/वृहस्पतिका विद्यार्थीले रजत पदक जिते

वृहस्पतिका विद्यार्थीले रजत पदक जिते

 काठमाडौं । सातौं एशिया प्यासफिक युवा वैज्ञानिक सम्मेलनमा वृहस्पति विद्या सदका विद्याहरुले रजत पदक जितेका छन् ।

वृहस्पति विद्या सदनका प्रेस संयोजक डोल्मा शाहका अनुसार कक्षा ‍१० मा अध्ययनरत सुजल राजभण्डारी र कृष्ण पोदारले संयुक्त रुपमा उपाधी हात पारेका हुन् । 

गत मंसिर १९ देखि २४ गते थाइल्याण्डमा सम्पन्न सम्मेलनमा विश्वका २० राष्ट्रका विद्यार्थीहरुको सहभागीता थियो ।

आयोजकले इन्जिनियरिङ, जिव विज्ञान, गणित, वातावरण, भौतिकशास्त्र, कम्प्यूटर विज्ञानलगायतका विधामा प्रोजेक्ट छनोट गरेकाे प्रेस संयोजक डोल्माले रिभोसाइन्सलाई जानकारी दिइन । 

वृहस्पतिका विद्यार्थीहरुले भने ‘स्मार्ट चस्मा र कम्मरमा लगाउन पेटी इन्जिनियरिङ विधामा प्रतिस्पर्धा गरेका थिए ।

इन्जिनियरिड् विधाको छनोटमा  परेका १३ वटा प्रोजेक्टहरु मध्यमा वृहस्पितिका विद्यार्थीहरुले रजत पदक प्राप्त गरेका थिए ।

सोही विदामा जपानले स्वर्ण पदक हात पारेका छन् ।

विद्यार्थीहरुले दृष्टी विहिनहरुलाई उपयोगी हुने चस्मा र पेटीको नमूना प्रस्तुत गरेका थिए ।

उक्त चस्मा पहिरेको करीब एक मिटर अघिको गतिविधि थाहा पाउन सक्ने बताएका छन् ।

वृहस्पति विद्या सदनले पछिल्लो समय आफ्ना विद्यार्थीहरुलाई विज्ञान, प्रविध, इन्जिनियरिङ, कला तथा गणितका विषयमा व्यवहारिक ज्ञान सिकाइरहेको बताएका छन् ।