उनलाई लाग्छ हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधीमा हाम्रो आफ्नो ‘ट्याक्स’÷केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेश विक्रम सिंङ÷आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य÷भ्याकुम हुन्छ त्यहीँ केही न केही गर्न सकिन्छ । ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु । विदेशमा केही भ्यालू हुदैंनथ्यो सभ्भवत । वीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’
२ वर्ष सम्म निरन्तर गरिएको अनुसन्धानबाट बनाइएको वम डिस्पोजल रोर्वट ‘नेपाली सेनाले खरिद नगरेको भए विदेश जानै पर्ने थियो । यो दुई वर्षको अवधी ‘गर÷मर’को अवस्थामा थिए ।’
उनलाई लाग्छ हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधीमा हाम्रो आफ्नो केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेश विक्रम सिंङ÷आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य÷भ्याकुम हुन्छ त्यहीँ केही न केही गर्न सकिन्छ। ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु ।
२ वर्ष सम्म निरन्तर गरिएको खोज र अनुसन्धानबाट बनाइएको वम डिस्पोजल रोर्वट हालै नेपाली सेनाले खरिद गरेसँगै उनी केही उत्साहित देखिन्छन। भन्दछन ‘नेपाली सेनाले खरिद नगरेको भए विदेश जानै पर्ने थियो । यो दुई वर्षको अवधी ‘गर÷मर’को अवस्थामा थिए ।’ विदेशिएको भए पनि त्यहाँ केही भ्यालू नहुने उनको बुझाई छ। वीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’
४ वटा प्रतिष्पर्धामा रोर्वटिक्स क्लवलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाही हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोर्वटिक्स प्रतिष्पर्धामा समेते रोवटिक्स क्लवलाई हराउदै आफू प्रथम भएका थिए । यही रोर्वटमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन ।
जन्म शिक्षा दिक्षा
विंस २०४५ माघ ७ मा पूर्वी पहाडि जिल्ला तेह्रथुममा पिता रामसिंङ आले मगर,र आमा मीना कुमारी आलेको कोखवाट भएको हो। परिवारनै शैक्षिक पृष्ठभूमीको भएको कारण पनि उनी भित्र रहेको प्रतिभाको मलजल हुन पुग्यो । वुवा निमावी स्कूलको हेडमास्टर,आमा तेह्रथुमे ढाका कपडा उद्योगमा उत्पादन गर्नुहुन्थ्यो अर्थात उद्यमि । परिवारमा एक्लो छोरा,दुई दिदी एक बहिनी । कक्षा आठ सम्मको स्कूले शिक्षा केअिङ स्कूल, आठराईमा भयो । वाँकी नौ देखि एसएलसी सम्मको शिक्षा तेह्रथुमको सदरमुकाममा रहेको सिंहवाहिनी स्कूल(म्याग्लुङ बजारको आसपासमा) बाट भयो ।
