काठमाडौंमा ह्याकिङ एक्स्पो हुने

काठमाडौं । काठमाडौंमा ह्याकिङ एक्स्पो हुने भएको छ । श्रावण ३,४ र ५ गते हुने ठूलो ह्याकथन एक्स्पो नेपालका लागि अहिले सम्मकै वृहत ठानिएको छ ।

ह्याकथनको नाम “एभरेस्ट ह्याक” दिइएको छ । ह्याकथनपछि हुने प्रर्दशनीलाई आयोजकले ह्याकिङ एक्स्पो नाम दिएको छ ।

युरोपमा अध्ययनरत नेपाली विद्यार्थीको आह्वानमा हुन लागेको ह्याकथलाई सिरिस युथ फाउन्डेसन र सी.एस.आई.टि एसोसिएसन अफ नेपालले साथ दिएको छ ।

एभरेस्ट ह्याकथन श्रावण ३ गते शुक्रवार बेलुकी ७ बजे देखी १० बजे सम्म नेटवर्किङ सेसन हुनेछ ।  प्रतिस्पर्धी र एकल प्रतिस्पर्धीहरूले आफ्नो टिम तयार गर्नेछन् र विभिन्न आइडियाज र च्यालेन्जेझरुमा सल्लाह गरी काम गर्नेछन् ।

मुख्य आकर्षक रहेको ह्याकथन भने दोस्रो दिनको १२ बजे देखी सुरु हुनेछ ।

दोस्रो दिन, शनिवारको १२ बजे देखी सुरु भएको ह्याकथन तेस्रो दिनको १२ बजे सम्म रहनेछ ।

आइतबार, श्रावण ५ गते १२ बजे पश्चात् बनिसकेका प्रोजेक्टसहरु प्रर्दशनीमा राखिनेछन् ।

तेस्रो दिन दिउँसोको ४ बजे सम्म प्रतिस्पर्धी मध्यबाट फाइनलिष्टको नाम सार्वजनिक गरिने छ ।

पुरस्कार

ह्याकथनमा प्रथम हुनेले नगद रु ५०,००० सँगै युरोपको सबैभन्दा ठूलो ह्याकथन “जङ्क्सन ह्याक”मा सोझै सहभागी हुन पाउने छन ।

दोस्रो हुनेलाई नगद रु २५,००० सँगै आयोजकको युरोपको पार्टनर ह्याकथनमा सहभागी हुन पाउनेछन् ।

त्यस्तै ह्याकथनमा तेस्रो हुनेले नगद रु १५,००० सँगै आयोजकको एसियाको पार्टनर ह्याकथनमा सहभागी हुने पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×