जैविक प्रविधिमा एक दिने अन्तर्राष्ट्रिय गोष्ठी

ललितपुर । जैविक प्रविधिको उन्नयनका लागि भन्दै बायोटेक्नोलजी सोसाइटी अफ नेपालले एक दिने अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । उक्त गोष्ठीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टका सचिव डा महेशकुमार अधिकारीले बायोटेक्नोलजी विकासमा नास्ट लागि परेको बताएका छन् ।

‘संस्कृत वाङमयमा पनि डीएनएको बारेमा उल्लेख छ, तर त्यहाँ उल्लेख गरिएको डीएन र आधुनिक प्रविधिको माध्यमले देखाएको भन्दा अलि फरक छ,’ कार्यक्रममा डा अधिकारीले भने, ‘नेपालमा जैविक प्रविधिको महत्व झनै छ , यस क्षेत्रमा अगाडि बढ्न नास्ट क्रियाशिल छ ।’

च्याउविद्समेत रहेका डा. अधिकारीले बायोटेक्नोलजीको क्षेत्रमा नेपालमै अनुसन्धान गर्न सके मुलुकलाई फाइदा हुन्छ, तर प्रयाप्त योजना तथा रकम अभावका कारण सोक्षेत्रमा अनुसन्धान अगाडि बढ्न नसकेको बताए ।

‘जलवायु परिवर्तनसँगै अनुवांसिक कुरा पनि फरक पर्दै जानेछ,’ डा. अधिकारीले भने, ‘यसकारण अहिलेदेखि नै अनुसन्धानमा अगाडि बढ्न जरुरी छ ।’ नास्ट वातावरण बनाउन तयार छ उनले भने ।

गोष्ठीमा म्याक्स प्यांक इन्स्च्टीट्यूट अफ् डेभलपमेन्टल बायोलजीका डा. स्टीनी स्वार्टले मुख्य प्रवचन दिएका थिए । प्रवचनका क्रममा जैविक प्रविधिको क्षेत्रमा विश्वमा भैरहेका अतिसुक्ष्म कोषिकाहरुमा भएको अनुसन्धानमा व्याख्या गरेका थिए ।

त्यसैगरि पोर्चुगल, स्विजरल्याण्ड र नेपालका जैविकप्रविधिका क्षेत्रका अनुसन्धानकर्मीहरुले मौखिक प्रस्तुती दिएका थिए । यसले नेपाली विद्यार्थीहरुलाई जैविक प्रविधिको क्षेत्रमा गर्नु पर्ने अनुसन्धानको बारेमा जानकारी हासिल गरेको सोसाइटीका अध्यक्ष नविननारायण मुनंकर्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×