सौर्य र वायूको फ्यूजनबाट उर्जाको विकल्प खोजौं

डा. अम्विकाप्रसाद अधिकारी

पूर्वी पहाडमा अवस्थित भोजपुरको याकुमा वुवा स्वर्गीय वलराम अधिकारी, माता पुण्यकुमारीको कोखवाट जन्मिएका डा. अम्विकाप्रसाद अधिकारी हाल एरिजोना स्टेट यूनिभर्सिटीमा रिर्सच प्रोफेसरको रुपमा कार्यरत छन् । स्कूले शिक्षा भोजपुर, हाइस्कूल धरान, कलेज विराटनगर हुँदै भारतमा मास्टर्स र अमेरिकाको हार्वड विश्वविद्यालयबाट विद्यावारिधी गरेका उनी, १७ वर्षसम्म त्रिविवि अन्र्तगतको पुल्चोक इन्जिनियरिंङ कलेजमा एसोसियट प्रोफेसरको रुपमा प्रध्यापन पेशामा आवद्ध रहे । त्यसपछाडिका समय आइयुसिआनमा कन्ट्री रिप्रेजेन्टिभको रुपमा कामको अनुभव समेत बटुलेका उनी सन् २००० यताका १५ वर्षसम्म अमेरिकामा कार्यरत छन् । फूल टाइम प्रोगाम म्यानेजर अफ रिर्सचरको रुपमा कार्यरत अधिकारी विभिन्न १६ वटा देशहरुमा यूएसएआडी अन्र्तगतको प्रोजेक्टको म्यानेज गरिरहेछन् । नेपालमा हावाबाट उर्जाको सभ्भाव्यता अध्ययन गर्नका लागि उनीसहितका एक समूहले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा एउटा सम्मेलन राजधानीमा सम्पन्न गरेको छ । यही अवसरमा भेट भएका उनै अधिकारीसँग लक्ष्मण डंगोलले गरेको कुराकानीको सम्पादित अंश ः

नेपाल जस्तो अल्पविकसित देश लाई यस प्रकारको कार्यक्रमले के फाइदा हुन्छ ?
जतिसुके घुमेपनि, जहाँ पुगे पनि आफू जन्मे हुर्केको स्थानले, स्वदेशकै मायाले तान्दो रहेछ । देशका लागि धेरै गर्न नसके पनि एउटा सानो थोपा भए पनि थपौं भन्ने उदेश्यले यो कार्यक्रम राखेका हौं । त्यही सानो प्रयास मात्र हो यो । भोजपुरको एउटा गाँउमा जन्मेको मान्छे । घर बाट हिडेर तीन दिन लाग्दथ्यो स्कूल पढ्नलाई । त्यस्तो समय थियो हामीले स्कूले शिक्षा अध्ययन गर्दा । सौभाग्य भनौं,अमेरिकाको राम्रै विश्वविद्यालय मानिने हारवर्ड विश्वविद्यालयबाट आर्वन प्लानिङमा विद्यावारिधी गर्ने अवसर मिल्यो । वाइन्ड इनर्जीमा विद्यावारिधी गरे । नेपालले चरम उर्जा संकट भोगिरहेको छ । यस्तो अवस्थामा वायूवाट उर्जा निकाल्न सकिएको खण्डमा केही हदसम्म भएपनि नेपाली दाजुभाई दिदीवहिनीहरुले राहत पाउनु हुनेछ भन्ने ध्येयले नै यो कार्यक्रम राखेका हौं ।

