जावलाखेलमा हुने ‘साइन्स स्ट्रीट फेर’को तयारी पुरा

कार्यवाहक प्रधानमन्त्री तथा उप-प्रधानमन्त्री रक्षामन्त्री ईश्वर पोखरेलले समारोह उद्घाटन गर्ने

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा जेठ २८ र २९ गते ललितपुरको जावलाखेलमा हुने ‘साइन्स स्ट्रीट फेर’ को तयारी पुरा भएको जनाएको छ । ‘स्ट्रीट फेर’को उद्घाटन कार्यवाहक प्रधानमन्त्री एव‌ं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने नास्ट प्रचार प्रसार तथा प्रवर्द्धन माहाशाखाका ’कार्यक्रम संयोजक’ लुना ब्रजचार्यले बताइन् ।

नास्ट प्रचार प्रसार तथा प्रवर्द्धन माहाशाखाका अनुसार सर्वसाधरण, विद्यार्थी तथा वैज्ञानिक समुदायलाई एउटै मञ्चमा भेला गराउने उद्देश्य रहेको छ । जसमार्फत् सर्वसाधरणमा वैज्ञानिक चेतना जागरण हुने र विज्ञानको महत्व बुझाउन सरल हुने ठानिएको छ ।

‘वैज्ञानिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले विज्ञान सडक मेला गर्न लागिएको हो। त्यसैकारण उत्सवको नाम ‘साइन्स स्ट्रिट फेर अर्थात् विज्ञान सडक उत्सव’ दिइएको छ,’कार्यक्रम संयोजक लुना ब्रजचार्यले भनिन् । उनका अनुसार सरकारी तवरबाट आयोजना गर्न लागिएको पहिलो उत्सब हो ।

उनले उत्सव निःशुल्क हने बताइन् । उत्सव विहान १० बजे देखि बेलेका ६ बजे चल्नेछ ।

उत्सबमा हुने गतिविधि

उत्सव विज्ञान विषयको विधामा भएको अनुसन्धान, अनुसन्धानको नतिजा, विज्ञान तथा प्रविधिको क्षेत्रका संघ-सस्थाले गरेका कामहरु प्रर्दशनी गरिन्छ ।

डकुमेन्ट्री प्रर्दशनीः नास्टले तयार पारेका तथा विभिन्न विज्ञानका विधाको ‘डकुमेन्ट्री’ प्रर्दशनी हुनेछ ।

सांगितिक कार्यक्रमः विविध विधाका मौलिक लोकसांगितिक कार्यक्रम हुनेछ ।

खाना स्टलः वहुभाषिक वहु-सांस्कृतिक मुलुकमा पाइने खानाका परिकार उपलब्ध हुनेछन् । खानासँग भित्रिएका प्रविधिका बारेमा जानकारी पनि दिइनेछ ।

बालबालिका लागि आर्कषण केन्द्रः बालबालिकालाई विज्ञानको विषयमा जानकारी दिन बालबालिका लक्षित गरेर विज्ञान तथा प्रविधि पार्क हुनेछन् । जसमा रोबट, ड्रोन, गेम र विभिन्न खाले विज्ञानका खेल हुनेछन् ।

वैज्ञानिकसँग प्रश्नः सर्वसाधरणले वैज्ञानिक समुदायसँग आफूलाई मनलागेको कुरा सोध्ने अवसर दिइनेछ । सोही समय पत्रकारले सर्वधारणसँग विज्ञानका विषयको धारणाका बारेमा प्रश्न सोध्ने अवसर दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×