पृथ्वी जस्तै अर्को ग्रह

काठमाडौ । खगोलशास्त्रीहरुले पृथ्वीभन्दा दुई गुणा ठूलो र छ गुणा बढी भार भएको नयाँ ग्रह फेला पारेका छन् । उनीहरुले उक्त ग्रहको नाम GJ357 d दिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का बाहिरी ग्रह खोज्ने ‘ट्रान्सजिटिङ एक्जो प्लानेट सर्भे स्याटलाइट’ खोजका आधारमा भेटाएको जनाएको छ ।

नयाँ ग्रह करीव ३१ प्रकाश वर्ष अर्थात् ३ हजार १ सय खर्ब किलोमिटर पर हाइड्रा नक्षत्रमा रहेको छ । खगोलशास्त्रीहरुले सो ग्रहमा पानी हुन सक्ने अनुमान गरेका छन् ।

उनीहरुका अनुसार हाइड्रा नक्षत्रमा रहेको तारालाई उक्त ग्रहले करीब ५६ दिनमा परीक्रमा गर्नेछ ।  

‘यदि नयाँ ग्रहको वायुमण्डल बाक्लो भए त्यसको सतहमा तरल अवस्थामा पानी हुने सक्ने छ,’ जर्मनीका म्याक्स प्लाङ्क इन्स्टिट्यूटका वैज्ञानिक डायना कोसाकौस्कि बताउँछिन् । उनका अनुसार उक्त ग्रह हाम्रो सूर्यभन्दा ४० प्रतिशत चिसो र तीन गुणा सानो ताराको परिक्रमा गर्दछ। यो हाम्रो सौर्यमण्डलबाट नजिकको दुरीमा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×