हल्ला गरे जस्तो कमजोर छैन विज्ञान प्रविधि मन्त्रालय

 

शिवलाल थापा मगर, विज्ञान तथा प्रविधि मन

विज्ञान तथा प्रविधि मन्त्रालयलाई अगाडि वढाउने सम्बन्धमा यहाँसँग के कस्ता योजनाहरु छन ?

मुलुक अहिले अत्यन्त विकराल अवस्थामा छ । अहिलेको सन्र्दभमा विश्व नै विज्ञान तथा प्रविधिको माध्यमले चलिरहेको छ । यस्तो मन्त्रालय मैले पाएको छु । मलाई गर्व पनि लागेको छ । जनतालाई राहत पुग्ने खालको र प्रत्यक्ष देख्ने महशुस गर्न खालको काम गर्नुपर्दछ भन्ने लागेको छ ।एउटा रिर्सच सेन्टरको स्थापना वैज्ञानिक कृषि प्रणाली कस्तो किसिमको बनाउने भन्ने वारेमा हिमाल पहाड तराई मधेशको क्षेत्रमा कस्तो किसिमको प्रविधि अपनाएर अगाडि वढ्न सक्छौं भनेर अनुसन्धान गर्दछौं । वैज्ञानिक ढंगबाट हामी कसरी प्रगती गर्न सकिन्छ कसरी आत्मनिर्भर बन्न सक्दछौं भन्ने एउटा समूह अर्काे कुरा वैज्ञानिक शिक्षा प्रणाली सम्बन्धी अनुसन्धान गर्ने समूह । त्यस्तै सेनाका लागि हातहतियार आवश्यक पर्दा जहिले पनि अरुलाई गुहार्ने हाम्रो आवश्यक प्रवृधि छ । यस प्रकारको प्रविधि हामी आफैंले बनाउने,हाम्रो मुलुकका लागि आवश्यक पर्न गाडी मोटरसाइकल लगायतका प्रविधि हामी आफैं बनाउने कोसिस गर्न कि नगर्ने ? त्यस सन्र्दभमा रिर्सच गर्न आवश्यक छ । हाम्रो स्रोत साधनले भ्याउने खालको अनुसन्धान हामी आफैंले गर्नुपर्दछ र नपुगेका स्रोत साधन विदेश बाट ल्याएर हामीले अनुसन्धान अगाडि वढाउनुपर्दछ । हामी नेपालीले पनि त आत्मनिर्भर हुने प्रयास गर्नुपर्दछ । यी र यस्तै प्रकारका कामलाई अगाडि वढाउने विचार गरेको छु ।

विज्ञान तथा प्रविधि मन्त्रालय आफैंमा महत्वपूर्ण मन्त्रालय हुँदाहुदै पनि यो मन्त्रालयलाई किन प्रथामिकताको सूचीमा राखिएन ? हाम्रा राजनीतिक दलहरुले विज्ञान तथा प्रविधि मन्त्रालयलाई कम महत्वको आक्नुको पछाडि के कारण होला ? 

यस्को भित्री महत्व नबुझेर पनि हो । अहिले हाम्रो नेपालमा पनि विभिन्न प्रकारका रिर्सचहरुमा यूवाहरुले नै गरिरहेको अवस्था छ । हाम्रो देशका वैज्ञानिकहरु विदेशमा गएर राम्रा अनुसन्धान गरिरहेको उदाहरणहरु पनि पाइएको छ । यस्ता ज्ञान भएका यूवा प्रतिभाहरुलाई अगाडि वढाउनुपर्दछ भन्ने मलाई लागेको छ । अहिले यो मन्त्रालयको वजेट पनि थोरै कार्यक्रम पनि थोरै,जनसम्पर्क समेत कम हुने कारणले गर्दा यो मन्त्रालयप्रति वाहिर गलत हल्ला चलेको मात्र हो । म यो मन्त्रालयमा आइसकेपछि,यहाँका कार्यक्रमहरुको सरर्सती अध्ययन गरीसकेपछि यो मन्त्रालय बाहिर हल्ला गरिए जस्तो कमजोर छैन, अन्य मन्त्रालयलाई समेत यस्ले डो¥याएर अगाडि लैजान सक्छ भन्ने मलाई लागेको छ ।

गृह, अर्थ लगायतका मन्त्रालयहरु जतिकै यो मन्त्रालय पनि प्रथामिकताको सूचीमा पर्ने दिन कहिले आउला ?

यसरी यो मन्त्रालयमा आउनका लागि समेत हानथाप गर्ने दिन आँउछ त्यस्का लागि हामीले प्रयास गर्नुपर्दछ । विभिन्न क्षेत्रमा भएका सीपहरुलाई संगठीत गरी यस्ले मुलुकलाई केही काम गरी देखाउन सकेको खण्डमा यो मन्त्रालयमा आउनका लागि समेत हानथाप हुन्छ । हामीले त एउटा वातावरण देखाउने मात्रै हो । खासै काम गर्न भनेको राष्ट्रसेवक कर्मचारीहरुले हो । कर्मचारीहरुलाई काम गर्न मिल्ने खालको वातावरण तयार गराउने प्रयास त मैले गर्ने नै छु । विज्ञ,वैज्ञानिकहरुको जमघट पछि यस्ले लाइन लिन्छ । अहिलेको समयमा नबुझेका कुराहरुलाई बुझाउने प्रयास गर्नुपर्दछ । जनताले विज्ञानका क्षेत्रमा धेरै राम्रा कुराहरुको अनुभुती गर्नसक्नेछन । त्यसपछाडि यस मन्त्रालय अन्र्तगत विदेश नगई स्वदेश नै फर्कन सक्छ भन्ने लाग्दछ । 

