2025-09-15

विज्ञानमा स्पष्ट कार्यदिशा खोइ? –प्रधानमन्त्री

रिभोसाइन्स स‌ंवाददाता

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञान प्रविधिको क्षेत्रमा स्पष्ट योजना नभएकोमा चिन्ता व्यक्त गरेका छन् । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर काठमाडाै‌ंमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सोक्षेत्रमा वाञ्छित उपलब्धी हासिल गर्ने मिसनमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

मुलुकमा संविधान र गणतन्त्र आइसकेपछि पनि वैज्ञानिक कार्यमा लाग्न, अव अलमलिनु पर्ने कुनै कारण नभएको भन्दै, प्रधानमन्त्री ओलीले केही नेपालीमा असन्तुस्टी व्यक्त गर्ने बानी परेको छ, त्यसैअनुसार अलमलिएका देखिन्छ ।’

‘समय बदलिसकेको छ, हामी आफैले नेपालमा परिवर्तन ल्याइसको छौ, त्यसअनुसार काममा लाग्नु पर्दछ । हामी आफूलाई वीर र वैज्ञानिक पूर्खाको सन्तान हौं भनेर भन्दछौं तर आफैले प्रविधि आविष्कार गर्न सकेनौं र अन्यले विकास गरेको प्रविधि ट्रान्सफर गर्न नसकेको प्रधामन्त्री ओलीले बताए । उनले प्रविधिलाई उत्पादनसँग जोड्न पर्नेमा जोड दिए ।

नास्टको कुलपतिसमेत रहेको प्रधानमन्त्री स्वयंमले नास्टका उपकुलपति डा‍ सुनिलबाबु श्रेष्ठले ०३७ सालदेखि यता नास्टको सम्पूर्ण बजेट करीब साँढे २ अरव मात्र भन्दा, प्रधानमन्त्री ओलीले जवाफ भने, ‘बजेट मात्र बढाएर हुँदैन, त्यसको लागि वातावरण र अनुकुल मिलाउन पर्दछ ।’

‘राजनीतिक हिसाबले खोलेर आफ्नो मान्छे भर्ती गरिएका त्यस्ता संस्थालाई अमेरिकी अन्तरिक्ष संस्था नासाका जतिका बजेट हामी दिन सक्दैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी उनीहरुको ठाउँमा पुग्न सक्दैनौं तर नास्टको काम र सीमा अनुसारको बजेट ब्यवस्था गरिएको छ ।’

‘विगतमा विज्ञान प्रविधि मन्त्रालयलाई तल्लो स्तरमा राखिन्थ्यो, त्यो भनेको ‘डस्टविन’ जसरी सचिव र मन्त्रीलाई पठाइन्थ्यो । सचिवलाई कार्वाइ गर्दा विज्ञान प्रविधि मन्त्रालयमा पठाइन्थ्यो अहिले त्यस्तो अवस्था छैन, मन्त्रीलाई त्यसै गर्थें प्रधानमन्त्री ओलीले प्रस्ट्याए ।

‘विज्ञान प्रविधिको असाधरण महत्व छ । त्यसैले विज्ञान प्रविधि बुझ्ने मन्त्री र सचिव दिएका छौं । हाम्रो होइन राम्रो मान्छे दिएका छौ,’ प्रधानमन्त्री ओलीले भने ।

पूर्खाको चर्चा
विज्ञानको इतिहासमा न्यूटन, आइस्टाइन, ग्यालिलियो र जेम्स वाटको जस्ता वैज्ञानिकको खुबै चर्चा हुन्छन्, तर हाम्रा महान पूर्खाले गरेका विज्ञानका कुराको चर्चा हुँदैनन् । आयुर्वेद उल्लेख भएका कुरा छन् । योग र ध्यानका कुरा छन् । हजारौं वर्ष पहिले रोग लाग्नु भन्दा पहिले रोग प्रतिरोधात्मक कसरी बन्ने भन्ने ज्ञान सिकाएका छन् । दिमागलाई व्यवस्थापन गर्न प्रणायम गर्ने विधि सिकाइसकेका छन् । त्यसमा पनि चर्चा र अनुसन्धान हुनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

‘विगतमा हाम्रा पूर्खाहरुले बाजेको नाउ बाहेक अरु भूलिसकेका हुन्थें, तैपनि उनीहरुले ज्ञान र विज्ञान दिएर गए । नेपाल पछाडी पर्नमा ७० वर्ष अघिसम्म अध्ययन गर्न नपाउने व्यवस्था थियो,’ प्रधानमन्त्रीले भने ।

आर्युवेदमा उल्लेख भएका औषधि पत्ता लगाउँदा अहिलेजस्तो उपकरण थिएन । तर उनीहरुले त्यसबेला जिब्रोबाट स्वाद लिएर प्रयोग गर्दर्थे, त्यो राम्रो वा नराम्रो भनेर थाहा पाउथें, त्यसमा पनि थप खोजी गर्न प्रधानमन्त्रीले आग्रर गरे ।

वैज्ञानिकले गलत तथ्य पेश गरेका उदाहरण दिदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा ज्ञानको स्रोत सबै अन्धविश्वास होइनन् । हाम्रा गणितले स्वर्ग र नर्कको कुरा गर्दैनन्, त्यस्ता कुरा साहित्यले गर्छन् ।’ उनले साहित्य र विज्ञान भनेको फरक कुरा हुन्, भने ।

‘यहाँसम्म मैले बोलेको कुरा ब्रम्हाण्डमा रहन्छ, त्यसलाई विज्ञानले पुन प्राप्त गर्न सक्छन्, विज्ञानमा अनुमानितका कुरा गरिनु हुँदैन भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कतिपय कुरा जे देखिन्छ त्यो सत्य नहुन पनि सक्छन् ।’

हाम्रा पूर्खाले प्राचीनकालदेखि वैज्ञानिक प्रयोगसिद्ध काम गर्दै आइरहेका छन्, त्यसलाई हामीले वैज्ञानिक ढंगबाट प्रकाश पार्न सकेको छैन, अव त्यो गर्ने काम तपाईहरुको जिम्मेवारीमा आएको छ, तपाई युवाहरु अनुसन्धानमा तल्लिन हुनुहोस, सरकार सहायोग गर्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने ।

सोहीअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विज्ञान तथा प्रविधि नव–प्रवर्तन नीति, २०७६ सार्वजनिक गरेका छन् ।

मा अद्यावधिक गरिएको

समाचार

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

×