नास्टद्वारा वैज्ञानिकलाई दिइने पुरस्कार विवरण यस्तो छ

रिभोसाइन्स/काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,नास्टले वैज्ञानिकहरुलाई प्रदान गरिने पुरस्कार मंगलबार वितरण गर्दै छन् ।

पुरस्कार वितरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले गर्ने उल्लेख छ ।

विगतका वर्षहरुमा प्रधानमन्त्री तथा नास्टका कुलपतिको उपस्थितिमा गरिदै आएको थियो । तर प्रधानमन्त्रीको व्यस्थताले गत वर्ष पनि तोकिएको समयमा कार्यक्रम हुन सकेको थिएन ।

नास्टद्वारा वितरण गरिने पुरस्कार विभिन्न दश विधाका छन् ।

१. प्रकृति संरक्षण पुरस्कार     

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल, भक्तपुर

योगदानः नेपालको वन संरक्षण र व्यवस्थापन मार्फत जैविकविविधता संरक्षण, जलवायु परिवर्तनवाट पर्न गएको असरलाई न्यूनीकरण एवम् अनुकूलनमा महत्वपूर्ण योगदान पु¥याए वापत ।

२.  विज्ञान पुरस्कार 

प्रा. डा. मेघराज धिताल, दाङ्ग

योगदानः नेपालका हिमालयहरूको गहन भौगर्भिक अध्ययनअनुसन्धान गरी भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पु¥याए वापत । 

३  प्रविधि पुरस्कार

प्रा.डा विनय कुमार झा, सप्तरी

योगदानः जैविक, कार्वनिक, अकार्वनिक  फोहोर तथा मूल्यहीन पदार्थहरूबाट फोहोर पानी प्रशोधन गर्ने मूल्यवान् एड्सोर्वेण्टहरूका साथै वातावरणमैत्री जियोपोलिमर बनाउने प्रविधि विकासमा योगदान पु¥याए वापत ।

४.  विज्ञान तथा प्रविधि युवा पुरस्कार

क)  डा. भानुभक्त न्यौपाने, गुल्मी

योगदानः अति नजिक रहेका वस्तुहरूलाई छुट्याउन सक्ने खालको सूक्ष्मदर्शक यन्त्र तयार गरी कोषिका भित्र हुने विभिन्न जटिल प्रक्रियाहरूको अध्ययन गरी योगदान पु¥याए वापत  ।

ख) डा. महेश कुमार जोशी, डडेल्धुरा

योगदानः टिस्यु इन्जिनियरिङ्ग अनुप्रयोगका लागि ईलेक्ट्रोस्पिनिङ्ग प्रविधिबाट विकसित द्धिआयामिक नानोफाइब्रोस मेम्ब्रेन बाट कम घनत्व भएको तन्तुको आन्तरिक संरचनासँग मिल्दोजुल्दो त्रीआयामिक स्काफोल्ड बनाउने प्रविधि विकास गर्न योगदान पु¥याए वापत ।

ग) डा. अजय पौडेल, चितवन

योगदानः क्षयरोग छिटो र सजिलो तरिकाले पत्ता लगाउन सक्ने Loop-mediated isothermal amplification (LAMP) विधिको विकास र नेपालमा यसको पहिलोपटक परीक्षण तथा आनुवांशिक अध्ययन गरी योगदान पु¥याए वापत ।

घ) श्री दिपेन्द्र गौतम, झापा

योगदानः Seismic fragility functions निर्माणको लागि उपयोगी प्रविधि र बहुप्रकोपीय जोखिमबाट संरचनामा पर्ने प्रभाव मूल्याङ्कन गर्ने पद्धति विकास गर्न योगदान पु¥याए वापत ।

ङ)  डा. इन्दिरा पराजुली, कास्की

योगदानः हिमाली क्षेत्रका दाउरा बाल्ने घरहरूका लागि तापमान सन्तुलित वायुसञ्चार प्रणाली, धूँवाका कारण स्वास्थ्यमा पर्ने असर न्यूनीकरण सम्बन्धी अध्ययन गरी योगदान पु¥याए वाापत  ।

५. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार

क) श्री नेपाल पोलिमर इन्स्टिच्यूट , काठमाडौं

योगदानः पोलिमर विज्ञान तथा नानोप्रविधिको उपयोगिता सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन एवम् यस सम्बन्धीे नेपालमा गरिएका अनुसन्धान क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी योगदान पु¥याए वापत ।

ख) श्री माधवप्रसाद अधिकारी, काभ्रे

योगदानः विज्ञान शिक्षालाई सहजरूपमा बुझाउन स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकास र ती विधिहरूको नेपाली भाषामा पुस्तक प्रकाशन गरी योगदान पु¥याए वापत ।

६. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

श्री उमेश कुमार ओझा, कैलाली

योगदानः विज्ञान तथा प्रविधिका उपलब्धि र ज्ञानवद्र्धक जानकारीहरू सरल भाषामा प्रकाशन माध्यममार्फत सर्वसाधारणसम्म पु¥याई योगदान पु¥याए वापत ।

७. TWAS पुरस्कार

क) डा. सुदीप ठकुरी, काभ्रे

Contribution on climate change and its role in modulating the mountain glaciers, glacial lakes, and the river flows, with the aim of bridging the knowledge gaps on the Himalayan cryosphere  

ख)  डा. सविन बसी, काठमाडौं

Contribution to develope techniques for solute transport through stomata in increasing crop productivity enhanced foliar uptake of agrochemicals   

८.  दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार

क)  श्री मिनु अधिकारी, वनस्पतिशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदानः नेपालका तीन बाह्य मिचाहा प्रजातिका वनस्पतिको पारिस्थितिकीय बीज अंकूरण क्षमता तथा यसले वन विनासमा पर्न सक्ने असर र न्यूनीकरण सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

ख)  श्री मितेस श्रेष्ठ, जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदानः अर्बुद रोगको कोषिकाहरूमा माइटोकोन्ड्रियाको भूमिका, तिनको विभाजनमा संलग्न जीनहरूले कोषिकाहरूमा गरेको परिवर्तन तथा यस रोगको उपचारमा माइटोकोन्ड्रियाको भूमिका सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत   ।

९. नबिल विज्ञान तथा प्रविधि पुरस्कार

क)  डा. टेक बहादुर गुरूङ्गस्याङजा

योगदानः रेन्बो ट्राउट माछापालन सम्बन्धी अनुसन्धान र मत्स्य प्रजनन् प्रविधिको विकासमा योगदान पु¥याए वापत ।

ख) डा. रबा थापा, प्यूठान

योगदानः आँखाको पर्दाका रोगको अध्ययन, यसबाट बच्ने उपाय र मधुमेह रोगबाट आँखामा पर्ने असरको पहिचान एवम्  सचेतना जागृत गरी अन्धोपन न्यूनीकरणमा योगदान पु¥याए वापत ।

ग) डा. गजेन्द्र शर्मा, स्याङजा

योगदानः नेपालको लागि उपयुक्त e-governance framework तयार गर्नुको साथै Virtual world को प्रयोगबाट        e-commerce technology को विकासमा अनुसन्धान गरी योगदान पु¥याए वापत ।

घ) प्रा. डा. विजया पन्त,  तेह्रथुम

योगदानः नेपालका लोपोन्मुख औषधिमूलक सुनगाभामा तन्तु सम्वद्र्धनका विविध प्रविधिको विकास गरी तिनको संरक्षण र विकासमा योगदान पु¥याए वापत ।   

१०. फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार

सरिता पौडेल, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

योगदानः कट जरबेरा फूलहरूकोे गुणस्तर र यसको उत्पादन पश्चात् टिकाउ अवधिमा विभिन्न संरक्षक तत्वहरूको (Floral Preservatives)  प्रभाव सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।