२५ मंसिर, काठमाडौं । अस्ट्रेलियाको मुख्य सहर सिड्नी वरपर बाक्लो धुवाँ फैलिएको छ।
सिड्नी आसपास अत्याधिक डढेलोको कारण वायु प्रदुषण फैलिएको विभिन्न समाचार माध्यमले उल्लेख गरेको छ ।
बीबीसी नेपालीअनुसार सहरको उत्तरतर्फबाट धुवाँ सिड्नी तर्फ आएपछि वायु प्रदुषण बढेको छ ।
अधिकारीहरुकाअनुसार न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छजना मानिसहरूको मृत्यु भइसकेको छ।
न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करीब ५० लाख मानिस बस्छन्।
द अस्ट्रेलियन अनलाइन पत्रिकाले कतिपय स्थानमा वायु प्रदुषण दश गुणा बढेको उल्लेख गरेको छ ।
Leave a Reply