गुणस्तरीय इन्जिनियर उत्पादन गरिरहेका छौ

प्राध्यापक इ. टीकाबहादुर गलामी प्रिन्सिपल, नेशनल कलेज अफ् इन्जिनियरिङ

ललितपुर जिल्लाको ताल्चिखेलमा अवस्थित नेशनल कलेज अफ इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक तथा कम्युनिकेशन इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विंस. २०५८ स्थापना भएको कलेजले विसं २०६६बाट आफ्नै जग्गा तथा भवनमा संञ्चालित छन् । त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन पेशा अंगालेका प्राध्यापक टिकाबहादुर गलामी प्रिन्सिपल छन् । उनले सिभिल इन्जिनियरिङमा मास्टर्ड डिग्री तथा शिशा शास्त्रमा एमफिलको समेत अध्ययन गरेको बताउँछन् ।

तीन वर्षदेखि पूर्णरुपमा नेशनल कलेजको इन्जिनियरिङमा प्रिन्सिपलको रुपमा कार्यरत छन् । झन्डै ४० वर्षदेखि प्राध्यापन क्षेत्रमा क्रियाशिल भएको नीजि स्तरको कलेजको सेरोफेरोमा रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंशः

नेशनल कलेज अफ् इन्जिनियरिङ कुन उद्देश्यले स्थापना गरेको कलेज हो ?
मुख्य उद्देश्य भनेको इन्जिनियर बनाउने हो । नेपालमा इन्जिनियरको माग अहिले पनि बढ्दो छ । त्यसको परिपुर्ति गर्न इन्जिनियरिङ पढाई हुने कलेकजको स्थापना गरेको हौं । त्रिभुवन विश्वद्यालयबाट सम्वन्धन प्राप्त भएकोले पाठ्यक्रम थप प्रयोगात्मक बनाई विद्यार्थीहरुलाई अध्यापन गराई राखेका छौं ।

सरकारले हामीसँग राम्रो र दक्ष इन्जिनियरको माग गर्नु पर्यो । ५० वर्षपछिसम्मको लक्ष्य राखेर विकासकोलागि चाहिने इन्जिनियरको माग भएमा हामी त्यसतर्फ विद्यार्थीहरुलाई अग्रसर गराउने तर्फ ध्यान दिने छौं । तर त्यस्तो कुरा आइराखेको छैन ।

प्रयोगात्मक शिक्षा कतिको आधुनिक छन् ?
हामीले आधुनिक खालका प्रविधिको प्रयोग गरेका छौं । विद्यार्थीको वौद्धिक विकासकालागि भ्रमणमा लैजाने गरेका छौं । त्रिविको पाठ्यक्रमा समावेश मात्र नभई थप उनीहरुलाई आवश्यक पर्ने सीप तथा ज्ञानको व्यवस्था गरेका छौं ।
विगत के देखियो भने हाम्रा विद्यार्थीहरु ‘पासआउट’ भएर गएपछि विदेशीएपछि त्यहाँ उनीहरुले नयाँ उपकरणमा काम गर्नु पर्यो । तर नेपालमा पुराना उपकरणले प्रयोगात्मक सिकाइने हुन्थ्यो । त्यस्तो नहोस् भन्नकालागि करिब ४० लाख रुपैया खर्चेर इन्जिनियरको प्रयोगशाला मझवुद तथा आवश्यक आधुनिक उपकरणको व्यवस्था गरेका छौ । डिजिटलाइज गरेका छौं । कम्प्यूटर इन्टरफेसको माध्यमबाट प्रयोगात्मक शिक्षा दिदाँ विदेशीने विद्यार्थीहरुलाई बढी फाइदा भएको छ ।

ति बाहेक थप क्षमता अभिवृत्ति हुने खालका काम गर्नु भएको छ ?
त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम सुँहाउँदो काम गर्नु पर्ने हुन्छ । ति बाहेक विद्यार्थीलाई चाहिने कुरा दिने गरेका छौं । जस्तो विद्यार्थीहरुलाई अनुसन्धान गर्न लगाउँछौं । सडक, यातायात तथा इलेक्ट्रोनिक इन्जिनियरिङको क्षेत्रमा उनीहरुले अनुसन्धान गर्ने गर्दछ । थप नयाँ ढंगले कसरी जान सकिन्छ त्यसतर्फ हामीले ध्यान दिएका छौं । त्यसका अलवा समय–समयमा सेमिनार गर्ने गरेका छौं । विज्ञको उपस्थिति गराई मौखिक प्रस्तुति उनीहरुकोलागि सञ्चालन गराउने गर्दछौं ।

