलाई नर्टेने संष्कृति हेको नै प्रमुख समस्या हो शाह सुनाउनुहुन्छ । तर काउन्सिलको अध्यक्ष सत्यनारायण शाह पूर्वमन्त्री गणेश शाहको भनाई स्वीकार्न तयार हुनुहुन्न । अर्काे समस्याको रूपमा भने राजनीतिक समुदाय र प्रोफेसनल समुदाय बीचको धेरै ठूलो ग्याप नै मान्ने गरिन्छ । सोही कारण इन्जिनियरहरूको दरवन्दी बढन सकेको छैन भने इन्जिनियरहरूमा सरकारले लगानी समेत बढाउन सकेको छैन । जब यी तीन निकाय एक आपसमा मिलेर जान्छन तब मात्र नेपालले इन्जिनियरिङको क्षेत्रमा फड्को मार्न सक्छ ।

के भन्छन सरोकारवाला ? 

दक्षिण एसियामै हामी अव्वल 

भरतराज पहारी,
पूर्व डीन
पुलचोक इन्जिनियरिङ्ग क्याम्पस

एउटा सुखद कुरा हो । इन्जिनियरिङ शिक्षा प्रतिष्प्रर्धी छ । दक्षिण एसियामा हामी सबैभन्दा वढि प्रतिष्पर्धी इन्जिनियरिङ विद्यार्थी उत्पादन गर्दछौं । त्रिविवि इन्जिनियरिङ अध्ययन संस्थान बाट दिइएको शिक्षा सबैभन्दा उत्कृष्ठ छ भन्न सकिन्छ । यसको मापन गर्नै केही प्यारामिटर छन । विद्यार्थीले पढिसकेपछि कार्यक्षेत्रमा गएर कस्तो प्रस्तुती प्रमुख योग्यता हो । दोश्रो यहाँका शिक्षकहरूले प्रदान गरेको योगदान र तेश्रोमा पाठ्यक्रम र पूर्वाधार । हाम्रा पाठ्यक्रम प्रतिष्पर्धी बनाएका छौं । हाम्रा सबै ल्यावहरू प्रतिष्पर्धी छन। हाम्रा पास भएर गएका विद्यार्थीहरू विदेशी विद्यालयहरूमा प्रोफेसरको रूपमा देखिन थालेका छन । विश्वका ठूला ठूला कम्पनीहरूमा स्थापित भएका छन । त्यसको आधरमा आइओले प्रदान गर्न शिक्षा प्रतिष्पर्धी छ भन्न सकिन्छ ।हामीले बनाएका पाठ्यक्रम नेपाली माटो सुहाँउदो छ । लोकसेवा आयोगको परीक्षामा आइओइका ९० प्रतिशत विद्यार्थी सफल भइरहेका छन । नीजि क्षेत्रमा पनि हाम्रा विद्यार्थीहरू विकेका छन । पाठ्यक्रम बनाउदा नेपाली माटो अनुसार पनि मनाउछौं विश्व परिवेशलाई समेट्छौं त्यही कारण हाम्रो इन्जिनियरिङ शिक्षा समय सापेक्ष छ । भर्ना क्षमता साढे ८ हजार पास भएपनि निष्कने ६ हजारको हाराहारीमा छन । अवसरको खोजीमा बाहिरिनुलाई अन्यथा ठान्नुहुदैन । दरिद्र जीवन बाच्न भन्दा सम्वृद्ध जीवन बाच्न पाइन्छ भने स्वत विदेशिन्छन । रोजगारीको अवसर सरकारले प्रदान गर्ने सकेको छैन । ठूलो कुरा सरकारी तहमा सरकारी,अर्धसरकारी,नीजि क्षेत्रमा रोजगारीको क्षेत्र विकास गर्ने हो । अहिले इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको कुरा अगाडि वढिरहेको छ । त्यसलाई सकरात्मक रूपमा लिनुपर्दछ । इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू ४ वटा छन । करिव १२ सय भन्दा वढि क्षमता छ । सम्बन्धन प्राप्त कलेजहरूको क्षमता १३ सय भर्ना क्षमता छ । पुल्चोकमा स्कूलको भन्दा सस्तो शुल्क छ । चार वर्षमा २ लाख ८० हजारको हाराहारीमा रहेको । यसको मतलव के पनि हो भने,प्रतिष्पर्धी मान्छे मात्रै उच्च शिक्षामा आउनुपर्दछ । समस्या गुणस्तरकै विषयमा केन्द्रीत हुनुपर्दछ । आधारभुत समस्या भनेको विद्यार्थी नै हुन । विद्यार्थी गुणस्तरीय आएन भने राम्रो प्रर्फमेन्स दिन सक्दैन । दोश्रो शिक्षक हुन । न्युनतम योग्यता परिभाषित गरिनुपर्दछ  । जुलुस गरेको आधारमा नियुत्ती हुनुहुदैन । शिक्षक नियुक्तीलाई अझै परिष्कृत ढंगले सोच्नुपर्दछ । विद्यार्थी छनोट विधी पुल्चोकमा उत्कृष्ठ छ तर शिक्षक र कर्मचारी छनोटको विधिलाई अझै परिष्कृत गरिनुपर्दछ । चार वर्षको साइकलमा पाठ्यक्रम संशोधन गरिदै आएको छ । राजनीतिकरणले उच्च शिक्षा सबैभन्दा वढि विग्रियो । यही कारण शैक्षिक संस्था तहस नहस भएका देखिन्छन ।

