नेपालमै ‘इन्जिनियरिङ जियोलजी’

tc_revo

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले नेपालमै इन्जिनियरिङ जियोलजीमा पठनपाठन सुरुवात गरेको छ । स्नातकोत्तर तहमा पढाईहुने उक्त विषय भूगर्भ विज्ञानमा विएस्सी गरेका विद्यार्थीले अध्ययन गर्न पाउने त्रिवि विज्ञान तथा प्रविधि संकाय डीन कार्यालयले जनाएको छ ।

भूर्गभविद्हरुका अनुसार यो विषय अध्ययन गरेपश्चात् सुरुङमार्ग जलविद्युतु बाटोघाटो निमार्ण, प्लानिङ र भौतिक संरचना निर्माण भूक्षय र वाढीपहिरोको प्रकोप रोकथाम गर्न तथा रेल वे सर्भेका लागि आवश्यक जनशक्ति तयार हुनेछ । त्यस्तै, सिभिल इन्जिनियरिङ र भौगर्भिक अवस्थाका बारेमा संयोजन गरी पढाई हुने यस विषयको महत्व भएको भूर्गभविद्हरुको छ ।

नेपालमा ‘जलविधुत र सुरुङमार्ग निमार्ण गर्न जनशक्तिको अभाव देखिएपछि नेपालमा इन्जिनियरिङ जियोलजीमा पठन÷पाठन सुरु गरेको’ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन चिरिकशोभा ताम्राकारले बताइन ।

‘त्रिविले पाँचवर्ष अघि नै यो प्रक्रिया सुरु गर्ने भनिएपनि सिभिल इन्जिनियरिङ र भूगर्भ विज्ञानमा स्नातक गरेकाले मात्र पढ्न पाइने त्रुटी सच्याइएपछि सुरु गरिएको उनले जानकारी गराइन । तर ढिलै भएपनि भूगर्भ विज्ञानमा स्नातक गरेको विद्यार्थीहरुले पढ्न पाँउदा स्वदेशमै जनशक्ती उत्पादन तथा खपत हुने त्रिवि विज्ञान संकायका डीनको भनाई छ ।

त्रिविको आन्तरिक स्रोत र विद्यार्थीहरुको शुल्कबाट संञ्चालन गरिने इन्जिनियरिङ जियोलजी विश्वका अन्य मुलुकका पठन पाठन सरह विषयगत ज्ञान र प्रयोगात्मक शिक्षा दिइनेछ । यो पहिलो चरणको कार्यक्रम भएकोले त्रिवि केन्द्रीय भूगर्भ विभाग कीर्तिपुर र त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा २४÷२४ जनाको कोटा निर्धारण गरी पढाइनेछ । ४ सेमेस्टरमा सकिने यो विषय पढ्न एक सेमेस्टरको लागि ६० हजारको हाराहरीमा शुल्क लाग्ने त्रिवि केन्द्रीय भूगर्भ विभागका कार्यक्रम संयोजनक डक्टर रञ्जनकुमार दाहाल बताउँछन्। भन्छन् ‘अहिलेसम्म नेपालमा भू–विज्ञान पढेकाहरुलाई ट्रेनिङ गराएर आवश्यक जनशक्तिको परिपूर्ती गर्दै आएकोमा, अव त्यस्तो नहोस भनेर आफूहरुले पहल गरेको हो ।’
डक्टर रञ्जनकुमार दाहालका अनुसार सिभिल इन्जिनियरिङमा भू–विज्ञानको महत्वका बारेमा जान्नुपर्ने हुन्छ, त्यो नेपालमा हुन सकेको थिएन । तर यो विषयको अध्यापन सुरुवात गरेर देशलाई नै पmाइदा हुने उनले प्रस्ट पारे ।

छिमेकी देश भारत र चीनलगायतका देशहरुमा दशकौं पहिले अध्ययन÷अध्यापन गराएर आवश्यक जनशक्ति तयार पारेपनि नेपालमा त्यसो हुन सकेको थिएन भन्छन्, ‘त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्राध्यापक डक्टर तारानीधि भट्टराई । उनका अनुसार, ‘घर बनाउन वा बस्तीबसाल्न पूर्व इन्जिनियरिङ जियोलजी पढेका मानिसले त्यहाँको बस्तु अवस्था बताउन सक्ने भएकोले नेपालमा इन्जिनियरिङ जियोलजिस्ट चाहिन्छ ।
नेपालको भौगोलिक अवस्थाका कारण सुरुङमार्ग निर्माण तथा जलविद्युत उत्पादनका लागि अति आवश्यक पर्ने यस्ता जनशक्ति देशमै उत्पादन हुनसके देश विकासमा टेवा पुग्ने भूर्गभविद्हरु आशावादी देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×