नतिजा प्रकाशित

‘चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७को पहिलो चरणको नतिजा सार्वजनिक गरेका छन्। चैत्र १२ गते काठमाडौँ, इटहरी, चितवन, पोखरा र बुटवलमा परिक्षा संचालन गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

छनोट परिक्षामा सहभागी विद्यार्थीहरुमध्ये ५० वा सो भन्दा बढी प्राप्ताङ्क ल्याउने ३७ जना विद्यार्थीलाई दोश्रो चरण अर्थात् पुर्व- बन्द शिबिरको लागि छनौट गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। उनले तेस्रो चरणकोलागि बन्द शिबिरबाट उत्कृष्ट पांच विद्यार्थीको छनोट गरिने बताए।

‘राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड- नेपाल’ एक शैक्षिक प्रतियोगिताले स्वदेश वा विदेशमा रहेका कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालय कार्यक्रममा भर्ना नभएका २० वर्ष भन्दा मुनिका नेपाली नागरिकले सहभागिता जनाउन सक्ने सोसाइटीको अध्यक्षले बताएका छन्।