सुक्ष्मजीव विज्ञानका ‘तारा’

प्राडा शितलराज वस्नेत, तस्वीर सौजन्यः रमा खड्का

‘जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन, उनीहरु हरेक काम फरक ढंगले गर्छन ।’ शिव खेडाले सायदै यो भनाई उनको लागि भनेका थिए । तर, समयचक्रले मेल खाने बनाइदियो ।  आफ्नो जीवन जति जिए मस्तले जिए । जति सोचे केवल विज्ञान तथा प्रविधिको हित मात्रै सोचे । उनलाई नजिक बाट चिन्ने जान्नेहरु भन्छन ‘विज्ञान तथा प्रविधि उनको नशा नशामा थियो । खाँदा, सुत्दा बस्दा, हिड्दा केवल उनी सोच्दथे त कसरी विकास गर्न सकिएला नेपालमा विज्ञान तथा प्रविधिको ?’

विज्ञान तथा प्रविधि शिक्षा अन्र्तगतको कान्छो विधा हो माइक्रोवायोलोजी । यो शिक्षा नेपालमा भित्रियो ३६ सालमा । औला भाचेर गन्दा यो शिक्षा नेपालमा प्रवेश पाएको ३६ वर्ष बितिसकेको छ । एकिन तथ्यांक नभए पनि हालसम्म नेपालमा स्नातक २३ हजार र स्नातकोत्तर ४ हजार गरी करिब २७ हजार पोख्त माइक्रोवायोलोजीस्ट उत्पादन भइसकेका छन् । यी सबैको पछाडि उल्लेख्य योगदान छ प्राडा शितलराज वस्नेतको ।

जन्म
७३ वर्ष अगाडि काठमाडौं खाल्डोको महराजगञ्जमा जन्मिएका हुन उनी ।स्वर्गीय पिता कृष्ण बहादुर बस्नेत र माता स्वर्गीय जगतकुमारी बस्नेतको माइलो सन्तानको रुपमा । विंस १९९९ भाद्र ३१ गते । उनको, जिजुवुवा देखि हजुरवुवा, पिता सबै आर्मीमै कार्यरत । तत्कालिन समयमा मोहन शमशेर राणा प्रधानमन्त्री हुँदा पिता कृष्ण बहादुर बस्नेत कर्णेलसम्म बन्न पुगेका थिए । पितापूर्खाहरुको राइफल र तोप समाउने हात, त्यही विँडो थाम्ने अपेक्षा थियो परिवारजनको, तर उनी निस्किए ‘सरस्वती’ को परमभक्त अर्थात कलमप्रेमी बनेर । उनले थामेनन्, पिता पूर्खाको विडों तर उनी अजिव बनेर निस्किए । नेपालमा किटपतंक र जीवजन्तुको अध्ययन÷अनुसन्धान गर्ने अव्वल पात्र ।

शिक्षा, दिक्षा
औपचारिक शिक्षा घरबाटै भयो । विसं २०१४ सालमा पद्मोदय हाइस्कूलबाट एसएलसी उत्र्तीण गरे । राम्रो अंक ल्याएर एसएलसी उत्र्तीण गरेसँगै उनको रोजाई विज्ञान शिक्षा पर्न पुग्यो । सानै देखि किटपतंक, जीव जन्तु देखेपछि त्यतै तिर घोत्लिरहने स्वभाव थियो उनको । यही स्वभावले डोह्याउदै उनलाई त्रिचन्द्र कलेजमा उभायो । विज्ञान प्रतिको तिव्र लगावका कारण त्रिचन्द्र कलेजमा भर्ना हुन पुगे । सोही कलेजबाट उनले ०१७ सालमा आइएस्सी उत्र्तीण गरे भने त्यसको ४ वर्ष पछाडि त्रिचन्द्रबाटै २०२१ सालमा विएस्सी उत्र्तीण गर्न सफल भए । वि सं २०२५ जेष्ठ २४ गते एमएस्सी बोटनीमा त्रिचन्द्र कलेजबाट हासिल गर्न सफल भए ।

जागिरे यात्रा
एमएस्सी उत्र्तीण भएसँगै केही समय एग्रिकल्चर डिर्पाटमेन्ट खुमलटारमा विज्ञको रुपमा कार्यरत रहे । प्रध्यापन पेशामा उहाँको आगमन २०२६ सालमा त्रि–चन्द्र कलेजमा अस्थायी शिक्षकको रुपमा सुरुवात भयो । विसं २०२७ साल अषाढमा स्थायी शिक्षकको रुपमा प्रध्यापक नियुक्त हुँदै पाटन क्याम्पसको प्रथम ‘हेड अफ दि डिर्पाटमेन्ट’ पनि बन्न सफल भए ।

