‘युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार’ रिसोर्सेस हिमालयलाई

काठमाडौं । ललितपुरस्थित रिसोर्सेस हिमालय फाउण्डेसनले ‘युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार-२०२०’ प्राप्त गरेको छ । शैक्षिक नवप्रर्वतनका लागि प्रदान गरिने उक्त पुरस्कारको राशी २० हजार अमेरिकी डलर रहेको छ ।

एशिया प्रशान्त क्षेत्रमा शैक्षिक नवप्रवर्तनमा उत्कृष्ट योगदान गरे वापत सो पुरस्कार युनेस्कोले प्रदान गरेको रिसोर्सेस हिमालय फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अनुसार कोभिड-१९ महामारीका बेला ६५ जिल्लामा युवा वैज्ञानिक सञ्जाल बनाएर ‘विज्ञान बढाऔं कोरना भगाऔं’ अभियान चलाएको थियो । त्योसँगै कोभिड महामारीकै समयमा देशभर जनचेतना, सावधानी र गोष्ठी जस्ता कार्यक्रम गरेको रिसोर्सेस हिमालयका निर्देशक डा. दिनेश न्यौपानेले बताए ।

उनका अनुसार युनेस्को लागि चीनको राष्ट्रिय आयोग र विकासको लागि शैक्षिक नवप्रवर्तन युनेस्को एशिया प्रशान्त कार्यक्रमको सहकार्यमा सन् २०१० मा स्थापना गरिएको थियो ।

विगत ३५ वर्षदेखि विज्ञान र संरक्षणको क्षेत्रमा रिसोर्सेस हिमालय फाउण्डेसनले काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×