–प्रा. डा. भगवान दा मानन्धर, पौभाः साय्मि, दैवज्ञ कीर्ति मदन जोशी, डा. विनोद साय्मि
नेसंतिकोडि पात्रो – तत्कालीन नेपालमण्डलका शंंखधर साख्वालले ११४१ वर्ष अघि देश तथा सम्पूणर् जनताका ऋण मुक्त (आर्थिक स्वतन्त्र) गरी शुरु गरिएको नेपाल संवत नेपाल देशकै मौलिक राष्ट्रिय संंवत हो । ने.सं ११२८ मा नेपालको “राष्ट्रिय संवत नेपाल संवत” घोषणा भई सकेको छ । यसकारण यस संवतलाईं आधिकारिक रुपमा सरकारी कामकाजहरुका निमित्त कार्यालयमा विधिवत प्रयोगमा लानु राष्ट्रिय दायित्व हो भने यस संंवतको शुद्धता कायम राख्नु हामी सबैको जिम्मेवारी हो । यसको सरकारी स्तरमा विधिवत प्रयोगमा ल्याउनु र शुद्धता कायम राख्नु भनेको, तिथिलाई जसरी हामीले व्यवहारमा प्रयोग गर्ने गरेका छौं त्यसरी नै सामाजिक, व्यापारिक तथा सरकारी कामकाजहरुमा प्रयोग गर्नु हो । नेपाल संवतको तिथि दिनाङ्कलाई अंकमा लेख्नु तथा वर्ष भरिका दिनाङ्क क्रमवद्ध रुपमा कम्प्यूटरमा प्रविष्ट गर्न सक्नु यस नेसंतिकोडि पात्रोको विशेषता हो ।
नेपाल संवतको भिन्न विशेषता- नेपाल संवत चन्द्रमा, पृथ्वी र नक्षत्रमा आधारित पात्रो हो । नेपालभाषामा दँ, ला, पक्ष, वाः, तिथि, बार भनेको क्रमशः वर्ष, महिना, पक्ष, हप्ता, तिथि, बार हुन् । यस पात्रोमा महिना थपघट हुने तथा तिथि टूट र दोहरिने जस्ता अनियमित दिनाङ्कका अवस्थाहरु आउँदछन जसबारे तल तालिका १ मा यसका विवरणहरु प्रस्तुत गरिएका छन् ।
तालिका १— नेपाल संवतका महिनाका नामाकरणहरु र यी महिनाहरुलाई छोटकरीमा सम्झिने सूत्र तथा महिनाका अप्ठेरा क्रम र तिथिका अनियमित अवस्थाहरु—
नेपाल संवतका वर्ष, महिना, पक्ष, तिथि तथा बारहरुका सांकेतिक अंकहरु– सूर्य पात्रो वि.सं, ई.संका दिनाङ्कहरु सजिलै अंकमा लेखिन्छन् र वर्षभरिका दिनाङ्कहरु कम्प्यूटर प्रणालीमा क्रमबद्धतामा रहन्छन् । जस्तै दिनाङ्क वि.सं २०७७⁄०८⁄२३ गते तद् अनुसार ई.सं 2020.12.08 लेखिन्छ । यही दिनको दिनाङ्क (न्हिल्याः)लाई नेपाल संवतमा लेख्नु परेमा ने.सं.११४१ कछलागाः अष्टमी (मंगलबार) भनी चलनचल्ती, व्यवहारमा अक्षरमा लेखिँदै आएको छ । नेपाल संवतलाई अंकमा लेख्न माथि तालिका १ मा उल्लेख गरिएका विशेष महिना तथा तिथि टूट वा दोहोरिने विषम अवस्थाका कारण दिनाङ्क सूर्य पात्रोमा जस्तै ठ्याकै लेख्न हुदैन । यसकारण नेपाल संवतको प्रयोगको लागि तलका तालिकाहरु– महिना (तालिका. नं २), पक्ष (तालिका नं ३), तिथि (तालिका.नं ४) तथा बार (तालिका नं ५)मा र अनियमित महिना र दिनाङ्कहरु (तालिका नं ६) सकेत अंक (सं.अ.)हरु दिइएका छन् ।
