2025-10-20

चन्द्रयान–२ मिसनः चन्द्रमामाथि भारतको बढ्दो चासो

उपेन्द्र ढुंगाना

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामाको दक्षिणी ध्रुव अध्ययनका लागि रकेट प्रक्षेपण गरेको छ । भारतको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको उक्त केटमा २ हजार ३ सय ७९ किलो भू–उपग्रह पठाएकाे छ । त्योसँगै चन्द्रमामा अवतरण गर्ने रोबोट पनि बोकेको छ, ‘चन्द्रयान–२’ ले ।

भारतीय वैज्ञानिकहरु भन्छन्, ‘यो मिसल सफल भएमा भारतले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा फड्को मार्ने छ ।’

गत जुलाई २२ मा चन्द्रमाको दक्षिणी ध्रुव अध्ययनका अन्तरिक्षमा प्रक्षेपण गरिएको यान पृथ्वीको कक्षमा २३ दिन रहेर चन्द्रमातर्फ जाने इसरोेले जनाएको छ ।

यसअघि चन्द्रमा अध्ययन गर्न चन्द्रयान–१ पठाइएको थियो । चन्द्रयान–१ ले
चन्द्रमाको तथ्य उजागर गर्न सफल भएपछि भारतले दोस्रो यान पठाएको थियो । चन्द्रयान–१ ले चन्द्रमाको ध्रुवीय क्षेत्रमा पानी रहेको संकेत दिएपछि चन्द्रमाको सतहमा रोबोट पठाइ अध्ययन गर्ने लक्ष्य लिएको छ ।

इसरोअनुसार चन्द्रयान–२ का लागि १४ अर्व ५० करोड खर्च लाग्ने छ ।

यसअघि चन्द्रमा सतहमा सोभियत संघ, अमेरिका र चीनले सफल अवतरण गरिसकेका छन् । मिसन सफल भएमा ति देशसँगै भारत पनि चन्द्रमाको सतहमा पुग्ने चौथो राष्ट्र हुनेछ ।
चन्द्र मिसनको नेतृत्व दुई महिला मुथैया वनिथा ‘प्रोजेक्ट निर्देशक’ र ऋतु करिधाल ‘मिसन निर्देशक’ रहेका छन् ।

चन्द्रमाको सतहमा पानी, खनिज, चन्द्रमाको भू–गोल र इतिहास अनुसन्धान गर्ने भनिएको छ । यस मिसनले भारतलाई विश्वमा एक अग्रगामी र शक्तिशाली राष्ट्रको रुपमा परिचित गराउने छ ।

एसियाली राष्ट्रहरु मध्य चीन र भारतले अन्तरिक्ष अनुसन्धान केन्द्रित गतिविधि बढाएक छन् ।

भारतसंग चन्द्रमामा सिधै पुग्ने शक्तिशाली रकेट नभएकोले इन्धन जोगाउन यानलाई पृथ्वीको कक्षमा घुमाएर पृथ्वीको गुरुत्व बलको प्रयोगले चन्द्रमातर्फ यान जाने योजना इसरोले जनाएको छ । यसरी चन्द्रमामा सफल अवतरण गराउन निकै कठिन रहेको इसरोका अध्यक्ष कैलाशवदिवु शिवनले बताएका छन् ।

यसअघि इजरायलले नीजि लगानीमा चन्द्रमाको सतहमा पुग्न असफल प्रयास हुँदा भारतको मिसनलाई निकै चासोले हेरिएको छ ।

अमेरिका र सोभियत संघको शितयुद्धमा भएको अन्तरिक्ष दौडले विश्व प्रविधिलाई सकारात्मक प्रभाव पारेकोले चीन र भारतको यो बढ्दो गतिविधिले भविष्यमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×