जस्तो गृह,अर्थ,शिक्षा लगायतका अधिंकाश मन्त्रालय जिल्ला जिल्ला सम्म पुग्न सकेको छ । तर विज्ञान मन्त्रालय भित्रै खुम्चिएको छ । यो मन्त्रालयलाई जिल्ला जिल्लासम्म पु¥याउन आवश्यक छ÷छैन ? यसतर्फ यहाँको भूमिका के रहन्छ ?

त्यो आवश्यक छ । यो मन्त्रालय सिंहदरवार भित्र मार्फत सिमित भएका कारण जनतामा पुग्न नसकेको हो । यस्लाई बाहिर जिल्ला जिल्लामा संगठन निर्माण गरेर बाहिर लैजान पर्दछ भन्ने लागेको छ । जस्तो वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले झैं जिल्ला जिल्लामा शाखा खोल्न सकेको छ । यो विज्ञान तथा प्रविधि अन्र्तगत पनि जिल्ला क्षेत्रमा यस्लाई र यस्का कार्यक्रमहरुलाई जिल्ला जिल्लामा लैजानु पर्दछ भन्ने विषयमा सोचेको छु ।

अहिले त्यही वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र समेत जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगिसकेको अवस्था छ । यस्तो अवस्थामा मन्त्रालयले अझै प्रभावकारी काम कसरी गर्न सक्छ ? 

एउटा मन्त्रालय
ले अर्काे मन्त्रालयसँग सहकार्य गरी कार्यक्रम नजुधाई अगाडि जाने हो भने यस्ले खासै ठूलो प्रभाव पार्दैन ।

भनिन्छ, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठान(नाष्ट) बीचको सम्बन्ध सधै सौता सौताको झैं रहदै आयो । यो सम्बन्ध सुधार्न यहाँको केही भूमिका रहन्छ ?

नास्टको आफ्नो छुट्टै नियम होला । अहिले नाष्ट भनेको विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत रहनुपर्दछ । उस्ले मन्त्रालयसँग सहकार्य गर्नुपर्दछ । उस्ले आफ्नो प्रगती विवरण वुझाउदा नेपाल सरकारलाई चित्त बुझ्ने किसिमको हुनुपर्दछ । त्यो नेपाल सरकारले हेर्न पाउनुपर्दछ । तर अहिले मैले बुझे, अनुसार उक्त संस्थाको बुझाई उहाँहरु हामी स्वतन्त्र छौं,छुट्टै हौं भन्ने बुझाई छ । अहिले सम्म नाष्टलाई वजेट विना शर्त गईरहेको थियो । यसपटकबाट शर्त सहित गएको छ । केही समय अगाडि उपकुलपतिज्यू यँही आउनुभएको थियो । मोटामोटी हिसाबमा कुरा बुझ्दा त्यही वजेट विना शर्त हुनुपर्ने उहाँहरुको अडान हो । सरकारको वजेट त्यहाँ जाने भए पछि आफ्नो कार्यक्रम र खर्च विवरण त्यहाँबाट प्रष्ट हुनुपर्दछ भन्ने लाग्दछ ।

मन्त्रालय मार्फत रहेको आइटी पार्कको अवस्था लामो समयसम्म पनि वेहाल छ । त्यस्लाई सशक्त रुपमा अगाडि वढाउन यहाँसँग के कस्ता योजना छन ?

हिजो उनीहरुले के के काम गरे , के के काम अधुरा छन । त्यसलाई कसरी पूर्ण गर्न सकिन्छ । उनीहरुको प्रगती नहेरेसम्म अहिले भन्न सक्दिन । सचिवज्यू लगायत कर्मचारीहरु हुनुहुन्छ । भावी दिनमा नयाँ व्रिफिङ गर्नुहुन्छ त्यसपछाडि यस विषयमा भन्न सकिन्छ । 

पलायन भएका जनशक्तिले विदेशमा गएर पनि राम्रो काम गरिरहेका छन । नेपाल सरकार विज्ञान मन्त्रालय मार्फत त्यस्ता जनशक्तिका लाई स्वदेशमै फर्काउने स्वदेशमा रहने वातावरण रहने वातावरण बनाउछौं ।

यूवाहरुलाई प्रोत्साहन गर्ने कुरा गर्नुभयो । तर तीनै यूवाहरुले बनाएको प्रविधिलाई सरकारले खरिद गरेको यहाँको कार्यकालमा देख्न पाइन्छ कि पाइदैन ?

पाइन्छ । विद्यार्थीहरुले आफ्नो प्रयोगशालामा बसेर जुन खालको नयाँ नयाँ अनुसन्धान गरिरहेको छ । त्यस्ले अझै प्रोत्साहन दिन सकिएको छैन । त्यही किसिमको कार्यक्रम अगाडि वढाउनु पर्दछ कायक्रम ल्याउन खोजिएको छ ।