2025-09-15

चन्द्रयान–२ मिसन ‘असफलता नै सफलताको सुरुवात’

–उपेन्द्र ढुंगाना

काठमाडौं । भारतीय अन्तरिक्ष अन्वेशन संस्था (इसरो) को ९ अर्व ७८ करोड रुपैयाको प्रोजेक्ट चन्द्रयानः २ मिसन अन्र्तगतको अवतरक चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्र्पकविहिन भएर हराउँन पुगेको छ । भारतको गौरवको विषय रहेको ‘चन्द्रयान २’को विक्रम ल्याण्डर र प्रज्ञान रोभर अहिलेसम्म पनि सम्र्पकविहिन अवस्थामा चन्द्रमा सतहमा रहेको छ ।

चन्द्रयान १ लाई चन्द्रमाको कक्षमा पु¥याउँन सफल भएपछि भारत चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्न गइरहेको थियो । सन २००७, नोभेम्बर १२ तारिखको दिन रसियन अन्तरिक्ष संस्थासङ्ग भारतीय अन्तरिक्ष अन्वेषन संस्था (इसरो)ले सम्झौता गरेपछि भारतको चन्द्रमा सतहमा पुग्ने मिसन ‘चन्द्रयान–२’ सुरु भएको थियो ।

भारतीय र रसियन वैज्ञानिक टोली मिलेर सुरु गरिएको यो मिसनले सन २०१३ जनवरीमा प्रक्षेपणको लक्ष्य लिएको थियो । तर, रसियन वैज्ञानिकहरुले उक्त समयसिमा भित्र चन्द्रमा सतहमा उतार्ने यान बनाउन असफल भएकोले यो मिसनलाई सन २०१६ मा सारियो । थपिएको समयभित्र पनि यान तयार नहुदा भारतीय वैज्ञानिकहरु आफै जुटेर यान बनाउन लागि परे । र, सन २०१९ भित्र प्रक्षेपण गर्ने लक्ष्य राखियो ।

यस प्रोजेक्टलाई पहिलो पटक दुई भारतीय महिला वैज्ञानिकले नेतृत्व गरिरहेका थिए । सुरुमा १४ जुलाइ २०१९ मा प्रक्षेपण गर्ने उद्देश्य लिएको यान अन्तिम समयमा प्राविधिक गड्बडीको कारण रोकिएको थियो । र, यसलाई २२ जुलाई २०१९ मा सफलतापुर्वक प्रक्षेपण गरियो ।

प्रक्षेपण गरिएको २९ दिनपछि अर्थात २० अगस्त २०१९ मा करिव ३८५० किलोको चन्द्रयान २ चन्द्रमाको कक्षमा पुग्न सफल भयो । यानलाई उचित स्थानमा विना त्रुटि उतार्न निकै असहज काम भएकोले चन्द्रमाको सतहमा उत्रिन यसलाई झण्डै १८ दिनसम्म कुर्नु पर्यो ।

सेप्टेम्बर ७, २०१९ मा यान चन्द्रमाको सतहमा उत्रिन तयार भयो । यो दिन भारतको लागि गौरवशाली दिन बन्न गैरहेको थियो । सतहमा उत्रिन केवल २१ सय मिटर जति बाँकी हुदा एक्कासी यानसङ्गको सम्पर्क टुट्न पुग्यो । जसको कारण यान सतहमा ठोक्किन पुग्यो । यो पलले भारतको १२ वर्षदेखिको मिहिनेत र आशामा तुषारापात गराइदियो ।

वर्षौको मिहिनेतले बनेको र पृथ्वीबाट लाखौ किलोमीटर दुरि पार गरेर चन्द्रमाको सतहमा उत्रिनै लागेको अवस्थामा यान खस्दा भारत असफल भएको देखिए पनि यसले भारतको मिहिनेत र कोशिशले सफल भएको देखिएको छ । अपोलो ११ मिसन चन्द्रमामा उत्रेको केही समयपछि स्थापना भएको इसरोले छोटो समयमै भारतलाई चन्द्रमा र मंगल ग्रहको कक्षमा पुर्याउन सफल भएको थियो ।

अन्तरिक्ष अन्वेषण क्षेत्रमा निकै कम बजेटमा अन्तरिक्ष मिसनहरु सफल बनाउन चिनिएको इसरोले आफ्नो देशमा मिहिनेत गरि रहेका वैज्ञानिक समुदायलाई एकजुट हुन प्रेरणा दिरहेको थियो । प्रविधि र विज्ञानमा भारतलाई अगाडि राख्न सफल इसरोले भारतीय जनतालाई चन्द्र सतहमा पुग्ने सपना बाँडिरहेको थियो । महिलाको नेतृत्वमा जारी भएको यो मिसनले लाखौं भारतीय किशोरीलाई पनि विज्ञान क्षेत्रमा आकर्षित गर्न सफल रह्यो ।

यो मिसनको असफलताले भारतीय नयाँ पुस्ताका वैज्ञानिकलाई मिहिनेत गरेर चन्द्रमा पुग्ने नयाँ हिम्मत भने दिएको छ । यसअघि इजरायली यान पनि चन्द्रमा सतहमा खसिसकेको अवस्था भए पनि भारतले गरेको यो प्रयास निकै तारिफ योग्य भने रहेको छ ।

मा अद्यावधिक गरिएको

समाचार

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

×