विवाह बन्धन
प्रोफसर नारायण मानन्धर त्रिचन्द्र कलेजमा प्रध्यापक थिए । मानन्धर नेपालबाटै संष्कृत विषयमा पहिलो पटक विद्यावारिधि गर्ने व्यक्ति । त्यही अध्यापन गराउथें शितलवावु बस्नेत । यही भेट भएको थियो देवी मानन्धरसँग । जो नेपालबाट भौतिक विज्ञानमा स्नातककोत्तर गर्न पहिलो महिला । उनले भारतको पटना विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिईन । देवी र शितलको मनको ‘नेटवर्क’ले मेल खाएसँगै ‘कनेक्सन’ हुनमा केही समस्या भएन यद्यपि अन्तरजातीय विवाह त्यो समय भोगेको सास्ती बेहिसाव छन् । विसं २०२६ साल फागुन १२ बैवाहिक बन्धनमा वाधिन पुग्यो यो जोडी । जुन क्षेत्रमा हात हाल्यो त्यही प्रथम भएरै छाड्ने बस्नेत भौतिक विज्ञानमा एमएस्सी तहको शिक्षा पुरा गर्ने महिलासँग विवाह बन्धनमा वाधिए । दुर्गाको जागिरे यात्रा भने त्रिचन्द्र क्याम्पसमै भयो वि.सं. २०१९ देखि २०५२ साल सम्म । अहिलेको समयमा अझै अन्र्तजातीय विवाह अस्वीकृत छ भने आजभन्दा ५० वर्ष अगाडि अझैं क्याप्टेनको घरभित्रै अन्र्तजातीय विवाह गर्दा उनले के कस्ता सास्ती बेहोर्नु पर्यो होला हामी अनुमान मात्र लगाउन सक्छौं ।

विद्यावारिधिका लागि पुना युनिभर्सिटी
झण्डै सात वर्ष प्रध्यापन पेशा अँगालिसकेपछि लाग्यो, अगाडि जानैपर्दछ, त्यसकै लागि उच्च शिक्षा अध्ययन गर्नुपर्दछ । एक मूठी सास त प्राणी र जीवजन्तुले पनि अडाएको हुन्छ । फरक काम गर्नु नै मान्छेको सही पहिचान हो । यही सोचेर उनी लागे कोलम्वो प्लान अन्र्तगत विद्यावारिधि गर्नका लागि पुना विश्वविद्यालय तिर । विएस्सी र एमएस्सी तहमा उनी थिए वोटनीका विद्यार्थी । तर पुनामा पुगेपछि लाग्यो यो भन्दा माइक्रोवायोलोजी विषय नै उत्तम हुन्छ । यही सोचेर उनले पाँच वर्षको अथक मेहनत र कडा परिश्रम पछाडि नामको अगाडि डाक्टर उपनाम जोडिन पुग्यो अर्थात डा शितलराज बस्नेत । विसं २०३७ विद्यावारिधि सकाएर स्वदेश फिर्ता भए । पुना विश्वविद्यालयमा अध्ययन गर्दा उनका सहपाठीहरु अर्थमन्त्री रामशरण महत्त, साहित्यकार धु्रवचन्द्र गौतम, सभासद् नारायण खड्का, तुलसी पाठक जो केमेष्ट्रीमा प्रोफेसर समेत हुनुहुन्छ ।

माइक्रोवायोलोजी विभागको स्थापना
फरक ढंगबाट फरक काम गर्नुपर्दछ भन्ने बुझेका बस्नेतले ३७ साल भाद्र १४ गते देखि त्रिचन्द्र कलेजमा माइक्रोवायोलोजी विषयमा अध्यापन गराउन सुरु गरेें । त्यो समय माइक्रोबायोलोजी विषयको अध्यापन नेपालमा हुदैनथ्यो । उनैले यो विषयलाई नेपालमा भित्राए । त्रिचन्द्र कलेजमा पढाइहुन्थ्यो माइक्रोवायोलोजी, त्यो पनि एमएस्सी तहमा मात्र । त्रिचन्द्र कलेज नै नेपालको पहिलो माइक्रोवायोलोजी अध्ययन÷अध्यापन हुने कलेज बन्न पुग्यो । पढाई त हुन्थ्यो तर माइक्रोवायोलोजीको आफ्नै छुट्टै विभाग थिएन । जुलोजी विभाग अन्र्तगत रही माइक्रोवायोलोजीको अध्ययन÷अध्यापन हुँदै आइरहेको थियो । अनेक हण्डर ठक्कर खादैं त्यसको पहिलो विभागिय प्रमुखको रुपमा रहन सफल भए । करिव १० वर्ष सम्म सोही विभाग अन्र्तगत रही अध्ययन÷अध्यापन गराए ।

