विज्ञान र संस्कृति प्रवर्द्धनमा युवा

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले रिभोसाइन्स मिडियासँग सहकार्य गरी ‘विज्ञान र संस्कृति प्रवर्द्धनमा युवा’ कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाज्यूले मौखिक कार्यपत्र प्रस्तुत गरेका थिए । प्राडा विद्यानाथ कोइरालाले दैनिक नृत्य कर्ममा भएका अन्तरबस्तु केलाउनु भएको थियो ।

विज्ञान र संस्कृतिबीचको सम्वन्ध र अन्तर्य प्रगाढ तुल्याउने आयोजित कार्यक्रममा पछिल्लो युवा पुस्तालाई संस्कृति भित्रको विज्ञान केलाउन अनुरोध गरिएको थियो ।

“नेपाली विज्ञहरुले गरेको वैदिक व्याख्या तथा खोजको लेखौटको प्रस्तुती भावी पिढिलाई संस्कृति जगर्ना गर्न प्रेरित गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह थकुरीले बताए ।


‘पूर्खाले प्रतिपादन गरेको ज्ञान तथा सिप बाढ्ने हो । पौरस्थ ग्रन्थमा उल्लेखित कतिपय कुराहरुलाई तल्ला कक्षाहरुमा समावेश हुन नसकेको रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलले बताए । जसका कारणले हाम्रा मौलिक कला, संस्कृति तथा रैथाने प्रविधि लोपउन्मुख भएको डंगोलले औल्यांए ।

“आयुर्वेदले व्याख्या गरेको प्राकृतिक चिकित्सा प्रद्धति तथा जडिवुटीको समुन्योचित प्रयोग हुन नसकेको त्यसमा थप अध्ययन अनुसन्धन गर्न प्रेरित गर्नु पर्ने” व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र रिकास्टका कार्यकारी निर्देशक प्राडा रामेश्वर अधिकारीले बताए ।

नेपालको मौलिक विज्ञान, रैथाने प्रविधि, संस्कृतिको पहरेदारका युवा भूमिका लागि यो कार्यक्रम सान्दर्भिक भएको कार्यक्रमका संयोजक खिम पन्थीले बताए ।