वैज्ञानिकहरुले गरे ‘हिरोसिमा डे’ को स्मरण

काठमाडौं । पारमाणमिक पदार्थको न्यूनतम प्रयोगका बारे सचेत गराउन नेपालमा एक कार्यक्रम गरी ‘हिरोसिमा डे’को स्मरण गरेका छन् । उक्त कार्यक्रम कमलपोखरीमा अवस्थित रसियन साइन्स तथा कल्चरल सेन्टरमा नेपाल रशियन साइन्स सोसाइटीले आयोजना गरेको हो ।

सन् १९४५ अगष्ट ६ गतेका दिन अमेरिकाले जापानको हिरोसिमामा एटम बम खसालेका थिए । त्यसले हजारौं मानविय क्षतिसँगै लामो समयसम्म वातावरणमा असर परेको थियो । बाँचेका कतिपय मानिस होचा जम्मिए भने कतिपय मानिसहरुको बालबच्चा नहुने समस्या देखिएको थियो ।

अन्य मुलुकले त्यसको किसिमको क्षति व्यवहोर्नु नपरोस् भनेर सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष पूर्व विज्ञान मन्त्री गणेश साहले बताए ।

‘भारत र चीन जस्ता दुई शक्तिशाली देशले आणविक भट्टी सञ्चालन गरेको बीचमा नेपाल पर्दछ । यदि कुनै एक देशमा आणविक भट्टीबाट चुहावट भएमा नेपालसम्म आइपुग्ने बताइन्छ, त्यसका बारेमा हाम्रा नागरिकलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको हो,’ पूर्व विज्ञान मन्त्री साहले रिभाेसाइन्ससँग भने ।

‘एटम फर पिस् अर्थात् परमाणु शान्तिका लागि भनेर संयुक्त राष्ट्र संघले विश्वभर हिरोसिमा डेकाे स्मरण गर्दछ । आजको वैज्ञानिक युगमा परमाणुबाट उर्जासँगै विभिन्न खाले विकिरण पैदा हुन्छ । त्यसको प्रयोग एक्स रें, सिटी स्क्यान, एमआरआईजस्ता स्वास्थ्य उपकरण हुँदै आएको छ । त्यसको अत्याधिक प्रयोग भएमा कतिपय मानिसम नपुंसक तथा क्यान्सर हुने’ विज्ञहरुले औल्याए ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वरिष्ट वैज्ञानिक डा. बुद्धराम साहले पछिल्लो समयमा जापानकै फुजिसिमा नाभकीय शक्ति उत्पादन केन्द्रबाट विकिरण चुहावटहुँदा विभिन्न खाले स्वास्थ्य तथा वातावरणीय समस्या देखा परेको बताए ।

‘विकिरणको कृषि, स्वास्थ्य औजार र विद्युतीय उर्जा निकाल्न सकिन्छ, नास्टका वैज्ञानिक डा. बुद्धराम साहले भने, ‘तर त्यसको प्रयोग गर्न जानिएन भने मानविय स्वास्थ्यमा गम्भीर असर पर्ने क्यान्सर लाग्ने समस्या पनि प्रवल हुन्छ ।’

नास्टले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका रेडियोलोजिस्ट पेशामा आवद्धहरुको अनुसन्धान गरिरहेको वैज्ञानिक साहले मौखिक प्रस्तुतीको क्रममा बताए । ‘डोजिमेट्री’ जसले स्वास्थ्य कर्मीको शरीरमा राखिन्छ, त्यसको सहायताले शरीरमा परेरको विकिरण मापन गरिन्छ । त्यसबाट के थाहा हुन्छ भने उसले दैनिक कति परिमाणमा विकिरणसँग साक्षात गरिरहेका छन्, वैज्ञानिक साहले भने, ‘यसको नियमन हुन जरुरी छ, यद्यपी त्यसको नियमन नेपालमा व्यवस्थित ढंगबाट हुन सकेको छैन ।’

नास्टका वैज्ञानिक डा. साहका अनुसार न्यूकिलर पावर पाल्टबा करीब ७० प्रतिशत उर्जा निकाल्न सकिन्छ । नेपालमा युरेनियम जस्ता गहौं धातु भेटिएका छन् । त्यस आसपासका बासिन्दा असर भए नभएको बारे परिक्षण गरिएको छैन ।

नेपाल रेडियोलजी सोसाइटीका रेडियोलजिस्ट अभिनास झाले, ‘एक्स रें वा अन्य कुनै कारणले १ ‘¥याड’ परिमाणको विकिरण मानिसले साक्षातकार गरेमा उसको बाच्ने आयु १० दिन कम हुने सक्ने बताए ।

नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क)का वैज्ञानिक विशेश्वरप्रसाद साहले कृषिमा वनस्पतिको विउ जोगाउन विकिरणको प्रयोग गर्न सकेमा अधिक लाभ लिन सकिने बताए ।

यद्यपी हामीले नेपालमा आवश्यक ठाउमा प्रयोग गर्न सकेका छैन, नेपालबाट मुसुरो वंगलादेशमा आयात गर्दै आएको छ । रोग लागेर यसको उत्पादन घटिरहेको छ । यसमा विकिरणको प्रयोग गरी उत्पादकत्व बढाउन सकिन्छ, कृषि वैज्ञानिक डा. साहले भने ।

कतिपय कुरा पारमाणविक पदार्थले बनेको उपकरण प्रयोगको ऐन नहुँदा पन िकतिपय अनुसन्धान हुन नसकेका विज्ञहरुले औल्याएका थिए । नास्टका वैज्ञानिक डा बुद्धराम साहले करीब १० वर्ष वितिसक्दा पनि सरकारले पारमाणविक ऐन ल्याउन नसकोेको बताए ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपतिले आगामी दिनमा पारमाणविक पदार्थको जानकारी दिने खालका कार्यक्रमलाई बढवा दिने बताए । कार्यक्रममा नेपाल व्यवहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट)का निर्देशक प्रा. डा. रामेश्वर अधिकारी, नेपाल रेडियोलजी सोसाइटी र साइन्स टिचर एशोसियन नेपाललगायतको प्रतिनिधिहरुको सहभागीता थियो ।