प्लास्ट्रिक विनाको स्वच्छ नेपाल देख्न चाहन्छु

चिसेका माचुमोतो, अध्यक्ष इकोपाटी ग्लोबल इनभायरोमेन्ट कल्चरल एक्सचेन्ज सोसाइटी

एक जना जापानी महिला चिसेको माचुमोतो जसले आफ्नो संस्कृति नेपाली बालबालिकालाई सुनाउने र नेपालका कुरा जापानी बालबालिकासम्म पुर्र्याउन सन् २००६ मा नेपाल–जापान सम्वन्धको ५० वर्ष साँठगाँठका अवसरमा पहिलो पटक आएकी थिइन । तिनै महिलालाई नेपालमा प्लास्ट्रिक जन्य फोहर जथाभावी फ्याकेर सहर तथा हिमाली भेगको दुर्दशा भएको देख्दा, चिन्ता लागेपछि इकोपाटीले नेपालमा प्लास्टिक हटाउने अभियान सञ्चालन गरेको बताइन् । त्यसपछि प्लास्ट्रिकजन्य फोहर र त्यसको पुन प्रयोगका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै आएको उनी बताउँछिन । ति बाहेक उनले जापानको चिवामा बालबालिका हेरचार गर्ने सिन माचुदोयोचेनको नामको स्कूल चलाउँदै आएकी छिन । शहरी लगायत ग्रामिण भेगमा प्लास्ट्रिकले पारेका नकरात्मक असरले भविष्यमा नेपालमा समस्या उत्पन्न हुने भन्दै बालबालिकामा यसको प्रयोग र व्यवस्थापनका विषयमा जानकारी दिन सके सहर सफा हुने कल्पना गर्छिन् । तिनै महिला जो इकोपाटीको अध्यक्ष पदमा छिन, उनीसँग रिभोसाइन्स मासिककालागि अमिता राजभण्डारीको सहयोगमा लक्ष्मण डंगोलले गरेको कुराकानीको सम्पादित अंशः

 

इकोपाटी कस्तो संस्था हो ?
यो संस्था सन् २००२ मा स्थापना भएको हो । नेपालमा यसले सन् २००६ देखि काम गर्न थालेको हो। जापानमा एउटा बालबालिकालाई पढाउने शिशु कक्षा संञ्चालन गर्दा वातावरणीय हिसावले बालबालिकालाई कसरी राम्रो गर्न सकिन्छ भन्ने उद्देश्यले यो संस्था खोलिएको हो। ३ वर्षदेखिको बालबालिकालाई वातावरणीय चेतना दिने काम गर्दै आइरहेका छौ । नेपालमा मानिसको सट्टा उपकरणले धेरै काम गर्ने चाहेको पाएका छौ । तर आजभोली जपानी केटाकेटीहरुलाई उपकरण भन्दा मानिसले बढि काम गर्नु पर्छ भन्ने गरिन्छ । जापानमा केटाकेटीहरुलाई खेतमा आलु–धान लगायतका प्राकृतिक खेती र वातावरणबका कुराहरु बेलबेलामा सिकाइरहेका छौ ।

अहिले अनुसन्धानकालागि भनेर दिएका हौं । उहाँहरुले ‘इको भिलेज’का नमुनाका रुपमा गर्ने खालका कार्यक्रमहरु भयो भने हामी अवस्य नै सोच्छौं ।

ति बाहेक के कुरा सिकाउनु हुन्छ ?
नेपाल र जापान सम्वन्धी संस्कृतिका विषयमा कुराहरु सिकाइरहेका छौ। सानै उमेरमा वातावरण र संस्कृतिका कुराहरु सिकाएमा उनीहरुले पछिसम्म ज्ञान हासिल गर्न सक्दछन्।

