इनोभेसननेपाल वेबसाइटको शुभारम्भ

ललितपुर । विश्वभरका नवप्रवर्तकहरूले नेपालमा गरेका नवप्रवर्तन र आविष्कारहरू पहिचान र नक्साङ्कन गर्न भन्दै नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले इनोभेसननेपाल डट नास्ट डट जिओभी डट एनपी वेबसाइटको शुभारम्भ गरेको छ ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश साह र नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले संयुक्त रुपमा आज वेबसाइटको उद्घाटन गरेका हुन ।

उदघाटनकोक्रममा नास्टका उपकुलपति श्रेष्ठले स्वदेशमा न्यासनल इनोभेसन सेन्टर बनाउने लागि परेको बताए ।

नास्टका प्रविधि संकायको प्रमुख रविन्द्रप्रसाद ढकालले नवप्रवर्तकहरुका लागि इनोभेसननेपाल वेबसाइटले मद्दत मिल्ने बताए ।

डेटा फर डेभलपमेन्ट इन नेपाल प्रोग्राम, एशिया फाउणंडेसन, डेभलपमेन्ट इनिसिएटीभ र युके एडको आर्थिक सहयोग गरिएको नास्टले जनाएको छ । ‘इनोभेसन वेबसाइटलाई रोवटिक्स एसोसियसन अफ नेपाल र नक्सा प्रालिले प्राविधिक सहयोग गर्नेछ’ प्रविधि संकायका प्रमुख ढकालले भने । संरक्षकको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नास्टले प्रशासकको भूमिकामा रहेने बताइएको छ ।

यस वेबसाइटले विभिन्न चरणमा रहेका, तत्काल कार्यान्व्यन गर्न सकिने तथा व्यापकरूपमा अगाडि बढाउन सकिने नवप्रवर्तनहरू खोज्न वा थप्न सकिने वेबसाइटमा उल्लेख छ ।

नवप्रवर्तकहरूको नवप्रवर्तनको प्रकृति, कार्यान्वयनको चरण अनुसार व्यापकरूपमा अगाडि बढाउन उनीहरूले खोजिरहेको सहयोग, सम्पर्क विवरण र अन्य विविध जानकारी सहित नवप्रवर्तनहरूको विस्तृत जानकारी हासिल गर्ने साझा मञ्च बन्ने अपेक्षा गरिएको वेबसाइटमा उल्लेख गरेको छ ।

इनोभेसननेपाल वेबसाइटमा उल्लेख भएअनुसार ‘यसले एक केन्द्रीय हबको रूपमा रहेर नेपालभरका समुदाय, व्यक्ति, समुह, निजी क्षेत्र, गैर-सरकारी संस्थाबाट कार्यान्वयनमा आएका विभिन्न चरणहरूमा रहेका सबै पहलहरूको अभिलेख राख्दछ र त्यस्ता पहलहरूलाई सहयोग पुर्‍याउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×