हुने विरुवाको चिल्लो पात भनेझैं सानै देखि उनी अनुसन्धान गर्न रुचाउथे । नौ कक्षामा पढ्दै देखी नै पानी जहाजका साथै विद्युत घण्टी,इलेक्ट्रीक मोटरहरु बनाएका थिए । साथीका वावाहरुले फालेका सर सामानहरु बटुल्थे । तीनै सामान बटुलेर केही न केही बनाइरहेका हुन्थे । उनका श्रृजनाले प्रष्पुठित हुने मौका तब मात्र पायो, दिनेश यादव सरकै कारण । आफ्ना घरमा आएका बखत शिक्षक यादवले उनमा भएका यो प्रतिभा थाहा पाएसँगै स्कूलमा उनले बनाएका ती उपकरणहरुको स्कूलमा प्रर्दशन गरियो । प्रर्दशनीमा प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका मेजरहरु आएका थिए । ‘त्यही पछाडि मैले गरेका अविष्कारहरु बाहिर आए । ’ वालकुमारीस्थित आफ्नै ल्यावबाट उनी सम्झन्छन आफ्नो स्कूले जीवन । फर्केर हेर्दा रमाइलो लाग्छ त्यो बालापन÷स्कूले जीवन । जहाँ उनी कहिल्यै फेल भएनन् न प्रथम नै । ६० सालमा ‘आइरन गेट’ पार गर,े प्रथम श्रेणीमा । सम्झन्छन, ‘१३ जना विद्यार्थी प्रथम श्रेणीमा उत्र्तीण भएका थिए । त्यसपछि काठमाडौं आइयो ।’
कहाँ पढ्ने अन्योलता थियो । त्यही बीचमा आइन्स्टाइन कलेज,महालक्ष्मीस्थान पुगे । पहिला÷पहिला लाग्थ्यो काठमाडौं शहरमा भर्ना हुनु नै ठूलो कुरा हो । तर उनको स्कुले प्रतिभाको चर्चा शहरमा भइसकेको रहेछ । त्यही प्रतिभाबाट प्रवाभित भई कलेजले छात्रवृत्ति दियो । उनलाई चाहीँ लाग्थ्यो, छात्रवृत्ति भन्दा पनि ठूलो भर्ना हुन पाउनु । कक्षा ११ र १२ आइन्स्टाइन कलेजबाट पूरा गरे ।
सफलताको सारथी सोही कलेजमा भेट भयो सुःख,दुःखमा साथ दिने मित्र यज्ञ प्रसाद देवकोटासँग र म्याग्दीको गोविन्द विक । उनले जीवनमा जति पनि सफलता हात लागेको छ, वुवा÷आमाको जति हात छ त्यो भन्दा कम छैन यी अन्यन्य मित्रको साथ र सहयोग । कलेजले प्लस टु पढ्दै गर्दा प्रपोज ग¥र्यो ‘तिम्रो केही श्रृजना देखाऊ ।’ पहिला बनाएका उक्त जहाजलाई ५० मिटर तल सम्म जाने गरी बनाए। त्यस पछाडि उनले त्यस प्रकारको अनुसन्धानलाई निरन्तर दिइरहेका छन । र, उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । हरेक वर्ष केही न केही बनाइरहेका छन÷हुन्छन ।
हातमा क्यानडा र अमेरिकाको भीषा छ, वुवा÷ आमा र परिवारको खुशीका खातिर पलायन भइदिँऊ उतैतिर । तर उठाइसकेको पाइला रोकिदिन्थ्यो र, मनले भन्थ्योे सुस्तरी ‘यहाँ भ्याकुम छ,यही गर्न सकिन्छ धेरै ।’
अर्काे खुट्किलो
यही बीचमा इन्जिनियरिङ शिक्षा अध्ययनका लागि वालकुमारीमा रहेका एनसिआइटी कलेजमा भर्ना भए । रोर्वटिक्सका लागि खुट्टकिला नै बन्न पुग्यो एनसिआइटी कलेज । यही रहँदा यन्त्र १,यन्त्र २,टेकृती,लोकस लगायतका उपकरणहरु बनाए । त्यही बीचमा ड्रोन बनाइयो र त्यसको परीक्षण गर्नका खातिर अन्नपूर्ण वेस क्याप सम्म पुगे । ड्रोन ६५ मिटरको उचाईसम्ममा उडाइयो । उनले जे जति रोर्वटिक्समा प्रगती गर्न सके एनसिआइटी कलेजमै आएपछि सफलता हात लाग्दै गयो ।
इन्जिनियरिङ शिक्षा पूरा भएको तीन वर्ष भइसक्यो । रोर्वटिक्सको वारेमा उनी भन्छन ‘ साधारण रुची होइन,प्रोफेसनल तरीकाले काम गर्न चाहेको हुँ । खुट्टाले हिडोस वा चक्काले रोर्वटिक्समै काम गर्ने हो वाचुन्जेल । ’