नेपालमा वायू उर्जाको सम्भावना कस्तो पाउनुहुन्छ ?
संसारमा अहिले करिव ५ दशमलव ५ टेरावार्ड उर्जाको सभ्भावना रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । यो भनेको १ टेरावार्डमा करिव १ हजार गेगावार्ट हुन्छ । १ गेगावार्ट वरावर १ हजार मेगावार्ट हुन्छ । नेपालको कूल विद्युत उत्पादन ८ सय मेगावार्ट मात्र छ । ५ दशमलव ५ टेरावर्टको विद्युत क्यापासिटी छ त्यसमध्ये निकै थोरै मात्र अढाई देखि ३ प्रतिशत मात्र हावाको क्यापासिटि छ । वायू उर्जा यस्तो उर्जा हो,यस्मा अन्य क्षेत्रमा जस्तो रिसोर्सहरु चाहिँदैन । वायूवाट उर्जा निकाल्नमा चाइनामा विश्वमै भएको सभ्भावनाको आधा सभ्भावना छ । । त्यसो त छिमेकी देशहरुमा हावाबाट प्रसस्त विजुली उत्पादन छ । भारतमा २० हजार मेगावाट विद्युत वायुऊर्जाबाट उत्पादन छ । चीनले सन् २०३० सम्ममा वायुऊर्जाबाटै माग पूर्ति गर्ने लक्ष्य राखेको छ । ती मुलुकको विकास देखेर नेपालमा तत्कालीन राजा विरेन्द्रले विसं २०४६ सालमानै मुस्ताङको कागबेनीमा २० किलोवाट क्षमताको वायुऊर्जा आयोजना जडान गरिएको थियो । राजाको आदेशमा हावाबाट विजुली उत्पादन गर्ने यो कार्य नेपालमा पहिलो परिक्षण थियो । सोही आयोजनाका आधारमा नोपल सरकारले चालू आवमा देशभर गरी पाँच ठाउँमा वायुऊर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरी १ सय किलोवाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यस क्षेत्रमा के कस्तो काम भएको पाउनु भएको छ ?
नेपालमा हावाको मापन गर्नका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट), वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र (एइपिसि), इन्जिनियरिङ क्याम्पसहरुको सक्रियतामा मापन गर्ने काम भएको छ । कम्तिमा पनि चार मिटर प्रतिसकेण्ड नभईकन विद्युत निकाल्न सकिदैन । हावाको वेग त्यही अनुसार हुनु आवश्यक छ । अध्ययनहरुले नोपलको पश्चिमी डाँडाकाडामा प्रवल सभ्भावना छ । हावा बाट विजुली निकाल्दा अन्य क्षेत्रहरुमा जस्तो ठूलो जग्गाको नोक्सान पनि हुदैन । हावाको टावर लगाएको स्थानको तलको भागमा खेतिपाती गर्न सकिन्छ । जमिन प्रयोगको हिसावले पनि फाइदै भयो । २ प्रतिशत जति जमिन मात्र टावरले कव्जा गर्दछ । यसका लागि हावामा अध्ययन÷अनुसन्धान हुनु जरुरी छ । त्यस्तै नाष्टसँगको सहकार्यमा हामी घाममा पनि स्टडी गर्दछौं । हावा राती धेरै चल्छ । त्यसैले हावा र घामलाई ‘हाइव्रिड’ तरीकाले राख्नुभयो भने चाहिएको वेलाको आवश्यकता पूरा गर्ने भयो । हाइड्रो त हाम्रो देशमा प्रशस्तै सभ्भावना छ । तर यसमा आफ्नै समस्या छन ।

कति उर्जा हावाबाट निकाल्न सकिन्छ यस सन्र्दभमा केही अध्ययन भएको छ ?
नाष्ट,एइपिसि लगायतका केही संस्थाहरुको सहयोगमा यसको मापन भइरहेको छ । विश्वकै अवस्थालाई नियाल्ने हो भने कूल उत्पादनको २० प्रतिशत उर्जा हावा बाट निकाल्न सकिन्छ । पानीबाट विजुलीको प्रशस्त सम्भावना भएकमो नेपालमा ३० हजार मेगावाटभन्दा बढी विजुली हावाबाट पनि निकाल्न सकिने अध्ययनहरुले देखाएको छ । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका आकडालाई आधार मान्ने हो भने नेपालमा ३० हजार मेगावाटसम्म वायुबाट विजुली निकाल्न सकिन्छ । कुल भू–भागको १० प्रतिशत क्षेत्रमा अध्ययन गर्दा ३ हजार मेगावाट उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । हामी कहाँ यस अगाडि नै सन् २०१० मा नवलपरासीको धौवाढी वायुवाट १० र सोलारबाट २ किलोवाट गरी १२ किलोवाटको मिश्रित ऊर्जा आयोजना विकास गरी ४८ घरधुरीमा हावाबाट विद्युत संचालन गरिएको छ । वायुऊर्जा उत्पादनको सम्भावना देखेर नै एसियाली विकास बैंकले नेपालमा वायुऊर्जा परियोजना विकासमा चासो देखाएको छ ।