ति बाहेक हाम्रा विद्यार्थीहरु रोबक्ट्रिक्स प्रतिस्पर्धामा सहभागी हुने गरेको छ । केहीमा सफल भएका छन् । रोबक्ट्रिस तथा सिभिल इन्जिनियरका विद्यार्थीहरुको छुट्टाछुट्टै क्लब छन् । जसले विभिन्न प्रतिपर्धामा भाग लिने गरेका छन् । पाठ्यक्रमलाई सहयोग हुने खालका सिप सिकाउने गरेका छौं ।

शिक्षकहरुलाई ट्रेनिङको व्यावस्था पनि हुन्छ ?
हामीकहाँ विभिन्न क्षेत्रबाट आएका अनुभवी तथा दक्ष शिक्षकहरु हुनुहुन्छ । तैपनि आधुनिक प्रविधिको आवश्यक ज्ञानको दायरा फराकिलो पार्ने काम हामीले गरेका छौं ।

विद्यार्थीको चाप कतिको छ ?
हामीकहाँ ७५ जिल्लाको प्रतिनिधि हुने गरि विद्यार्थी अध्ययन गर्न आएका छन् । वार्षिक रुपमा २ सय ५० विद्यार्थी लिने गरेका छौं ।

विद्यार्थी उर्तीर्ण प्रतिशत कस्तो छ ?
लगभग ७० प्रतिशतको हाराहारीमा उर्तीण हुन्छन् । सेमिस्टर प्रणालीमा हेर्ने हो भने उर्तीण प्रतिशत केही तलमाथि हुने गरेको छ । यसमा के देखिन्छ भने विद्यार्थीहरु आफ्नै अध्ययन गर्ने योजना हुने हुँदा सत प्रतिशत भएको देखिदैन । सत प्रतिशत हाम्रो हातमा छैन ।

पाठ्यक्रममा ट्रुटीले त्यसो हुन गएको हो ?
त्यसमा दुईवटा कुरा छ । वर्तमान समयमा हामीलाई १५ हप्ता पढाउँन गाह्रो भैरहेको छ । किन भने ६ महिनाको समेस्टरमा दशै तिहार, विद्यार्थीकोलागि रचनात्मक क्रियाकलाप तथा अन्य भैपरी आउने गतिविधि पनि त्यसमानै पर्दछ । सकेसम्म हामीले भरसक विद्यार्थीहरुको वौद्धिक क्षमता विका समा लगानी गर्ने हुन्छ ।

राजनीतिक प्रभाव कतिको पर्दछ ?
०६२÷०६३ जनआन्दलनोपछि इन्जिनियरिङ कलेजमा राजनीति हावी भएको देखिन्छ । पहिलो कुरा, यसो हुनुमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले छिटो कुरा बुझ्छन् । अर्को कुरा छिटो परिचालन हुन्छन् । अन्यत्र आफ्ना राजनीतिक कार्यकर्ता बनाउन समय लागेको देखिन्छ । हाम्रोमा छिट्टै हुन्छ ।

विद्यार्थीहरु पनि कक्षा १२ सकेपछि खुला माहोलमा आउन पाउने भएकोले उनीहरु छिट्टै राजनीतिक प्रभावमा परेको देखिन्छ । उनीहरु ५ महिनादेखि वर्ष्दिनसम्म उनीहरु आफ्नो उद्देश्यवाट विमुख भएको देखिन्छ । त्यसले गर्दा केही विद्यार्थीहरुमा शैक्षिक प्रगतिमा असर पर्ने गरेको छ । ६ महिना वर्ष्दिनमा दुई वटा परिक्षा भैसको त्यस समय पछि विद्यार्थीहरु वल्ल उनीहरुले सही मार्ग समातेको देखिन्छ ।

विद्यार्थीहरुलाई शैक्षिक परामर्श कतिको दिनुुहुन्छ ?
भर्ना समयमा नै हामीले उनीहरुकालागि शैक्षिक परामर्श गर्दछौं । कक्षा १२ सम्म जुन ढंगले पढेर आएको हुन्छ । त्यो इन्जिनियरिङ पढ्न आउँदा ग्याप नहोस् भनेर उनीहरुलाई परामर्श दिने गर्दछौं । इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले समयमा प्राठ्यक्रममा ध्यान दिइएन एकै पटकमा उसले त्यो शिक्षा पुरा गर्न गाह्रो हुन्छ ।

