पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने विद्यार्थी उत्कृष्ट हुने तर ह्वाइटहाउस इन्टरनेशनल कलेजमा पढ्ने कमशल हुन सक्दैन ।
ललितपुर जिल्लाको खुमलटार स्थित हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेज सन् २००१ मा स्थापना भएको कलेज हो । छुट्टै पहिचान बोकेको यस कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट संवन्धन लिएका छन् । संवन्धन लिएको विश्वविद्यालयका आधारमा कलेजलाई हेर्ने परम्पराको अन्त्य हुनुपर्दछ भन्छन् कलेजका स्कुल अफ साइन्सका प्रमुख तोयानारायण पौडेल । पढाउने शैली, पाढ्यक्रम तथा सुविधामा ध्याननदिदा केही कलेजहरुलाई समस्या परेको उनी बताउँछन् । गणितमा स्नातक गरेका पौडेलसँगै झण्डै २० वर्ष शिक्षण पेशा अंगालेका अनुभव छन् । इन्जिनियरिङ कलेजहरुकामाझ हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेजलाई नयाँ शिराबाट सञ्चालन गर्न लागि परेका छन् । सन्दर्भमा उनीसँग रिभोसाइन्सले गरेको कुराकानीः
कुन–कुन विषयको अध्ययन गराउँदै हुनुहुन्छ ?
सिभिल, बायोटेक्नोलजी, कम्प्यूटर र आइटी इन्जिनियरिङमा पढाइ हुन्छ ।
नेपालका विश्वविद्यालय समस्या हुँदै जाने विदेशी तल्ला स्तरको विश्वविद्यालय आएर विद्यार्थी भटाभट लैजाने हो भने शिक्षाको भविष्य खै त ? यसलाई हेर्ने निकाय हुनुपर्दछ ।
परामर्शसहितको शिक्षा दिन लागिरहनु भन्नु भएको छ, त्यो कस्तो हुन्छ ?
अहिलेको विद्यार्थीलाई सही किसिमका ‘मोटीभेसन’ दिन सकिराखेको छैन । यसकारण इन्जिनियरिङ कलेजहरुमा भर्ना भएको ४० प्रतिशत विद्यार्थी बीचमै छोडेको देखिन्छ । यो किन भै रहेको छन् भने इन्जिनियरिङलाई अभिभावक तथा विद्यार्थीले बुझ्न सकेको छैन । यहाँ वर्षको १२ वटा विषय पढ्न पर्छ । जुन प्लस टुमा पाँच वटा विषय पढ्न पर्छ । लोड बढी देखिन्छ । त्यो लोडले हौस्यिएर आउने विद्यार्थीहरुले पढ्न सकिरहेको देखिदैन । त्यसलाई व्यवस्थापन गरी अगाडि बढ्ने योजनामा लागि परेका छौं ।
प्लस टुमा उत्कृष्ट अंक ल्याउन नसक्ने विद्यार्थीहरुले पढ्न नसक्दा त्यस्तो भएको पनि हनसक्छन् नी !
हामीले के कुरा बुझ्न पर्यो भने मानिस सवैको दिमाग बाराबरी नै हुन्छन् । तर फरक यति मात्र हो कसले समय कहाँ र कति दिन्छ भन्ने कुरा हो । जस्तो पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने विद्यार्थी उत्कृष्ट तर ह्वाइटहाउस इन्टरनेशनल कलेजमा पढ्ने कमशल होइनन् । फरक यति हो पुल्चोकमा पढ्ने पढाइप्रति बढी केन्द्रित हुन्छन् । तर हाम्रा विद्यार्थीहरु अन्य रचनात्मक कृयाकलापमा ध्यान दिने खालका विद्यार्थी हुन्छन् । पाठ्यक्रममा उनीहरुलाई केन्द्रित गराउन कलेजले मिहिनेत गर्नु पर्दछ । पुल्चोक क्याम्पसमा विद्यार्थीले मिहिनेत गर्दछ । हामीकहाँ शिक्षक र कलेजले उनीहरुलाई सही दिशामा ल्याउन मिहिनेत गर्नु पर्दछ । फरक यहाँनेर देखिन्छ ।
उत्कृष्ट नजिता ल्याउन सघाउन के गर्नु हुन्छ ?