अन्य उर्जाको स्रोतबाट विजुली निकाल्न भन्दा हावा बाट विजुली निकाल्दा कति गुणा सस्तो हुन्छ ?
अहिले सम्म सोलार इनर्जीको इफिसियन्सी पर किलोवाट÷आवर कति पर्दछ भन्दा सोलार इनर्जी हाइड्रो जतिको सस्तो शुल्कमा बन्दैन । किनभने हाइड्रोको इकोनोमी स्केल एकैपटक २०,४०, एक हजार मेगावटको बनाउन सकिन्छ । तर मुलुक हेरिकन २,४,७ सेन्टमा त्यो बन्दछ भने सोलारका लागि अहिले पनि १२,१४,१६ सेन्ट खर्च हुन्छ किनभने यस प्रकारको टक्नोलोजीको प्रफेक्सन भइसकेको छैन । हाइड्रोपावर नेपालमा सुरु भएको एक सय वर्ष वितिसकेको छ भने सोलार एकदमै नयाँ हो । सोलारको फोटो भोल्टाएर एफिसियन्सी एक एसक्वायर किमीमा १ हजार वाट आँउछ त्यो १५ प्रतिशतमात्र कन्र्भट हुन्छ । त्यो पनि प्यानल,इन्र्भटर,चार्जर लगायतका अन्य इलेमेन्ट लगाउदा इफिसेन्सी घटेर जम्मा १० प्रतिशत मात्र पावर उपयोगमा आँउछ । अहिले सोलार इनर्जी अमेरिका जस्तो मुलुकले सव्सिटाइस गर्दछन । वाहिर बाट कुनै पनि चिज इम्युट नगरी बनाउन सक्ने घरमै पनि २० देखि २५ हजार खर्चे गरेर राख्न सकिन्छ । एक्सोपोलेरेसन्स चाही सबैको गर्नुपर्दछ । सोलारमा सोलार इनर्जी डिफाइन छ , एक स्वायर मिटरमा एक हजार वाट निकाल्न सकिन्छ तर हावाको स्पिड इनर्जी पोटेन्सियल लगायत सबैको भइसकेको छैन । यद्यपि २० प्रतिशत निकाल्न सकिन्छ ।

अन्य क्षेत्रसँग सहकार्य गर्न सन्दर्भमा तपाईहरुको केही योजना छ कि ?
यो पर्टिकुलर कार्यक्रममा इन्भेष्टमेन्टको कुनै पोजेक्ट छैन तर सँगै काम गर्नका लागि के गर्न सक्छौ भनेर ओपन माइन्ड छौं । अन्य पार्टनरहरुसँग हामी डोनर कमिटिका साथीहरुसँग हामी कसरी सँगसँगै अगाडि वढ्न सक्छौ भनेर सल्लाह गर्नेछौ । तपाइहरुलाई हामी कुन स्थानमा सहयोग गर्न सक्छौ भन्ने कुरा सल्लाह गरेर हामी उता कुरा पुर्याउछौं । यस्ता खालका कार्यक्रमहरु क्यापासिटि विल्डिङ,इन्प्रस्ट्याक्चर डेभलपमेन्ट,इन्भेस्टमेन्ट, मेन्टेनेन्स, अपरेसन, फाइननसियल सबै कुराहरुको कम्वाइन भएपछि मात्रै मान्छेलाई इनर्जी आँउछ । पैसा राखेर कुनै स्थानमा इन्टल मात्र गरेर मेन्टेनेन्स र अपरेसन राम्ररी हुन सकेन भने त्यसको पनि काम हुँदैन ।

एरिजोना स्टेट युनिभर्सिटी नाष्टसँग कोलव्य्रासन गरेको छ ,नाष्टले यो क्षेत्रको उत्थानका लागि के गर्नुपर्दछ ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) साइन्स एण्ड टेक्नोलोजीलाई अगाडि वढाउनका लागि सबैभन्दा उच्चतम अंग हो नोपलमा । नाष्टका वर्तमान उपकुलपति जीवराज पोखरेल र म सँगै अध्ययन गरेका हौं । नाष्टले नोपलको विज्ञान तथा प्रविधि अगाडि नवढि विकास सभ्भव छैन । हामी विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै पछाडि छौं। अमेरिका जस्ता ठाँउ सँग त कुरै नगरौ हामी धेरै अगाडि जानुपर्दछ । नाष्टजस्ता संस्था समुन्नत देशका विश्वविद्यालयहरुसँग कोलव्य्रासन गरेर अगाडि जानुपर्दछ । नाष्ट हाम्रो वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र,इन्सिच्यूड अफ इन्जिनियरिङसँग पनि कुरा अगाडि वढाइरहेका छौं । यद्यपि नाष्ट सबैभन्दा प्रथामिकतामा रहन्छ ।