शुल्क निर्धारण कस्तो छ ?
पौने दश लाखको हाराहारीमा पढ्न पाइन्छ ।

छात्रवृत्तिको व्यवस्था के कस्तो छ ?
छात्राहरुकोलागि सुविधाको व्यवस्था गरेका छौं । भूकम्प पिडितलगायत उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं । त्रिविले तोकेको दश प्रतिशत छात्रवृत्ति पनि हुन्छन् । प्रवेश परिक्षाको आधारमा पनि हुन्छन् । कलेज आफैले दिने पनि हुन्छन् ।

औधोगिक क्षेत्रसँग सह–कार्य गरी आफ्ना विद्यार्थीलाई रोजगारीको व्यवस्था गर्नु भएको छ ?
केहीलाई कलेजमा पनि व्यवस्था गरेका छौं । अन्यत्र रोजगारी माग भएको सूचना विद्यार्थीहरुसमक्ष पुर्याकउने गरेका छौं । सहकार्यकालागि प्रयासरत छौं । सिभिल, कम्प्यूटर इन्जिनियरिङमा माग भएअनुरुप काम गरिरहेको छ ।

महङ्गो शुल्क लिनु भएको आरोपको सामना कतिको गर्नु परेको छ ?
कलेजमा अहिले ८ सय विद्यार्थी छन् । त्यसको दश प्रतिशतलाई न्यून शुल्कमा अध्यापन गराइराखेका छौं । त्यसलाई राज्यले कसरी बुझेका छन् त्यो सरकारलाई नै बढी थाहा होला ।

मेडिकल शिक्षामा अधिक शुल्ल लिएर अध्यापन गराइरहेको सन्दर्भमा हाम्रो यो शुल्क खासै महँगो होइन् । किनभने हामीले औसतमा लिने साँढे नौ लाख शुल्क आफैमा महँङ्गो होइन् । हामीले सम्पूर्ण पूर्वाधार, शिक्षकलगायतको व्यवस्था गरेका छौं । शिक्षण पेशामा लागेमा साथीहरुको बचाएको रकम एउटा शैक्षिक जागरणमा लगानी सञ्चालन गरेका हौं कलेज ।

अर्को भनेको विद्यार्थी संगठनबाट कहिलेकाही दवाव आउने कुरा छन् । पछिल्लो समयमा नेपालको इन्जिनियरिङ शिक्षा महङगो भन्छन् । तर भारतमा पढाउन पठाइरहेका हुन्छन् । त्यहाँका कलेजहरु हाम्रा विद्यार्थीहरुलाई ५ लाखमा पढाइदिन्छु भनेर लैजान्छन् । त्यहाँबाट कस्तो शिक्षा लिएर आउँछन् ? नेपालका इन्जिनियरिङ कलेजलाई त्रिवि र इन्जिनियरिङ परिषद् अनुगमन गरिरेहका हुन्छन् । उनीहरुले सुधारका कुरा गरेमा त्यसतर्फ हामीले ध्यान दिएका हुन्छौं । त्यहाँ कसरी सञ्चालन हुन्छ भन्ने कुरा अन्योल देखिन्छ ।

भनेपछि लगानी सुरक्षित गर्न कठिन छ ?
लगानी सुरक्षित गर्न केही कठिन देखिन्छ । संस्थागत विकासमा लागेका छौं । शिक्षकहरुले लगानी गरी सञ्चालन गरिएको कलेज हो । यहाँ हामीलाई पनि शैक्षिक माफियाको दर्जमा दर्ज गरिन्छ ।

नेपालमा विकास सही रुपमा विकास गर्ने हो भने इन्जिनियरहरु प्रयाप्त हुनु पर्दछ । प्रतिस्पर्धामा काम गर्न नसकेकोले त्यहाँबाट आफै फ्याकिनु पर्दछ । सरकारले हामीसँग राम्रो र दक्ष इन्जिनियरको माग गर्नु पर्यो । ५० वर्षपछिसम्मको लक्ष्य राखेर विकासकोलागि चाहिने इन्जिनियरको माग भएमा हामी त्यसतर्फ विद्यार्थीहरुलाई अग्रसर गराउने तर्फ ध्यान दिने हछौं । तर त्यस्तो कुरा आइराखेको छैन ।

इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीले नेशनल इन्जिनियरिङ कलेज नै किन रोज्ने ?
उचित लोकेशन, आफ्नै जग्गा जमिन तथा भवन भएको कलेज हो यो । शिक्षण संस्थामा लामो समय प्राध्यापन पेशामा लागेका अनुभवी शिक्षकहरुले खोलेको कलेज हो । मान्यता प्राप्त शिक्षण संस्थामा काम गरिरहेका अनुभवी शिक्षकहरु पनि व्यवस्था तथा ल्याव, लाइव्रेरी स्तरीय भएकोले अनुरोध गर्दछु ।