ड्यानिल सेफ्टमेन नेपालमा

काठमाण्डौं । सन् २०११को रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन यतिखेर नेपालमा छन् । उनी १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन‚ ‘आइसीक्यू–१३’ कालागी नेपाल आएका हुन् । उनले क्वाजीक्रिस्टल पत्ता लगाएबापत नोबल पुरस्कार जितेका थिए।

‘क्वाजीक्रिस्टल’ अर्थात विशेष किसिमको ठोस पदार्थ तीनवर्षयतादेखि अहिलेसम्म काम गरिरहेका विश्वभरका करीब १ सय ५० वैज्ञानिकहरुको उपस्थित हुने आयोजकले जनाएको छ। आजवाट ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका भौतिकशास्त्री‚ रसायनशास्त्री‚ पदार्थविज्ञान र गणितमा काम गरिरेका वैज्ञानिकहरुको उपस्थिति भएको आयोजकले जनाएका छन्। 

६ दिनसम्म चल्ने सम्मेलनमा भविष्यमा क्वाजीक्रिस्टलको क्षेत्रमा गर्ने कामको पहिचान पनि यसै सम्मेलनबाट थाहा हुने बताइएको छ।  ‘स्वदेशी तथा विदेशी नेपाली वैज्ञानिकहरुले कम्तिमा तीन वर्ष भित्र पदार्थ विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने वातावरण वनाउन लागी परेको डक्टर शर्माले बताए ।

ड्यानिल सेफ्टमेन को हुन्

अंग्रेजी महिनाको जनवरी २४,  १९४१ मा इजरायलमा जन्मेका हुन उनी । उनीसँग पदार्थ विज्ञानमा काम गरेको लामो अनुभव छ । ‘इजरायल इन्च्टिट्यूट अफ् टेक्नोलजी’, ‘युएस डिपार्टमेन्ट अफ् इनर्जी एम्स ल्यावरोटरी’ र ‘लोवा स्टेट युर्निभर्सिटि’का प्रोफेसर हुन उनी ।

सन् २०११ मा उनलाई क्वfजीक्रिस्टल पर्ता लगाए बापत नोबल पुरस्कार दिएका थिए। उनी इजरायली भूमीबाट रसायनशास्त्रमा नोबल पुरस्कार पाउने छैठौं व्यक्ति हुन् । उनले विशिष्ट प्रकारको पदार्थ विज्ञान क्वाजीक्रिस्टलमा काम गरेर नयाँ ढोका खोलेका थिए। नोबल पुरस्कार पाउनु भन्दा अगाडि उनी ‘इन्टरनेशनल अवार्ड फर मटेरियल साइन्स’‚ ‘वल्फ प्राइज इन फिजिक्स’, ‘वाइजमेन साइन्स अवार्ड’जस्ता अवार्डबाट सम्मानित भएका थिए ।

नोबल लेक्चर सुन्न यहाँ क्लिक गर्नुहोस् ।