आज राती मिथुन उल्का वर्षा हेर्ने की !

काठमाडौं । आज राति मिथुन उल्का वर्षा अत्यधिक रुपमा सक्रिय हुने खगोलविद्हरुले बताएका छन् । उनीहरुका अनुसार यो मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय हुनेछ ।

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल खगोलिय समाजका अक्ष्यक्ष सुरेश भट्टराई बताउँछन् । उनका अनुसार यस बर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का बर्षा देखिनेछ ।

क्षुद्रग्रह यो बर्ष ३२०० फेथन (Asteroid 3200 Phaethon) आफै पृथ्वीको नजिक रहनेछ । उल्का बर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा (Geminid Meteor Shower) नामकरण गरिएको बताइन्छ ।

उल्का वर्षा आफ्नो घरबाट अवलोकन गर्न सकिनेछ । तर त्यसकोलागि प्रकाश वा प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्नु सकिन्छ । अवलोकन राति ८ः४५ बजे देखि ३ः५६ बजेसम्मको समय अनुकुल उत्तम भएको समाजका अध्यक्ष भट्टराई बताउँछन् ।