‘घडियाल’ बच्चा हुर्काउँदै गरेको अवस्थामा भेटियो

Credit: ZSL

४ मंसिर, काठमाडौं । प्राकृतिक रुपमा ‘घडियाल’ गोही बच्चा हुर्काउँदै गरेको अवस्थामा भेटिएको छ ।

जुलोलिकल सोसाइटी अफ् लण्डनका अनुसार ३७ वर्षपछि घडियालको दृश्य बबहीको किनारमा देखिएको हो ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, आयुसियनका अनुसार सरीसृप प्राणीमा पर्ने ‘घडियाल’ १७ ‍औं संकटापन्ना सूचिमा पर्दछ ।

अनुसन्धानकर्ता रिकी गम्बस भन्छन्, ‘प्राकृतिक रुपमा बच्चा हुर्काउँदै गरेको अवस्थामा भेटिएका ‘घडियाल’ को संरक्षणमा प्रमुख ध्यान दिइनु पर्दछ ।’

अर्का अुनसन्धानकर्ता आशिष बस्यालले लामो समय जंगल र नदीको यात्रापछि ‘घडियाल’ को तस्वीर कैद गरेको उल्लेख गरेका छन् । उनका अनुसार करीब ३० सेन्टिमिटरको साना ‘घडियाल’ गोही अतिनै सुन्दर थिए ।

वितेका पचास वर्षमा जमिनमा बस्ने प्राणीभन्दा स्वच्छ पानी बस्ने प्रजाति दुई गुणा लोप भएको सोसाइटीले उल्लेख गरेको छ । अनुसन्धानकर्ताकाअनुसार ‘घडियाल’ गोहीले मानिसलाई आक्रमण गर्दैनन् ।

पुनश्चः समाचारमा त्रुटी सच्याइएको छ । सं.