पोलिसि लेभलका कुरा पनि गरिरहनुभएको छ, एकातिर यस सन्र्दभमा कुनै नीति तथा नियम नै नबनेको अवस्था छ । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?
सौर्य उर्जा,हावा उर्जा जे होस,सवैलाई बैकल्पिक उर्जा भनिन्छ । हाइड्रोपावरलाई पनि यही अन्र्तगत राखिन्छ । हाइड्रोको क्षेत्रमा धेरै विकास नभए पनि माइक्रो हाइड्रोमा राम्रो प्रगती भएको छ । ९० देखि नै हाइड्रोको पोलिसि बनेको हो । सोलारको अहिले भर्खरै बन्न थालेको छ । हावामा माइक्रो हाइड्रो जस्तो छैन । हावाको धेरै इन्फरमेसन डाटा छैन । हावा मनाङ, मुस्ताङ जिल्लामा जे सुनिएको त्यस्तै गर्नका लागि पोलिसि आवश्यक छ । हाम्रा जस्ता मुलुकमा सरकारको रोल धेरै हुन्छ । सबैभन्दा पहिला नक्सा, डेटा बनाउनुपर्यो । त्यसको वेसिसमा नीजि क्षेत्रले इन्भेष्टमेन्ट कसरी गर्न सकिन्छ त्यो क्षेत्रमा बैकल्पिक उर्जा केन्द्र र नाष्ट जस्ता संस्थाहरुले पहल गर्नुपर्दछ ।

वेसिक क्राइटकेरिया हुन्छ हावाबाट उर्जा निकाल्न पूर्वाधार पनि चाहिएला ? त्यो पूर्वाधार हामीसँग छ ?
पहिलो कुरा त, कहाँ कहाँ बाट,कुन कुन स्थानबाट उर्जा निकाल्न सकिन्छ थाहा पाउन पर्यो । त्यसको लागि ४ देखि ५ मिटर प्रति सेकेण्ड दिनमा कम्तिमा पनि चार पाँच ण्टा आउने स्थान हुनु पर्दछ । त्यसलाई कुन लेभलमा गर्ने भन्ने विषयमा छलफल गर्नु पर्दछ । भाइविलिटि र डिमाण्ड हेरेर त्यस प्रकारको प्रोसेस गर्नुपर्दछ । इन्फ्रास्टक्चर भनेको ल्याण्डलाई लिजमा लिनुपर्यो , त्यसपछि ग्रिड चाहियो । कम्युनिटिका लागि टान्समिटर ग्रिड चाहिन्छ । विइन्ड टर्विन र विइन्ट टावर दुइवटा कुरा भयो । सोलार, माइक्रो हाइडोको लागि पानी चाहिन्छ तर हावाबाट विजुली निकाल्नका लागि पानीको उति धेरै आवश्यक पर्दैन । यसका अलवा भौतिक पूर्वाधार भनेको सडक पनि हो ।

रिर्सच गर्नका लागि प्रर्याप्त सभ्भावना रहेछ, यसमा नाष्ट जस्ता संस्थाहरुको भूमिका के हुन्छ ?
मलाई के लाग्छ भने,कुनै पनि अर्गनाइजेसनले साइन्स एण्ड टेक्नोलोजीमा अगाडि वढ्नका लागि वाहिरका २ चारवटा अर्गनाइजेसनसँग स्टोगङ्ली रिलेसन कायम गर्नुपर्दछ । हामी धेरै पछाडि छौं । हावाका लागि सबैभन्दा खतरा काम डेनमार्कमा भइरहेको छ । चीनमा पनि धेरै छ, अमेरिकामा पनि राम्रो छ । पहिला रिलेसन कायम गर्नुपर्दछ । मान्छे टेन गर्नुपर्यो,इन्जिनियर कलेजहरुमा कोर्स राख्नुपर्यो । आफ्नो क्यापासिटि नवढाईकन जति ठूलाठूला वर्कसप गरे पनि केही हुँदैन ।

नीजि, बैंकिङ लगायतका क्षेत्रलाई यसमा आकषर््िात कसरी गर्न सकिन्छ ताकि ती क्षेत्रहरु पनि लगानी गर्नका लागि इच्छुक बन्न सकुन ?

सबैभन्दा पहिला हावाको भायविलिटि भनेर देखाउन सक्नुपर्यो,खपत हुने स्थान देखाउनु पर्यो । सरकारले केही सवसिटि दिनुपर्दछ,त्यस प्रकारको सम्झौता भयो भने ,जस्तो हावामा भएको पिपिए जस्तै सम्भौता खाँचो छ । त्यस्तै दोश्रो भनेको टेन म्यानपावर सकेसम्म सर्टिफाइड नै भयो भने बैंक लाई मान्छे पनि छ,डिमाण्ड पनि छ भन्ने भयो भने यसमा लगानी गर्नका लागि बैंक यस क्षेत्रमा आउन इच्छुक हुन्छन ।