इकोपाटीले नेपालमा कुन उद्देश्यले काम गर्छ?
नेपालमा २००६ मा जापानी र नेपाली संस्कृति साटा–साट गर्ने उद्देश्यले पोखराका केहि स्कुलमा हामी गएका थियौं । त्यसबखत सुन्दर नेपालमा प्लास्ट्रिक जथाभावी फालेको पाइयो । वर्षे पिच्छे नेपाल आउनेक्रमा झन झन प्लास्ट्रिकको फोहर बढेको पाइएपछि संस्कृति आदान प्रदान साथसाथै वातावरण र प्लास्ट्रिक हटाउने अभियानमा लाग्ने उद्देश्यले काम गर्दै आएका छौ ।

सुरुमा नेपाल आउँदा कस्ता अपेक्षा लिएर आउनु भएको थियो?
नेपाल–जापान सम्वन्धको पचास वर्ष साँठगाँठको सन्दर्भमा नेपाली बालबालिकासँग जापानी संस्कृति साट्ने उद्देश्यले नेपाल आएका थियौं । वातावरणीय अवस्था विग्रिरहेको देखेकाले यहाँका बालबालिकालाई रिसाइकल अर्थात पुन प्रयोग गर्न मिल्ने बस्तुको प्रयोगका बारेमा जनचेतना जगाउने उद्देश्यले पनि आएका हौं । यसैलाई व्यापक बनाउन ‘स्कूल आयल फिल्ड क्याराभ्यान’ अभियान चलाइरहेका छौं ।

‘स्कूल आयल फिल्ड क्याराभ्यान’ कस्तो अभियान हो?
वातावरण तथा पर्यावरणका कुराहरु विद्यालय तहका विद्यार्थीलाई ठाँउ ठाँउमा गएर सिकाइने भएका कारणले यो अभियानलाई ‘स्कूल आयल फिल्ड क्याराभ्यान’ राखेका हौं। यो अभियानमा हामीले जापानदेखि प्लास्ट्रिक रिसाइकल गर्ने प्रविधिको पूर्ण सेट लिएर आइ नेपालमा प्लास्ट्रिकबाट इन्धन निकाली जेनेरेटर चलाउने, ट्रक गुडाउने र बत्ति बाल्ने कुरा जनमानस तथा स्कूले केटाकेटीहरुलाई सिकाउने र देखाउने छौं । यसले वातवारण सफा राख्न उनीहरुलाई प्रेरित गर्नेछ ।

जापानी र नेपाली बालबालिकाको सिक्ने क्षमतामा कतिका भिन्नता पाउनु भयो?
यसमा सांस्कृतिरुपमा फरक विकास भएका पायौं। जापानमा बच्चादेखि नै वातावरण जोगाउने खालका शिक्षा र संस्कृतिका रुपमा विकास भएको छ। यसकारण त्यहाँका बच्चाहरुले जथावाभी फोहर जन्य पदार्थ फ्याकेको पाइदैन । तर नेपालका बालबालिकाहरुमा चेतना भएपनि जथावाभी फ्याने गरेको पाइयो । यसकारण हामी यो अभियान मार्फत् उनीहरुलाई यस्तो कार्य नगर्न सुझाव दिंदै आएका छौं ।

आगामी दिनमा कस्ताखाले कार्यक्रम नेपाली बालबालिकाको लागि गर्दै हुनुहुन्छ?
बालबालिकालागि भनेर हामीले ‘स्कूल आयल फिल्ड क्याराभ्यान’ अभियान वर्षैपच्छे चलाउँदै आइरहेका छौं। यसैलाई निरन्तरता दिदै विद्यालयहरुमा जाने, विधार्थीहरूमाझ प्रर्दशनी गर्ने, उनीहरुलाई जथाभावी फोहरजन्य प्लास्ट्रीक नफ्याक्न अनुरोध गर्ने र प्लास्ट्रिकको पुन प्रयोग विधिलगायत रिसाइकल गर्ने प्रविधिका कुराहरु देखाउने अभियान नै मुख्य रुपमा अगाडि गर्छौं । यसले बालबालिकालाई प्लास्ट्रिकबाट इन्धन निकाल्न सकिने, त्यही इन्धनको प्रयोगले जेनेरेटर चलाउने, फिल्म देखाउने जस्ता क्रियाकलाप हामी गरिरहेका छौं । फोहरका रुपमा फालिएका प्लास्ट्रिकबाट इन्धन निकाल्न सकिने जानकारी दिने छौं ।

