/नेपालमा थप तीन जना कोरना संक्रमित, स्थानीय मानिसमा पहिलो पटक कोरना संक्रमण भएको पुष्टी

नेपालमा थप तीन जना कोरना संक्रमित, स्थानीय मानिसमा पहिलो पटक कोरना संक्रमण भएको पुष्टी

सुदुरपश्चिममा नयाँ तीन जना कोरना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसहित नेपालमा कोरना (कोभिड-१९) संक्रमित हुने नौं जना पुगेको छ ।

पहिलो पटक नेपाल भित्र अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आधिकारीक फेसबुक पेजअनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन ।

यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीको ३४ वर्षीय महिला नवौं संक्रमित भएको जनाएका छन् ।