इन्जिनियरिङ शिक्षालाई दिशावोध गर्नका लागि राज्यले नीति बनाउनु जरूरी छ । देश विकास गर्नका लागि प्राविधिक शिक्षाको विकास गर्नुपर्दछ । प्राविधिक शिक्षा विश्वविद्यालयको परम्परावादी घेराबाट वाहिर उठेर केन्द्रीकृत योजना अन्र्तगत इन्जिनियरिङ शिक्षालाई लैजानु पर्दछ । राज्यले पहिला नीति बनाउने पूर्वाधार बनाउन हिच्किचाउन हुदैन ।

वोर्डिङ्ग स्कूलको भन्दा पनि सस्तो शुल्क 

इ रामेश्वर रिजाल
अध्यक्ष,
एसोसियन अफ इन्जिनियरिङ कलेज
नेपाल (एकोन)

नेपालमा इन्जिनियरिङ शिक्षाको प्रारभ्भ १९३० मा ट्रेड फ्रोसहरू चलाउथे । त्यस समय नेपालमा जलविद्युत परियोजना सञ्चालन भयो । शैक्षिक कोर्सकै रूपमा विंस १९७० को दशक देखि शिक्षण गर्न थालिएको हो । नीजि क्षेत्रको पहिलो इन्जिनियरिङ कलेज नेपाल इन्जिनियरिङ कलेज १९९४ बाट सुरू भयो, सन् १९९८ बाट हामीले सुरू गर्यौं । अहिले काउन्सिलमा दर्ता भएका कलेजहरूको संख्या ५१ पुगेको छ जसमध्य नीजि क्षेत्रबाट सञ्चालित कलेजको संख्या ३९ वटा छन । सबै कलेजहरूको सिट क्षमताको हिसावले वार्षिक रूपमा आठ हजार भन्दा वढि विद्यार्थी हुनुपर्ने हो तर सबै कलेजहरूको क्षमता वरावर नभएका कारण वार्षिक रूपमा ६ हजारका हाराहारीमा इन्जिनियर उत्पादन गर्दछौं । र उत्पादित मध्य अधिकांशको सपना सबैको वाहिर जाने नै छ । यो देशका लागि दुर्भाग्यको कुरा हो । इन्जिनियरहरू जागिरदार भन्दा पनि आफैले रोजगारी श्रृजना गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । एक त आयोजनाहरू त्यति धेरै निर्माण नहुने, निर्माण भएका आयोजनाहरू पनि राजनीतिक खिचातानी, झै झगडा र भागवण्डाका कारणले गर्दा थला पर्ने समस्या देखिदै आएको् छ । दुई चारवटा मेगा प्रोजेक्ट मात्रै आयो र राम्रोसँग सञ्चालन हुन सकेको खण्डमा इन्जिनियरहरूको प्रर्याप्त खपत हुन्छन । अहिले विदेशिएकाहरू त वाध्यताको उपज मात्रै हो । नेपालमै रोजगारी पाइन्थ्यो भने किन कोही विदेशिन्थ्यो होला ? इन्जिनियरिङ काउन्सिलको अनुसार २७ हजार इन्जिनियर दर्ता भएका छन । यी मध्य अधिकांश सरकारी क्षेत्रमै खपत भएका छन । शुल्कको अवस्था अत्यन्त न्युननै मान्नुपर्दछ । चार वर्षको लागि आठ लाख शुल्क लिएर पढाइरहेका छौं । त्यो भनेको ४८ महिनाको शुल्क आठ लाखको हाराहारीमा पर्न आँउछ । काठमाडौं उपत्याकामा रहेको २० देखि २५ स्कूलहरूले लिने शूल्क भन्दा निकै सस्तो हो । हो,राज्य लोककल्याणकारी भएन भने अधिंकाश सेवा गरीवहरूका लागि सपना मात्रै हुन्छ । सापेक्षतामा हेर्ने हो भने इन्जिनियरिङ शिक्षामा लिइएको शुल्क अत्यन्त न्यून छ । महिनाको २२ देखि २५हजार शुल्क तिर्ने विद्यालयहरू पनि छन । मोटामोटी इन्जिनियरिगं शिक्षामा हेर्ने हो भने मासिक १५ हजार हाराहारीमा पर्ने आउछ ।

समाज रूपान्तरणका लागि इन्जिनियरिङको भूमिका महत्वपूर्ण हुन्छ । आर्थिक आधरलाई रूपान्तरण गर्ने माध्यम भनेकै इन्जिनियरहरू हुन । मान्छेको चिन्तनशैलीलाई परीवर्तन गर्ने भनेको पनि इन्जिनियरहरूले नै हो । र बास्तविक इन्जिनियर जागिर खाने भन्दा पनि श्रृजनशील हुनुपर्दछ,हामी कहाँ यस्तो इन्जिनियरहरूको संख्या अत्यन्त न्यून छ ।