इकोपाटीले यस्तो अवधारणा सुरुमा कसरी विकास गर्यो ?
पृथ्वीमा हरितगृह ग्यास लगायत ओजन तह विच्छेदनका कुराहरु आइरहेका अवस्थामा हामीले वातावरण सुधारका कुरा बालबालिकालाई सिकाउँदै लगेमा भविष्यमा यस कुराबाट छुटकारा मिल्न सक्ने भएकोले हाम्रो रोजाई बालबालिका नै प्रमुख भयो। अर्को जापानका बालबालिकाहरुको लागि भनेर वातावरणीय जनचेतना अभिवृद्धि गर्गे खालका कार्यक्रमहरु हुने र त्यसरी नेपाली बालबालिकालाई पनि सिकाउन सकेको खण्डमा उच्च हिमाली क्षेत्रमा पर्ने नकारात्मक असरका कुरा जान्न सक्ने अवसर प्राप्त गर्ने भएकोले हामीले यसखाले अवधारणा विकास गरेका हौं। यसैक्रममा प्रयोग गरिसकेका तेलबाट इन्धन निकाल्न सकिने कुराको जानकरी गराउने र त्यस्ता तेललाई पानीमा मिसाउँदा दुषित हुनुकासाथै जलचर नास हुने कुराहरुमा हामी केन्द्रित भएका छौं ।

नास्टलाई रिसाइकल गर्ने उपकरण दिनु भयो, यसभन्दा अगाडि दिनु भएन नी !
हामीले प्लास्ट्रिक रिसाइकल गर्ने उपकरण सन् २००९ मा आएर मात्र चाल पायौं। त्यसपछि हामीले नेपालमा सन् २०१०मा यो उपकरण नेपालमा ल्याउनेक्रममा भन्सारका कारणले सन् २०११मा मात्र ल्याउन सफल भयौं । पछि विभिन्न विद्यालयमा लगेर प्रर्दशनी गर्ने काम गर्यौं । यो अभियान हामीले हरेक वर्ष गर्यौ। हामीले प्लास्ट्रिकलाई इन्धन बनाउने उपकरण यसभन्दा पहिले पुरै सेट उपकरण नेपालमा ल्याइ काठमाण्डौ लगायत नेपालका विभिन्न जिल्लामा प्रर्दशनी गरायौं। नास्टले यस किसिमको काम गर्ने भन्ने कुरा हालसालै थाहा पाएर पछि सहयोग गर्न सफल भएका हौं । त्यो उपकरण उहाँहरुलाई हामीले अनुसन्धानका लागि भनेर सहयोग गरेका हौं । अर्को, जापानमा प्रयोग हुने प्लास्ट्रिक र नेपालमा प्रयोग हुने प्लास्ट्रिक फरक हुने भएकाले हामीले नेपाललाई सुहाँउँदो उपकरण भेटाउन पनि समय लाग्यो ।

भविष्यमा इकुपाटीले नेपालमा फालिएका प्लास्ट्रिक संकलन गरेर इन्धन निकाल्ने व्यवसाय गर्दै हुनुहुन्छ?
यो गर्नका लागि हामी आएका हैनौं। हामी त नेपालका सुन्दर सहरहरु फोहर भएका कारण हामीले अनुसन्धानका लागि भनेर नास्टलाइ सहयोग गरेका हौं । हामी नाफा रहित हिसावले चलेका संस्था भएकाले हाम्रो अभियान भनेको जनचेतना जगाउने हो नकि व्यवसाय गर्ने । यो हाम्रो उद्देश्य होइन । यदि कसैले यस बारेमा हामीसँग सल्लाह मागेमा हामी अवस्य दिने छौं ।

इकाेपाटीले नास्टलाई अनुसन्धानकोलागि सहयोग स्वरुप प्रदान गरेकाे प्लास्ट्रिकबाट इन्धन निकाल्ने प्रविधि