हामी त्यँही बन्छौं, जुन काम हामी निरन्तर गर्दछौं त्यसैले काम होइन, काम गर्न बानीले हामीलाई सफलताको शिखरमा पुर्याउँछ । अरस्तुले भनेझै कठिन परिस्थितीका वावजुत पनि उनी निरन्तर काम गरी रहे । यस बीचमा खाएका चोट र ठक्कर बेहिसाव छन् । असफल भएपछि तपाई निराश हुन सक्नुहुन्छ, यदी तपाईले कोसिस गर्नुभएन भने त झन नोक्सान नै हुन्छ भन्ने राम्रैसँग सिकेका शितल जीवनमा कहिल्यै निराश भएनन् । र त्यसकै प्रतिफल २०४३ साल देखि माइक्रोवायोलोजी विषय अध्यापन गराउने पहिलो स्थायी सह प्रध्यापक हुदै प्रध्यापक समेत बन्न सफल भए ।

माइक्रोवायोलोजी विषयको नेपालमा अध्ययन÷अध्यापन हुन थालेको १० वर्ष पछाडि त्रिविविमा नै माइक्रोवायोलोजी केन्द्रीय विभागको स्थापना भयो २०४७ सालमा । उनी नै त्यसको संस्थापक । त्रिविविले उनैलाई नै पहिलो विभागिय प्रमुखको रुपमा नियुक्त गर्र्यो । उनको निरन्तर काम प्रतिको मेहनत र लगावकै कारण हो नेपालमा भित्रिएको सुक्ष्मजीवविज्ञान । सोही मेहनतको प्रतिफल ५५ साल बैंशाख २४ गते दोस्रो पटक सोही विभागको विभागिय प्रमुख रहन सफल भए । ४५ वर्षको प्रध्यापन अनुभव बटुल्दै ६२ साल मंसिर १६ गतेबाट अवकास पाए । विश्वकै कान्छो विज्ञान, माइक्रोवायोलोजी अर्थात सुक्ष्मजीव विज्ञानको अध्ययन र अध्यापन क्षेत्रमा नेपालको प्रगति अति नै उल्लेखनीय छ, अनुकरणीय छ । वि.सं. १९९२ बाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा शुरु भएको यो विषयको अध्यापन निजी क्षेत्रमा नेशनल कलेज हुँदै आज दर्जनभन्दा बढी सरकारी तथा निजी कलेजहरुमा फैलिएको छ । अपुष्ट तथ्यांक अनुसार हालसम्म नेपालमा स्नातक २३ हजार र स्नातकोत्तर ४ हजार गरी करिब २७ हजार पोख्त माइक्रोवायोलोजीस्ट उत्पादन भइसकेका छन् । स्नातकोत्तरमध्ये दुई तिहाई बढी मेडिकल माइक्रोवायोलोजिस्ट छन् । यो सबैको पछाडि उनकै देन रहेको छ ।

अवकास पछिको जीवन
राल्फ वाल्डो इमर्सनले कतै भनेका छन, ‘हामी तब मात्र कुनै व्यक्तिको उमेर गन्छौ जब उसँग गन्ने अरू केही हुँदैन ।’ अधिकांश सफल व्यक्तिहरुको जीवनको पाना पल्टाउने हो भने सफलतासँग उमेरको कुनै साइनो सम्बन्ध रहेको पाइदैन । र पनि हामी आफ्नो उमेर गनिरहन्छौं । मन, आत्मा, उत्साह, विश्वास कहिल्यै बुढो हुँदैनन् भन्ने कुराको ज्वलन्त उदहरण थिए बस्नेत । मनस्थिती भन्दा परिस्थिती सच्याउन पर्दछ भन्ने सोच्दथे सदैव ।