कोडिङ्ग– नेपाल संवतका दिनाङ्क (न्हिल्याः)लाई माथि तालिकाहरु (तालिका नं २ देखि ६ सम्मका) सांकेतिक अंक प्रयोग गरी दिनाङ्क लेख्ने तरिकालाई कोडिङ्ग भनिन्छ । यस संवतको कोडिङ्ग लेख्दा सधै क्रमशः वर्ष, महिना र तिथिलाई नियमबद्ध लेख्नु पर्दछ भने यसकोे क्रमवद्धतामा महिनाका साथमा पक्ष र तिथिका साथमा बार अनिवार्य उल्लेख गरिनु पर्दछ । यस कोडिङ्ग सूत्र– १ तल दिईएको छ ।
ने.सं. दिनाङ्क = ने.सं. वर्ष ⁄ महिना,पक्ष ⁄ तिथि,बार ……………. (१)
उदाहरण– नेपाल संवत ११४१ कछलागाः अष्टमी मंगलबारको दिनलाई कोडिङ्ग सूत्र अनुसार ने.सं. ११४१⁄१,२⁄८,३ लेखिन्छ, । यहाँ, वर्ष = ने.सं. ११४१, महिना = (१,२) भनेको पहिलो महिना कछला (१)र पक्ष गाः (२), तिथि = (८,३) भनेको अष्टमि तिथि (८) र मंगलबार (३) हो ।
यसरी कोडिङ्ग सूत्र–१ अनुसार नेपाल संवतलाई सरकारी कार्यालय, व्यापार, सामाजिक कार्य आदि व्यवहारिक काममा दिनाङ्क लेख्न प्रयोग गर्न सकिन्छ । यी कोडिङ्गमा लेखिएका वर्ष भरीका दिनाङ्कहरुलाई क्रमवद्धतामा कम्प्यूटर प्रणालीमा राख्दा वि.सं, ई.सं जस्तै सिधै दिनाङ्कहरुका क्रमवद्धता (Ascending order) अझै मिल्दैन । यसकारण कोडिङ्गलाई डिकोडिङ्गमा परिणत गरिनु पर्दछ ।
डिकोडिङ्ग– नेपाल संवतका कोडिङ्गमा लेखिएका वर्ष भरिका दिनाङ्क नटुट्ने गरी कम्प्युटर प्रणालीमा क्रमबद्धतामा प्रविष्ट गर्ने अर्थात दिनाङ्कका डाटा (data) भर्ने तरिकालाई डिकोडिङ्ग भनिन्छ । माथि उल्लेखित कोडिङ्ग सूत्र–१ मा वर्षलाई ४ अंक, महिना र पक्षलाई ५ अंक तथा तिथि र बारलाई ४ अंकहरुले बुझाउने डिकोडिङ्ग अंक संख्या सूत्र–२ बन्दछ । यहाँ तल वर्ष, महिना र दिन जनाउन अन्तराष्ट्रिय मान्यता अनुसार अंग्रेजी अक्षरहरु प्रयोग गरिएका छन् ।
N.E. = ( YYYY. MMMMM. DDDD)………………२
यहाँ, N.E. (Nepal Era) = . ने.सं. (नेपाल संवत), (Y) वर्ष = ४ अंक, (M) महिना तथा विशेष महिना र पक्ष = ५ अंक, (D) तिथि तथा तिथि अनियमिता र बार = ४ अंक )
सजिलोपन र स्मरणकोलागि यस सूत्रलाई पढदा वर्ष, (महिना तथा विशेष महिना, पक्ष) र (तिथि तथा अनियमित तिथि अवस्था, बार) का स्थानहरुलाई ईँकित गरी छुट्टाछुट्टै निम्न तरिकाले पढ्न र लेख्न डिकोडिङ्गसूत्र–३ प्रयोग गर्नु पर्ने हुन्छ—
N.E. = ( YYYY. MM,MM,M. DD,D,D)………………३
नेसंतिकोडि सूत्रः यस नेपाल संवतको दिनाङ्कलाई कोडिङ्ग सूत्र–१ लाई डिकोडिङ्ग सूत्र–३ अनुसार कम्प्यूटर प्रणालीमा प्रविष्ट गर्न (Y), (M) र (D)लाई सांकेतिक अंकमा प्रस्तुत गर्ने तरिका नै नेपाल संवतको कोडिङ्ग र डिकोडिङ्ग सूत्र अथवा नेसंतिकोडि सूत्र–४ भनिन्छ । यस नेसंतिकोडि सूत्र–४ लाई तल प्रस्तुत गरिएको छ ।
नोट–
१) नेसंतिकोडि सूत्र अनुसार दिनाङ्क लेख्न कोडिङ्ग र डिकोडिङ्गमा प्रयोग भएका संकेत अंकहरुका स्थान निश्चित हुन्छन भने ती स्थान अनुसार ती अंकहरुका अंकित अर्थ भने फरक हुन्छन् ।
