समृद्धिका लागि विज्ञान–संस्कृति एकैसाथ

 काठमाडौँ । नेपालका वैज्ञानिक समुदायले विज्ञान तथा प्रविधिमा कूल ग्राहस्थ उत्पादनकोे १ प्रतिशत लगानी गर्न माग गरेका छन् । छैठौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा विज्ञानको क्षेत्रमा क्रियाशिल विभिन्न १७ संस्थाहरुको आग्रहमा आयोजित कार्यक्रमा उनीहरुले प्लेकार्ड बोकेका थिए ।

वैज्ञानिक समुदायले सभामा फरक शैलीमा माग मात्र राखेनन्, उनीहरुले कुनै पनि माग राख्न् मुलबाटो तथा सडक जाम गर्ने हुकर्दो संस्कृतिको तरिका बदल्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रमा विज्ञान तथा प्रविधिका पूर्वमन्त्री इन्जिनियर गणेश शाहले विज्ञान प्रविधिको क्षेत्रमा सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रलाई केन्द्रमा राख्ने नसकेको बताए । जसले गर्दा विज्ञानका विद्यार्थीहरुले अनुसन्धान तथा विकासमा लाग्न नपाएको भन्दै पूर्वमन्त्री शाहले, ‘सरकारले विज्ञान तथा प्रविधिमैत्री संस्कृति विकासको लागि पहिलो प्राथमिकतामा काम गनु पर्ने बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकायका प्रमुख रविन्द्रप्रसाद ढकालले लगानी बढाउने हो भने विज्ञान तथा प्रविधि सजिलै तरिकाले गर्न सकिने विधा भएको बताए । उनका अनुसार नास्टले सडकमा फ्याकिएको प्लास्टिकबाट इन्धन निकाल्ने विधिमा काम गरिहेको छ तर त्यसलाई थप अगाडि लैजान सकिएको छैन । जसले इन्धनमा थोरै भएपनि आत्मनिर्भर बनाउन सकिन्छ । नास्टले पछिल्लो समय आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागिएको छ । त्यो सफल भएमा हावा, पानी तथा मौसमको तथ्यांक उपलब्ध हुनेछ । त्यसले थप अनुसन्धान तथा विकास गर्न सकिने नास्टका प्रविधि संकायका प्रमुख ढकालले बताए ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले युवा पुस्ताले विज्ञान–संस्कृति एकैसाथ लान पर्ने बताए । उनले पुर्खाले गरेका हरेक अन्वेषण विज्ञानसम्मत रहेको चर्चा गरें ।

नेपाल गणित समाजका जीवन काफ्ले गणितलाई सरकारले हेला गरेको संज्ञा दिए । विज्ञानका विद्यार्थीर्ला गणित उपरिहार्य छ तर सरकारले एच्छिक बनाउँदै लैजानु गलत संस्कृति बसाउन खोजेको बताए । गणित अध्ययन गर्न पर्ने माग राखेर आन्दोलन तथा धर्नाको स्थिति बन्नु भनेको गणित विषयमाथि अन्याय भएको काफले बताए ।

नेपाल विज्ञान शिक्षक समाजका गोपीचन्द्र पौडेलले विद्यालयमा पर्याप्त विज्ञान अध्ययन गर्ने शैक्षिक समाग्री नहुँदा विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको बताए ।

नेपाल भौगर्भिक समाजका डा कविराज पौडेलले राम्रा विद्यार्थी विदेशीको उनीहरुलाई नेपालमा ल्याउने वातावरण सरकारले नअपनाउँदा आफूलाई लज्जित बनाएको उल्लेख गरें । सभामा उनले आफूलाई असफल प्राध्यापकको सूचीमा राख्ने गरेको प्राध्यापक पौडलेले बताए ।
नेपाल भौतिक विज्ञान समाजका अध्यक्ष प्रा.डा. प्रदिपकुमार भट्टराईले भौतिक विज्ञान अध्ययन नेपालमा चाप भएपनि रोजगारको व्यवस्था गर्न नसको प्रति चिन्ता व्यक्त गरें ।

बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका नवीन मुनांकर्मीले वायोटेक्नोलीको विकास गर्न सके छिट्टै सम्वृद्धितर्फ लम्कने विचार राखेका थिए ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई विज्ञानको अपरीहार्य विकासकालागि अन्तरिक्ष विज्ञानको महत्व भएको बताए ।

इन्टर डिसीप्लिनरी रिसर्च इन्स्टिच्यूटका दीपेन्द्र गौतमले विद्यार्थीहरुलाई रिसर्च गर्न प्राध्यापकहरुले विद्यार्थीलाई प्ररित गर्न नसकेको बताए । विद्यार्थीहरुलाई  लामो समय अनुसन्धान गर्ने खालका विषय चयन गर्न इन्जिनियर गौतमले सुझाए ।

वुमन अफ नेपाल इन म्याथमेटिकल साइन्सका डा. नीलम सुवेदीले उच्च तकहको शिक्षामा गणित पढ्ने महिला कम भएकोमा चिन्ता व्यक्त गरिन । त्यसलाई थप वृद्धि गर्न कसैले चासो नलिएको बताइन् ।

भाषा तथा सम्पदा संरक्षण परिषद्, नेपालका डा. लक्ष्मीप्रसाद खतिवडा, नेपाल भौतिक विज्ञान समाजका प्रा. डा. प्रदीप भट्टराई आधुनिक शिक्षा अनुसार नेपाली भाषको इन्जियिरिङ हुन नसकेको बताए । विज्ञान र संस्कृतिको नङ र मासुको जतिकौ सम्वन्ध भएको विज्ञान अध्ययन गर्ने विद्यार्थील संस्कृतिमा लुकेका कतिपय कुराहरुलाई वैज्ञानिक ढंगबाट खोज अध्ययन गर्न डा खतिवडाले सुझाए ।

नेपाल विज्ञान पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण डंगोलले जीवनोपयोगी विज्ञान तथा प्रविधिको संस्थागत विकास गर्न नसक्दा मुलुकले समृद्धि हुन नसकेको बताए । मुलुकमा अझै पनि जडिबुटीजन्य ज्ञानलाई औषधिमा रुपान्तर गर्न सकेको छैन । विज्ञान पढेकालाई रोजगारी सृर्जना गर्ने र युवालाई स्यमसेवकिय रुपमा वैज्ञानिक अनुसन्धानमा लगानी गराउन नसकोमा अध्यक्ष डंगोल चिन्ता व्यक्त गरें ।

छैठौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा विज्ञानको क्षेत्रमा क्रियाशिल विभिन्न १७ संस्थाहरु नेपाल विज्ञान पत्रकार मञ्च, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल भौतिक विज्ञान समाज, नेपाल भौगर्भिक समाज, नेपाल गणित समाज, नेपाल केमिकल सोसाइटी, साइन्स टिचर एशोसियसन अफ् नेपाल, नेपाल जैविकविविधता अनुसन्धान समाज, रोबटिक्स क्लब, बृहस्पति विद्या सदन, बायोटेक्नोलोजी सोसाइटी अफ् नेपाल, भाषा तथा सम्पदा संरक्षण परिषद् नेपाल, इन्टरडिसीप्लिनरी रिसर्च इन्स्टिच्यूट फर सस्टेनेबिलिटी, आरपी फाउण्डेसन, नेपाल इन्फरमेसन सेक्यूरिटी सेन्टर, न्यूज एजेन्सी नेपाल र रिभोसाइन्स मिडियालगायतले राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम सम्भवत पहिलो पटक आयोजना गरेको थियो ।