आज वेलुकी देखिने खण्डग्रास चन्द्र ग्रहण अवलोकन गर्ने व्यवस्था मिलाएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोले जनाएको छ।
चन्द्रोदय साँझ ६ बजेर ३३ मिनेट भएपनि अधिकता खण्डग्रास चन्द्र ग्रहण रातिको १२ बजेर ५ मिनेट जाँदा देखिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।
नासोको अध्यक्ष भट्टराईका अनुसार यस बर्ष दुईवटा खण्डग्रास चन्द्र ग्रहण देखिनेछ । यसपछिको अर्को खग्रास चन्द्रग्रहण माघ १७ गते देख्न सकिनेछ ।
आज नेपालमा चन्द्रोदय साँझ ६:३३ बजे र चन्द्रास्त भोलिपल्ट ४:५३ हुने भएकाले मौसमले साथ दिएमा खण्डग्रास चन्द्रग्रहण प्रष्ट रुपले हेर्न सकिने बताइएको छ ।
सर्वसाधारणको लागि चन्द्र ग्रहण अवलोकन गर्ने व्यवस्था गौशालास्थित अङ्कुर विद्याश्रममा गरिएको अध्यक्ष भट्टराईले बताए ।
चन्द्र ग्रहण कसरी हुन्छ ॽ
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ। यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ।
चन्द्रमाको आफ्नो प्रकाश नभपएका कारण पृथ्वीको उक्त छाँयाले चन्द्रमा छेकिन्छ, जसलाई नै चन्द्रग्रहण भनिन्छ।
सूर्य, पृथ्वी र चन्द्रमा पुर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ।
त्यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ। यी दुई बिन्दुहरुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ।
चन्द्रग्रहण देखिने विस्तृत समय विवरण:
अवस्था | नेपाली समय (*भोलिपल्ट) |
विरल छायाँमा प्रवेश | ०९:३५ |
खण्डग्रास ग्रहण शुरु (सघन छायाँमा प्रवेश) | ११:०७ |
अधिकतम खण्डग्रास ग्रहण | १२:०५* |
खण्डग्रास ग्रहण अन्त्य (सघन छायाँबाट बाहिरिने) | ०१:०३* |
विरल छायाँबाट बाहिरिने | ०२:३५* |
Leave a Reply