राजधानीमा १५० पानी रकेट प्रक्षेपण गरीने

Source: .wikipedia.org

काठमाडौं। यही साउन २९ गते ‘नेशनल वाटर रकेट’ प्रतियोगिता राजधानीमा हुने भएको छ। द सेलिब्रेसन कोएड् स्कुल र नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्रको आयोजना हुने प्रतिष्पर्धामा २५/३० वटासरकारी र निजी विद्यालयले प्रतिस्पर्धा गर्ने संयोजक सागर दाहलले बताए।

प्रतियोगितामा ७,८ र  ९ कक्षा सम्ममा विद्यार्थीप्रतिस्पर्धामा भाग लिने र त्यसमध्येवाट उत्कृष्ट १० जना विद्यार्थीलाई पुरस्कृत गरीने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक दाहालको अनुसार उकृष्टमा पर्नको लागि ८० मिटरभन्दा बढी अर्थात् तोकिएको बाउन्ड्री भित्र रकेटले छुन पर्नेछ । 

उत्कृष्टमा पर्ने ६ विद्यार्थीले नोभेम्बरको दोस्रो हप्ता फिलिफिन्सको मनिलामा हुन लागेको अन्तर्राष्ट्रिय वाटर रकेट प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ।

सो कार्यक्रममा मोहन तामाङको ग्रुपले तयार पारेको ‘क्यान स्याटेलाईट’ पनि प्रदर्शनको तयारी गरीरहेको आयोजकले जनाएको छ।स्याटेलाईट अर्थात भूउपग्रहको पोजिशन, चाप, देशान्तर, अक्षांशको दिशा निर्देशन तथा हावामा कार्वनडाइअक्साइडको मात्रा कति छ भनेर समेत निर्धारण गर्ने बताइएको छ ।

कार्यक्रम अवधिभर १५० ओटा वाटर रकेट प्रक्षेपण गरिने संयोजक सागर दाहालले बताएको छ।