राय स्कूलको २०औ वार्षिक उत्सवमा न्यासनल सायन्स ओलम्पियाड विजयी बराल पुरस्कृत

काठमाडौं । नक्सालस्थित राय स्कूलले स्थापनाको विसौं वार्षिक उत्सव मनाएका छन् । कार्यक्रममा राय स्कूलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरें ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय निमित्त  राजदुत डा. अजय कुमारले न्यासनल सायन्स ओलम्पियाड फाउण्डेसन २०१८-१९ अवार्डमा विजयी सोही स्कूलमा कक्षा १२ मा अध्ययनरत सरकार बराललाई पुरस्कृत गरेको थियो । भारतीय तीन हजार विद्यालयसँग प्रतिस्पर्धा गरेर उनले शिर्षस्थान हासिल गरेका थिए ।

त्यस्तै, भारतीय केन्द्रीय माध्यामिक शिक्षा वोर्ड (सिविएससी) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी रोहित सराफ, उत्कृष्ट कर्मचारी रामबहादुर श्रेष्ठ र पत्रकार यशोधा अधिकारीलाई पनि राय स्कूलले पुरस्कृत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. अजय कुमारले नेपाली विद्यार्थीले भारतीय केन्द्रीय माध्यामिक शिक्षा वोर्ड (सिविएससी) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थी, शिक्षक र अभिभावकलाई वधाई दिए । त्यसरी विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनमा ‘अभिभावक र शिक्षक’को ठूलै भूमिका हुन्छ, उनले उनीहरुको मिहिनेतको थप प्रशंसा गरें । राय स्कूलका विद्यार्थीको प्रेरणा थप जगाउन निमित्त भारतीय राजदुत डा. कुमारले सुझाव दिए ।

त्यस्तै, सर्वोच्व अदालतको न्यायधीस अनिलकुमार सिन्हाले आफूले कम सुविधामा विद्यालय तह पार गरेको भन्दै अहिलेजस्तो सुविधामा अध्ययनले विद्यार्थीको आत्मविश्वास अधिक महशुस गरेको बताए ।

‘विद्यार्थीहरुमा प्रतिस्पर्धी भावना विकासले उनीहरुमा आत्मविश्वास बढेको देखिन्छ, न्यायधीस सिन्हाले भने, ‘अहिलेको शिक्षामा भएको पूर्वाधार तथा पठन सामग्रीकै देनको हो भन्ने मैले बुझेको छु ।’

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले महानगरमा अवस्थित सामुदायिक विद्यालयको स्तरउन्नति गर्न लागि परेको बताइन् । पछिल्लो समय महानगरपालिकाले स्वास्थ्य र शिक्षामा विशेष महत्व दिएको बताउँदै उपमेयर खड्कीले भनिन्, ‘शिक्षा देशको हितमा हुनु पर्दछ ।’

‘जवसम्म महिलाहरुले उच्च शिक्षा हासिल गरेर उच्च पदमा पुग्दैन, तवसम्म भष्ट्रचार रोकिदैन, उपमेयर खड्कीले भनिन्, ‘देश विकास गर्न पनि सकिदैन ।’

स्कूलका भाइसप्रिन्सिपल प्रियङका दुवेयले नेपाली तथा भारतीय विद्यार्थीले सीविएससी वोर्डमा समाजशास्त्र विषयमा एक सय पूर्णांकै अंक ल्याएको जानाकरी दिइन ।

कार्यक्रमका सभापति स्कूलका प्रिन्सिपल तथा निर्देशक कीर्तिप्रसाद पाण्डेयले मुलुक भित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन लागि परेको बताए ।

सांस्कृतिक कार्यक्रमका केही तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×