अभिभावकले लागानी गरेको हुन्छ । त्यो लगानीमा प्रत्येक सेमिस्टरमा कलेजले पढाउने भनेको ३ महिना जति हुन्छ । त्यो समयमा विद्यार्थीलाई ध्यान नदिई पढाइयो भने राम्रो नतिजा ल्याउन सक्दैन । प्रत्येक विषय एकअर्कासँग परिपूरक हुने हुँदा कुनै विषय उसले बुझ्न सकेन भने उसको पढाई खस्कदै जान्छ र विद्यार्थी आफूलाई कमजोर महशुस हुने गर्दछ । त्यो ४० प्रतिशत बीचमा छोडेर जाने विद्यार्थीको संख्या कम गर्नु पर्ने अवस्था छ । त्यो गर्नकालागि अहिलेको विद्यार्थीहरुलाई बढी निगरानी गर्नु पर्ने देखिन्छ । किनभने आजकलका विद्यार्थीहरु इन्टरनेटमा बढी भुलेको देखिन्छ ।
शिक्षक गुणस्तरीयतामा कतिको ध्यान दिनु भएको छ ?
२५ जना लगानी कर्ता सबै १० देखि ३५ वर्ष सम्म अध्यापन पेशा अँगालेका छन् । गुणस्तरीय शिक्षक मार्फत् इन्जिनियरिङ शिक्षालाई ‘प्रमोट’ गर्ने हाम्रो लक्ष्य हो । किनभने अहिले देशमा भूकम्प गैसकेपछि इन्जिनियरको आवश्यकता बढेर गएको छ । त्यसलाई ध्यानमा राखेर हामी इन्जिनियर उत्पादन गर्दछौं । थप उर्जा प्रदान गर्न इन्जिनियर भैसकेकाहरुले विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो बनाउने काम गर्नेछौं ।
ल्याव लाइव्रेरीको स्थीति कस्तो छ ?
हामीसँग आधुनिक खालका ल्याव छन् । बायोटेक्नोलजीमा उत्कृष्ट ल्याब छन् । ८० जना क्षमता भएको कम्प्यूटर ल्याव छन् । त्यसै किसिमका इलेक्ट्रोनिक तथा सिभिल इन्जिनियरिङको ल्याव छन् । सबै ल्यावहरु इन्जिनियरिङ काउन्सिलबाट मान्यता प्राप्त छन् ।
शुल्क कति छ ?
अन्य इन्जिनियरिङ कलेजले लिएकै हाराहारीमा हामीले शुल्क निर्धारण गरेका छौं । साँढे ९ देखि १० लाख सम्म लिने गरेका छौं । यो भन्दा कम लिएर पढाउन सक्ने अवस्था हुँदैन । गुणस्तरीय शिक्षा दिनलाई शुल्क लिन पर्ने हुन्छ । किनभने कुनै एउटा प्राध्यापकलाई मासिक ७० देखि ९० हजारको हाराहारीमा पारिश्रमिक दिइएन भने पढाउनेवाला छैन । पढाउने कुरामा हामी कन्जुस्याई गर्दैनौं ।
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा जान थालीसके कसरी सस्तोमा गुणस्तरीय शिक्षा दिनुहुन्छ ?
नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरहरुको परिक्षाको व्यवस्था नगरी सखै छैन । सुरुबाट सम्भम नभए पनि पछिल्लो समय उत्पन्न समस्या समाधान गर्न इन्जिनियरहरुको परिक्षा लिनु पर्दछ । भारतीय कलेज पढ्न गएका कतिपय विद्यार्थीहरु छ महिनामा फर्केर नेपालमा पढेका छन् । परिषद्ले परिक्षाको व्यवस्था गर्न सकेन भने राष्ट्रको लगानी डुब्ने देखिन्छ । आखिर जनताको पैसा भनेको पनि राज्यको नै हो नी !
