स्कूले विद्यार्थीलाई ‘क्यानस्याट’ प्रशिक्षण

रिभोसाइन्स संवाददाता

काठमाडौं । वृहस्पती विद्या सदनका विद्यार्थीलाई दुई दिने ‘क्यानस्याट’ प्रशिक्षण दिइएको छ । कक्षा ८, ९ र १० का उनाइस विद्यार्थीलाई ‘क्यानस्याट’ निर्माण प्रक्रिया सिकाइएको प्रशिक्षक इन्जिनियर राजेश श्रेष्ठले बताए । उनका अनुसार तालिमले नेपालमै क्यान आकारको ‘स्याटलाइट’ बनाइको हो । नमूना आकारको भएपनि यसले तापक्रम, वायुमण्डलीय चाप, आद्रत, गति र उचाइ नाप्ने काम गर्दछ ।

प्रशिक्षक श्रेष्ठका अनुसार विदेशमा विद्यालय तहदेखि क्यानस्याट निर्माण तालिममा सहभागी गराइरहेका हुन्छन् । युरोपीयन अन्तरिक्ष संस्थाले क्यानस्याट नमूना बनाउने प्रतिस्पर्धालाई सहयोग गरिरहेका हुन्छन् । तर नेपालमा अहिलेसम्म त्यसखाले प्रतिस्पर्धा गराइएको छैन । ‘सरकारी तवरबाट सहयोग पनि छैन,’ प्रशिक्षक श्रेष्ठ भन्छन् ।

तालिमका बेला विद्यार्थीले ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’लाई जडान गर्छन । त्यसपछि क्यानस्याटलाई विद्यालयको माथिल्लो तल्लाबाट प्लास्टिको प्यारासुटको सहायताबाट जमिनमा खसालिन्छ । माथिबाट तलतिर आउँदा त्यसमा जडित सेन्सरले वायुमण्डलीय गतिविधिको तथ्यांक संकलन गर्दछ । त्यसपछि तथ्याकंलाई प्रशोधन गरि विद्यार्थीले प्रस्तुती दिनु पर्नेछ इ. श्रेष्ठ भन्छन् । इ. श्रेष्ठका अनुसार नमूनाभूउपग्रह ‘क्यानस्याट’ तालिमले इलेक्ट्रोनिक कम्प्यूटर, प्रोगामिक र सेन्सरजस्ता कुरामा विद्यार्थीले प्रत्येक्ष सिक्नेछ ।

विहस्पतीमा कक्षा ८ मा अध्ययनरत ऋगा शर्मा भविष्यमा वकिल अध्ययन गर्ने मुडमा छिन्, तैपनि उत्सुकताले क्यानस्याटको नमूना बनाउन दुई दिनदेखि लागि परेको बताइन् । विद्यार्थी शर्मा भन्छिन्, ‘तालिममा सहभागी भएर आफूले स्याटलाइटको बारेमा विस्तृत कुरा थाहा पाएँ ।’ त्यसबाहेक ‘वायुमण्डलीय अवस्थितिका बारेमा जान्ने मौका मिलेको उनी बताउँछिन् । उनले बनाएको क्यानस्याटमा ‘गाइरोस्कोप’ जडान गरिएको छ । त्यसले स्पेश अर्थात् वायुमण्डलमा क्यानस्याटले अक्षांसको दिशानिर्देश गर्ने काम गर्नेछ ।

कक्षा १० का आयुष मालाकार पनि क्यानस्याट बनाउँदै थिए । मालाकारले बनाएको ‘क्यानस्याट’ले चाप, गति, आद्रता र तापक्रम मापन गर्ने सेन्सर जोडिएको छ । मालाकार भन्छन्, ‘यो पटक क्यानस्याटको नमूना बनाउँन साँढे एक दिन लाग्यो । तर यसअघि दुई दिन लागेको थियो ।’ भविष्यमा कम्पूटर इन्जिनियर बन्ने लक्ष्य बोकेका मालाकार, ‘क्यानस्याट बनाउने तालिममा सहभागी हुँदा आफूलाई छुट्टै मज्जा आउने बताउँछन् ।

कक्षा दशमा अध्ययनरत सुलभ पौडेलले पनि क्यानस्याट बनाए । भविष्यमा इलोक्ट्रोेनिक इन्जिनियर बन्ने लक्ष्य लिएका पौडेल, ‘विद्यालय तहमै क्यानस्याट बनाउने विधि सिक्न पाउँदा खुशी देखिन्थें । अघिल्लो वर्षको तालिममा एउटा मात्र सेन्सर जडान गरेर तथ्यांक संकलन गरेका थिए उनले । पौडेल भन्छन्, ‘तीन वटा सेन्सर क्यानस्याटमा जडान गर्दाको अनुभवले थप कुरा थाहा पाइयो ।’

क्याथफोड इन्जिनियरिङ कलेजमा चौथो वर्षमा अध्ययनरत सुमनरत्न बुद्धचार्य विद्यार्थीलाई क्यानस्याट बनाउन मद्दत गर्दै थिए । कम्प्यूटर इन्जिनियरिङ अध्ययन गर्दै गरेका बुद्धाचार्य भन्छन्, ‘क्यानस्याट बनाउने तरिका इन्जिनियरिङको पाठ्यक्रमा समावेश छैन, तर रुचीले स्वअध्ययनमा लागेको बताउँछन् । ‘दुई वर्ष अगाडि इन्जिनियर आभाष मास्केसँग प्रशिक्षण लिएको आधारमा काम गरिरहेको उनी बताउँछन् ।

विद्यार्थीहरुमा ‘स्पेश टेक्नोलजी’मा रुची देखाएका छन् । सरकारले स्याटलाइटको महत्व र त्यसबाट मानिसले दैनिक जीवनमा फाइदा लिनसक्ने छन् । त्यसका लागि सरकारले विद्यार्थीलाई तालिम दिन पाठ्यक्रम निर्माण गर्नु पर्ने बुद्धचार्यले बताए ।

#क्यानस्याट #वृहस्पति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×