भविष्यमा नास्टलाई थप सहयोग केहि गर्दै हुनुहुन्छ ?
अहिले अनुसन्धानकालागि भनेर दिएका हौं । उहाँहरुले ‘इको भिलेज’का नमुनाका रुपमा गर्ने खालका कार्यक्रमहरु भयो भने हामी अवस्य नै सोच्छौं । यस विषयमा हामीले सोचिहालेका अवस्था छैन । यदि त्यस्तो भएमा हामी सहयोग गर्ने छौं । त्यस्तै, उपकरण बिग्रिहालेमा बनाउनकालागि हामीले एक जना नेपाली इन्जिनरलाई तालिमको ब्यवस्था जापानमा मिलाइदिएका छौं। यो उपकरण उपलब्ध गर्नु अगाडि नास्टका अनुसन्धानकर्ताहरुलाई ट्रेनिङ गराएर उपलब्ध गराएका हौं ।

यसखाले कार्य नेपाल र जापानमा मात्रै गरिरहनु भएका छ कि अन्य मुलुकमा पनि गर्ने लक्ष्य छ?
हामीले नेपालमा सुरुवात गरेका छौं । नेपालमा प्लास्ट्रिक निर्मुल पार्न कोशिस गरिरहेका छौं । यदि नेपालमा यो अभियान सफल भएमा इन्डोनेशिया लगायत एशियाका अन्य देशहरुमा जाने छौं ।

नेपालमा तपाइहरुको कुराहरु सुन्ने र सहयोग कतिको पाउनु भयो?
यसैका परिणाम स्वरुप नास्ट र इकुपाटीको समझदारी भएको छ । हामीलाई सहयोग भनेर कसैले गरेका छैन । यो सहमतिले नेपाल र जापानको सरकारी तहमा काम भएको छ। भविष्यमा नेपाल सरकारले हाम्रो काम सहानुभूति सहित सहयोग गर्ने अपेक्षा राखेका छौं ।

थप कार्यक्रम र योजना के के छ?
भूकम्प प्रभावित जिल्लामा प्लास्ट्रिकबाट इन्धन निकाल्ने उपकरण सहितको ट्रक जापानबाट लिएर आएर आउने र रंगिचङगी बत्ती बाल्ने मनोरञ्जन दिने खालका प्रोगाम गर्न लागेका छौं। यसले जनचेतनाका साथै एक दिन भनेपनि उहाँहरुलाई दुःख भुल्ने अवसर मिल्ने छ। भूकम्प प्रभावित बालबालिकाहरुका लागि उनीहरुले नै बटुलेर ल्याएका प्लास्ट्रिक प्रयोग गरि इन्धन निकाली बालबालिकाहरुलाई शिक्षावद्र्धक कार्टुन देखाएका थियौं ।

भविष्यमा नेपालभरि यस्तो अभियान चलाउदै हुनुहुन्छ?
हामीले पोखरादेखि यो अभियान चलाएका हौं। अहिले हामी काठमाण्डौंमा गतिविधि गरिरहेका छौं । सन् २०१३मा हामीले लुम्बिनीमा गरेका थियौं। हामीले बालबालिकाको लागि नृत्य प्रतियोगिता पनि गरेका थियौं । त्यसका लागि बालबालिकाहरुले प्लास्ट्रिक बटुलेर ल्याइ दर्ता गराउनु पर्ने र प्लास्ट्रिकको ओजन अनुसारको नम्बर दिने कार्यक्रम गरेका थियौं । त्यतिखेर पहिलो हुने चेली तेरिया थापामगरलाई एकलाख धानराशीको पुरस्कार दिएका थियौं। नेपालका सबै भू–भागमा हामीले नमुना देखाउने ट्रक लान नसकिने भएकाले सबै ठाँउमा यो पु¥र्याउन सम्भव हुँदैन ।

अन्त्यमा नेपालबाट के अपेक्षा राख्नु भएको छ ?
प्लास्ट्रिक विनाको स्वच्छ नेपाल भएको देख्न चाहन्छु । नेपालमा प्लास्ट्रिक पुन प्रयोग गरि इन्धन निकालेर आफूलाई चाहिने इन्धन निकाली प्रयोग गर्नुहुन्छ भन्ने मैले आशा गरेकी छु ।