समन्वयको अभावः समस्याको जड 

इ.गणेश शाह, पूर्वमन्त्री विज्ञान,
प्रविधि तथा वातावरण

मैले अध्ययन गर्दा नेपालमा इन्जिनियरिङ कलेजहरू थिएनन् । इन्जिनियरिङ अध्ययनका लागि रसिया एउटा राम्रो स्थान मानिदै आएको थियो । कोलम्बो प्लान अन्र्तगत हामी इन्जिनियरिङ अध्ययनका लागि त्यतै हानिएका थियौं । उताबाट हामीले अध्ययन गरेर फर्किदा सर्टिफिकेटको एक्वाभ्यालेन्टमा समस्या थियो । इन्जिनियरहरूको संख्या पनि नेपालमा धेरै कम थियो । इन्जिनियर एसोसियनको स्थापना भर्खरै भएको थियो । मेरो दर्ता नम्वर ४ सय थियो,अहिले त इन्जिनियरहरूको संख्या २९ हजारको हाराहारीमा पुगिसकेको छ । अहिले त इन्जिनियहरूको संख्या निकै ठूलो भइसकेको छ । नेपालमो प्रतिवर्ष ६ हजारका हाराहारीमा उत्पादन हुन्छ । कलेजको संख्या नै झण्डै ५० वटा पुगिसकेको अवस्था छ । पहिले इन्जिनियरिङमा सिभिल र ओभरसियर मात्रै पढाई हुन्थ्यो अहिले त यस्को विधा पनि फराकिलो भएको अवस्था छ । विषयमा पनि विविधता थपिएको छ । । पुल्चोक इन्जिनियरिङ कलेज दक्षिण एसियाकै प्रतिष्ठित कलेजको रूपमा मानिन्छ । विश्वभर नयाँ नयाँ पूर्वाधार बन्नेक्रम जारी छ । त्यही कारण झण्डै ४० प्रतिशत इन्जिनियरहरूको विदेशमा खपत भइरहेको छ । अन्य क्षेत्रको तुलनामा इन्जिनियरिङ क्षेत्रले फड्को मारेको छ जस्तो लाग्छ । संख्यात्मक र गुणत्मक दुबै वृद्धि भएको छ । हामीले अध्ययन गर्ने समयमा शिक्षाको व्यापारिकरण थिएन । अहिले त शिक्षकहरू हेल्मेट शिक्षक भइगए । सबै दोष विद्यार्थीको टाउकोमा थुपार्ने गरिएको छ । अन्तिम २० वर्षमा शिक्षाको नीजिकरण भएको छ । उच्च शिक्षामा सबैभन्दा ठूलो चुनौती नै ब्रेन ड्रेनको हो । राज्यको वजेट खर्चे गर्नेहरू वढिरहेको छ । हरेक वर्ष वजेट फ्रिज भइरहेको छ । जवसम्म इन्जिनियरहरूको दरवन्दी बढाइदैन,इन्जिनियरहरूमा सरकारले लगानी गर्दैन तबसम्म यो समस्या रहिरहन्छ । इन्जिनियहरूले आफूलाई बजारमा विक्री गर्न सकिरहेको छैन ।  । इन्जिनियरहरू नयाँ नयाँ प्रविधिसँग परिचित हुन सकिरहेको छैनन् । इन्जिनियरिङ एसोसियनसनले यस प्रकारको प्लेट फर्म बनाउन पनि सकेन । उच्च शिक्षा त एउटा पाटो भयो तर आफैलाई अपग्रेड गराउने खालको स्टुच्युडको समेत अभाव रहेको पाइन्छ ।  इन्जिनियरिङ काउन्सिल, इन्जिनियर एसोसियसन र इन्जिनियररिङ कलेजहरू बीच समन्वयको अभाव नै सबैभन्दा ठूलो समस्या हो । एक अर्काेलाई नर्टेने संष्कृति हेको देखिन्छ । कलेजहरू शिक्षा मन्त्रालय मातहतबाट स्थापना भए । काउन्सिल भौतिक योजना तथा निर्माण मन्त्रालय मातहतमा रहने गरी स्थापना भयो । इन्जिनियर एसोसियसन भनेको प्रोफेसनल अर्गनाइजेसन सिडियो कार्यलयमा दर्ता । यी भिन्ना भिन्नै प्रकृयाबाट जन्मिएका संस्थाहरू भए । राजनीतिक समुदाय र प्रोफेसनल समुदाय बीचको धेरै ठूलो ग्याप छ । आपसी सद्भाव र विश्वाश कायम गर्नु पनि अर्काे चूनौती छ । एक अर्काेलाई बुझ्ने व्यवस्था गर्नुपर्यो । होल इन्जिनियरिङ कमिटि एक आपसमा मिलेर गएको खण्डमा मात्रै नेपालले इन्जिनियरिङको विकास हुन सक्छ ।