2025-06-29

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

चीन र भारत दुई/दुई स्वर्ण प्राप्त गरे भने थाइल्याण्ड, बुलगेरिया, क्यानाडा चेकरिपब्लिक प्रयेकले एक स्वर्ण प्राप्त गरेका छन् ।

काठमाडौँ ।  तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर सम्पन्न भएको छ। असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन भएको खगोलीय ओलम्पियाडमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका थिए ।

यस खगोल भौतिक ओलम्पियाड-जुनियर विधामा विद्यार्थीहरूसँग सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिएको थियो । सोही परीक्षाको नतिजा आधारमा ८ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ  गरी उनन्सत्तरी पदक विद्यार्थीहरूले प्राप्त गरेका छन् ।

पदक तालिका
देश         स्वर्णकास्यरजतमानार्थ
भारत२    १    ०    
चीन   २ ३    
थाइल्याण्ण      १    ३    
बुलगेरिया        
चेकरिपब्लिक १०    
क्यानाडा
रोमानिया
ग्रीस
बाङ्लादेश
युक्रेन 
मलेशिया   ०    १    ०    
इटाली       ०    ०    १    
युएई        ०    ०    १    
कोलम्बिया   ०    ०    १    
श्रीलङ्का     ०    ०    
लिथोनिया      ०    ०    
स्वीडेन    ०    ०    
स्टोनिया    ०    ०    
जम्मा१३२१२८
स्रोत: नासो

दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन र भारत रहेका छन् भने बुल्गेरिया,थाइल्याण्ड, क्यानाडा र चेकरिपब्लिकले प्रत्येकले एक स्वर्ण प्राप्त गरेका छन् । सैद्धान्तिक परीक्षामा चेकरिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेउरी’ अन्तर्गत स्वर्ण प्राप्त गरेका हुन् । त्यस्तै, प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश सामाजिक मन्त्रालयका मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले नेपालमा ओलम्पियाड कार्यक्रम गर्ने र गराउने सवालमा नीतिगत नियम बनाउन पहल गर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक विकासका लागि नेपालमा खगोलीय विज्ञान मात्र नभई पर्‍यावरण तथा नविनतम् प्रविधिको विकास र त्यसको प्रवर्द्धनका निमित्त थप काम गरिनेछ ।’

नेपालमा खगोलीय अनुसन्धान तथा विकासका लागि सहकार्य गर्ने वातावरण तयार गरिनेछ, मन्त्री खड्कीले भनिन्, ‘पछिल्लो सताव्दीमा हाम्रा सम्पदा, कला-संस्कृति, प्राचीन प्रविधि तथा खगोलीय ज्ञानको दायरा फराकिलो हुन सकेन।’ त्यसका लागि थप काम गर्ने वातावरण बनाउन पहले गर्ने उनले भनिन् ।

नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले भने, ‘नेपाल एउटा ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हो । त्यसकारण हामीले सगरमाथाको उचाई जस्तै जीवनका लक्ष्य निर्धारण गर्नु पर्ने उनले विद्यार्थीहरुलाई हौस्याए ।

नेपाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले उपस्थित यस प्रकारको ओलिप्याडले नेपालमा मात्र नभई विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए । आइओएए जुनियरका सह-अध्यक्षसमेत रहेको भट्टराईले भने, ‘तपाईंहरुको सक्रिय सहभागितले रोमानिया,  ग्रीसहुँदै नेपालमा पनि ओलम्पियाड-जुनियर गर्न सफल भएको हो ।’

‘नेपालमा तपाईंहको बसाईं सुखद रहयो भन्ने मैले विश्वास लिएको छु,’ आइओएए जुनियरका सह-अध्यक्ष मनिषा द्वाले भनिन्, ‘तपाईंहरुले हामीलाई विश्वास गरेर पहिलो पटक नेपाल आउनु भयो, त्यसका लागि विशेष आभार छ।’

वि.सं. २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र हो। यस ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो ।

‘ओलम्पियाड-जुनियर’ मा बांग्लादेश, बुलगेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रिस, भारत, इटाली, लिथोनिया, मलेशिया, नेपाल, रोमानिया, श्रीलंका, स्वीडेन, थाइल्यान्ड, युक्रेन र युएइ देशका विद्यार्थी तथा टिम लिडर (शिक्षक) सहित १५० सहभागी भएका थिए ।

त्यस्तै, नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आइरहेको छ। यस ‘सिनियर विधा’मा १६ वर्षदेखि  २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका सहभागी हुनेछन्।

राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आइरहेको छ। यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् ।

नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड हालसम्म १८ वटा पदक प्राप्त गरेका छन् ।

प्रकाशित

समाचार

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

सर्नले  स्लोभेनियालाई २५ औं सदस्य राष्ट्रका रूपमा स्वागत गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

सर्नले  स्लोभेनियालाई २५ औं सदस्य राष्ट्रका रूपमा स्वागत गरे

×