राजधानी खाल्डोमा जीउनका लागि उनीसँग विकल्प छ,प्राइभेट स्कूलमा अध्यापन गराउछन । ‘त्यही पैसाले चल्दै आएको छु । जसो तसो जीवन धानिएकै छ ।’ त्यही बीचमा वम डिस्पोजल रोर्वट बनाइयो । तत्कालिन समयका एआइजीले निरीक्षण गरे । निरीक्षण गर्न आउथें । मीठो आश्वासन पाँउथे । तर आश्वासनले मात्र त जीवन चल्दैनथ्यो । यस्तो घटनाक्रमले उनलाई निराश बनाउथ्यो । कहिलेकाँही त लाग्थो ‘हातमा क्यानडा र अमेरिकाको भीषा छ, वुवा÷ आमा र परिवारको खुशीका खातिर पलायन भइदिँऊ उतैतिर । तर उठाइसकेको पाइला रोकिदिन्थ्यो र, मनले भन्थ्योे सुस्तरी ‘यहाँ भ्याकुम छ,यही गर्न सकिन्छ धेरै ।’
नेपाली सेनाले रोर्वट खरिद नेपाल आर्मीसँग भएको वम डिस्पोजल रोर्वट बोक्न ६ जना मान्छे चाहिन्छ । एउटा गाडी पनि चाहिन्छ । तर दुर्गम स्थानमा लैजान सकिदैन । सेनाले चलाउदै आएको रोर्वटको मूल्य १ करोड ६० लाख भन्दा माथिको हो । त्यसमाथी निकै वजनदार । सुनिए अनुसार सेनासँग ३२ वटा रोर्वट छ । सञ्चालनमा रहेको रोर्वटको संख्या ११ वटा मात्र । कारण हो विग्रिएका उपकरण बनाउने प्राविधिक जनशक्ति हामीसँग छैनन् । प्राविधिक विदेशबाटै ल्याउनुपर्दा मंहगो पर्दछ । नेपाली सेना आफैं स्वदेशी उपकरण प्रयोग गरी रोर्वट बनाउन चाहन्थ्यो । ताकि त्यस्तो रार्वट विग्रिएमा हामी आफैं बनाउन सक्षम हाऔं ।
१२÷१० को सानो कोठामा जहाँ उनी आफ्नो अधिंकाश समय अनुसन्धान गर्नमै बिताउछन त्यही कोठामा आफ्नो दुखको पन्तुरो खोले ‘ वीचमा फस्ट्रेसन जस्तो पनि भयो । मेरो सपना थियो नेपाली सेनाको स्थापना दिवसको दिन सैनिक मञ्च टुडिखेलमा वेलायतका रोर्वट गुडाइन्थ्यो । त्यहाँ नेपाली रोर्वट गुडोस उनको चाहना थियो । कतिपयले भन्थे यो तेरो सपना हो,जो कहिल्यै पूरा हुँदैन । केहीले ‘हावा’ भनेर उडाए ।
रोर्वट बनाउनु अगाडि ७ वटा असफलताको सामना गर्नुर्दा उनलाई लाग्थ्यो, अव सिद्धियो÷डुव्यो पैसा, गयो लगानी । गर्दैजाँदा सेनाका प्राविधिक आएर एकथरी बना भन्ने,मेजर आएर के बनाएको हो यस्तो भन्ने गर्दथे ।
२ वर्षका लामो अनुसन्धान बाट तयार भएको रार्वट हो त्यो । त्यसमै अनुसन्धान गर्दागर्दै मित्र यज्ञको क्यानडाको भीषा लाग्यो,उनी उता लाग्यो । हामी झण्झटमा प¥र्यौ । क्यानडा जाने कि रोर्वट बनाउने ? अथक प्रयास पछाडि रोर्वट बन्यो । नेपाली सेनाले रार्वट प्रतिष्पर्धाको आयोजना ग¥र्यो । झण्डै १४ प्रतिष्पर्धीलाई पछि पार्दै उनकै समूहद्धारा बनाइएको वम डिस्पोजल रोर्वट प्रथम हुन पुग्यो । र ६ लाख ९५ हजार रुपैंयामा उक्त रोर्वट सेनाले खरिद गरेसँगै उनको मनमा लागेको छ ‘अव नेपालमै केही गर्न सकिन्छ ।’ काठमाडौं आएको लगभग १० वर्ष पूरा भयो । आफ्नै संसार छ उनको ,कहाँ फिल्म हल छ,कहाँ मनोरञ्जन गर्न पाइन्छ यस्को केही हेक्का छैन । उनको ख्यालमा छ कुन सामान कहाँ किन्न पाइन्छ र त्यस्को मूल्य कति पर्दछ ? कतिसम्म भने एडभान्स सफ्टवेयर बजारमा आएको चाल पाए भने त्यस्ता सामान विदेशबाटै तुरुन्तै मगाई हाल्छन र त्यसकै अनुसन्धानमा जम्छन । दिन रात केहीको पत्तो हुँदैन ।
