काठमाडौंमा भूगर्भशास्त्रीहरुको सम्मेलन

काठमाण्डु । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल भौगर्भिक समाजको ‘८ औं भौगर्भिक सम्मेलन’ उद्घाटन गरेका छन्।

‘राष्ट्र विकास तथा विपत व्यवस्थापनमा भूविज्ञान’ भन्ने मुल नारा दिएको उक्त सम्मेलनको आयोजना प्रत्येक दुई वर्षमा हुने आयोजकले जनाएको छ।

सम्मेलनको उद्धघाटन् गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले भने, ‘भौगर्भिक जोखिम बढीरहेको अवस्थामा सम्मेलनबाट विपतको व्यवस्थापन गर्न मद्दत मिल्ने खालका उपाय खोज्नुहोस् । जुन भूकम्पपछिको पुर्ननिर्माणलाई सहयोग हुनेछ। 

‘भौगर्भिक जटिलताले जलविद्युत निर्माणमा परेका समस्या समाधान गर्ने खालका अध्ययन/अनुसन्धान भविष्यमा गर्नेमा आफू आसावादी रहेको उपप्रधान तथा गृहमन्त्री निधिले उल्लेख गरें ।  

जपानका भूगर्भविद् प्राध्यापक हिरोसी सातोले, ‘सन् १९८० देखि केही वर्ष नेपालमै बसेर भौगर्भिक अनुसन्धान गर्दाको अनुभव सुनाए। उनले त्यसबेला भौगर्भिक अनुसन्धान गर्न उपत्यका बाहिर होटल तथा लड्जको बेबस्था नभएकोले आफूले प्रयोगात्मक अध्ययन भ्रमणमा जाँदा विद्यार्थीहरु बस्न मिल्ने भवन निर्माणमा आर्थिक सहयोग गरेको बताए ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख सुशील ज्ञवालीले, ‘पोहर सालको ७.८ म्याग्नीच्यूटको भूकम्पले मानब लगायत विभिन्न किसिमका संरचना नोक्सान भएको स्मरण गराउँदैभूकम्पपछि पुर्ननिर्माण गर्ने स्थानको अवस्थाका बारेमा पूर्णजानकारी दिने खालका अनुसन्धान गर्न आग्रह गरें ।‘अहिले नेपालको ‘भौगर्भिक नक्सा’ नभएकोले पुर्ननिर्माणमा समस्या देखिएको छ’, उनले भने ।  

नेपाल भौगर्भिक समाजका अध्यक्ष तथा भूगर्भविद् प्राध्यापक डन्डपाणी अधिकारीले कार्यक्रमको संयोजन तथा महत्वको बारेमा प्रकाश पारेका थिए।

काठमाडौंमा आजदेखि तीनदिन सम्म चल्ने उक्त सम्मेलनमा नेपाल, जपान, फ्रान्स, चीन र भारतलगायत विभिन्न २१ देशको भूगर्भविद्हरु भेला भएको समाजका सदस्य दिलेन्द्रराज पाठकले बताएका छन् ।