विदेशी कुन विश्वविद्यालयमा जाने वा नजाने भन्ने जानकारी सरकारले भन्न सक्नु पर्छ । नेपालका विश्वविद्यालय समस्या हुँदै जाने विदेशी तल्ला स्तरको विश्वविद्यालय आएर विद्यार्थी भटाभट लैजाने हो भने शिक्षाको भविष्य खै त ? यसलाई हेर्ने निकाय हुनुपर्दछ । समुन्द्र पारीका अन्यत्र देश जानलाई शिक्षा मन्त्रालयमा दर्ता हुन्छन् तर भारत जानलाई त्यस्तो केही आवश्यकता पर्दैन । शैक्षिक स्तर पनि कमजोर भएको देखिन्छ ।
निजी कलेजहरुको पनि समस्या होलान ? निजी कलेजहरु पनि लगानी उठाउन मात्र ध्यान केन्द्रित गरेको देखिन्छ । त्यो लगानी राष्ट्रको लगानी भनेर निजी क्षेत्रले पनि बुझेको पाइदैन । अनुगमन गर्ने निकाय चाहियो । किनभने विश्वविद्यालयको नियमन गर्ने निकाय पनि देखिदैनन् । कलेजहरुलाई राम्रोसँग नियमन गर्ने निकाय पनि छैन । कसरी हुन्छ शिक्षामा विकास ? यसकारण इन्जिनियरिङ परिषद्ले अनुगमन गर्यो भने इन्जिनियरिङ कलेको स्तर पनि उकास्न सकिन्छ ।
राजनीतिक पनि हावी भएको होलान नी !
विद्यार्थीका कतिपय मागहरु पुरा गर्न नसकिने खालका हुन्छन् ।
विद्यार्थीलाई औधोगिक क्षेत्रसँग सहकार्य गराउने कुनै योजना छन् ?
रोजगारी सुनिश्चितता होस् भनेर नेपालमा भएका आइटी सेक्टरमा पठाउने गरेका छौं । अन्तिम वर्ष सकिएपछि इन्र्टन गर्ने व्यवस्थाकोलागि पहल पनि गरेका छौं । अरु विषयकालागि पहल भैरहेको छ । यदि त्यो सफल भएमा राम्रो हुने देखिएको छ ।
विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयबाट संवन्धन प्राप्त कलेज नपाएपछि अन्य विश्वविद्यालबाट सम्वन्धन प्राप्त कलेज रोज्छन् भन्छन्, हो ?
विद्यार्थीहरुले पहिले पुल्चोकमा कोशिस गर्छ । त्यसपछि त्यहीँ नै अतिरिक्त शुल्क तिरेर पढ्न चाहन्छ । त्यसपछि मात्र निजी कलेजहरुमा अध्ययनलागि धाउने गर्दछ । त्यसमा पनि त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त कलेज खोज्छन् । नपाएपछि बल्ल पूर्वाञ्चल तथा अन्य विश्वविद्याल संवन्धन प्राप्त कलेजमा आउने परम्परा देखिन्छ । हामी त्यो तोड्न चाहन्छौं ।
सुधार गर्न सरकारले के गर्नुपर्छ ?
पहिलो सरकारले यसतर्फ ध्यान दिन सकेको छैन । दोस्रो हाम्रा कलेजहरुमा कस्तो किसिमको पढाई हुन्छ त्यो पनि नियमन हुन सकेको छैन । १६ हजार विद्यार्थीबाट छानीएका २ सय विद्यार्थी त्यसै राम्रा हुने भए । त्रिभुवन विश्वविद्यालयका दाजोमा अन्य विश्वविद्याल आउन नसक्दा त्यसबाट संवन्धन प्राप्त राम्रा केलज तथा विद्यार्थीहरुलाई मर्का भैराखेको देखिन्छ ।
Leave a Reply