रोर्बटिक्स सपना रोर्वटिक्समा नेपालको नाम राख्न चाहन्छन उनी । अमेरिकामा चार महिना पछाडि आयोजना हुने रोर्वटिक्स प्रतिष्पर्धामा जीतेरै आउने र नेपालको नाम राख्ने उनको प्रण छ । जहाँ अघिल्लो वर्ष पराजयको सामना गर्नु परेको थियो । भन्छन‘यस पटक हाम्रो टिम बलियो भएको छ,त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएरै आउने योजना छ ।’ अघिल्लो पटकको प्रतिष्पर्धामा ४० वटा देशले भाग लिएका थिए । १५ एलवीको रोर्वट बनाएका ६ केजी भर्सेस १५ को रोर्वट बन्न पुग्यो । ५० हर्जको इलेक्ट्रीसिटि हाम्रो उनीहरुको १ सय ५० हर्जको बनाएका थिए । अमेरिकामा पुगी रोर्वटिक्समा नाम राखेरै छोड्ने छु ।’ उनले आफ्नो अठोठ सुनाए ।
इखले दिएको जीत भनिन्छ, इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । उनी पुल्चोकमा रहेको रोर्वटिक्स क्लवमा जोडिन खोजे । तर उनलाई उपेक्षा गरियो । मनको एउटा कुनामा नराम्रोसँग विझ्यो त्यो उपेक्षा । उनको सबैभन्दा ठूलो दुश्मन नै रार्वटिक्स हुन पुग्यो । तर हिजो पुल्चोकको रोर्वटिक्सले गरेको व्यवहारकै कारण ४ वटा प्रतिष्पर्धामा रोर्वटिक्स क्लवलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाही हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोर्वटिक्स प्रतिष्पर्धामा समेत उनले रोवटिक्स क्लवलाई हराउदै आफू प्रथम भएका थिए । यही रोर्वटमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन । नेपाली सेनाले रोर्वटिक्स खरिद नगरेको भए उनले पनि सोचेका थिए ‘अव यहाँ बसेर केही हुनेवाला छैन तर रोर्वटिक्स खरिद सँगै उनमा एक प्रकारको जोश वढेको छ । भन्छन‘ यो भूँइमा खसेको एउटा पेच,एउटा नट सबैमा पैसा परेको छ । यीनलाई छाडेर म विदेशिन कहाँ सक्छु÷सक्दिन ।’
हर सासमा रोबट उनको प्रत्येक सासमा रोर्वट छ । खाँदा,बस्दा,सोच्दा हरपल,हरक्षण ‘रोर्वट’सोच्छन । भन्छन ‘अधिकांश देशमा रक्षा मन्त्रालय पछाडि विज्ञान तथा प्रविधि मन्त्रालय मानिन्छ तर हामी कहाँ सबैभन्दा हेला गरिने मन्त्रालयमा पर्दछ । सरकारले गरोस नगरोस म आफ्नै खर्चले भए पनि एक दिन नेपालमा रोर्वटिक्स प्रतिष्पर्धा गराएरै छाड्छु । ’
उनको मनमा कहिँलेकाँही खड्किन्छ पनि हाम्रा प्लस टु अर्थात कलेजहरुले वनभोजका नाममा टुरका नाममा पचासौ हजार खर्चेर विद्यार्थीको पैसा वालुवामा उडाइन्छ,त्यस्को सट्टा कलेजले त्यस्तो फाल्तु रकम अनुसन्धानमा खर्चन विद्यार्थीलाई मद्धत गर्ने हो भने सहजै कलेजको प्रमोसन पनि हुन्थ्यो कि ?
