नास्टको कार्यशैलीप्रति मुख्यमन्त्रीको आक्रोश

ललितपुर । ‘समृद्धिका लागि विज्ञान प्रविधि नवप्रवर्तन र उध्दमशिलताको लागि युवा सशक्तिकरण’ मुल नारासहित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन-२०७६को उद्घाटन प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौंडेलले गरेका छन् । राष्ट्रिय प्राकृतिक संरक्षण कोष खुमलटारमा आयोजित दुई दिने सत्र आज उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौंडेलले ‘सबैले सकारात्मक सोचाइ र जिम्मेवारीको आत्मवोध गरेमा विज्ञान प्रविधिमा मार्फत् मुलुकको समृद्धि हुने’ बताए ।

प्रदेश सरकार गठन भएको १ वर्षको अवधिमा सरकारले विज्ञान प्रविधिमा लागेको युवाहरुको प्रोत्साहनका लागि युवा वैज्ञानिक सम्मेलन आयोजना गरेको औल्याए । ‘आफूलाईं विज्ञान प्रविधिको ज्ञान छैन तर मुलुकमा आधुनिक प्रविधि नभित्र्याइ भएको छैन, त्यसकालागि प्रदेश सरकार विज्ञान प्रविधिको क्षेत्रमा परिणाम मुखि काममा अग्रसर हुँदैछ,’ मुख्यमन्त्री पौडेलले भने ।

सिहँदरबारभित्र एउटा चिठी पत्राचार हुन २५ दिन लागेको  पाइयो । त्यसबेलाका के हेरेर बसेको प्रश्न गर्दै, त्यसबेलाका सरकारले विज्ञानलाई बुझ्न नसकेकोप्रति मुख्यमन्त्री पौडेलले इंकित गरें । त्यसपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टप्रति खनिए । ‘नास्टले अहिलेसम्म मुलुकलाई के दियो ? मैले केहि देखेको छैन, परिणाम विनाको वैज्ञानिक सम्मेलन तथा गोष्ठीको केही काम नुहुने भन्दै सवैभन्दा पहिले मानसिकता परिवर्तन गर्न मुख्यमन्त्रीले सबैलाई आग्रह गरें ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव कृष्णराज विसीले सन् २०३० सम्म नेपालमा युवा जनशक्ति एक तिहाई हुने हुँदा युवालाई नवप्रबर्तन र उद्धमशिलतामा छिट्टै जोडिनु पर्नेमा जोड दिए । सचिव विसिले ज्ञान तथा औधोगिक आधारमा विकास गरिनु पर्ने बताए । उनले युवा लक्षित नवप्रबर्तन नीतिलाईं छिट्टै सरकारले स्वीकृत गर्न लागेको उल्लेख गरें ।

व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) निर्देशक प्राडा रामेश्वर अधिकारीले देश विकासमा युवा वैज्ञानिकको भूमिकामा प्रकाश पारेका थिए । आम युवा वैज्ञानिकलाई अनुसन्धानमा डटेर लाग्न उनले सूझाब दिए ।

‘प्रदेश सरकार भित्र विज्ञान बुझ्ने मानिस कम छ । मेडिकल, आर्टीफिसल इन्टलिजेन्स र मेडिकल साइन्समा काम गर्न ढिलो भैसकेको छ । ८२ प्रतिशत नेपाली वनस्पतिको उत्पादनसँग जोड्न सकिने तथ्याकले देखाउँदासमेत सरकार भाषणबाजीमा रमाएको देउराली जनता फार्माक्यूटिकल्सका प्रमुख कार्यकारी अधिकृत हरिभक्त शर्माले टिप्पणी गरें ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकूलपति प्राडा सुनिलबाबु श्रेष्ठले ‘युवाको लागि सेन्टर फर एक्सिलेन्स निर्माण अभियानमा लाग्न खोजिएको छ । युवा सञ्जाल पनि निर्माण गर्न लागिएको छ । तपाईं वैज्ञानिकको सहयोगको खाँचो भएकोले साथ दिन आग्रह गरें । कार्यक्रमको सभापतित्व प्रदेश-३का औधोगिक, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×