2025-06-29

मष्तिस्कमा जोड्न मिल्ने मेमोरी चिप: ‘दि लिङ्क’

विश्वराज गौतम

न्यूरालिङ्क कम्पनीका सञ्चालक इलोन मस्कले मानिसको मष्तिस्कमा जोड्न मिल्ने न्यूरो ट्रान्समिटरको प्रर्दशन गरेका छन् । सो न्यूरो ट्रान्समिटरको नाम ‘दि लिङ्क’ राखिएको छ । नयाँ प्रविधिको बारेमा जानकारी हासिल गर्न न्यूरोन, न्यूरोट्रन्समिटर र द लिङ्क बुझ्न आवश्यक छ ।

न्यूरोन
हाम्रो मष्तिस्क लाखौँ साना स्नायु कोष ‘न्यूरोन’ बाट बनेको हुन्छ । यी स्नायु कोष लामा हाँगा भएका र एक अर्कासँग जोडिएका हुन्छन् । हाम्रो शरीरको संवेदना एक स्थानबाट अर्काे स्थान सम्म पु¥याउन मुख्य भूमिका खेल्ने गर्दछन् । बिद्युतीय तरङ्गको जस्तै ‘सिनाप्टिक ट्रान्समिस’को माध्ययमबाट यसरी मष्तिस्कको सूचना शरीरसम्म र शरीरबाट मष्तिस्क सम्म पुग्ने गर्दछ ।

न्यूरो ट्रान्समिटर
यी एक न्यूरोन र अर्को न्यूरोन वा कोष वा ग्रन्थीबीच सूचना दिने रसायनिक संवाददाता हुन् । यो प्रक्रियालाई ‘सिनाप्टिक ट्रान्समिसन’ वा ‘न्यूरो ट्रान्समिसन’ भनिन्छ ।

दि लिङ्क
यो न्यूरालिङ्क कम्पनीद्घारा निर्मित कृतिम न्यूरो ट्रान्समिसन गर्ने उपकरण हो । यो हेर्दा क्यारामको सानो गोटी जस्तो देखिन्छ । यसलाई तारविहिन चाजिङ्ग (इन्डक्टीभ चार्जिङ्ग) गर्न सकिन्छ । एक पटक चार्ज गरिसकेपछि दिनभरी चार्ज टिक्ने मस्कले बताएका छन् । उनका अनुसार लिङ्कले मष्तिस्क र हरेक दिन प्रयोग गर्दै आएको प्रविधीबीच सम्बन्ध स्थापित गर्नेछ । यसको माध्यमबाट मोवाइल, ल्यापटप जस्ता उपकरणहरु मानिसको सोचबाट नियन्त्रण गर्न सकिने बताइएको छ ।

लिङ्क कहाँ जोडिन्छ
न्यूरालिङ्क कम्पनीका सञ्चालक तथा विश्वको सबैभन्दा धनी कार कम्पनी टेस्लाका सीईओ ईलोन मस्कका अनुसार यो खप्परको माथिल्लो सतहमा जोडिनेछ । लिङ्कलाई आधुनिक सर्जिकल रोबोटबाट मष्तिस्कमा जडान गरीने छ । यसलाई जोड्न करिव १ घण्टा समय लाग्ने बताइएको छ । जडानपश्चात् बिना आराम काममा जान सक्ने बताइएको छ ।

लिङ्कको महत्व
लिङ्कमा प्रयोगबाट शरीरको चाप, ताप, मुटुको धड्कन नाप्ने देखि संगित सुन्नेसमेत व्यबस्था छ । जसले तपाईंको मोवाइल तपाईंको मष्तिस्क भित्र रहे जस्तै भान हुनेछ ।

निर्माता कम्पनीका अनुसार यसको पहिलो उद्देश्य अन्धोपन हटाउने, मष्तिस्क सम्बन्धि रोगहरु जस्तै डिप्रेसन, एडिक्सन, एन्जाइटी, अल्जाइमर, पार्किन्सन र पक्षघात भएकालाई चेतना दिने रहेको छ । यसको नियन्त्रणपछि त्यस्ता समस्या भएका मानिसहरु हिडडुल गराउन सकिने मस्कले भनाइ छ ।
उनका अनुसार यसको माध्यमले मानिसको भित्रि मष्तिस्कका आयामहरु पत्ता लगाउने सहज हुनेछ । यसको प्रयोगले गायन, चित्रकला मा उपलब्धि हुने दावी छ । त्यसका अलवा यसले धेरै न्यूरोसम्बन्धी समस्याहरु जस्तै अन्धोपना, बहिरोपना, पक्षघात, स्मरण क्षमतामा ¥हस, स्ट्रोक आदि समाधान गर्नमा भूमिका खेल्ने छ ।

सुँगुरमा दि लिङ्गकको सफल परिक्षण गरीसकेका छन् । उक्त सुँगुरको न्युरोनको सिनाप्सको अध्ययन गर्न र उनीहरुको चालको अनुमान गर्न सफलता प्राप्त गरिसको उल्लेख छ ।

लिङ्कको भविष्य
भविष्यमा यसलाई मानिसको सम्झने ‘मेमोरी’को रुपमा राख्न र पुन प्रयोग गर्न सकिने खालका हुनेछ । मेमोरीलाई अनलोड, ब्याकअप गर्न र हिन्दी सिनेमा रावणमा जस्तै रोबोटमा अपलोड गर्न सकिनेछ ।


टेलिपाथी अर्थात कसैको मनमा कुरा वा सोच थाहा पाउने वा मनमनै संवाद गर्न सकिने हुन सक्नेछ । आफ्नो मष्तिस्कको मेमोरी वा यादलाई जस्ताको तस्तै पुनः चलाउन सकिने मस्कले उल्लेख गरेका छन् ।

स्रोत: न्युरालिङ्क, क्वीनसल्याण्ड ब्रेन इन्सिच्युड, सिनेट

प्रकाशित

समाचार

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

सर्नले  स्लोभेनियालाई २५ औं सदस्य राष्ट्रका रूपमा स्वागत गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

सर्नले  स्लोभेनियालाई २५ औं सदस्य राष्ट्रका रूपमा स्वागत गरे

×