2025-08-07

सिन्धुली र अछाममा हाइब्रिड उर्जा

वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले स्थानीय स्तरमै बिजुलीको पहुँच पु¥याउँन समुदायसँग मिलेर काम गर्दै आएको छ ।

स्रोतः एइपिसी
स्रोतः एइपिसी

रिभोसाइन्स संवाददाता
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले सौर्य तथा हावाबाट सिन्धुली र अछाम जिल्लाका दुई स्थानमा समुदायसँग मिलेर नवीकरणीय उर्जा निकाल्न लागिएको जनाएको छ । यसअघि मकवानपुर, फापरबारीको नमुना आयोजना सफल केन्द्रीय विद्युतीय प्रसारण लाइनभन्दा टाढा रहेको बस्तीका लागि लक्षित गरी ३० किलोवाट क्षमताको उर्जा उत्पादन गरिने भएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले करिब एक वर्षको अध्ययनपछि ३० किलोवाट क्षमताको हावा र सौर्य शक्ति संयोजनबाट नवीकरणीय उर्जा निकाल्न लागिएको बताए । ‘सौर्य तथा हावाको हाइब्रिड मोडलमा आधारित माइक्रो युटिलिटी मोडल ( समुदायमा आधारित साना जलविद्युत आयोजना रुपमा विकसित) मा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित नमुना आयोजना सञ्चालन गर्न लागिएको छ,’ निर्देशक धितालले भने ।

हाल कूल उर्जाको १६ प्रतिशत नवीकरणीय उर्जा, सौर्य‚ हावा तथा लघुजलविद्युत आयोजनाबाट परिपूर्ति गरिरहेको अधिकारीहरू बताउँछन् ।’ ठूला तथा मझौला जलविद्युत आयोजनाको दाँजोमा यस्ता परियोजना सस्तो तथा कम समयमा निर्माण गर्न सकिने भएकोले स्थानीय समुदाय र सरकारको संयुक्त प्रयासमा साना विद्युत प्राधिकरणको रूपमा विकास गर्न लागिएको हो ।

मकवानपुरको फापरबारीमा ३० किलोवाट क्षमताको लाइन गत वर्ष जडान गरी सञ्चालनमा आइसकेको छ । त्यस्तै, जुम्लाको तातोपानीमा केही महिनापछि सञ्चालन हुँदैछ । केन्द्रीय विद्युतीय लाइनको पहुँच नभएको स्थान तथा हावाको वेग तीव्र भएको ठाउँमा बिजुली निकालिनेछ । त्यस्ता ठाउँमा घाम पनि प्रशस्तै लाग्छ भने हाइव्रिड टाइपको नवीकरणीय उर्जा उत्पादन गर्न सकिन्छ । यो योजनाका लागि भनेर एसियाली विकास बैंकले ८० प्रतिशत अनुदान दिएको छ । २० प्रतिशत रकम चाहिँ समुदायले जुटाउनुपर्छ ।

तर, उजाविद् अमृत नकर्मीले हावाबाटभन्दा घामबाट बिजुली उत्पादन गर्दा सस्तो हुने बताउँछन् । उनी भन्छन्,‘नेपालको भौगोलिक कठिनाइले गर्दा वायु उर्जाभन्दा सौर्य उर्जालाई बढी प्राथमिकता राख्नुपर्छ । उनका अनुसार नेपालको सबै ठाँउमा हावाको गति समान्तर छैन र विकट ठाउँमा वायु पंखा लैजान तथा मर्मत गर्न महँगो हुन्छ । ‘यदि यातायातको सुविधा भएमा तथा ठूला आयोजना बनाएर केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्न सके सस्तो पर्ने देखिन्छ,’ उर्जाविद् नकर्मी भन्छन् ।

तर वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रकै इन्जिनियर सन्तोष राईले घाम र हावाको शक्तिको प्रयोग गरी बिजुली निकाल्दा प्रभावकारी हुने तर्क गर्छन् । उनी भन्छन्‚ ‘अहिले अछामको कमलबजारमा जडान गर्न लागिएको आयोजनाबाट उत्पादित २ सय वाट शक्ति उपभोग गरेबापत प्रति युनिट १५ रुपैयाँ पर्ने देखिएको छ । यदि ब्याट्री ब्याकअप राख्न नपर्ने अवस्था आएमा त्योभन्दा सस्तो हुन्छ ।’

पछिल्लो समय सौर्य र हावाबाट विजुली उत्पादन गर्दा प्रति युनिट बिजुलीको महसुल उस्तै पर्न आउँछ,’ राई भन्छन्, ‘ठूला खालका आयोजना निर्माण गर्न सकेमा हावा सस्तो हुन्छ ।’ विदेशतिर मेगावाट स्केलमा निर्माण हुन्छ तर हामीले ५ र १० किलोवाटको हावा र सौर्य ऊर्जाबाट निर्माण गर्दा केही महँगो पर्ने देखिएको छ ।

अहिलेका यी परियोजनाले सफलता पाएपछि कर्णालीको चिसापानी‚ बझाङलगायत १३–१४ वटा क्षेत्रमा सम्भाव्यता अध्ययन गरिने एइपिसीका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । हावाको वेग बढी पाइएको क्षेत्रमा ठूला आयोजना लैजानका लागि सम्भाव्याता अध्ययन गरेको धितालले जानकारी दिए ।

सौर्य, हावा तथा साना जलविद्युत आयोजना थप्ने तर त्यसबाट उत्पादित बिजुली केन्द्रीय विद्युतीय प्रसारण लाइनमा संयोजनको व्यवस्था नगर्ने हो भने त्यसबाट बढी भएको उर्जा कही काम नलाग्ने उर्जाविद्हरूको भनाइ छ ।

मा अद्यावधिक गरिएको

समाचार

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

फोर्थिङ ब्राण्डका  ‘फ्राइडे इभी’  नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक

फक्सवागनका पावरफुल मोडल ‘भट्रस र टाईगुन’ नाइमा एक्स्पोमा सार्वजनिक

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

फोर्थिङ ब्राण्डका  ‘फ्राइडे इभी’  नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक

फक्सवागनका पावरफुल मोडल ‘भट्रस र टाईगुन’ नाइमा एक्स्पोमा सार्वजनिक

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

×