अवकास पछिका जीवनमा पनि उनी कहिल्यै निष्क्रिय भएनन् । सधैं उत्तिकै जोश र उत्साहका साथ काम गरिरहे । अवकाश पछि सेन्ट जेभियर्स, इन्भरमेन्ट साइन्स, केसिएसटी कालिमाटी, पिपल्स डेन्टल लगायतका विभिन्न कलेजहरुमा माइक्रोवायोलोजी डिर्पाटमेन्टहरु स्थापना गर्नमा उनको अतुलनीय योगदान रह्यो । कालिमाटिमा रहेको केसिएसटी कलेजको उनी माइक्रोवायोलोजी विभागको हेड अफ दि डिर्पाटमेन्ट सम्म थिए । दुर्घटनामा पर्नु अगाडि गत श्रावण २८ गतेसम्म अध्ययन÷अध्यापन गर्नमै व्यस्त थिए । झण्डै ६३ साल देखि यता उनी यही विभागमा क्रियाशिल थिए । यस्का अलवा उनी मेम्वर सब्जेट कमिटि माइक्रोवायोलोजी त्रिविवि अन्र्तगत रहेर पनि उल्लेख्य काम गर्न सफल भए ।

सम्मान तथा पदक
‘हुने विरुवाको चिल्लो पात’ भनेझै सानै उमेर देखिको तेज वुद्धिका धनी बस्नेतले विज्ञान तथा प्रविधिको क्षेत्रम पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले महेन्द्र विद्याभूषण ‘ख’ २०२२ सालमा नै सम्मान प्रदान गरेको थियो, एमएस्सी इन बोट्नीमा उत्कृष्ण अंक ल्याएर उत्र्तीण भए सँगै । त्यस्तै, भारतको पुना विश्वविद्यालयबाट विद्यावारिधी गरी फर्किएसँगैं महेन्द्र विद्याभूषण क बाट सम्मान गरिएको थियो । यसका अलवा जनपद सेवा पदक, एसिया सेवा पदक ०५३ साल लगायतका विभिन्न सम्मान बाट उनी सम्मानित भएका छन ।

जता पनि पहिलो
एक महान अवसर हो – जिन्दगी । ठूलाठूला वैज्ञानिक बन्ने अवसर, दर्शन विज्ञान अनि गणितको खोजी गर्ने अवसर । यही अवसरको भरपुर उपयोग गरेर उनी धेरै कुरामा पहिलो बने । नेपालमा माइक्रोवायोलोजी विभाग खोल्ने उनी नै प्रथम व्यक्ति बन्न पुगे । त्यस्तै विएस्सी तहमा समेत उनैले पहिलो पटक नेपालमा यो विभाग भित्राउनका लागि उल्लेख्य योगदान पुर्याए । त्यतिखेर जुलोजी विभाग अन्र्तगत रही अध्ययन÷ अध्यापन हुदै आएको विभागलाई त्रिभुवन विश्वविद्यालय अन्र्तगत राखी अध्ययन÷अध्यापन गराएको जस समेत उनैलाई जान्छ । उनले जे मा हात हाले त्यही क्षेत्रमा सफल भए, पहिलो बन्न पुगे । त्यस्तै प्रथम सव्जेट कमिटि मेम्बर समेत रही कम गरेको अनुभव उनीसँग थियो । उनैको योगदान र देनको प्रतिफल ४७ सालसम्म केन्द्रीय क्याम्पसको पहुँचमा नपाएको यो विभाग अन्र्तगत सम्बन्ध लिई हाल एमएस्सी माइक्रोवायोलोजी हाल ११ स्थानमा पठाइहुन्छ । कम्तिमा पनि ६० जना विद्यार्थीहरु उनको अन्डरमा रहेर पिएचडी गरेका छन् । आज पनि विएस्सी तहमा त्रिविवि अन्र्तगतको त्रिचन्द्र कलेजमा हरेक व्याजमा ६ सयका हाराहारीमा विद्यार्थी भर्ना हुन्छ । त्यो उनकै देन हो ।

