अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक

कार्तिक १३, काठमाडौं । रोमानियामा सम्पन्न चौबिसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक प्राप्त गरेको छ।

विश्वव्यापी शैक्षिक ‍ओलम्पियाडमा  जुनियर तर्फ सिद्धार्थ शिशु सदन जनकपुरका राहुल रञ्जन साहले कास्य पदक हात पारेका हुन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष भट्टराईका अनुसार उक्त शैक्षिक ओलम्पियाडमा नेपालसहित विश्वका बीस देशका विद्यार्थी सहभागी थिए ।

नेपालमा सम्पन्न छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुमध्ये ५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएको नासोको अध्यक्ष भट्टराईले रिभोसाइन्सलाई बताए ।

अध्यक्ष भट्टराईका अनुसार नेपालका लागि एस्ट्रोनोमी  तथा एस्ट्रोफ़िसिक्सको ओलम्पियाडमा हालसम्मकै उच्च उपलब्धि हो।

नेपालबाट सिनियर तर्फ विश्व आदर्श सेकन्डरी स्कुल, ईटहरीका यमन आचार्य तथा सेन्ट जेभियर्स स्कुल, जाउलाखेलका आकाश गुरुङ थिए । त्यस्तै जुनियर तर्फ सेन्ट मेरिज स्कुल, जाउलाखेलकी सुरभी लुईटेल तथा सुर्योदय सेकण्डरी बोर्डिङ स्कुल, घट्टेकुलोकी भूमी कायस्थ र साह थिए।

को हुन साह

साह नेपालमा सञ्चालित छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको जुनियर तर्फका नेपाल प्रथम भएका थिए । त्यतिखेर उनी जनकपुरको सिद्धार्थ शिशु सदनमा कक्षा १० अध्ययनरत थिए । अहिले माईतिघरस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×