निरन्तर विज्ञान र प्रविधिको विकासका निम्ती कटिवद्ध छन उनी । आफ्ना जीवनका उर्जामय २७ बसन्तका धेरै कालखण्ड विज्ञान र प्रविधिको विकासमा समर्पीत गरेका छन । वैज्ञानिक वन्ने सपना सजाएका छन् मनभरी । कहिलेकाँही राम्रो काम गर्दा गर्दै अरुबाट नराम्रो कमेन्ट आँउदा लाग्दथ्यो गल्ती देशको होइन, यहीँका केही मान्छेको हो । अब चाँही लाग्छ म यही देशमा टिक्छु ।’
र अन्त्यमा… यस्ता प्रतिभालाई विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्ट जस्ता अनुसन्धानमुलक संस्था र नेपाली सेना, नेपाल प्रहरी जस्ता निकायले बेलैमा चिन्न सकेन र मातृभूमीलाई सराप्दै विदेश पलायन हुनु पर्ने अवस्था आयो भने राज्यका लागि यो जस्तो ठूलो दुर्भाग्य अरु केही हुनेछैन ।
हामी तपाइँको प्राथमिकताहरु र दोहोर्याइएको भ्रमणहरू सम्झेर तपाइँलाई सबैभन्दा सान्दर्भिक अनुभव दिन हाम्रो वेबसाइटमा कुकीहरू प्रयोग गर्दछौं। "सबै स्वीकार गर्नुहोस्" मा क्लिक गरेर, तपाइँ सबै कुकीहरू प्रयोग गर्न सहमत हुनुहुन्छ। यद्यपि, तपाइँ एक नियन्त्रित सहमति प्रदान गर्न "कुकी सेटिङहरू" मा जान सक्नुहुन्छ।
This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
कार्यात्मक कुकीहरूले सामाजिक मिडिया प्लेटफर्महरूमा वेबसाइटको सामग्री साझा गर्ने, प्रतिक्रियाहरू सङ्कलन गर्न, र अन्य तेस्रो-पक्ष सुविधाहरू जस्ता निश्चित कार्यहरू गर्न मद्दत गर्दछ।
प्रदर्शन कुकीहरू वेबसाइटको मुख्य कार्यसम्पादन अनुक्रमणिकाहरू बुझ्न र विश्लेषण गर्न प्रयोग गरिन्छ जसले आगन्तुकहरूको लागि राम्रो प्रयोगकर्ता अनुभव प्रदान गर्न मद्दत गर्दछ।
आगन्तुकहरूले वेबसाइटसँग कसरी अन्तरक्रिया गर्छन् भनेर बुझ्न विश्लेषणात्मक कुकीहरू प्रयोग गरिन्छ। यी कुकीहरूले आगन्तुकहरूको संख्या, बाउन्स दर, ट्राफिक स्रोत, आदि मेट्रिक्समा जानकारी प्रदान गर्न मद्दत गर्दछ।
विज्ञापन कुकीहरू आगन्तुकहरूलाई सान्दर्भिक विज्ञापनहरू प्रदान गर्न प्रयोग गरिन्छ। यी कुकीहरूले वेबसाइटहरूमा आगन्तुकहरूलाई ट्र्याक गर्छन् र अनुकूलित विज्ञापनहरू प्रदान गर्न जानकारी सङ्कलन गर्छन्।
वेबसाइटलाई राम्ररी काम गर्नका लागि आवश्यक कुकीहरू एकदमै आवश्यक छन्। यी कुकीहरूले वेबसाइटको आधारभूत कार्यक्षमताहरू र सुरक्षा सुविधाहरू सुनिश्चित गर्छन्, गुमनाम रूपमा।
Leave a Reply