माइक्रो वायोलोजिष्टको दुःख
मेडिकल माइक्रोवायोलोजीका ज्ञाता र दक्षता भएका उनीहरुको कर्मस्थल र क्षमता प्रदर्शनस्थल अस्पताल, प्रयोगशाला तथा मेडिकल कलेज नै हो, अस्पताल तथा प्रयोगशालामा प्राविधिकका रुपमा तथा मेडिकल कलेजमा अध्यापक तथा अनुसन्धानकर्ताका रुपमा । तर यसको लागि उनीहरुलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट स्वीकृति (लाइसेन्सको आवश्यकता पर्दछ । त्यो स्वीकृति परिषद्ले नेपालको त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका मेडिकल माइक्रोवायोलोजिस्टलाई दिएको छैन÷दिंदैन । यसर्थ, उनीहरु आफ्नो सीप, क्षमता र दक्षता प्रयोग गर्ने कर्मस्थल छिर्नबाट बञ्चित हुनुपरेको छ । यसरी एकातिर नेपालमा शिक्षा क्षेत्रको विकास र विस्तारको वेगलाई उत्पादन र सेवा क्षेत्रले पछ्याउन नसक्दा पर्याप्त रोजगार सृजना नभएकाले वेरोजगार शिक्षित बढेको छ भने अर्कोतर्फ रोजगारको क्षेत्रमा जानबाट रोकेर मेडिकल माइक्रोवायोलोजिस्टलाई पीडामाथि पीडा थप्ने काम भएको छ ।

सन्तान सुख
भनिन्छ संसारको सबैसुख भन्दा ठूलो सुख भन्नुनै सन्तान सुख हो । उनको कोखबाट एक छोरा एक छोरीको जन्मभयो । आफ्नो जीवनको जति कालखण्ड बाँचे उनी व्यक्तिगत भन्दा माइक्रोवायोलोजीको अध्ययन÷अनुसन्धानमै केन्द्रीत रहेर विताए । अमेरिकामा उनको रिकमेन्डेसनमा विद्यार्थीहरु पढ्दैछन् । छोरा थाङ्का आर्टिस्टको रुपमा क्रियाशिल छन् । उनकी छोरी शैला बस्नेत माइक्रोवायोलोजी विभागमै अध्यापन गराउदै आइरहेकी छिन् । शैला भन्छिन‘ एउटा असल पितामा हुनुपर्ने सबै प्रकारको गुण थियो पितामा, कसैलाई कहिल्यै ठूलो स्वरमा कराउनुभएन । सधै नाम जस्तै स्वभाव पनि शितलनै रह्यो उनको । आमाको माया ममता र प्रेरणाबाट शैला माइक्रावायोलोजीकै विद्यार्थी बन्न आइपुगिन । मावली तर्फको हजुरवुवा पुस्ताले अपनाएको शिक्षण पेशा आमा हुँदै उनीसम्म आइपुगेको छ । आफूसँग भएको ज्ञान अरु विद्यार्थीहरुमा वाढ्न पाउँदा जति खुशी छिन त्यो भन्दा वढि खुशी आफ्नै पिताको विडो थाम्न पाउँदा छिन ।

कहिल्यै नअस्ताउने तारा
उनी बाँचे हरेक काम फरक ढंग र तरिकाबाटै गरे । यही कारण हो, उनको भौतिक शरीर अव हाम्रो माझमा नरहे पनि उनले रोपेर गएको देन विज्ञान र शिक्षाको क्षेत्रले उनलाई स्मरण गरिरहेको छ । र यूगयूग सम्म गरिरहने छ एउटा कहिल्यै नअस्ताउने चम्किलो ताराको रुपमा । नेपालमा सुक्ष्मजीव विज्ञानको क्षेत्रमा स्वर्णीम योगदान दिन सफल व्यक्ति नेपाली जगतमा शिक्षाको उज्यालो प्रकाश छर्नको निमित्त धेरै संर्घष गर्नुप¥यो । गत श्रावण ३० गते शंकरदेव कलेज पुतलीसडक अगाडि हिडिरहेको अवस्थामा पछाडि बाट मोटरसाइकलमा आएका एक विद्यार्थीको ठक्करबाट विते उनी । मान्छेले जिन्दगीमा कति कमायो र के कमायो भनेर मापन गर्ने चीज जीवन त्याग गर्दाको मलामीको संख्यालाई मान्ने हो भने शितलले कमाए जीवनभरमा लाँखौ विद्यार्थी । जो गत भाद्र ५ गते शिक्षण अस्पतालमा उनी वित्दा देख्न सकिन्थो । उनको लाशका पछाडि उनैले ज्ञान वाढेका विद्यार्थी तथा सहपाठीहरुको ताती । नेपालको विज्ञान प्रविधिको क्षेत्रको उत्थानका लागि उनले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै श्रद्धासुमनरुपी शव्दगुच्छा हामी पनि चढाउनेछौं÷चढाइरहनेछौं ।

प्रस्तुतिः हरि गजुरेल
तस्वीर सौजन्यः रमा खड्का

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *