नेपालमै प्राचीन धूप घडि बन्यो, मुख्यमन्त्री पोखरेलले गरे अनावरण

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय समयको जानकारी दिने प्राचीन धूप घडिको अनावरण गरेका छन् ।

उक्त धूपघडि नेपाल संस्कृत विश्वविद्यालय र तलसीपुर उपमहानगरपालिकाले संयुक्त रुपमा निमार्ण गरेका हुन् । यसले स्थानीय समय करीब १२ मिनेटले फरक पर्ने छ।

संस्कृत विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक माधव अधिकारीले पूर्खाले आविष्कार गरेका धूप घडिलाई प्रर्दशन तथा थप अनुसन्धान गर्न सहयोग पुग्ने उद्देश्यले निर्माण गरिएको बताए । यसले संस्कृति विश्वविद्यालयका सहप्राध्यपक जयन्त आचार्यको अनुसन्धानलाई पनि फाइदा पुग्ने रिजस्ट्रार अधिकारीको भनाइ छ ।

रजिस्ट्रार अधिकारीका अनुसार प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले यस्ता प्राचीन घडिलाई व्यापक बनाउन अनुरोध गरेको उल्लेख गरे । अहिलेको बनाइएका दुई घडि विश्वविद्यालय परिसर र राप्ती शान्ति उधानमा राख्ने रजिस्ट्रार अधिकारी रिभोसाइन्सलाई बताए ।

वालमिकी विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यले धूप घडिले प्रदेश ५ को स्थानीय समय दिने बताए । उनका अनुसार अहिले बनेको धूप घडि ज्योतिष विज्ञानमा आधारित छ । उनले दाङ र काठमाडौं बीचको समय करीब १२ मिनेट अन्तर छ । दाङ काठमाण्डौभन्दा करीब १२ मिनेट ढिलो छ ।

विश्वका अन्य मुलुकमा स्थानीय र राष्ट्रिय समय हुने गरेको सहप्राध्यापक आचार्यले ‌औल्याउँदै स्थानीय समयअनुसार काम गर्दा ब्रम्माण्डीय समयमैअनुसार काम हुने बताए । उनले थप अध्ययन तथा अनुसन्धान गर्न पनि सहयोग पुग्ने बताए ।

करीब ७५ हजार लागतमा निर्माण गरिएको उक्त दुई धूप घडिलाई देशका अन्य भूमागमा राख्न सके स्थानीय समय महत्व बुझ्ने बताइएको छ ।

थप यो पनि हेरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×