२) कोडिङ्ग सूत्रमा विशेष महिनाको स्थान निश्चित गर्न यो महिना पछि अनला अथवा न्हंला आएको हो भनी देखाउन “–” प्रयोग गरिन्छ । त्यसै गरी अनियमित तिथिहरु दोहोरिँदा अथवा टूट हुँदा यो दिन भन्दा अघिको दिनमा तिथि दोहारिएको हो अथवा टूट भएको हो भनी दर्शाउन पनि “–” चिन्ह प्रयोग गरिन्छ ।
३) कोडिङ्ग सूत्र अनुसार कम्प्युटरमा भरिएका दिनाङ्क दाता ९मबतब० कम्प्युटर प्रणालीको प्रोग्राम अनुसार स्वतः डिकोडिङ्गमा परिणत हुनेछ ।
४) समय सापेक्ष नेपाल संवतलाई कम्प्यूटर प्रणालीमा प्रविष्ट गर्न सके मात्र नेपाल संवतलाई सरकारी कार्यालय तथा व्यापारमा सजिलै प्रयोग गर्न सकिने कुरामा दुई मत हुन सक्दैन । व्यवहार, चलनचल्तीमा अक्षरमा लेखिने यस नेपाल संवतको दिनाङ्कलाई कोडिङ्ग सूत्र–१ र नेसतिकोडि सूत्र–४ प्रयोगमा ल्याई सामान्य दिनाङ्क र केही विषम अवस्थाका दिनाङ्कहरुका उदाहरणहरु तल तालिका ७ मा दिइएका छन् ।
अन्त्यमा– नेपाल संवत राष्ट्रिय संवत भएको कारण अवदेखि हामी सबै नेपालीहरुले दिनाङ्क नेपाल संवतमा लेख्न शुरु गरौं । जसरी शुरुमा साईकल चलाउन गाह्रो हुन्छ, तर सिकी सकेपछि साईकल चलाउन सजिलो र कामहरुमा सघाउँँछ । यसै गरी चन्द्र, सूर्य र नक्षत्रका संयोगबाट बनेको यस पात्रोका अप्ठ्यारा अवस्थाहरुलाई आत्मसाथ गरी सांकेतिक अंक प्रयोग गर्र्दै कोडिङ्गबाट दिनाङ्क लेख्न शुरु गरौं । ने.सं ११३९ देखि ११४१ र न्हंला, अनला साथमा भएको ११०३ का वर्षभरिको दिनाङ्क नेसंतिकोडि एक्सएल ९भ्हअभ०िमा राखि यसको क्रमबद्धता ठीक छ भनी प्रमाणित भईसकेको छ । यो पात्रो अध्ययन र अनुसन्धानको प्रक्रियामा छ । यस नेसंतिकोडि सूत्र प्रयोग गरी ने.सं.बाट वि.सं तथा ई.संमा परिणत गर्ने एप्स ९ऋयलखभचत ब्उउक० को विकाश गर्नु अति आवश्यक देखिन्छ ।
यो नेपाल संवत हरेक नेपालीको जनजीवन, संस्कार, संस्कृति, चाडपर्व आदिसंग जोडिएको मात्र हैन, यो वातावरण, प्रकृति, सम्पूर्ण प्राणी जगत तथा मानिसको स्वास्थ्य, खानपान, व्यवहार, नीति आदिसंग प्रत्यक्ष सम्वन्ध राख्ने संवत हो । यो संवत नेपाल र नेपालीको सभ्यता, ऐतिहासिक घटना, आर्थिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरुको जिउँदो इतिहास बोकेका राष्ट्रिय र अन्तराष्ट्रिय दस्तावेज हो । यसकारण नेपाल संवतलाई सरकारी कार्यालय, व्यापार, दैनिक कामकाजमा प्रयोग गर्नु सबै नेपालीको कर्तब्य हो । हाम्रा पूर्खाहरुले अति बैज्ञानिक तवरले नेपाल संवतको विकास गरेको छ जुन विश्वमा यसको आवश्यकता र सदुपयोग हुनेछ भन्नेमा हामी आशाबादी छौ ।
(यस लेखका विवरण नेपालभाषा टाइम्स दैनिकको वर्ष ५ अंक ११६ ने.सं. ११४० कउलागाः ९ सोमवार — बर्ष ५ अंक ११८ ने.सं. ११४० कउलागाः ११ बुधवार तद्नुसार २०२० नोभेम्बर ९ — ११ सम्म नेपालभाषामा प्रकाशित लेखमा आधारित छ ।)
Leave a Reply